दिनेश सुवेदी

चार जनाको कोरोना परीक्षण रिपोर्ट ‘नेगेटिभ’

सोमबार, २४ चैत २०७६

रोल्पाबाट कोरोना परीक्षणका लागि पठाइएका ४ वटै स्वाव रिर्पोट नेगेटिभ आएको छ । भारतबाट आएका ३ र ईट्टाभट्टाबाट आएका १ जनामा कोरोनासंग मिल्दो जुल्दो लक्षण देखिएपछि चिकित्सकको सल्लाहमा शनिवार स्वाव परीक्षणका लागि पठाइएको थियो ।

दीर्घरोगीका लागि औषधिको व्यवस्था गरिने

आइतबार, २३ चैत २०७६

रोल्पाभित्र रहेका दीर्घरोगीहरुका लागि स्वास्थ्य कार्यालय र अस्पतालको समन्वयमा बिरामीहरुले नियमित खाईरहेको औषधि व्यवस्थापन गरिने भएको छ। लामो समयदेखि निरन्तर औषधि खाईरहेका तर उक्त औषधि जिल्लामा नपाईने भएपछि स्वास्थ्य कार्यालयको समन्वयमा बाहिर जिल्लाबाट भए पनि औषधि ल्याईदिने तयारी गरिएको हो।

कोराेना कहर : युवाले गरे राहत वितरण

शनिबार, २२ चैत २०७६

कोरोना संक्रमणको त्रास बढेपछि देशमा गरिएको लकडाउनसँगै दैनिक ज्याला मजदुरी गरेर खाने अति बिपन्नहरुलाई रोल्पा सदरमुकामका स्थानीय युवा व्यापारीहरुले खाद्य सामग्री वितरण गरेका छन्। दैनिक मजदुरी गरेर परिवार धान्ने २१ व्यत्तिललाई प्रति परिवार २५ किलो चामल, २ किलो दाल, दुई किलो नुन र एक लिटर तेल वितरण गरिएको हो। सरकारले बिपन्नलाई राहतमा ढिलाई गरेपछि युवाहरुले आफ्नै खर्चमा राहत वितरण गरेका हुन्।

रोल्पाका चार जनाको स्वाब परीक्षणका लागि पठाइयो

शनिबार, २२ चैत २०७६

रोल्पाका अस्पतालको आइसोलेसनमा रहेका २ जना र क्वारेन्टाइनमा रहेका २ जना गरि ४ जनाको स्वाब परीक्षणका लागि बुटवल पठाइएको छ। प्रदेश मार्फत थप परीक्षणका लागि उक्त स्वाब काठमाडौ पठाइने छ। काठमाडौ ईट्टाभट्टा र भारतबाट रोल्पा आएका दुई जना रोल्पा अस्पतालको आइसोलेसनमा छन्। रोल्पा अस्पतालका डा. प्रकाश बुढाका अनुसार आइसोलेसनमा रहेका दुबैको स्वाब परीक्षणका लागि पठाइएको हो।

४० लाखको विपद् व्यवस्थापन कोष

शुक्रबार, २१ चैत २०७६

सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाले हालको २५ लाख विपद् व्यवस्थापन कोषलाई वृद्धि गरेर ४० लाखको कोष स्थापना गर्ने र विपन्न परिवारहरुलाई राहत वितरण गर्ने निर्णय गरेको छ

संक्रमण रोकथामका लागि उपकरण

शुक्रबार, २१ चैत २०७६

कोरोना संक्रमणले जनजीवन अस्तब्यस्त भईरहेको समयमा स्वास्थ्य उपकरणहरु प्रयाप्त गराउन भन्दै उर्जा मन्त्री बर्षमान पुनको पहलमा उनको गृह जील्ला रोल्पामा केहि स्वास्थ्य सामग्री आएको छ। स्वास्थ्यकर्मीका लागि ४० थान पीपीई (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट), १० थान गन थर्मामिटर र ४ हजार पीस मास्क रोल्पा आएको हो।

