दिनेश सुवेदी

हाप्किडो राष्ट्रिय प्रतियोगिता हुने

मङ्गलबार, १० भदौ २०७६

रोल्पा मार्सल आटर््स हाप्किडो संघले ‘सहिद स्मृति मार्सल आर्टस हाप्किडो प्रथम राष्ट्रिय प्रतियोगिता’ गर्ने भएको छ । आयोजकले सोमबार सदरमुकाम लिवाङमा पत्रकार सम्मेलन गर्दै आउँदो कात्तिक १ र २ गते परिवर्तन गाउँपालिकाको पुत्लाचौरमा उक्त प्रतियोगिता सम्पन्न गरिने जानकारी दिएको हो । आयोजकका अनुसार खेल सम्पन्न गर्नका लागि रोल्पा मार्सल आर्टस हाप्किडो संघले तयारी सुरु गरिसकेको छ ।

करोडौं लगानी, नतिजा शून्यजस्तै

सोमबार, ०९ भदौ २०७६

त्यसो त रोल्पाका अन्य सामुदायिक विद्यालयको सिकाइ उपलब्धि पनि निकै कम छ। राज्यको करोडौं लगानी रहेका यस्ता विद्यालयमा नतिजा राम्रो आउन नसक्नु चिन्ताको विषय हो।

वडा कार्यालयमा बम विस्फोट

सोमबार, ०९ भदौ २०७६

रोल्पामा गएराति अज्ञात समुहले परिर्वतन गाउँपालिकाको वडा नम्बर २ को वडा कार्यालयमा आगजनीको गरेको छ वडा कार्यालयमामा बिष्फोटक पदार्थ पड्काइएकोप्रहरीले जनाएको छ ।

रोल्पामा स्वास्थ्य अवस्था खस्किँदै

सोमबार, ०९ भदौ २०७६

पछिल्लो समय रोल्पामा स्वास्थ्य अवस्था खस्किदै गएको छ। स्वास्थय जस्तो सम्वेदनशिल क्षेत्रमा सरकारी निकायले ध्यान नदिँदा स्वास्थ्य अवस्था खस्किएको एक तथ्याङ्कले देखाएको छ। सधैँ स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा पछि परको रोल्पा स्थानीय सरकार आएपनि अवस्था उस्तैरहेको स्थानीय बताउँछन्।

सडकभरी खाल्डैखाल्डा, आयोजना प्रमुख भन्छन्, 'यत्तिको नर्मल हो'

आइतबार, ०८ भदौ २०७६

‘खरिबोट भन्दा अगाडि गाडि आउँदैन। धेरै ठाउँमा पहिरो छ। सडकमै भैसी बस्नेजस्ता आहाल छन्। मान्छेको बेहाल छ। डोजर पनि कतै लागेको छैन। हाम्रो त बिजोग छ। कोही कसैले चासो नै दिएका छैनन् ।’ थवाङका गोबिन्द विकले भने ।

शिक्षक भन्छन्, विद्यार्थीले पढ्नै मन लाउँदैनन्

शुक्रबार, ०६ भदौ २०७६

रोल्पामा गणित विषयको सिकाइ उपलब्धि निकै कम देखिएको छ। शिक्षा विकास तथा समन्वय ईकाइका अनुसार आइबारदेखि सुरु भएको एसइई ग्रेड वृृद्धि परीक्षामा सबैभन्दा बढी गणित विषयको परीक्षामा २ हजार ४४ जना सहभागी भएका छन।

नेताको उपचार विदेशमा, सर्वसाधारण शय्या नपाएर हैरान

बिहिबार, ०५ भदौ २०७६

देशका प्रधानमन्त्रीलगायत नेताहरु बिरामी पर्दा विदेशका अस्पतालमा गइरहँदा दुर्गम रोल्पाका बिरामी भने अस्पतालमा शय्या नपाएर भुइँमा सुतेर उपचार गराउन बाध्य छन। हरेक वर्ष दोहोरिने यो समस्या समाधान गर्न राज्यका निकायबाट चासो दिइएको छैन।

काडेतारभित्रको त्यो लिवाङ

मङ्गलबार, ०३ भदौ २०७६

‘तारबारभित्र श्री ५ को सरकारको राज थियो भने बाहिर प्रचण्ड नेतृत्वको राज थियो। बेलुका सबेरै फलामे गेट बन्द भइँदिदा कहिलेकाँहि स्थानीयहरुभित्र बाहिर गर्न समेत पाउँदैनथे।’

मैनबत्ती बाली उपचार, मोबाइलको उज्यालोमा शल्यक्रिया

आइतबार, ०१ भदौ २०७६

केही दिनअघि रोल्पा जिल्ला अस्पतालमा खचाखच बिरामी थिए। इन्डोरमा शड्ढ­या संख्याभन्दा बढी बिरामी भर्ना गरेर राखिएको थियो। बिरामीलाई औषधि दिनुपर्ने। त्यही समयमा एक महिला प्रस्रवपीडामा छटपटाइरहेकी थिइन्। झ्याप्प बत्ती गयो। सोलार बल्न छोडेको धेरै भएको थियो। हुनुपर्ने जति समस्या भयो। ‘उपाय केही थिएन। मैनबत्ती खोजेर बाल्यौं। अलिबेर त्यसैको उज्यालोमा काम ग¥यौं,’ अस्पतालका डा. प्रकाश बुढाले भने, ‘यो समस्या निकै पुरानो हो। ’

अन्यौलमा थवाङ

बुधबार, २९ साउन २०७६

थवाङ गाउँपालिकाका अध्यक्ष बिरबहादुर घर्तीले भने ‘भावनाको कुरा पनि हो। त्यसैले उहाँहरुकाे ‐विप्लवलाई नै सर्बसम्मत दिए पनि हुन्छ भन्ने मेरो सोच छ। तर पार्टी भित्र छलफल भएको छैन। ’

उहिले चौतारीमा मिल्ने मुद्दा न्यायिक समितिमा, कानूनी ज्ञान नहुँदा समस्या

सोमबार, २७ साउन २०७६

उहिले गाउँमा भद्रभलादमीले चौतारीमा बसेर झगडियाको विवाद मिलाउथे। आज गाउँपालिकाको कार्यालयमा रहेको गतिलो सोफामा बसरे झगडियाको विवाद मिल्छ। फरक यत्ति हो। ठाउँ बदलिए पनि प्रक्रिया भने बदलिएको जस्तो लाग्दैन।

वास्तविक किसानले सहयोग पाएनन्

आइतबार, २६ साउन २०७६

पश्चिम रोल्पाका किसानलाई यतिबेला तरकारी बेच्न भ्याइनभ्याइ छ। राज्य पक्षको कुनै पनि सहयोग अनुदान बिना आफ्नो पौरखले तरकारी उत्पादन गरिरहेका उनीहरुलाई हाट बजारमा रहेको टहरो समेत अपुग भए पछि निरास बनेका हुन्।

घर छाडेका द्वन्द्वपीडित अझै डेरामै

शनिबार, २५ साउन २०७६

माओवादी द्वन्द्वको उत्कर्सताका २०५९ साल असोजमा विस्थापित भएका रोल्पा नगरपालिका १० गापाका कर्णसिंह पुन मगर अहिलेसम्म पुनस्र्थापित हुन सकेका छैनन्।

अत्यासलाग्दो शैक्षिक अवस्था, चार शिक्षकमा भरमा क्याम्पस

शुक्रबार, २४ साउन २०७६

आर्थिक समस्याका कारण पर्याप्त शिक्षक नियुक्ति गर्न सक्ने अवस्था छैन। स्वास्थ्य विषयको प्र्याक्टिकल गराउनुपर्ने बेला भने छिमेकी क्याम्पसबाट शिक्षक बोलाउने गरिन्छ क अभाव भन्दै पर्याप्त शिक्षक नराखे पनि भवन भने थप गरिएको छ।

व्यवस्थित हाटबजार नहुँदा किसानलाई समस्या

बिहिबार, २३ साउन २०७६

तीनै तहका सरकारले कुनै पनि सहयोग नगरेको हाट बजार व्यवस्थापन समितिका अध्यक्ष बुढनमगरले बताए। ‘पोहर गाउँपालिकाले अनुदानमा बिउ बिजन र सामान्य तालिम दिएको बाहेक अरु कतैबाट सहयोग छैन।

आर्थिक अभावले पाठेघर झुन्डाएर बस्न बाध्य

मङ्गलबार, २१ साउन २०७६

सानैमा बच्चा जन्माउनु, गर्भवती अवस्थामा गह्रौं भारी उचाल्नु, नियमित स्वास्थ्य जाँच नगराउनु र घरमै बच्चा जन्माउने गर्दा पाठेघरसम्बन्धी समस्या देखिने चिकित्सकहरू बताउँछन्।

विकराल बन्दै पाठेघर समस्या

आइतबार, १९ साउन २०७६

बालविवाह अनि सानैमा बच्चा जन्माएपछि पाठेघरको समस्या भोग्ने कुमारीजस्ता सयौँ रोल्पाली आमाहरू आज पनि पाठेघर झुण्डाएर नारकीय जीवन बिताइरहेका छन्।

छानबिन नहुँदा कमजोर बन्छन् योजना

शुक्रबार, १७ साउन २०७६

असार सकिएको केही दिनमा सामाजिक सञ्जालमा एउटा काठे पुलको तस्बिर भाइरल भयो। लुङ्ग्री गाउँपालिकाको लालुबाङ खोलामा बनाइएको काठे पुलले सबैको ध्यान तान्यो।

ग्रामीण सडक बन्द हुँदा खच्चडको भर

बिहिबार, १६ साउन २०७६

बर्खा लागेसँगै बाढी र पहिरोका कारण रोल्पाका अधिकांश ग्रामिण सडक बन्द छन्। बाताबरणिय मुल्यांकन नगरी र प्राविधिकको सल्लाह बिनै निर्माण भएका सडक अब हिउँमा मात्रै खुल्ने अवस्थामा छन्।

सडकमा बस्दै आएका टेकमानको २५ वर्षपछि उद्धार

मङ्गलबार, १४ साउन २०७६

मानसिक सन्तुलन गुमेपछि २५ वर्षअघि रोल्पा सदरमुकाम लिवाङ आएका रोल्पा नगरपालिका–९, होमा फाल्जाका टेकमान बुढा मगरको उद्धार गरिएको छ।

Ncell Footer Ad