युवराज गौतम

युवराज गौतम

महेन्द्र, वीरेन्द्र–माओ

शुक्रबार, ०१ कार्तिक २०७६

राष्ट्रिय मूलनीति, राष्ट्रिय सुरक्षा नीति र परराष्ट्र नीतिलगायत बाटोबाट नेपालको हितलाई संरक्षण, संवद्र्धन र सम्पोषण गर्ने कुरा राजा महेन्द्र तथा वीरेन्द्रको कूटनीतिबाट सिक्न सकिन्छ।

महिषासुरका अनेक रूप

शुक्रबार, १७ असोज २०७६

आध्यात्मिक र धार्मिक परिवारका मानिस शान्तिप्रिय हुन्छन्। तर धनबाहेक अरू सबै अर्थहीन देख्ने परिवारमा महिषासुरहरू जन्मने खतरा हुन्छ।

कुम्लो बोकी बेइजिङतिर

शुक्रबार, १० असोज २०७६

‘काम कुरो एकातिर, कुम्लो बोकी थिमीतिर’ भन्ने उखान छ। कूटनीति, राजनीति, प्रशासनलगायतका धेरै क्षेत्रमा सुधार गर्दै जानुपर्ने वर्तमान युगमा जब राष्ट्र हाँक्नेहरू नै अल्मलिन्छन् तब राज्यसत्ता बरालिन्छ। कहिले ‘वार्सा प्याक्ट’ त कहिले ‘ग्लास्तनोस्त र पेरेस्त्रोइका’ जस्ता अभ्यास गर्दैछ सिंहदरबार। साइनाइड चाख्ने रहर प्राणघातक हुन्छ। शासन चलाउनेहरू महाशक्तिका कमैया, खेताला र गोठाला बन्न थाले भने जनताले कसरी भरोसा गर्छन् ? त्यसैले, विश्वासिलो शक्ति खोज्न थालेका छन् जनता।सन् १९१७ मा साम्यवाद उदायो रसियामा।

बेरुजु संविधान

शुक्रबार, ०३ असोज २०७६

अराजकतावाद (अनार्किज्म) पनि राजनीतिशास्त्रको सिद्धान्त मानिन्छ। त्यसका प्रचारक पियरे जोसेफ प्रुदो भन्छन्– साना चोरलाई जेलमा र ठूल्ठूला चोरलाई सत्तामा राख्ने प्रणालीभन्दा त अराजकतावाद नै राम्रो।

आतंकलाई आशीर्वाद

शुक्रबार, २७ भदौ २०७६

रसियामा बोल्सेभिकहरूले लाखौँ मानिसको हत्या गरे। सन् १९१७ मा सुरु भएको एकदलीय अधिनायकवाद अमानवीय, क्रूर, आतंकपूर्ण र जघन्य अपराध थियो। त्यसकै नक्कल गरे क्युबा, कम्बोडिया, चीन, पोल्यान्ड, पूर्वजर्मनी, हंगेरी, उत्तर कोरिया, रोमेनिया, चेकोस्लोभाकिया, अल्वानिया, भियतनाम आदि देशका कम्युनिस्टले। चारु मजुमदार, जंगल संथाल र कानु सन्यालले सुरु गरेको ‘नक्सलवादी’ आन्दोलन मेची नदीपारिको नक्सलबारी बजारबाट सुरु भयो, सन् १९६० को दशकमा। व्यक्ति हत्याको लहर झापामा पनि फैलियो। ‘झापा विद्रोह’ भनिएको कथित ‘राजनीतिक’ विद्रोहमा कम्युनिस्टहरूले १३ जनाको हत्या गरे। मर्नेहरू अधिकांश निम्न र मध्यम वर्गका किसान थिए।

पाखण्ड प्रदर्शन

शुक्रबार, १३ भदौ २०७६

शुक्रनीतिमा भनिएको छ– ‘अपि राष्ट्रविनाशाय चौराणामेकचित्तता। शक्ता भवेन्न किं शत्रुनाशाय नृपभृत्ययो ः।। (चोरहरूको सहमतिले राष्ट्रको विनाश हुन्छ। शत्रु पनि ऐक्यबद्ध भए भने राजालाई किन सिध्याउन सक्दैनन् ?) राजा (शासक), सेना, राष्ट्रका उच्चपदस्थलगायत जिम्मेवार व्यक्तिका काम, कर्तव्य आदिको व्याख्या छ शुक्रनीतिमा। सो नीति जस्तै विभिन्न प्राचीन ग्रन्थले कूटनीति, गृहनीति, अर्थनीति, परराष्ट्रनीति आदि विविध विषयमा मार्गदर्शन गरेका छन्। राष्ट्र रक्षाका उपाय बताइएको छ, हाम्रा प्राचीन धर्मशास्त्रहरूमा।

वीरेन्द्रका वैरी

शुक्रबार, ०६ भदौ २०७६

सबै घटनाले वीरेन्द्रको हत्यामा ‘भारत र अमेरिकाको खुनी हात छ’ भन्ने चीनका विद्वान्हरूको तर्क काल्पनिक होइन भन्ने लाग्छ।

असुरक्षित भविष्य

शुक्रबार, ३१ साउन २०७६

राष्ट्र सुरक्षित रहन सकेन भने हामी सबै असुरक्षित हुन्छौँ। इतिहासमा धेरैवटा राष्ट्र ढलेका र दन्दनी जलेका छन्। देख्दादेख्दै गलेका छन्। पहिरोले बगाएको पहाडझैँ रातारात हराएका छन्। रक्सी खाएर ‘झम्झमी इस्टकोट’ गीत गाउनेहरू पहिरोमा बगेर गएका छन्, आफ्नै घरसँग। तर्क, बहस, गाँड कोराकोर, झगडा, आलोचना, सत्ताको लोभ र विदेशीका पाउ पुज्न व्यस्त राज्यसत्ता, प्रतिपक्ष र उनीहरूका सेवक–समर्थक सबैलाई ‘आफ्नो’ मात्र फिक्री छ। राष्ट्र असुरक्षित बन्दैछ भन्दा ती गद्गद् बन्छन्, किन ?

महेन्द्र, माओ र नेहरु

शुक्रबार, २४ साउन २०७६

महेन्द्र भन्थे– सत्तामा पुगेका दलले राष्ट्र र जनताभन्दा आफ्नो र विदेशीको स्वार्थमात्र हेरे । आफँै इमानदार भएनौँ भने आर्थिक अनुशासन कायम गर्न सकिँदैन ।

सेनाको त्रिशूल

शुक्रबार, १७ साउन २०७६

काठमाडौँको भद्रकाली (लुमडी) मन्दिरछेउमा नेपाली सेनाको मुख्यालय बाटो हिँड्ने सबैले देखेका छन्। सो भवनको शिरमा त्रिशूल र डमरु अंकित रहेको पनि परैबाट स्पष्ट देखिन्छ। त्रिशूल–डमरु देवाधिदेव महादेवका प्रिय वस्तु हुन्। महाशिवरात्रिलाई सैनिक दिवस (आर्मी डे) मान्ने नेपाली सेनामा विभिन्न धर्म, क्षेत्र, जातजाति र समुदायको प्रतिनिधित्व भएको छ भने सनातन धर्म÷संस्कृतिप्रतिको विश्वासबाट सेना विचलित नभएको पनि जगजाहेर छ।

चक्रव्यूहमा परेको देश

शुक्रबार, १० साउन २०७६

प्रजातन्त्र ढले पनि बौरिन सक्छ भन्ने उदाहरण धेरै छन्। तर कुनै राष्ट्र जल्यो वा ढल्यो भने त्यसको पुनर्जन्म हुँदैन। तसर्थ, प्रजातन्त्रभन्दा राष्ट्र धेरै माथि हुन्छ।

महेन्द्रको कूटनीति

शुक्रबार, ०३ साउन २०७६

हरेक देशमा दुईवटा पाटा हुन्छन्– एउटा रहस्यमा छेकिन्छ। अर्को देखिन्छ। कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, नागरिक समुदाय, प्रेसलगायत सबैका चपाउने र देखाउने दाँत हुँदारहेछन्। पारदर्शी हुन कोही चाहँदैन। ‘ट्रान्सपरेन्सी’ भन्ने संस्था नै कति ‘ट्रान्सपरेन्स’ छ भनेर प्रश्न उठाएका छन् पश्चिमका लेखक र विश्लेषकले। कूटनीतिमा पनि कुटिल खेल हुन्छ जो आफैँमा घातक हो। देखिने र छेकिने कूटनीतिमा रुमल्लिएको छ नेपाल। लेबनान, इराक, इरान, सुडान, अफगानिस्तानलगायत देश पनि यसरी नै फस्दै गएका थिए।

खरानी ‘होलसेलर’

शुक्रबार, २७ असार २०७६

इतिहास, धर्म, संस्कृति, राष्ट्रिय एकता, प्राचीन मूल्य–मान्यता र नेपाली–नेपालीबीचको प्रेम भष्म पारेर होलसेलरहरू खरानीको व्यापार गर्दै छन्। हामी उनीहरूलाई ‘राजनीतिज्ञ’ भन्दै छौँ।

राष्ट्र पतनको बाटो

शुक्रबार, २० असार २०७६

अथर्ववेदमा भनिएको छ– ‘ईश्वर र विद्वान्प्रति प्रेम गर्ने, सत्यज्ञानी, सत्कर्मी, सदाचारी, जितेन्द्रिया र गुणीमात्र राष्ट्रको शासक बन्न योग्य हुन्छन् तर जनता पनि चरित्रवान र पुरुषार्थी हुनुपर्छ।’ शासकको मात्रै होइन, जनताको गुणस्तर पनि परिभाषित गरेको छ शास्त्रले। पौरस्त्य पद्धतिमा राष्ट्रका यावत अंगको काम, कर्तव्य र अधिकार स्पष्ट उल्लेख छ। मातृभूमिको परिकल्पना अथर्ववेदमै गरिएको छ। राष्ट्र शब्द ऋग्वेदमै आउँछ। अथर्ववेदको मन्त्र १२, पृथ्वीसुक्तमा ‘माता भूमि, पुत्रो हं पृथिव्या’ उल्लेख छ। जसको अर्थ हो– पृथ्वी हाम्री आमा हुन्, हामी उनका पुत्र हौँ।

इतिहासले सिकाएको पाठ

शुक्रबार, १३ असार २०७६

नेपालको संविधानले विस्फोटक पदार्थको काम गरिरहेको देखिन्छ।

अधिनायकवादको सम्भावना

शुक्रबार, ०६ असार २०७६

नेपालमा प्रजातन्त्रले नयाँ वर्ग पैदा गरेको छ। त्यो वर्गले सुखसुविधा, राज्यका स्रोतसाधन र मोजमज्जामात्र लोकतन्त्र भनिरहेको छ।

मूर्खहरूको पुरुषार्थ

शुक्रबार, ३१ जेठ २०७६

सबैलाई समेट्न सक्ने र दलको घेराबाट माथि उठेर राष्ट्रको बृहत्तर हित सोच्ने संस्था राजसंस्था नै हो भन्ने कुरा करोडौँले स्वीकार गरेका छन्।

सैनिक कूटनीतिको अर्थ

शुक्रबार, २४ जेठ २०७६

सैनिक मुख्यालयले सैनिक कूटनीति सदुपयोग गर्दा सिंहदरबारभित्रका लेन्डुप दोर्जे, मिर जाफर र क्विजलिङहरूसँग पनि साहस तथा अठोटका साथ आफ्नो स्पष्ट मार्गचित्र प्रस्तुत गर्न सक्नुपर्छ। के त्यसका निम्ति सेना तयार छ ?

राजा वीरेन्द्रको सम्झना

शुक्रबार, १७ जेठ २०७६

दरबारका पुराना फर्निचरसमेत मर्मत गरेर काम चलाउने, उत्ताउलो खर्च नगर्ने, सरल रहन मन पराउने, शिष्टाचारमा विशेष ध्यान दिने, राजोचित व्यवहार प्रदर्शन गर्ने, सबैलाई मीठो बोलेर आफ्नो बनाउने अद्भूत गुण थियो, वीरेन्द्रमा।

गणतन्त्रका तानाशाह

शुक्रबार, १० जेठ २०७६

‘जनताका शत्रु’ भन्ने शब्द फ्रेन्च राज्यक्रान्तिका बेला ‘थेगो’ बन्यो। ‘वर्गशत्रु’ भन्ने आरोपमा कम्युनिस्ट तानाशाहहरूले विभिन्न देशमा लाखौं मानिसको हत्या गरे। उता ब्रिटेनको संसद्मा गणतन्त्रवादीलाई लक्षित गरेर कतिपय सांसदले गुन्डा, मुसा, मूर्ख, राष्ट्रघाती, खराब मान्छेहरू आदि शब्द प्रयोग गर्दा राजतन्त्रवादी राजनेताहरूले त्यस्ता शब्द ब्रिटेनको संसद्मा प्रयोग गर्न नपाइने नियम बनाए। राजनीतिमा मात्र होइन, ब्रिटेनको सभ्यतालाई नै अशोभनीय भन्दै ‘असंसदीय’ (अनपार्लियामेन्ट्री) शब्दहरू सार्वजनिक ठाउँमा प्रयोग नगर्ने ठहर गरियो। यसमा बकिङ्घम् राजदरबारले महŒवपूर्ण भूमिका खेलेको देखिन्छ। दरबार सभ्यताको प्रतीक भएकाले संसद्, मन्त्रिपरिषद्लगायत कुनै पनि ठाउँमा असंसदीय, अराजनीतिक र अमर्यादित शब्द प्रयोग गर्न हुन्न भन्ने दरबारको धारणा थियो।

Ncell Footer Ad