रोल्पमा कोरोना संक्रमणको आशंकामा एक जना आईसोलेसनमा

बिहिबार, २० चैत २०७६

अस्पतालमा एक व्यक्तिलाई कोरोना भाइरस संक्रमणको आशंका गर्दै आईसोलेसनमा राखिएको छ। आशंका गरिएका उनी केहि दिन अघि मात्रै भारतबाट फर्केका थिए। अस्पतालका मेडिकल अफिसर डा. अनिल केसीका अनुसार कोरोनासंग मिल्दो जुल्दो लक्षणहरु देखिएपछि उनलाई आईसोलेसनमा राखिएको हो। सुनिल स्मृती गाउँपालिकाका ७२ बर्षिय उनी केहि दिन अगाडि भारतबाट रोल्पा आएका थिए।

संक्रमणको आशंकामा थप एक जना आइसोलेसनमा

बिहिबार, २० चैत २०७६

रोल्पा अस्पतालमा एक ब्यक्तिलाई कोरोना संक्रमणको आशंका गर्दै आइसोलेसनमा राखिएको छ। उनी केहि दिनअगाडी भारतबाट फर्केका थिए। अस्पतालका मेडिकल अफिसर डा. अनिल केसिका अनुसार कोरोनासंग मिल्दो जुल्दो लक्षणहरु देखिएपछि उनलाई आइसोलेसनमा राखिएको हो। डा. केसिका अनुसार सुनिल स्मृती गाउँपालिकाका ७२ वर्षिय उनी केहि दिनअगाडि भारतबाट रोल्पा आएका थिए।

कोरोना कहर : गुमनाम छन् दलहरु

बुधबार, १९ चैत २०७६

कोरोना भाइरस संक्रमणको महामारीले त्रास फैलिरहदा बच्ने उपाय खोज्दै देश लकडाउन गरिएको छ। सहर र गाउँ सुनसान प्राय छन्।

कोरोना कहर, मजदुरमाथि अमानवीय व्यवहार

मङ्गलबार, १८ चैत २०७६

कोरोना भाइरसको महामारीले विश्वसहित नेपालमा पनि फैलिरहदा ‘हुने खानेको’ भन्दा ‘हँुदा खानेको’ दैनिकी कष्टकर बनेको छ। समाज शान्त तर अस्तब्यस्त देखिन्छ। सामान्य बिरामी र बाहिरबाट गाउँ आउनेप्रति पनि मानविय सम्बेदना देखिन छोडेको छ।

रोल्पा अस्पतालमा ‘भिटिएम’

आइतबार, १६ चैत २०७६

रोल्पा अस्पतालमा कोरोनाको संक्रमण भए नभएको स्याम्पल टेस्ट गर्न स्वाब संकलन गरिने उपकरण (भिटिएम) ल्याईएको छ। स्वास्थ्य कार्यालय प्रमुख अनिल केसिका अनुसार मन्त्रालयबाट ९ थान भिटिएम रोल्पा आएको हो। यसअघि रोल्पा नगरपालिका र प्रदेश सरकारको सहयोगमा पीपीई (पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट), मास्क, ग्लोब्स, आइसोलेसनका लागि बेड लगायत सामग्री उपलब्ध गराईएको छ।

होलेरीमा ‘कोरोना नियन्त्रण कोष’

आइतबार, १६ चैत २०७६

महामारीको रुपमा देखिएको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि दक्षिण रोल्पाको रुन्टीगढी गाउँपालिकाले ३० लाख रुपैयाँ छुट्याएको जनाएको छ। गाउँपालिकाका अध्यक्ष बालाराम बुढाका अनुसार ‘कोरोना नियन्त्रण कोष’ खडा गरेर त्यसमा ३० लाख रकम राखिने भएको हो। यो रकम आवश्यकता अनुसार कोरोना नियन्त्रण तथा रोकथामका लागि गर्न खर्चिने गाउँपालिकाको योजना रहेको छ।

पानीको महसुल छुट

शनिबार, १५ चैत २०७६

रोल्पा सहरी खानेपानी उपभोक्ता तथा सरसफाई समितिले चैत महिनाको महसुल नलिने घोषणा गरेको छ। समितिका अनुसार कोरोना महामारी संक्रमणको रोकथामका लागि सरकारले लकडाउन गरेको अवस्थामा उपभोक्ताको सहुलियतका लागि यस्तो निर्णय गरिएको हो।

