दिनेश सुवेदी

अकालमा ज्यान गुमाउने संख्या बढ्दो

सोमबार, २१ पुष २०७६

गत १६ गते बिहानै ३ दिनदेखि हराई रहेका १९ वर्षिय आशिन गिरी अचेत अवस्थामा सदरमुकाम लिवाङ नजिकै एउटा खोल्सामा भेटिए। जिल्ला अस्पताल हुँुदै बुटवलसम्म पु-याइएका उनको शुक्रवार मृत्यु भयो।

'पुस्तकमा पुरस्कार'

आइतबार, २० पुष २०७६

रोल्पाली साहित्यकार रमेश सुवेदीले ‘रापतीका साहित्यिक पुरस्कारहरु’ नामको खोज मुलक पुस्तक बजारमा ल्याएका छन्। रोल्पा, रुकुम, दाङ, प्युठान र सल्यानमा स्थापना गरिएका विभिन्न पुरस्कारहरुको दस्तावेजका रुपमा उक्त पुस्तक बजारमा आएको हो। १ सय १९ बटा विभिन्न पुरस्कारहरुको बारेमा पुस्तकमा चर्चा गरिएको छ।

पश्चिम रोल्पाको एक मात्र क्याम्पस: ४ जना प्राध्यापक, ५ जना विद्यार्थी

शुक्रबार, १८ पुष २०७६

पढाउने शिक्षक र विद्यार्थीको संख्या बराबरजस्तै छ। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पश्चिम रोल्पाको एक मात्र क्याम्पसमा चार जना मात्र शिक्षक छन् भने नियमित पढ्न आउने पनि त्यस्तै ४/५ जना मात्र हुन्छन्।

भ्रमण वर्षले छोएन रोल्पालाई

बुधबार, १६ पुष २०७६

२० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित काठमाडौं र सातवटै प्रदेशमा एकैसाथ नेपाल भ्रमण वर्ष-२०२० सुरु हुँदै छ। तर रोल्पामा भने भ्रमण वर्षको कुनै चहलपहल छैन। उसो त रोल्पामा पर्यटकीय सम्भावना बोकेका ठाउँ नभएका पनि होइनन्। देशभरका एक सय गन्तव्यमा रोल्पाको जलजला पनि एक गन्तव्य हो।

विद्यालयमा सेनेटरी प्याड राखेपछि नियमित भए छात्रा

बुधबार, १६ पुष २०७६

शौचालयभित्र भित्तामा झुन्डिएको हरियो बाकसभित्र सेनेटरी प्याड राख्न थालेपछि छात्राहरुले सहज महसुस गर्न थालेका छन्। रोल्पा नगरपालिकाकोे विकट ९ न. वडामा रहेको ह्वामा गाउँको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा रहेको शौचालयभित्र केहि समय यता सेनेटरी प्याड उपलब्ध हुन थालेको छ।

बढुवा हुन दुर्गममा सरुवा

सोमबार, १४ पुष २०७६

रोल्पा जिल्ला निजामति कर्मचारीहरुका लागि बढुवा हुने र दुर्गम नम्बर ल्याउने थलोका रुपमा विकास हुन थालेको छ।

जबरजस्ती विकास

सोमबार, १४ पुष २०७६

विकासका नाममा ग्रामीण क्षेत्रमा जबरजस्ती खनिएका सडक मापदण्डविपरीत छन्। प्राविधिकको सामान्य लाइनका भरमा खनिएका ग्रामीण सडक वातावरणीय र प्राविधिक दुवै हिसाबले उपयुक्त छैनन्। यस्ता सडकले पार्ने दीर्घकालीन असरबारे सबै निकाय मौन छन्।

