ध्रुव दङ्गाल

जनप्रतिनिधिकै आडमा नदी दोहन, स्थानीय तहलाई दिएको अधिकार फिर्ता

बिहिबार, २७ बैशाख २०७५

जनप्रतिनिधिकै मिलेमतो र आडमा सुनकोसी तथा इन्द्रावती नदी अप्राकृतिक र अवैधानिक ढंगले तीव्र दोहन गरिएको पाइएको छ।

भोटेकोसी आयोजनाकाे मर्मत सुरु, सञ्चालनमा आउन अझै डेढ वर्ष लाग्ने

बिहिबार, २७ बैशाख २०७५

जुरे पहिरो, विनासकारी भूकम्प र भोटकोसी बाढीबाट लगातार क्षति बेहोर्दै आएको ४५ मेगावाट क्षमताको भोटेकोसी जलविद्युत आयोजना सञ्चालनमा आउन अझै डेढ वर्ष लाग्ने भएको छ।

भोटेकोसी आयोजना मर्मत सुरु

बिहिबार, २७ बैशाख २०७५

जुरे पहिरो, बिनासकारी भूकम्प र भोटकोसी बाढीबाट लगातार क्षति बेहोर्दै आएको ४५ मेगावाट क्षमताको भोटेकोसी जलविद्युत आयोजना सञ्चालनमा आउन अझै डेढ वर्ष लाग्ने भएको छ।

चिरा–चिरा पहरोमुनि नै पुनर्निर्माण

आइतबार, २३ बैशाख २०७५

भूकम्पपछिको पुनर्निर्माण सकेर माथिल्लो सिगार्चे गाउँकी कृष्टि तामाङको परिवार केही महिनायता नयाँ घर सरेको छ। तीन वर्ष छाप्रोमा बसेर नयाँ घर सर्दा न कृष्टि खुशी छिन्, न उनको परिवारै उमंगमा छ। बरु मनमा त्रासले डेरा जमाएको छ। उनीहरु बसेको थातथलै असुरक्षित रहेको कृष्टिको बुझाई छ।

जनप्रतिनिधिका गुनासाले घेरिए आर्थिक मामिलामन्त्री

शुक्रबार, २१ बैशाख २०७५

स्थानीय तहका जनप्रतिनिधिले कानुन अभावमा स्थानीय, प्रदेश र संघीय सरकारबीच भावनात्मक सम्बन्ध विकास हुन नसकेको गुनासो गरेका छन् । कानुन अभावमै स्रोत पहिचान, परिचालन, कर, राजस्व र रोयल्टी संकलनमा द्विविधा पैदा भइ स्थानीय तह सञ्चालनमा कठिनाइ उत्पन्न भएको दुःखेसो उनीहरूले पोखे।

मेलम्ची सुन्दरीजल झर्नासाथ उपत्यकामा पानी

बिहिबार, २० बैशाख २०७५

मेलम्ची पानी छिट्टै सुन्दरीजल झर्ने सुनिश्चित देखिएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले उपत्यकामा पाइपलाइन विस्तारको कामलाई तीव्र बनाएको छ।

‘सहर’ को छनक दिँदै पुनर्निर्माण तीव्र

बुधबार, १२ बैशाख २०७५

साना तथा मझौला आकारका चिटिक्क घर। रातो, निलो, हरियो जस्तापाता र घरको साजसज्जाले रंगिन गाउँ तथा बस्ती। टोलै पिच्छे मोटर पुग्ने सडक र खानेपानी धारा। घर–घरमा शौचालय अनि व्यवस्थित बिजुली बत्ती।

लार्के, यांग्रीका लागि दाता खोजी

बुधबार, १२ बैशाख २०७५

मेलम्चीको पानी आगामी असोज अगावै उपत्यका पुग्ने सुनिश्चित भएसँगै दोस्रो चरणमा लार्के र यांग्री खोलासमेत लैजान दाताको खोजी थालिएको छ।

मेयर कपको उपाधि एपिएफलाई

शुक्रबार, ३० चैत २०७४

इन्जुरी समयको अन्तिम तीन मिनेट भित्र थपेको दुई गोल मद्दतमा विभागीय टोली एपिएफले सिन्धुपाल्चोकको खेल इतिहासमै सर्वाधिक नगद राशी पुरस्कार रहेको प्रथम चौतारा साँगाचोकगढी मेयर कप फुटबलको उपाधि जितेको छ।

मेलम्ची सुरुङमा ‘ब्रेक थ्रु’, साउनमै उपत्यकामा पानी

मङ्गलबार, २७ चैत २०७४

अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङमार्ग मंगलबार ‘ब्रेक थ्रु’ भएको छ।

ठडिँदै सिन्धुका शैक्षिक संस्था

सोमबार, २६ चैत २०७४

भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोकका शैक्षिक संस्था ठडिँदै छन्। सरकार, दातृ निकाय र विभिन्न संघसंस्थाले पुनर्निर्माण गर्न सहयोग गरेपछि सामुदायिक विद्यालय भवन निर्माण तीव्र गतिमा अघि बढेको छ।