कोरोना कहर, अस्पताल आउनै छोडे नियमित बिरामी

शनिबार, १५ चैत २०७६

कोरोना महामारीको त्राससंगै अस्पतालमा आउने अन्य नियमित बिरामीको संख्या शुन्य जस्तै भएको छ। दैनिक करिब सय बढी बिरामी आउने रोल्पा अस्पताल केहि दिन यता सुनसान जस्तै छ। उता गाउँ गाउँमा रहेका स्वास्थ्य चौकिमा पनि नियमित बिरामी आएका छैनन्।

ईट्टाभट्टाबाट फर्केका एक जनालाई आईसोलेसनमा राखियो

शुक्रबार, १४ चैत २०७६

रोल्पा अस्पतालमा एक ब्यक्तिलाई आईसोलेसनमा राखिएको छ। रोल्पा नगरपालिकाका ५८ वर्षिय एक व्यक्ति ३ दिन अगाडि काठमाण्डौस्थित एक ईट्टाभट्टाबाट मजदुरी गरेर फर्केका थिए।

स्वास्थ्यकर्मीले माइकिङ गर्छन् , वडाध्यक्षले मोटरसाइकल चलाउछन्

बिहिबार, १३ चैत २०७६

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरसबारे गाउँ-गाउँमा बिभिन्न प्रकारले सचेतनामुलक अभियान चलिरहेका छन्। स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी, स्थानीय बुद्धिजिबिले आफ्नो मौलिकतामा जानकारी फैलाउने गरेका हुन्। यसैबीच रोल्पाको लुङग्री गाउँपालिका-१ पाङका गाउँगाउँमा सचेतना फैलाउन वडाध्यक्ष र स्वास्थ्य चौकी इन्चार्ज आफै खटिएका छन्।

रोल्पा अस्पतालमा आयो पीपीई

बिहिबार, १३ चैत २०७६

रोल्पा अस्पतालमा कोरोना संक्रमणका सम्भावित बिरामीलाई सेवा दिनका लागि चिकित्सकसंग उपकरण नभएको गुनासो आइरहदा रोल्पा नगरपालिकाको पहलमा केहि सामाग्री थपिएको छ।

तयारी अवस्थामा अस्पताल

मङ्गलबार, ११ चैत २०७६

कोरोना महामारीको त्रास बढेसंगै केही दिन अगाडी पूर्व तयारी भन्दै चारवटा कोठालाई आइसोलेसन कक्षका रुपमा र जिल्ला अस्पताल रोल्पामा नेपाली सेनाको सहयोगमा टेन्ट पनि तयार गरिएको छ। स्थानीय प्रशासक र जनप्रतिनिधिहरुले मंगलबार तयारी अवस्थाका बारेमा अस्पतालमै पुगेर जानकारी लिएका थिए। त्यसैगरि अस्पतालले पनि अन्य तयारी गरिएको बताएको छ।

कोरोनाको कहर : सकसमा चिकित्सक

मङ्गलबार, ११ चैत २०७६

सोमबार रोल्पा उद्योग वाणिज्य संघले आयोजना गरेको आकस्मीक सर्वपक्षिय बैठकमा जिल्ला अस्पताल रोल्पाका चिकित्सकहरुले आफूहरुसंग प्रयाप्त मास्क, ग्लोभ्सलगाएत कोरोनाको संक्रमणको आशंका गरिएका बिरामी जाँच गर्दा लगाउने गाउन, बुटलगाएतका पोसाक नभएको गुनासो गरेका छन्।

कोरोना कहर, सकसमा स्वास्थ्यकर्मी

मङ्गलबार, ११ चैत २०७६

सोमवार रोल्पा उद्योग बाणिज्य संघले आयोजना गरेको आकस्मिक सर्बपक्षिय बैठकमा जिल्ला अस्पताल रोल्पाका चिकित्सकहरुले आफुहरुसंग प्रयाप्त मास्क, ग्लोभ्स लगाएत कोरोनाको संक्रमणको आसंका गरिएका बिरामी जाच गर्दा लगाउने गाउन, बुट लगायतका पोसाक नभएको गुनासो गरे।

Ncell Footer Ad