ईश्वरी सुवेदी

नियमावली मस्यौदामा संशोधन प्रस्ताव

बुधबार, २६ बैशाख २०७५

फौजदारी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका सांसदको पद स्वतः निलम्बन हुनुपर्ने व्यवस्थाको प्रावधान राख्नुपर्ने भन्दै प्रतिनिधिसभा र राष्ट्रियसभा नियमावली मस्यौदामाथि संशोधन प्रस्ताव दर्ता भएको छ । संघीय संसद्का दुवै सभामा वैशाख २३ गतेको बैठकमा टेबुल भएका नियमावलीका दुई मस्यौदामा संशोधन प्रस्ताव हाल्न सोमबार र मंगलबारको समय दिइएको थियो।

यसरी हुन्छ राष्ट्रियसभा सदस्यको पदावधि कायम

मङ्गलबार, २५ बैशाख २०७५

सामान्तया राष्ट्रियसभा सदस्यको पदावधि ६ वर्षको हुने भए पनि पहिलोपटक भने एकतिहाइ सदस्यको दुई वर्ष, अर्का एकतिहाइ सदस्यको चार वर्ष र बाँकी सदस्यको पदावधि ६ वर्ष हुने संवैधानिक व्यवस्था छ। यही प्रयोजनका लागि गोलाप्रथा विधि अपनाई पदावधि निर्धारण गरिने भएको छ।

फौजदारी अभियोगमा जेल जाँदा पनि सांसद् निलम्बन नहुने

आइतबार, २३ बैशाख २०७५

प्रतिनिधिसभा र राष्ट्रियसभा नियमावली मस्यौदा समितिले सांसद फौजदारी अभियोगमा जेल चलान हुँदैमा उसको पद निलम्बनमा नपर्ने व्यवस्था राखेको छ। शनिबार बसेको दुवै सभाको नियमावली मस्यौदा समितिले फौजदारी अभियोगमा पक्राउ भएमा वा तीन वर्षभन्दा बढी जेल सजाय हुने मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका बेला सांसदको पद निलम्बन नहुने व्यवस्थामा सहमति जुटाएको हो।

संसद अधिवेशन वैशाख २३ गते ४ बजेका लागि आह्वान

आइतबार, १६ बैशाख २०७५

संघीय संसदको अधिवेशन वैशाख २३ गते ४ बजेको लागि आहृवान गरिएको छ। राष्ट्रपति कार्यालयद्वारा आइतबार संसद सचिवालयमा अधिवेशन आह्वानको पत्र पठाएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक २३ गते ४ बजे बस्ने छ।

अलमलमा अख्तियार, मैँलाउँदो भ्रष्टाचार

शनिबार, १५ बैशाख २०७५

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक दशकयता भ्रष्टाचार नियन्त्रणमा उल्लेखनीय फड्को मार्न सकेको छैन। अख्तियार लामो समय प्रमुख आयुक्तविहीन हुनपुग्यो। २०६३ सालदेखि २०६९ सालसम्म अख्तियारमा प्रमुख आयुक्त नियुक्त भएको थिएन। अख्तियारले भ्रष्टाचार नियन्त्रणमा सुक्ष्म तहबाट अनुसन्धान गर्न असफल नै भएको छ। हरेक निकायमा हुने भ्रष्टाचार नियन्त्रणका लागि अख्तियारले खेलेका भूमिकाले तुलनात्मक हिसाबले गुणात्मक फड्को मार्न सकेको छैन।

‘पूर्वसांसदले नियम मिचेर पैसा लिए’

शुक्रबार, ३० चैत २०७४

अघिल्लो संसद्का सांसदहरुले ऐनविपरीत ४ करोड ९१ लाख ११ हजार रुपैयाँ लिएको पाइएको छ।

संविधानमा अस्पष्ट हुँदा नियमावली रोकियो

बुधबार, २८ चैत २०७४

राष्ट्रपति र उपराष्ट्रपतिलाई महाभियोग लगाउँदा र विदेशी मुलुकसँग भएको सन्धिसम्झौता अनुमोदन गर्दा संघीय संसद्को बैठक बस्नेबारे संविधानमा अस्पष्टता देखिएको छ । संविधानमा अस्पष्टता भएपछि प्रतिनिधिसभाको नियमावली मस्यौदा निर्माण रोकिएको छ।

इन्जिनियरिङ ल्याबबाट भ्रष्ट खोज्ने अख्तियारको तयारी

सोमबार, २६ चैत २०७४

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाधार निर्माणमा भएको अनियमितताबारे इन्जिनियरिङ प्रयोगशालाबाट अध्ययन सुरु गरेको छ।

अख्तियार संयन्त्र सुस्त

शनिबार, २४ चैत २०७४

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात प्रदेश र स्थानीय तहमा भएका विसंगतिविरुद्ध अनुसन्धान चुस्त बनाउन नसकेको देखिएको छ। प्रदेश र स्थानीय तहमा अख्तियार दुरुपयोगबारे सूक्ष्म तहबाट अनुसन्धान गर्ने आयोगको प्रभावकारी संयन्त्र नहुँदा स्थानीय तहमा भ्रष्टाचार मौलाउन थालेको छ।

एक महिनामा ११ बैठक बसेर सकियो संसद् अधिवेशन

बिहिबार, २२ चैत २०७४

अधिवेशन सुरु भएको एक महिनासम्म संसद्का बैठक औपचारिकतामा मात्र सीमित भए। सरकारले आवश्यक बिजनेस दिन नसकछि मंगलबार संसद्को अधिवेशन अन्त्य गरेको छ। फागुन २१ गतेदेखि संसद् अधिवेशन सुरु भएको हो । संसद् अधिवेशनको एक महिनामा ११ वटा बैठक मात्रै भए।

राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश स्वीकृत

बुधबार, २१ चैत २०७४

कांग्रेस नेतृत्वको सरकारले ल्याएको ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७४’ मंगलबार प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट स्वीकृत भएको छ

प्रतिनिधिसभामा जम्बो समितिबनाइँदै

सोमबार, १९ चैत २०७४

प्रतिनिधिसभातर्फ जम्बो समिति बनाइने भएको छ। २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा १० वटा समिति गठन हुने भएका हुन्। प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले आइतबार समितिको नाम संख्या र क्षेत्राधिकारको टुंगो लगाएको छ। संसद सचिवालयले सदस्य संख्याका आधारमा ७ वटा मात्रै समिति राख्न सुझाव दिएको थियो।

प्रधानमन्त्रीको भारत भ्रमणसँगै अधिवेशन अन्त्यको तयारी

आइतबार, १८ चैत २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा निस्कनुअघि संघीय संसद्लाई सम्बोधन गर्ने भएका छन् । ओली चैत २३ गते भारत जाँदैछन्। उनले संसद्लाई सम्बोधन गरी भारत भ्रमणमा जानुको जानकारी गराउने छन्। प्रधानमन्त्रीको सम्बोधनलगत्तै संसद् अधिवेशन अन्त्य गर्ने तयारी छ।

चिकित्साशिक्षा अध्यादेश संसद्मा दर्ता

बिहिबार, १५ चैत २०७४

सरकारले ‘राष्ट्रिय चिकित्सा शिक्षासम्बन्धी अध्यादेश २०७४’ बुधबार संसद् सचिवालयमा दर्ता गरेको छ।  कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको पूर्ववर्ती सरकारले ल्याएको अध्यादेशलाई वर्तमान सरकारले अनुमोदनका लागि संसद्मा दर्ता गरेको हो। अध्यादेश प्रतिनिधिसभा र राष्ट्रियसभा सचिवालयमा दर्ता गरिएको छ।

संसदीय सुनुवाइ कुन नियमावलीबमोजिम गर्ने अन्योल

सोमबार, १२ चैत २०७४

संसदीय सुनुवाइ समिति गठनसम्बन्धी व्यवस्था कुन नियमावलीमा राख्ने भन्ने विषयमा अन्योल उत्पन्न भएको छ । सुनुवाइ समितिमा प्रतिनिधिसभा र राष्ट्रियसभाका दुवै सदस्य राख्नुपर्ने संवैधानिक व्यवस्था छ। प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले संसदीय सुनुवाइ समिति गठनसम्बन्धी व्यवस्थालाई थाती राखेर अन्य काम सुरु गरेको छ। राष्ट्रियसभाको नियमावली मस्यौदा समितिको भने बैठक बसेको छैन।

चिकित्सा शिक्षा अध्यादेश संकटमा

बुधबार, ०७ चैत २०७४

नेपाली कांग्रेस नेतृत्वको पूर्ववर्ती सरकारले ल्याएको ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७४’वर्तमान सरकारका कारण संकटमा पर्ने देखिएको छ।

ओलीले आज विश्वासको मत लिने, दुईतिहाइभन्दा बढी समर्थन

आइतबार, २७ फागुन २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने क्रममा दुईतिहाइभन्दा बढी मत पाउने भएका छन् । प्रतिनिधिसभाको आइतबार अपराह्न बस्ने दोस्रो बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि प्रस्ताव राख्ने छन् । त्यसपछि प्रस्तावमाथि छलफल भई पक्ष र विपक्षमा मतदान हुनेछ । शनिबार साँझसम्मको राजनीतिक समीकरण अनुसार ओलीको पक्षमा २ सय ९ मत पर्ने देखिएको छ।

भण्डारी औपचारिक कार्यक्रममा जान नपाउने

शुक्रबार, २५ फागुन २०७४

राष्ट्रपति विद्यादेवी भण्डारी निर्वाचन सम्पन्न नहुँदासम्म कुनै पनि औपचारिक कार्यक्रम तथा अन्तरक्रियामा सहभागी हुन नपाउने भएकी छन् । राष्ट्रपति निर्वाचनमा उम्मेदवार भएकाले निर्वाचन सम्पन्न हुने समयसम्म भण्डारी उम्मेदवारकै भूमिकामा मात्र रहने छिन् । राष्ट्रपतिको निर्वाचन २९ गते हुँदैछ । राष्ट्रपति निर्वाचनमा संघीय संसद् सदस्य र प्रदेशसभा सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ।

राष्ट्रपति निर्वाचनमा रेशम चौधरी पनि मतदाता

बुधबार, २३ फागुन २०७४

राष्ट्रपति निर्वाचनमा फौजदारी अभियोगमा पक्राउ परेका रेशमलाल चौधरी पनि मतदाता रहेका छन् । उनी कैलाली १ बाट प्रतिनिधिसभा निर्वाचित सदस्य हुन् । निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता नामवलीको क्रमसंख्या २५६ मा उनको नाम छ । उनको मतदाता नम्बर ३३८४११४ हो।

संघीय संसद्काे शपथ आज

आइतबार, २० फागुन २०७४

संघीय संसद्का सदस्यले आइतबार पद तथा गोपनीयताको शपथ लिँदैछन् । प्रधानमन्त्री केपी शर्मा ओली र संसद् सदस्यबाट निर्वाचित भई मन्त्री भएकाहरुले पनि संसद् सदस्यका हैसियतले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नेछन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।