चौताराको पराकिलो जित

बिहिबार, २२ चैत २०७४

अँधेरी युथ क्लब र चौतारा स्पोर्टिङ क्लब प्रथम चौतारा साँगाचोकगढी मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

चीनले थाल्यो सुक्खा बन्दरगाह निर्माण

बुधबार, २१ चैत २०७४

तीन वर्षअघि आएको विनाशकारी भूकम्पपछि बन्द उत्तरी मुख्य नाका तातोपानी खुल्ने–नखुल्ने संशयबीच चीन सरकारले सुक्खा बन्दरगाह निर्माण कार्य अघि बढाएको छ।

चौतारा साँगाचोकगढी कपमा एन्फाको विजय सुरुवात

मङ्गलबार, २० चैत २०७४

उद्घाटन खेलमा सहज जित निकाल्दै अखिल नेपाल फुटवल संघ (एन्फा)–यूू १६ ले प्रथम चौतारा साँगाचोकगढी मेयर कप फुटबल प्रतियोगितामा सुखद सुरुवात गरेको छ। चौताराको टुँडिखेलमा मंगलबार भएको खेलमा एन्फाले घरेलु टोली चौतारा युवा क्लवलाई ८–१ को फराकिलो गोल अन्तरमा हरायो।

इन्द्रावती करिडोरमा पुनर्निर्माणले ल्यायो खुशी

सोमबार, १९ चैत २०७४

मेलम्ची नगरपालिका–७ दुवाचौरकी ५२ वर्षीया ठूली भारती भूकम्पले ढालेको घर कसरी ठड्याउने भन्ने चिन्तामा थिइन्। यही चिन्ताले जस्ताको अस्थायी टहरोमा उनका धेरै रात छट्पटिमा बिते, खाना रुच्न छोड्यो। एकल महिला उनलाई पुनर्निर्माणमा सघाउने बलियो साथ थिएन, न घर बनाउने आर्थिक हैसियत नै थियो।

दूध बेचेर दैनिक १० लाख

सोमबार, १९ चैत २०७४

भूकम्पपछि धर्मराएको दुग्ध व्यवसाय लयमा फर्केको छ । भूकम्पले ढालेका घर, गोठमा किचिएर हजारौं गाई, भैंसी मरेपछि तहसनहस दुग्ध व्यवसाय झन्डै तीन वर्षपछि पूर्ववत् अवस्थामा फर्केको हो।

भूकम्पपछिको पुनर्निर्माण : ढुंगामाटाका घर पनि ‘रेट्रोफिट’

बुधबार, ३० फागुन २०७४

तीन वर्षअघिको विनासकारी भूकम्पले चर्काएका ढुंगामाटाका परम्परागत घर अझै यत्रतत्र देख्न सकिन्छ। भूकम्प पीडित न सक्लो, न क्षतिग्रस्त यस्ता संरचना के गर्ने भन्ने चिन्तामा हुन सक्छन्। त्यस्ता संरचना नभत्काइकनै ‘रेट्रोफिट’ (प्रवलीकरण) गरेर भूकम्पप्रतिरोधी संरचनामा बदल्न सकिन्छ। भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकमा यसको सफल परीक्षण भइरहेको छ।

जुरुक्क बस्ती ठड्याउँदै माझी समुदाय

मङ्गलबार, २९ फागुन २०७४

सिमेन्टको मसला बनाउँदै गर्दा भेटिइन् सानी माझी। निर्माणाधीन घरको हात्तीपाइले पुर्न श्रीमानलाई सघाउँदै छिन् उनी। छेवैमा आकार लिइसकेको घरमा भाइको मद्दत लिएर झ्याल राख्न व्यस्त छन् सीताराम माझी पनि । १०–१२ जना गाउँलेको समूह सामुन्नेमै मानबहादुर माझीको घर ढलान गरिरहेका छन्। मानबहादुर भने ढलान भोज खुवाउने तयारीमा जुटेका थिए।

भूकम्पपछिको पुनर्निर्माणमा महिला

शुक्रबार, २५ फागुन २०७४

एका बिहान लगाएर निर्माणाधीन घरबाट ढलान फर्मा निकालिसक्दा ४४ वर्षीया सुकुमाया माझी थाकिसकेकी छिन्। गाउँमा पुनर्निर्माणको चटारो रहेकाले उनले थकान भन्न पाइनन्। हतार–हतार दुई गाँस तातो च्यापेर उनी हिँडिन, छिमेकीको घर बनाउन।

मेलम्चीको सुरुङ निर्माणमा फर्के मजदुर

मङ्गलबार, २२ फागुन २०७४

ज्याला भूक्तानी माग गर्दै हड्तालमा उत्रिएका मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङ निर्माणमा संलग्न मजदुर पाँच दिनपछि काममा फर्केका छन्। सुरुङ निर्माणमा संलग्न इटालीयन ठेकेदार कम्पनी सिएमसीले ज्याला दिन बिलम्ब गरेको भन्दै बुधबार साँझदेखि उनीहरु काम रोकेर हड्तालमा उत्रिएका थिए।

Ncell Footer Ad