डा. सुमनराज ताम्राकार

त्रिपुरासुन्दरी कि जय

शनिबार, ०७ बैशाख २०७६

त्रिपुरासुन्दरीको मन्दिर बैतडीको दशरथ चन्द नगरपालिकाको मुख्य बजार गोठालापानीदेखि ३ किमी दक्षिण पश्चिम दिशामा छ। नेपालको पश्चिमी सीमाना महाकाली नदीको आडैमा भए पनि भारतको पिथौरागढतिरबाट हिँडेर आउने हो भने भक्तालुहरूले महाकाली नदीस्थित झुलाघाट तरेर नाकै ठोक्किने उकालो चढ्नु पर्छ। विकल्पमा सानै भए पनि कालोपत्रे सडक छ। दक्षिणाभिमुख पर्वतमालामा अवस्थित छ मन्दिर।

बेलायततिर बरालिँदा

शनिबार, २३ चैत २०७५

बिबिसी नेपाली सेवाका पारखी छविरमण सिलवालले लण्डनस्थित अब्जर्भेटरीको आँगनमा एउटा खुट्टा पूर्वी गोलाद्र्ध र अर्को खुट्टा पश्चिमी गोलार्धमा राख्न पाएर स्वर्गानुभूति गर्न पाएकाले कृतिको नाम ‘ग्रीनविचको साँझ’ राखेका रहेछन्।

गर्मी मौसमका स्वास्थ्य समस्या

बिहिबार, २३ फागुन २०७५

यो पटक गर्मी मौसमको आगमन अलि छिटो हुन लागेको जस्तो छ। त्यसो त ग्लोबल वार्मिङको प्रभाव पनि हुनसक्छ। कारण जेसुकै भए पनि वातावरणीय तापक्रमको वृद्धिसँगै भिँगा, लामखुट्टे, उडुस, उपियाँको सहज वृद्धिका कारण विभिन्न थरिका संक्रामक रोगहरु उत्पन्न हुन्छन् । गर्मी मौसममै सर्पको टोकाइ, बहुला कुकुरको टोकाइका घटना पनि बढ्ता हुने गरेको छ।

जाडोमा बालबालिकाका स्वास्थ्य समस्या

बुधबार, ०२ माघ २०७५

मंसिर, पुस लागेदेखि जाडो हुने, तापक्रम चिसिने क्रम निरन्तर हुन्छ । जाडो मौसममा बालबालिकालाई विशेषगरी छालाको स्वास्थ्य समस्याले सताउने गरेको छ ।

गुणात्मक विकास र समय सापेक्ष विस्तार

मङ्गलबार, १७ पुष २०७५

‘अकबरी सुनलाई कसी लाउनु पर्दैन’, नेपालको स्वास्थ्य एवं स्वास्थ्य शिक्षा क्षेत्रमा धुलिखेल अस्पतालको अवस्था अकबरी सुन साबित भएको छ। यो एकै दिनको उपलब्धि भने कदापि होइन। वर्षौंको मेहनत अनि सयौँ, हजारौँ दृढसंकल्पित अस्पतालकर्मीहरूको मेहनतको फल हो।

स्वास्थ्य सेवाको स्वास्थ्य

बिहिबार, ०६ मङि्सर २०७५

पछिल्लो समय नेपालमा मातृ मृत्युदरमा आशातित रूपमा कमी आउन नसकेको समाचार प्रकाशमा आएबाट सम्बन्धित निकाय चिन्तित हुन पुगेको छ। त्यसो त २० वर्ष अगाडिसम्म नेपालमा मातृ मृत्युदर (५४३ प्रतिलाख महिला) निकै बढी थियो।

वर्षातका स्वास्थ्य समस्या

सोमबार, ०१ असोज २०७५

गर्मी मौसममा तापक्रमको वृद्धिसँगै भिँगा, लामखुट्टे, उडुस, उपियाँको वृद्धिका कारण विभिन्न थरिका संक्रामक रोग उत्पन्न हुन्छन् । गर्मी मौसममै सर्पको टोकाइ, बहुला कुकुरको टोकाइका घटना पनि बढ्ता हुने गरेको छ । महामारी फैलिन सक्छ । हावाहुरीको कारणले आँखाको तथा छालाको स्वास्थ्यमा असर गर्न सक्छ ।

वैदेशिक रोजगारी र निःसन्तानको समस्या

शुक्रबार, ०१ भदौ २०७५

वैदेशिक रोजगारीबाट फर्किएकामा ठ्याक्कै यति नै समस्या छ भनेर कुनै तथ्यांक नभए पनि निःसन्तानसम्बन्धी सेवा प्रदायकहरु (निःसन्तान विशेषज्ञ) बीचको छलफलमा अण्डकोष वरिपरिको प्रतिकूल तापक्रम, लामो समयसम्म यौनसम्पर्कको अभावमा विर्य निर्माणमा गडबडी (कतिपयले अधिक हस्तमैथुन गर्ने तथा कतिपयमा लामो समय विर्य स्खलन हुन नपाउँदा), कतिपयले वैदेशिक बसाइको क्रममा दैनिक मद्यपानको सेवन, त्यस्तै परे निद्रा लाग्ने औषधिको सेवन, कामको तनाव, लामो समय विदेशमा चिन्ता, डिप्रेसन अनि कुण्ठाको समग्र प्रभावका कारण नेपाल फर्किएलगत्तै चाहेर पनि सन्तान प्राप्तिमा समस्या भइरहेको आँकलन छ ।

