सइन्द्र राई

हुरीपीडितलाई घर कि भर ?

बुधबार, २७ चैत २०७५

पशुपक्षीका गतिविधि र आकाश हेरेर दिनभरको काम तय गर्ने नेपाली बिस्तारै ‘रेडियो नेपाल’तिर तानिए। तर रेडियो नेपालले सुनाउने मौसमसम्बन्धी खबरमा भर पर्दा दिनचर्या बिग्रिएपछि थुप्रै किस्सा नै बनाइए। यसले मौसम पूर्वानुमानको महŒव बुझाउँछ। अहिले पूर्वानुमान गर्ने रूप बदलिए पनि चासो घटेको छैन र घट्ने पनि छैन। किनभने मानवले मात्र नभई प्राणी जगत्ले नै मौसमको पूर्वानुमान गर्दै सृष्टि जोगाउँदै आएका हुन्।

नयाँ सरकार, नयाँ यात्रा

सोमबार, २५ मङि्सर २०७४

चार वर्ष पहिलेजस्तै यो मीनपचासले पनि एउटा महामेलाको मैझारो मार्दैछ । यसपछि राजनीतिक दल, उम्मेदवार र आमसर्वसाधारण हार–जीतको समीक्षातिर लाग्नेछन् । त्यसको डेढ दुई महिनासम्म कसको सरकार ? कसको प्रतिपक्ष ? भन्ने विषयले चर्चा पाउनेछ । यही अवधिमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मुख्य मन्त्रीदेखि मन्त्रीहरू टुंगो लाग्नेछन् । त्यसपछि के हुन्छ ?

चाहियो लोभ–भ्रममुक्त मतदाता

बिहिबार, ०७ मङि्सर २०७४

निर्वाचन नजिकिएसँगै राजनीतिक पूर्वाग्रह छुताछुल्ल बनेको छ । समय नै रंगिएपछि रंगहीन पात्र व्यर्थको कल्पना बन्दो रहेछ । वाम र लोकतान्त्रिक गठबन्धनदेखि साना राजनीतिक दलहरूप्रतिको प्रशंसा र आलोचनाले कोरेको किनाराले पात्रहरूको पक्षधरता परिभाषित गरेकै छ । छिपाउने प्रयत्न छिपेको छैन । राजनीतिक अधिकारयुक्त नागरिक जुनसुकै भूमिकामा रहे तापनि उसले एउटा किनारा रोज्दो नै रहेछ (अपवादबाहेक) । विशेषगरी महत्वपूर्ण राजनीतिक मोडहरूमा । यो आलेखले पनि पूर्वाग्रह लिएकै छ ।

अधिनायकवादको हौवा

सोमबार, २० कार्तिक २०७४

पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रले प्रतिपक्षी दल एमालेसँग चुनावी गठबन्धन र पार्टी एकताको घोषणा गरेपछि कांग्रेस नेताहरूको एउटै स्वर छ– देशलाई कम्युनिस्ट अधिनायकवादबाट जोगाऔँ । कांग्रेसी चुनावीसभाको अधिकांश समयदेखि मिडिया संवाद र आलेखहरू कम्युनिस्ट अधिनायकवादमै अल्मलिएको छ ।

ह्याप्पी बर्थ डे कमरेड

बुधबार, २१ भदौ २०७४

अधिकांशको हातमा पुष्पगुच्छा अनि अनेकथरीका उपहार । खादा नबोकेका सायद कोही थिएनन् होला । आँगनदेखि पर खेतका आलीसम्म लाइनबद्ध पूर्व तथा वर्तमान मन्त्री र सरकारी निकायका उच्च अधिकारीहरूसँगै सामान्य कार्यकर्ताजन पालो कुरिरहेका । पञ्चेबाजा घन्काउनेहरू, गीत गाउनेहरू, प्रसाद (फलफूल) बाँड्नेहरू, उपहार सम्हाल्नेहरू र वरपर गफिनेहरूको भीडले खुट्टा राख्नसमेत हम्मे–हम्मे पथ्र्यो ।

आमा शासन

शुक्रबार, १३ साउन २०७४

नगरपालिका/गाउँपालिकाको उपप्रमुख न्यायिक समितिको सभापति हुने संवैधानिक व्यवस्था भएको र अधिकांश उपप्रमुख महिला निर्वाचित भएकाले अब पाँच वर्ष आमा शासन चल्ने प्रस्ट छ।

  • 1 (current)
Ncell Footer Ad