दिनेश सुवेदी

काडेतारभित्रको त्यो लिवाङ

मङ्गलबार, ०३ भदौ २०७६

‘तारबारभित्र श्री ५ को सरकारको राज थियो भने बाहिर प्रचण्ड नेतृत्वको राज थियो। बेलुका सबेरै फलामे गेट बन्द भइँदिदा कहिलेकाँहि स्थानीयहरुभित्र बाहिर गर्न समेत पाउँदैनथे।’

मैनबत्ती बाली उपचार, मोबाइलको उज्यालोमा शल्यक्रिया

आइतबार, ०१ भदौ २०७६

केही दिनअघि रोल्पा जिल्ला अस्पतालमा खचाखच बिरामी थिए। इन्डोरमा शड्ढ­या संख्याभन्दा बढी बिरामी भर्ना गरेर राखिएको थियो। बिरामीलाई औषधि दिनुपर्ने। त्यही समयमा एक महिला प्रस्रवपीडामा छटपटाइरहेकी थिइन्। झ्याप्प बत्ती गयो। सोलार बल्न छोडेको धेरै भएको थियो। हुनुपर्ने जति समस्या भयो। ‘उपाय केही थिएन। मैनबत्ती खोजेर बाल्यौं। अलिबेर त्यसैको उज्यालोमा काम ग¥यौं,’ अस्पतालका डा. प्रकाश बुढाले भने, ‘यो समस्या निकै पुरानो हो। ’

अन्यौलमा थवाङ

बुधबार, २९ साउन २०७६

थवाङ गाउँपालिकाका अध्यक्ष बिरबहादुर घर्तीले भने ‘भावनाको कुरा पनि हो। त्यसैले उहाँहरुकाे ‐विप्लवलाई नै सर्बसम्मत दिए पनि हुन्छ भन्ने मेरो सोच छ। तर पार्टी भित्र छलफल भएको छैन। ’

उहिले चौतारीमा मिल्ने मुद्दा न्यायिक समितिमा, कानूनी ज्ञान नहुँदा समस्या

सोमबार, २७ साउन २०७६

उहिले गाउँमा भद्रभलादमीले चौतारीमा बसेर झगडियाको विवाद मिलाउथे। आज गाउँपालिकाको कार्यालयमा रहेको गतिलो सोफामा बसरे झगडियाको विवाद मिल्छ। फरक यत्ति हो। ठाउँ बदलिए पनि प्रक्रिया भने बदलिएको जस्तो लाग्दैन।

वास्तविक किसानले सहयोग पाएनन्

आइतबार, २६ साउन २०७६

पश्चिम रोल्पाका किसानलाई यतिबेला तरकारी बेच्न भ्याइनभ्याइ छ। राज्य पक्षको कुनै पनि सहयोग अनुदान बिना आफ्नो पौरखले तरकारी उत्पादन गरिरहेका उनीहरुलाई हाट बजारमा रहेको टहरो समेत अपुग भए पछि निरास बनेका हुन्।

घर छाडेका द्वन्द्वपीडित अझै डेरामै

शनिबार, २५ साउन २०७६

माओवादी द्वन्द्वको उत्कर्सताका २०५९ साल असोजमा विस्थापित भएका रोल्पा नगरपालिका १० गापाका कर्णसिंह पुन मगर अहिलेसम्म पुनस्र्थापित हुन सकेका छैनन्।

अत्यासलाग्दो शैक्षिक अवस्था, चार शिक्षकमा भरमा क्याम्पस

शुक्रबार, २४ साउन २०७६

आर्थिक समस्याका कारण पर्याप्त शिक्षक नियुक्ति गर्न सक्ने अवस्था छैन। स्वास्थ्य विषयको प्र्याक्टिकल गराउनुपर्ने बेला भने छिमेकी क्याम्पसबाट शिक्षक बोलाउने गरिन्छ क अभाव भन्दै पर्याप्त शिक्षक नराखे पनि भवन भने थप गरिएको छ।

व्यवस्थित हाटबजार नहुँदा किसानलाई समस्या

बिहिबार, २३ साउन २०७६

तीनै तहका सरकारले कुनै पनि सहयोग नगरेको हाट बजार व्यवस्थापन समितिका अध्यक्ष बुढनमगरले बताए। ‘पोहर गाउँपालिकाले अनुदानमा बिउ बिजन र सामान्य तालिम दिएको बाहेक अरु कतैबाट सहयोग छैन।

आर्थिक अभावले पाठेघर झुन्डाएर बस्न बाध्य

मङ्गलबार, २१ साउन २०७६

सानैमा बच्चा जन्माउनु, गर्भवती अवस्थामा गह्रौं भारी उचाल्नु, नियमित स्वास्थ्य जाँच नगराउनु र घरमै बच्चा जन्माउने गर्दा पाठेघरसम्बन्धी समस्या देखिने चिकित्सकहरू बताउँछन्।

