दिनेश सुवेदी

अपूरो पढाइमा वार्षिक परीक्षा

बिहिबार, २२ फागुन २०७६

नेपाल राष्ट्रिय माध्यमिक विद्यालय फगाम रोल्पामा हिजोआज ‘ट्युसन’ पढाउन भ्याई नभ्याई छ। यहाँ एसईई दिने कक्षा १० का विद्यार्थीको अंग्रेजी र सामाजिक विषयको कोर्ष आधा मात्रै सकिएको छ।

कसैले रिस डाहा गरेर हुँदैन अझै माथि जान सक्छु : महरा

मङ्गलबार, २० फागुन २०७६

पहिले भन्दा अलि असहज परिस्थितिमा गृह जिल्ला रोल्पा आएका पूर्वसभामुख कृष्णबहादुर महराको भब्य स्वागत गरिएको छ। रोल्पा प्रवेशद्धार खुंग्रीदेखि दर्जनौ स्थानमा स्थानीयहरुले फूल, माला र अबिरले स्वागत गरेका थिए। मेवाङस्थित आफ्नो घरको आगन हुँदै ¥यालीमा सहभागिता जनाउन सदरमुकाम लिवाङ झरेका महरालाई बाजागाजासहित टुँडिखेलसम्म खुसियाली सभामा लगिएको थियो।

सरकार बनाउने, टिपर भत्काउने

मङ्गलबार, २० फागुन २०७६

राज्यले करोडौंको लगानीमा निर्माण गरेको सहिद–मार्ग सडक सोनापुर सिमेन्ट उद्योगको चरम लापरबाहीका कारण अल्प समयमै जीर्ण बनेको छ।

रोकिएन बालविवाह, बढ्दै किशोरी आमा

सोमबार, १९ फागुन २०७६

फगाम स्वास्थ्य चौकीमा भेटिएकी तिर्सना विक २० वर्ष पुग्न लागिन्। १६ वर्षकै उमेरमा बिहे गरेकी तिर्सनाको काखमा डेढ वर्षको बच्चा छ। झट्ट हेर्दा उनलाई आमा भनेर पत्याउन मुस्किल पर्छ।

पूर्व घाइते लडाकू भन्छन् : प्रयोग गरेर बेवारिसे छाेडे

आइतबार, १८ फागुन २०७६

तत्कालीन सशस्त्र द्वन्द्वका मृतक, बेपत्ता परिवार जस्तै घाइते अपाङ्ग र कतिपय पूर्व लडाकुसमेत घर न घाटका भएका छन्। २०५९ को सुरुबाटै माओवादी सेना बनेका आठबिसकोट नगरपालिका १३ रुकुमका ३४ वर्षिय खड्क थापा ‘अभिबादन’ यतिबेला टाउकोमा बन्दुकको छर्रा बोकेर बाचिरहेका छन्। ‘उहिले माओवादीका स्वास्थ्यकर्मीले केहि फरक पर्दैन भने तर अहिले डाक्टरले फाल्ने भन्छन्। फाल्ने त हो तर अप्रेसन गर्ने पैसा छैन।’

रोल्पा लगानी सम्मेलन सम्पन्न

शुक्रबार, १६ फागुन २०७६

‘समृद्ध रोल्पाका लागि दीगो आम्दानी ः बिद्युत, कृर्षी पर्यटन र खानीमा लगानी’ भन्ने नाराका साथ १० बुँदे घोषणा पत्र जारी गर्दै ‘रोल्पा लगानी सम्मेलन २०७६’ सम्पन्न भएको छ। बुधबारदेखि सुरु भएको सम्मेलन दुई दिनसम्म चलेको थियो।

जसलाई आफ्नै सन्तानको नाम थाहा छैन

बुधबार, १४ फागुन २०७६

सुनछहरी गाउँपालिका-६ फगामका ३८ वर्षिय भानसिंह परियारलाई आफ्ना सबै छोरा छोरीको नाम थाहा छैन। भानसिंह जस्तै उनकि श्रीमती मनसरीले पनि सबै सन्तानको नाम सम्झेकि छैनन्। दुबैले छोराछोरीलाई घरमा बोलाउने ‐काले, भुन्टी, दाउरी, डल्ले...) नामले मात्रै चिन्छन्। १३ जीबित र १ मृतक सन्तानका बाबुआमा उनीहरु आज पनि फरक संसारमा छन्। गर्भनिरोधका साधन र परिवार नियोजनका बारेमा गतिलो सूचना नपाएका धेरै नेपालीहरु कष्टकर जीवन जीउन बिवश छन्।

‘ढुंगे बगैचा’ हेर्न पर्यटकको भिड

सोमबार, १२ फागुन २०७६

हिजो आज रोल्पा सदरमुकाम नजिकैको ‘रक गार्डेन’ अर्थात ‘ढुंगे बगैचा’ हेर्न बिभिन्न जिल्लाबाट दैनिक पर्यटकको भिड लाग्ने गरेको छ। आम ब्यक्तिलाई ३० र विद्यार्थीका लागि १५ रुपैयाको टिकट काटेर भित्र छिरेपछि बिदाको दिनमा फोटो खिचाउन पालो कुरेर बस्नु पर्ने हुन्छ।

सेना दिवसमा फुटबल

शनिबार, १० फागुन २०७६

महाशिवरात्रि तथा सेना दिवसको अवसर पारेर खड्ग दल गण रोल्पाले मैत्रिपूर्ण रनिङ सिल्ड फुटबल प्रतियोगिता सम्पन्न गरेको छ। दुई दिनसम्म सञ्चालन हुने खेलमा चार टिमले सहभागिता जनाएका थिए। नेपाली सेना, नेपाल प्रहरी/सशस्त्र प्रहरी, कर्मचारी मिलन केन्द्र र उद्योग वाणिज्य संघका खेलाडीहरुले प्रतियोगितामा भाग लिएको खड्ग दल गणले जनाएको छ।

विद्यालय सुधार्दै व्यवस्थापन समिति

शनिबार, १० फागुन २०७६

जिल्लाको एक सामुदायिक विद्यालय आँट गरे सुधार्न गर्न सकिन्छ भन्ने उदाहरण बन्न थालेको छ। चाहेमा शैक्षिक सुधार गर्न सकिने प्रमाण देखाएको बालकल्याण नमुना माध्यमिक विद्यालयमा यतिबेला विद्यालय ब्यबस्थापन समिति थप सकृय बनेको छ।

उद्योगका नाममा महाभारत पहाड दोहन

शनिबार, १० फागुन २०७६

पछिल्लोसमय रोल्पामा विभिन्न प्रभाव र प्रलोभनमा परेर महाभारत पहाड दोहनले तिव्रता पाएको छ।

महराले सफाइ पाएपछि रोल्पामा उत्सव, कार्यकर्ता मात्र होइन विपक्षीहरु पनि खुसी

सोमबार, ०५ फागुन २०७६

जिल्लामा ‘महरा सर’को परिचयबाट स्थापित पूर्व सभामुख कृष्णबहादुर महराले अदालतबाट सफाई पाएपछि रोल्पा सदरमुकाममा उत्सव गरिएको छ।

होलेरीमा ‘राष्ट्रिय मिडिया सम्मेलन’

शुक्रबार, ०२ फागुन २०७६

माओवादी द्वन्द्वको सुरुवाती ठाउँ रोल्पाको होलेरीमा बिहीबारदेखि २ दिने राष्ट्रिय मिडिया सम्मेलन सुरु भएको छ। सम्मेलनमा देशभरका करिब सयजना पत्रकारको उपस्थिति रहेको छ।

माओवाद भुलेका माओवादी

बुधबार, २९ माघ २०७६

२०५२ साल फाल्गुन १ गते रोल्पाको ‘होलेरी’ इलाका प्रहरी कार्यालयमा हमला गरेर तत्कालीन माओवादी विधिवत भूभिगत भएको थियो।

राष्ट्रिय मिडिया सम्मेलन, होलेरी आउँदै दर्जनौं पत्रकार

सोमबार, २७ माघ २०७६

माओवादी द्वन्दको सुरुवाती ठाउँ रोल्पाको होलेरीमा यहि फागुन १ र २ गते हुने राष्ट्रिय मिडिया सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ। रुन्टीगढी गाउँपालिकाको आयोजनामा सम्पन्न हुने उक्त सम्मेलनमा देश भरका एक सय बढी पत्रकारको उपस्थिति रहने आयोजकले जनाएको छ।

हत्या अघिको त्यो अन्तिम पत्र : 'छोराछोरी बचाएर राख्नू, हिम्मत नहार्नू'

आइतबार, २६ माघ २०७६

‘प्रिय मिना, तिम्रो काखमा मेरो रगतको अस्तित्व छोरो जयन्द्र छ। बैसाखमा कोखको अर्को बच्चा पनि जन्मिन्छ होला। छोरा वा छोरी जे जन्मिए पनि राम्रो स्याहार सुसार गरी बचाएर राख्नु। दुख भयो भनि हिम्मत नहार्नू।’

सिक्ने र सिकाउने दुबै उस्तै! सरसफाईमा ध्यान नपुगेको दिवा खाजा

बिहिबार, २३ माघ २०७६

विद्यालय सिक्ने र सिकाउने ठाउँ हो। यहाँ पाठ्यपुस्तकका विषयबस्तुसंगै व्यवहारिक जीवनका तमाम विषय विद्यार्थीले सिक्नु पर्ने हो। अनुशासन, सरसफाई, रहनसहन लगायतका विभिन्न ब्यबहारिक पक्षमा पनि सुधार हुनुपर्ने हो। तर कतिपय सामुदायिक विद्यालयहरुले विद्यार्थीलाई सिकाउनेभन्दा पनि पढाउने काम मात्र गरिरहेको गुनासो प्रसस्तै सुनिन्छ।

विद्यालयहरुमा निःशूल्क सेनेटरी प्याड

मङ्गलबार, २१ माघ २०७६

रोल्पा नगरपालिकाले विभिन्न विद्यालयहरुमा निशुल्क सेनेटरी प्याड बितरण सुरु गरेको छ। विद्यालय समयमा महिनावारी हँदा उनीहरुको सहजताका लागि प्याड बितरण गरिएको हो।

बालविवाह नरोकिँदा बढ्दै किशोरी आमा

मङ्गलबार, २१ माघ २०७६

गाउँगाउँमा बालविवाह व्यापक रूपमा भइरहँदा प्रहरीकोमा उजुरीसमेत पर्दैन। बालविवाह भइरहेको थाहा पाए पनि प्रहरीले त्यसविरुद्ध कुनै गतिविधि गर्दैन।

रोल्पामा कृषि क्याम्पस

सोमबार, २० माघ २०७६

रोल्पाको माडिचौरमा कृषि क्याम्पस स्थापना गरिएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकायतर्फको प्राकृतीक श्रोत ब्यबस्थापन कलेजको सोमवार उर्जा मन्त्री बर्षमान पुनले उद्घाटन गरेका हुन।

Ncell Footer Ad