मन्जु उप्रेती

रामेछापमा बोलेरो दुर्घटना : २ जनाको मृत्यु, २८ घाइते

मङ्गलबार, १८ चैत २०७६

जिल्लाको खाडादेवी गाउँपालिका-१ राकाथुमको माझी गाउँमा मंगलबार विहान भएको बोलेरो दुर्घटनमा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। भक्तपुरको सुर्यविनायकबाट दोरम्बाका लागि मान्छे लिएर हिडेको बा १४ च ९४९८ नम्बरको बोलेरो दुर्घटनामा परेको हो।

स्थानीय निकायलाई कोरोना रोकथामका लागि वाग्मती प्रदेशको १३ करोड

सोमबार, १७ चैत २०७६

वाग्मती प्रदेश सरकारले प्रदेशका १ सय १९ स्थानीय निकायलाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कार्य प्रयोजनका लागि १३ करोड ७ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ।

कोरोना त्रासले रातदिन खट्दै जनप्रतिनिधि

सोमबार, १७ चैत २०७६

विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड-१९(कोरोना भाइरस)को त्रास जिल्लाभर बढीरहेको बेला जिल्लाका जनप्रतिनिधिहरु भने अहोरात्र प्रकोप रोकथामका लागि दौडधुप गरिहेका छन्। कोरोनाको त्रासका कारण सरकारले लामो समय विदा दिएपछि शहर र विदेशबाट समेत मानिसहरु जिल्ला तथा गाउँमा भित्रिएपछि यतिबेला अधिकांश जनप्रतिनिधिहरु हैरान बनेका छन्। उनीहरु हैरान नमानी प्रकोप रोकथाम गर्न र नागरिकलाई प्रकोपबाट जोगाउन यतिबेला दिनरात नभनिकन जिम्मेवारीमा खटिरहेका छन्।

कोरोनाबाट जोगिन अस्पतालदेखि विद्यालयसम्म सतर्कता

शनिबार, २४ फागुन २०७६

सर्वत्र कोरोना भाइरसको प्रकोप बढ्न थालेपछि स्थानीय प्रशासनले जिल्लामा आवश्यकता सतर्कता बढाउन थालेको छ। शुक्रबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतमा बसेको सर्वपक्षीय बैठकले कोरोना भाइरसबाट बच्न सतर्कता अपनाउने र त्यही अनुरुपमा जनशक्ति परिचालन गरी जनचेतना बढाउने निर्णय गरेको छ।

महोत्सवमा दुर्गेशसँगै झुम्यो मन्थली

आइतबार, ११ फागुन २०७६

यंग्यात्मक गित गाएर चर्चामा रहेका दुर्गेश थापा दोस्रो रामेछाप महोत्सवमा आएर गित गाउदा शनिबार साँझ हजारौ दर्शकहरु थापासँगै उनको गितमा झुमेका थिए।

‘सजग भए पाठेघर क्यान्सरको डर छैन’

सोमबार, २७ माघ २०७६

जिल्लाको रामेछाप नगरपालिकाकी वडा नं ६ डान्सिङटारकी ३५ वर्षिया निर्मला मगर ५ बर्ष पहिले गाउमा नै पुगेको स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गराउन पुगिन्।

राष्ट्रिय जनगणना वैज्ञानिक बनाउन सुझाव

मङ्गलबार, ०७ माघ २०७६

राष्ट्रिय जनगणना २०७८ को तयारी चलिरहँदा जिल्लाका सरोकारावालाले जनगणनालाई प्रभावकारी र वैज्ञानिक बनाउन सुझाव दिएका छन्।

आँखाको ज्योति फर्केपछिको खुसी

बिहिबार, ०२ माघ २०७६

लामो समयदेखि आँखाको दृष्टि शक्ति कमजोर रहेका जिल्लाको लिखु तामाकोशी गाउँपालिका २ सैपुका बुद्ध दम्पतीको एकै साथ आँखाको सल्यक्रिया भयो।

बर्थिङ सेन्टर छ, सेवा छैन

सोमबार, १४ पुष २०७६

गुम्देल स्वास्थ्य चौकीमा पाँचजनाको दरबन्दी भए पनि दुईजना अनमीको भरमै सेवा सञ्चालन हँुदै आएको छ। एकजना स्थायी दरबन्दीकी अनमी छिन् भने एकजनालाई गाउँपालिकाले करारमा भर्ना गरेको छ।

चार वर्षमा जग बन्यो, पुल बनेन

मङ्गलबार, ०८ पुष २०७६

जिल्लाको दुर्गम मानिने उमाकुण्ड गाउँपालिका १ गुम्देलको गुम्देल खोलामा लाच्छोर र क्यामालाई वडा केन्द्रसम्म जोड्ने गरी निर्माण थालिएको मोटरेवल पुल ४ वर्ष बित्न लाग्दा पनि अझै बन्न सकेको छैन। पुल निर्माणका लागि ४ वर्षमा जग बनेता पनि जगकै कामसमेत अधुरो रहेको छ।

गृहमन्त्रीले बिर्सिए आफू बसेको गाउँ

बुधबार, ०२ पुष २०७६

द्वन्द्वकालीन समयमा लामो समय बसेर रणनीति निर्माण तथा मोर्चा परिचालन गरेको रामेछापको दुर्गम गाउँ लाच्छोर तत्कालीन माओवादीका नेता तथा हालका गृहमन्त्री रामबहादुर थापा बादलले बिर्सिएका छन्।

बोल्दाबोल्दै भक्कानिए वडाध्यक्ष

बुधबार, ०२ पुष २०७६

जनताकै सेवा गर्छु भनेर स्थानीय निकायको चुनावमा वडाध्यक्ष लडें र जितें पनि। तर जनताको अपेक्षाअनुसार काम गर्ने वातावरण नहुँदा आफैंमा लज्जाबोध भएको छ।

फेरिनै नसकेको गुम्देलबासीको विकास माग

मङ्गलबार, ०१ पुष २०७६

तीन तहको निर्वाचन पश्चात गाउँगाउँमा सिंहदरबारको नारा दिएता पनि जिल्लाको उमाकुण्ड गाउँपालिका १ गुम्देलका स्थानीयको विकास माग भने अझै फेरिन सकेको छैन। गुम्देलबासीले सरकारसँग यतिबेला नयाँ योजना केही मागिरहेका छैनन। उनीहरुले पुस्तौदेखि माग्दै आएको विकासलाई आज पनि निरन्तर पच्छ्याउदै विकास मागिरहेका छन्।

९० वर्षमा पनि उस्तै जाँगरिला

सोमबार, १३ असोज २०७६

तन्नेरी हुँदा बल पर्ने अनेक काम गर्दा पनि केही नभएको सम्झँदै तामाङ हिजोआज भने मान्द्रो बुन्दा पनि औंला बाउँडिने गरेको सुनाउँछन्।

विवाह गर्ने उमेर नपुग्दै आमा

सोमबार, ०६ असोज २०७६

दर्जनौं भाषण गर्दै हिँड्ने नेताले कहिल्यै बालविवाह नगर्नू भनेर सिकाएनन् । राजनीतिले जनताको आधारभूत कुरामा ध्यान दिन नसक्दा शिक्षा, स्वास्थ्यजस्ता विषय ओझेलमा परेका छन् ।

गाउँपालिका अध्यक्ष नेकपाबाट निलम्बित

आइतबार, ०५ असोज २०७६

जिल्लाको लिखु तामाकोसी गाउँपालिकाका जनप्रतिनिधिबीच विवाद लम्बिँदै गएपछि एक जनप्रतिनिधिसँग अर्को जनप्रतिनिधि नै डराएर हिँडनुपर्ने अवस्था आएको छ। एक जनप्रतिनिधि अर्को जनप्रतिनिधिसँग एक्लै भेटन सक्ने अवस्था नहँुदा सिंगो पालिका नै प्रभावित बनेको छ।

स्वयम्भु गोलीकाण्डः गाउँपालिका अध्यक्ष र वडाध्यक्षबीच बढ्याे तिक्तता

शुक्रबार, २४ साउन २०७६

काठमाडौंकाे स्वयंभु गोली चलेर अपराधिक गतिविधिमा संलग्न रहेको भन्दै  दुई व्यक्तिलाई प्रहरीले नियन्त्रण लिएसँगै जिल्लाको लिखु गापालिकाका अध्यक्ष र वडाध्यक्षबीच तिक्तता शुरु भएको छ। प्रहरीले समातेको व्यक्तिहरुलाई प्रयोग गरी जिल्लाको लिखु तामाकोशी गाउँपालिका ७ नं वडाका अध्यक्ष सुवास बोहोराले आफु माथि चन्दा आतंक र ज्यान मार्ने धम्की दिएको सोही गाउपालिकाका अध्यक्ष गोविन्द बहादुर खडकाले आरोप लगाएका छन्।

वडा कार्यालयमा सिलिन्डर विस्फोट

शनिबार, १८ साउन २०७६

घटना रातिको भए पनि सुरक्षा निकायमा ढिलो गरी जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

रामेछापको साङ्गुटारमा आगलागी, ४ घर जले

बिहिबार, ०९ साउन २०७६

जिल्लाको रामेछाप नगरपालिका वडा न ३ को साङ्गुटार बजारमा बिहीबार बिहान आगलागी हुँदा ३ घर जलेर नष्ट भएका छन्।

ग्रामीण महिलालाई पाठेघर क्यान्सर परीक्षणमा असहज

शुक्रबार, ०६ असार २०७६

जिल्ला अस्पताल रामेछापले पाठेघरको मुखको क्यान्सर परीक्षण गर्न सकिने व्यवस्था हालै मात्र मिलाएको भए पनि ग्रामीण भेगका स्वास्थ्य चौकीमा भने सो सेवा उपलब्ध छैन।

Ncell Footer Ad