रजनोवृत्तिको नालीबेली

शनिबार, ०२ असार २०७५

डिम्बाशयका क्रियाकलापमा कमी आएर प्रजनन् उमेरको अन्त्यताका स्थायीरूपमा महिनावारी बन्द हुने परिस्थितिलाई रजनोवृत्ति भनिन्छ ।

मध्य उमेरका महिला र पुरुषमा आइपर्ने संकट

बुधबार, १४ चैत २०७४

सुन साइँली सुन साइँली चालीस कटेसी रमाउँला...  केही समयअगाडि निकै प्रख्यात भयो यो गीत । युट्युबमा राम्रो ‘ट्रेन्डिङ’ पनि भयो । रेमिट्यान्स भित्र्याउने वैदेशिक रोजगारको अँध्यारो पक्ष समेटिएको यो गीतभन्दा पृथक् अर्थात् चालीस कटेपछि खुसी हुने होइन, निराशामा परिणत हुने कुरा गर्दैछु ।

चुम्बनको नालीबेली: प्रेम र यौन स्वास्थ्य

मङ्गलबार, १५ फागुन २०७४

पुरुष महिलाको शरीरको गोलाइप्रति आकर्षित हुन्छन् । अनुहार, वक्षस्थल, काँध, नाइटो, कम्मर, पिँठ्यूका साथै ओंठ, गाला, आँखा, बोली, पहिरनबाट पनि आकर्षित हुन्छ । महिलाका लागि भने पुरुषको बलिष्ठ तथा सुगठित शरीर, चौडा छाती, सानो पुट्ठा, सुलुत्त परेको पेट, छातीको तथा नाइटोमुनिको रौं यौन आकर्षक लाग्छ ।

अनिद्राको पिरलो

बुधबार, २४ माघ २०७४

के तपाईंलाई निदाउन गाह्रो छ? के तपाईंलाई निदाइरहन गाह्रो छ? के तपाईं मध्यराति वा बिहानीपख बिउँझेपछि फेरि निदाउन समस्या छ? यदि यीमध्ये कुनै पनि समस्या छ भने बुझिलिनुस् तपाईंलाई कुनै न कुनै खालको अनिद्राको समस्या छ।

विवाह अघिपछिको स्वास्थ्य

शुक्रबार, १५ मङि्सर २०७४

विवाहको मौसम सुरु भइसकेको छ । कानुनी रुपमा अभिभावकको अनुमतिमा १८ वर्ष माथिका किशोरकिशोरीले विवाह गर्न पाउने भए पनि स्वास्थ्यको दृष्टिले २० वर्षपछि विवाह गर्नु तथा २५ वर्षको उमेरपछि मात्र गर्भधारण गर्नु बुद्धिमानी हुन्छ । तर विडम्बना, एकातिर नेपालका कतिपय भू–भागमा बालविवाहको चलन विद्यमान छ भने अर्कोतिर स्कुल, कलेजमा पढ्दापढ्दै देखासिकीमै लभ म्यारिज गर्ने किशोरकिशोरीको संख्या पनि कम छैन । विगत एक दसकदेखि विषयगत विशेषज्ञता पुर्याउँदै आउँदै क्रममा लेखकले अनुभूत गरेको अर्को पक्षको के हो भने विशेषतः ब्राह्मण जातिमा पढेलेखेकै भए पनि कलिलै उमेरमा विवाह गरिदिने (स्वस्थानी व्रतकथाको प्रभावले ?) चलन बढ्ता छ ।

क्यान्सरको नालीबेली

मङ्गलबार, १४ कार्तिक २०७४

एक समय धनीमानीलार्इ लाग्ने राेग भनी कुख्याति कमाएकाे क्यान्सर राेग अहिले विपन्न बस्तीमा पनि अड्डा जमाउन थालेकाे छ । अाखिर क्यान्सर के हाे ? किन लाग्छ? सर्वसाधारणकाे घरपरिवारमा यसले कस्ताे असर पुर्याइरहेकाे छ ? यसलार्इ लाग्नुअघि नै गर्न सकिने निदान छन्? प्रविधिगत रूपमा नेपालमा क्यान्सर अस्पताल कति सुविधासम्पन्न छन् ?

साउने व्रतले बढ्ला ग्यास्ट्रिक

शनिबार, ०७ साउन २०७४

बोलबम, योग, साई, आध्यात्मिक चिन्तन, विपश्यनाले कसैकसैलाई समय क्रममा फाइदा हुँदै गयो होला, तर सबैलाई राम्रै हुन्छ भन्ने ग्यारेन्टी छैन। हृदयाघात, बेहोस, मस्तिष्काघात, दीर्घ तथा जीर्ण रोग र शल्यक्रिया गर्नुपर्ने स्वास्थ्य समस्याका लागि एलोपेथिक उपचार बाहेकलेे खासै काम गर्दैन।

रगत अनि रक्तदान

बुधबार, ३१ जेठ २०७४

गतको माध्यमले शरीरभित्र पोषण, लवण, हर्मोन, भिटामिन, अक्सिजन, एन्टिबडी (रोगसँग लड्ने तत्व) त्यसैगरी कार्बन डाइअक्साइड, युरिया जस्तो विकार तत्वको ओसारपसार हुन्छ ।

  • 1 (current)
Ncell Footer Ad