ढिस्कोले डोजर च्यापिँदा चालकको मृत्यु

आइतबार, १३ पुष २०७६

रोल्पामा सडक खन्दै गरेको जेसिबी (डोजर) माथि ढिस्को खस्दा चालकको मृत्यु भएको छ। बा २ क ५१२९ नम्बरको डोजर पूर्वी रोल्पाको सुनछहरी गाउँपालिका–५ माबाङमा व्याक कटिङ गरिरहेको अवस्थामा आइतबार दिउँसो जेसिबीमाथि ढिस्को खसेको थियो।

गाउँपालिका अध्यक्ष भन्छन्ः पढ्न जानु, खर्च नपुगे हामी दिन्छौ

शुक्रबार, ११ पुष २०७६

विद्यालय अनुगमनमा पुगेका रोल्पा सुनिलस्मृती गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले कक्षा १० का २८ विद्यार्थीको जाच लिए। तिन अंकको गुणान गर्न दिएको करिब आधा घण्टापछि उनीहरुले उत्तर लेखे तर सबैको गलत आयो। ९ सय ७८ लाई ७ सय ८९ ले गुणान गर्नुपर्ने थियो तर कसैले उत्तर मिलाउन सकेनन्।

जुंगारका सबै बालबालिका विद्यालय पहुँचमा

बिहिबार, १० पुष २०७६

रोल्पाको त्रिबेणी गाउँपालिका–५ जुंगारका विद्यालय जाने उमेर समुहका सबै बालबालिका विद्यालयको पहुँच आएका छन्। उक्त वडा भित्र रहेका सबै १ हजार ६१ बालबालिका विद्यालयमा भर्ना भएपछि उक्त वडालाई औपचारिक रुपमा पूर्ण भर्ना घोषणा गरिएको हो।

सकियो ‘हामी सिक्न सक्छौं’ परियोजना

बिहिबार, १० पुष २०७६

परियोजनाबाट २३ हजार तीन सय ६९ बालबालिका र तीन हजार ६ सय ९६ वयस्क लाभान्वित भएका छन्।

बालबालिकाको क्षेत्रमा १० प्रतिशत बजेट खर्चिने जनप्रतिनिधिको प्रतिवद्धता

मङ्गलबार, ०८ पुष २०७६

बालअधिकारको संरक्षण र प्रवद्र्धनका लागि रोल्पास्थित दशवटै स्थानीय तह र सरोकारवालाहरुले १५ बुँदे प्रतिवद्धता व्यक्त गरेका छन्। दुई दिनसम्म सदरमुकाम लिबाङमा सेभ द चिल्ड्रेन र हुरेक रोल्पाको सहयोगमा जिल्ला समन्वय समिति रोल्पाद्वारा आयोजित कार्यशालामा स्थानीय तहका प्रमुखहरुले उक्त प्रतिवद्धता जनाएका हुन्।

लाउने पोशाक छैन, टाई अनिवार्य

आइतबार, ०६ पुष २०७६

गत वर्ष बुवा खड्कलाल वलीको मृत्यु भएपछि सकसमा रहेका उनका ९ छोरी मध्ये ३ बहिनी एउटै विद्यालयमा पढ्छन्। आर्थिक अवस्था निकै कमजोर भएका उनीहरुसँग पुसको चिसोमा जाडो छल्ने न्यानो कपडा छैन।

लक्ष्यबिनाको विकासले जनप्रतिनिधि अन्योलमा

शनिबार, ०५ पुष २०७६

रोल्पाका स्थानीय तहहरूले विषयगत रूपमा चुस्त र दुरुस्त तथ्यांक राख्न नसक्दा विकास निर्माणमा बाधा सिर्जना भएको छ। विगत र वर्तमान अवस्थाबारे वस्तुगत जानकारी अभाव हुँदा स्थानीय सरकारहरूले कुनै दीर्घकालीन योजना बनाउन सकेका छैनन्।

बाटोमा कपाल कोर्दै स्कुल पुग्छन् छात्रा

बिहिबार, ०३ पुष २०७६

रोल्पा नगरपालिका ९ फाल्जाकी १४ वर्षिया फुलमाया परियार बिहान साढे सात बजे विद्यालय जानका लागि दौडन्छिन्। उनलाई बिहानको खाना खान सधै हतार हुन्छ। करिब ३ घण्टा पैदल हिडेपछि विद्यालय पुग्छिन्। विद्यालय टाढा हुँदा उनी जस्तै रोल्पाका धेरै विद्यार्थीले अहिले पनि सास्ती भोग्दै आएका छन्।

शिक्षकद्वारा विद्यार्थीमाथि अभद्र व्यवहार

आइतबार, २९ मङि्सर २०७६

शैक्षिक भ्रमणमा गएको समयमा शिक्षकहरुले विद्यार्थीमाथि अभद्र व्यवहार गर्दै लैङ्गीक हिंसा गरेको गुनासो आएको छ। केहि समय अगाडि कक्षा १० का विद्यार्थी लिएर दार्जिलिङसम्म भ्रमण गएको रामेश्वरी माध्यमिक विद्यालय घोडागाउँका शिक्षकले मदिरा सेवन गरि विद्यार्थीमाथि अभद्र व्यवहार गरेका थिए।

सुत्केरीले भत्ता पाएनन्

आइतबार, २९ मङि्सर २०७६

रोल्पामा स्वास्थ्य संस्थामा सुत्केरी हुनेहरुले भत्ता पाएका छैनन्। यस विषयमा स्थानीय सरकार उदासिन हुँदा सरकारले नै तोकेको भत्ता पाउनबाट सुत्केरी बन्चित भएका हुन्। सरकारले पहाडि जिल्लाका लागि स्वास्थ्य संस्थामा सुत्केरी भए बापत २ हजार र नियमित ४ पटक गर्भजाँच गरेको ८ सय गरि एकमुष्ट २ हजार ८ सय प्रोत्साहन भत्ता दिने भनिए पनि स्थानीय सरकारले ध्यान नदिदा कार्यान्वयन हुन नसकेको हो।

चिकित्सकविहीन रोल्पाको होलेरी, समस्यामा बिरामी

बिहिबार, २६ मङि्सर २०७६

पश्चिम रोल्पाकै एकमात्र प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा लामो समयदेखि चिकित्सक नहुँदा बिरामी समस्यामा परेका छन्। गाउँमा सरकार आएको भन्दै गर्दा मौलिक हकका रुपमा लिइएको स्वास्थ्य नै अस्तब्यस्त हुँदासम्म पनि राज्यको आँखा पुगेको छैन।

जलेको घाउ निको भयो तर मनको घाउ उस्तै छ

बुधबार, २५ मङि्सर २०७६

लामो समय परिवर्तनका लागि लडेकी एक युवती यतिबेला बुटवलस्थित मानव सेवा आश्रममा छिन्। बेलुका अध्यारो बढ्दै जाँदा बाख्रा र कुखुरासँगै गोठमा सुताइने रोल्पा त्रिवेणी ५ जुगार जबरबोटकी ३२ वर्षिया पूर्वलडाकु निर्मला विक ‘साधना’ यतिबेला शारिरीक रुपले तन्दुरुस्त बन्दै गएकी हुन्।

मेयरलाई खोज्दै विद्यार्थी नगरपालिका पुगेपछि..

मङ्गलबार, १७ मङि्सर २०७६

यो पटक पहिले जस्तो भएन। सधै जनप्रतिनिधि अनुगमन गर्न विद्यालय जान्थे, विद्यार्थीसंग अन्र्तक्रिया गर्थे तर गत शुक्रबार विद्यार्थीको एक हुल नगरपालिकाका प्रमुखलाई खोज्दै कार्यालय मै आए। उनिहरुले मेयरको समय मागे अनि नगरपालिकाको हलमा रोल्पा नगरपालिकाका मेयर पुर्ण केसीसंग बिभिन्न प्रश्न गरे।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad