विश्वमणि पोखरेल /अच्युत कोइराला

प्रधानमन्त्रीको प्रेम दर्शन

मङ्गलबार, १४ फागुन २०७५

फागुन महिना प्रधानमन्त्री केपी ओलीका लागि विशेष महिना हो। यही महिनामा उनी जन्मिए (फागुन १०) र यही महिनामै उनले जीवनको महत्वपूर्ण अर्धाङ्गिनी राधिका शाक्यसँग (फागुन २२) लगनगाँठो कँसे। यही महिनामै भ्यालेन्टाइन डे (प्रणय दिवस) पनि पर्छ। प्रधानमन्त्री निवासमा छिर्नेबित्तिकै ठट्यौली वातावरण बनाउन हामीले सोध्यौँ, ‘प्रधानमन्त्रीज्यू, यस पटकको प्रेम दिवसमा केही विशेष पो छ कि ? प्रेमका बारेमा यहाँको के छ धारणा ?’

पूर्व प्रधानन्यायाधीशको पारिवारिक इजलास

बिहिबार, २० बैशाख २०७५

नेपाली काङ्ग्रेसले राजाविरुद्ध सशस्त्र संघर्ष गर्ने निर्णय गर्यो । त्यसका लागि ठूलो रकम अावश्यक पर्थ्यो । रकम जुटाउन राष्ट्र बै‌कको पैसा बोकेकाे हवाई जहाज अपहरण गर्ने योजना बन्यो र दुर्गा सुवेदी त्यसको कार्यान्वयनकर्ता बने । रातारात उनी विद्रोहको विम्ब बने । यस्तै विद्रोही थिइन्, सुशीला कार्की जो अाफ्ना बहिनीहरुको बिहे भइसक्दा पनि एकल जीवन बाँचिरहेकी थिइन्, आफ्नै कमाईले बेग्लै घर बनाइसकेकी थिइन् । कालान्तरमा उनी प्रधानन्यायाधीशका रुपमा चिनिइन् । यी दुवै विद्रोहीको पारिवारिक जीवन कस्तो छ त? दुवैले आफ्नो जीवनयात्रा फर्केर हेर्दा के पाउँछन्?

प्रथम महिलाको आँगन

बुधबार, २२ कार्तिक २०७४

देशको चर्चित घर हो, बालुवाटार । त्यहाँ प्रधानमन्त्री बस्छन् र बस्छन्, उनको परिवार । त्यहाँ कि त भिआइपी पुग्न सक्छन् कि त पार्टीका ठूला नेता–कार्यकर्ता । तीन वटा ग्यालरी र सुरक्षा घेरा पार गरिसकेपछि देशकै प्रधानमन्त्रीको निवासमा छिर्न सकिन्छ । असोज अन्तिम साता प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन गराउने चटारो, एमाले–माओवादीको चुनावी समीकरण–एकीकरण हल्लापछि प्रधानमन्त्री निवासमा नेताहरुको ठूलो भीड थियो । लामा–लामा बैठक चलिरहेको कुरालाई इंगित गर्दै देशकै प्रथम महिला आरजु देउवाले ‘नागरिक परिवार’सँग खुला रुपमा प्रस्तुत हुँदै भनिहालिन्, ‘घर चलाउनजस्तो छैन मुलुकको जिम्मेवारी चलाउन । त्यसैले मुलुक चलाउनु कता हो कता गाह्रो !’

दोहोरो जीवनको अनुभव

मङ्गलबार, २४ असोज २०७४

मानिस एक पटक जन्मन्छ तर मनीषा दुई पटक जन्मिन । एक पटक आमाको गर्भबाट, दोश्रो पटक डाक्टरको चिकित्सकीय पद्धतिबाट क्यान्सर निको भएपछि । जन्म, बलिउड, क्यान्सर र जीवनको दोस्रो इनिङ (फिल्मी भाषामा भन्दा इन्टरभलपछिको जीवन)बारे के भन्छिन् ?

  • 1 (current)

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad