ध्रुव दङ्गाल

पीडित परिवारलाई आर्थिक सहयोग

बुधबार, ०६ कार्तिक २०७६

एकै गाउँका सातजनासहित १२ को ज्यान जाने गरी झन्डै दुई साताअघि भएको बडहरे बस दुर्घटनाका मृतकका परिवारलाई इन्द्रावती गाउँपालिका र सम्बद्ध यातायात समितिले आर्थिक सहयोग प्रदान गरेका छन्। घटनास्थल इन्द्रावती–१० बडहरेको वडा कार्यालयमा शोकसभा गर्दै गाउँपालिकाले २५ हजार र सिन्धु हेलम्बु यातायात समितिले ४० हजार रुपैयाँका दरले मृतकका परिवारलाई आर्थिक सहयोग प्रदान गरेका हुन्। सहायता प्रदान गर्न गाउँपालिकाअध्यक्ष वंशलाल तामाङ र यातायात समितिका वरिष्ठ उपाध्यक्ष श्यामकुमार श्रेष्ठ वडा कार्यालय पुगेका थिए।

बडहरे बस दुर्घटनाः पीडित परिवारलाई आर्थिक सहायता

मङ्गलबार, ०५ कार्तिक २०७६

एकै गाउँका सातसहित १२ जनाको ज्यान जाने गरी झण्डै दुई साताअघि भएको बडहरे बस दुर्घटनाका मृतकका आश्रित परिवारलाई इन्द्रावती गाउँपालिका र सम्वद्ध यातायात समितिले आर्थिक सहायता प्रदान गरेका छन्।

शीर छेदन गरी युवाको हत्या

शुक्रबार, ०१ कार्तिक २०७६

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–५ गुन्सामा गए राति एक युवकको विभत्स हत्या गरिएको छ ।

मृत शिशु निकालेपछि बच्यो महिलाको ज्यान

सोमबार, २७ असोज २०७६

दुर्घटनामा परी सुनिता गम्भीर घाइते भएपछि पेटमा रहेको शिशुको मृत्यु भएको थियो। धुलिखेल अस्पतालमा उक्त मृत शिशु शल्यक्रिया गरी निकालिएको हो।

मृत बच्चा झिकेर घाइते गर्भवतीको ज्यान बचाइयो

आइतबार, २६ असोज २०७६

अप्रेसन गरी पेटबाट मृत शिशु निकालेर बडहरे बस दुर्घटनाकी गम्भीर घाइते एक गर्भवती महिलाको ज्यान बचाइएको छ।

घाइते ८१ जना उपचारपछि घर फर्के

आइतबार, २६ असोज २०७६

एघारजनाको ज्यान जाने गरी भएको बडहरे बस दुर्घटनाका घाइते विभिन्न अस्पतालमा उपचारपछि घर फर्कन थालेका छन्। शनिबारसम्म ८१ घाइते उपचारपछि घर फर्केका छन्। अझै २५ घाइते विभिन्न चार अस्पतालमा उपचाररत छन्।

एकै ठाउँका सातको निधन भएपछि गाउँनै स्तब्ध

शुक्रबार, २४ असोज २०७६

क्षमताको तेब्बर एक सयभन्दा धेरै यात्रु बोकेको बस कच्ची सडकबाट करिब दुई सय मिटर तल खसेर रुखमा अड्किएको थियो।

एघारै मृतकको सनाखत: घाइतेकाे भुइँमा राखेर उपचार, आफन्तको असन्तुष्टि

शुक्रबार, २४ असोज २०७६

यातायात समितिका पदाधिकारीले घाइतेको उपचारमा गम्भिर ध्यान नदिएसम्म शव नबुझ्ने चेतावनी उनीहरु दिएको आचार्यले बताए।

१० जनाको मृत्यु, घाइतेलाई हेलिकप्टरबाट काठमाडौं लैजाने तयारी

शुक्रबार, २४ असोज २०७६

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा दसैँका यात्रु बोकेको काठमाडौंका लागि छुटेको दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ६० भन्दा धेरै यात्रु घाइते भएका छन्।

मेलम्चीकाे पाेल्टामा कालिदेवी संस्थापक कप

बुधबार, १५ असोज २०७६

सर्वाधिक पुरस्कार राशीको कालिदेवी संस्थापक भलिबल कपको उपाधि मेलम्चीले जितेको छ। प्रतियोगिताको फाइलनमा बुधबार चौतारा साँगाचोकगढी नगरपालिकालाई पराजित गर्दै मेलम्चीले उपाधि कब्जा गरेको हो।

चौतारा र मेलम्ची नगरपालिका फाइनलमा

मङ्गलबार, १४ असोज २०७६

सर्वाधिक पुरस्कार राशीको कालिकादेवी संस्थापक कप भलिबल प्रतियोगिताको फाइनलमा चौतारा साँगाचोकगढी नगरपालिका र मेलम्ची नगरपालिकाबीच उपाधि भिडन्त हुने भएको छ।

सेमिफाइलन समीकरण पूरा

मङ्गलबार, १४ असोज २०७६

सदरमुकाममा जारी सर्वाधिक पुरस्कार राशिको कालिकादेवी संस्थापक कप भलिबल प्रतियोगिताको सेमिफाइलन समीकरण पूरा भएको छ। सोमबार सम्पन्न क्वार्टरफाइलनका खेल जित्दै चौतारा साँगाचोकगढी, मेलम्ची नगरपालिका तथा इन्द्रावती र हेलम्बु गाउँपालिकाले अन्तिम चारमा स्थान सुनिश्चित गरेका हुन्।

तातोपानीबाट भेडाच्यांग्रा भित्रिन थाले

सोमबार, १३ असोज २०७६

उत्तरको तातोपानी नाकाबाट दसैं–तिहारका लागि भेडाच्यांग्रा नेपाल भित्रिन थालेका छन्। एक साता कारोबार बन्द भएर शुक्रबार व्यापार खुलेकै दिन तिब्बतबाट भेडाच्यांग्रा भित्रिएका हुन्।

चार स्थानीय तहलाई सफलता

सोमबार, १३ असोज २०७६

जिल्लामै सर्वाधिक पुरस्कार राशिको कालिकादेवी संस्थापक कप भलिबल प्रतियोगिताको पहिलो दिन चार स्थानीय तहले सफलता हासिल गरेका छन्। चौताराको देउरालीमा आइतबार सम्पन्न खेलमा चौतारा साँगाचोकगढी, मेलम्ची, इन्द्रावती र हेलम्बु गाउँपालिका विजयी भएका हुन्।

तातोपानीबाट भेडाच्याङग्रा भित्रन थाले

शुक्रबार, १० असोज २०७६

एक साता कारोबार बन्द भएर शुक्रबार व्यापार खुलेकै दिन एक हजार एक सय भेडाच्यांग्रा तिब्बतबाट तातोपानी ल्याइपुर्याइएको छ। सिन्धुपाल्चोक–उत्तरको मुख्य तातोपानी नाकाबाट दसैँ, तिहारका लागि भेडाच्यांग्रा नेपाल भित्रन थालेका छन्।

कालिकादेवी संस्थापक कपको तयारी पूरा

शुक्रबार, १० असोज २०७६

प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई म्यान अफ दी म्याच ट्रफीका साथ नगद पुरस्कार दिइने प्रतियोगिताको सर्वोकृष्टलाई कालिका स्टारले सम्मान गरिने अध्यक्ष तामाङले जानकारी दिए।

सी बिचारधारा अंगाले नेकपा सकिन्छ- डा. शेखर

बिहिबार, ०९ असोज २०७६

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले सी जिपिङ बिचारधारा अंगाले नेकपा सिध्धिने चेतावनी दिएका छन्। सामरिक महत्वको देश भएकाले नेपालमा उक्त बिचारधारा लागू हुनै नसक्ने ठोकुवा पनि उनले गरे।

सरकारविरुद्ध जागरणसभामा पनि मिल्न सकेन सिन्धु कांग्रेस, दुई समूहको छुट्टाछुट्टै कार्यक्रम

मङ्गलबार, ०७ असोज २०७६

सरकारविरुद्ध जागरण अभियान चलाएको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले केन्द्रीय नीति विपरित सिन्धुपाल्चोकमा दुई ठाउँमा समापनसभा गरेको छ। जागरण अभियानको समापन एकै स्थानमा गर्ने, त्यो ठाउँ जिल्ला सदरमुकाम नै हुने र सरकारविरुद्ध शक्ति प्रदर्शन गर्ने नीति लिएको कांग्रेसले त्यसैअनुसार निर्देशनसमेत दिएको थियो।

तातोपानीबाट एक साता आयात रोकिने

सोमबार, ०६ असोज २०७६

चिनियाँ क्षेत्रमा बिग्रिएको सडक मर्मत थालिएपछि उत्तरको मुख्य तातोपानी नाकाबाट हुने आयात व्यापार दुई दिनेदेखि रोकिएको छ। चीनले खासा बजार क्षेत्रमा चर्किएको सडक मर्मत थालेपछि शनिबारदेखि आयात रोकिएको हो।

एक साता बन्द भयो तातोपानी नाका, दसैंको मुखमा आयात रोकियो

आइतबार, ०५ असोज २०७६

चिनियाँ क्षेत्रमा बिग्रिएको सडक मर्मत थालिएपछि उत्तरको मुख्य तातोपानी नाकाबाट हुने आयात व्यापार दुई दिनेदेखि रोकिएको छ। चीनले खासा बजार क्षेत्रमा चर्किएको सडक मर्मत थालेपछि शनिबारदेखि आयात रोकिएको हो।

Ncell Footer Ad