विकराल बन्दै पाठेघर समस्या

आइतबार, १९ साउन २०७६

बालविवाह अनि सानैमा बच्चा जन्माएपछि पाठेघरको समस्या भोग्ने कुमारीजस्ता सयौँ रोल्पाली आमाहरू आज पनि पाठेघर झुण्डाएर नारकीय जीवन बिताइरहेका छन्।

छानबिन नहुँदा कमजोर बन्छन् योजना

शुक्रबार, १७ साउन २०७६

असार सकिएको केही दिनमा सामाजिक सञ्जालमा एउटा काठे पुलको तस्बिर भाइरल भयो। लुङ्ग्री गाउँपालिकाको लालुबाङ खोलामा बनाइएको काठे पुलले सबैको ध्यान तान्यो।

ग्रामीण सडक बन्द हुँदा खच्चडको भर

बिहिबार, १६ साउन २०७६

बर्खा लागेसँगै बाढी र पहिरोका कारण रोल्पाका अधिकांश ग्रामिण सडक बन्द छन्। बाताबरणिय मुल्यांकन नगरी र प्राविधिकको सल्लाह बिनै निर्माण भएका सडक अब हिउँमा मात्रै खुल्ने अवस्थामा छन्।

सडकमा बस्दै आएका टेकमानको २५ वर्षपछि उद्धार

मङ्गलबार, १४ साउन २०७६

मानसिक सन्तुलन गुमेपछि २५ वर्षअघि रोल्पा सदरमुकाम लिवाङ आएका रोल्पा नगरपालिका–९, होमा फाल्जाका टेकमान बुढा मगरको उद्धार गरिएको छ।

२५ प्रतिशत किशोरी २० वर्ष नपुग्दै आमा बन्छन्

मङ्गलबार, १४ साउन २०७६

१० वर्ष युद्ध गरेको रोल्पाली समाज ‘चेतना स्तर उठेको समाज हो, त्यसैले हाम्रो जनयुद्धको आधारभूमि पनि यही हो’ भनेर दर्जनौं भाषण गरेका नेताले कहिल्यै बालविवाह नगर्नु भनेर सिकाएनन्। बालविवाहजस्तो कुरीतिबारे पनि युद्धरत नेतृत्व सधैं मौन रह्यो।

पानी नबगेरै भत्किएको नहर

आइतबार, १२ साउन २०७६

व्यवस्था पञ्चायत थियो। पञ्चहरूले २०४२ सालमा प्युठानको ठूलो भूभाग सिँचाइ हुने भन्दै रोल्पाको लुंग्री खोलाबाट १२ किलोमिटर नहर निर्माण सुरु गराए। तर तीन दशकमा पनि काम सकिएन। प्युठानको लुंग्री माडी सिँचाइ आयोजना अहिले पनि अन्योलमा छ। सिँचाइ अभावमा यहाँका स्थानीयले वर्षामा समेत सजिलो गरी धान रोप्न पाएका छैनन्। स्वर्गद्वारी नगरपालिकाका तीनवटा वडाका साढे सात सय घरधुरीको १२ सय हेक्टरबढी जग्गामा सिँचाइ पुग्ने यो आयोजना अलपत्र परेको जानकारी पाएकाहरूसमेत मौन बसेको स्थानीयको गुनासो छ।

शैक्षिक सुधार गर्न बिदामा पनि पढाइ

शुक्रबार, १० साउन २०७६

शैक्षिक अवस्थाको सुधार गर्न भन्दै सदरमुकामको एक विद्यालयले बर्षे बिदा नगर्ने भएको छ। पछिल्लो केहि बर्ष यता पठनपाठनमा गतिलो संग सुधार गर्दै आएको रोल्पा सदरमुकामस्थित बालकल्याण नमुना माध्यमिक विद्यालयले यो पटक वर्षे बिदा नगर्ने भएको हो। स्थानीय तहले शैक्षिक सुधारका लागि कुनै पहल नगरेपछि विद्यालयले आफ्नै आन्तरिक श्रोतबाट शिक्षकलाई थप एक महिनाको तलब दिएर पढाइलाई निरन्तरता दिने भएको छ।

रोल्पामा ७३ करोड ८१ लाख बजेट फ्रिज

बिहिबार, ०९ साउन २०७६

पुँजीगत शिर्षकमा संघतर्फ आएको ९९ करोड ६२ लाख ८१ हजार बजेट मध्ये ५७ करोड ३१ लाख १ हजार १ सय ८१ अर्थात ५७ प्रतिसत मात्र खर्च गरिएको छ।

दुखिरहने द्वन्द्वको घाउ

सोमबार, ०६ साउन २०७६

त्यो बेला लामो समय घर नगएका कारण परिवारले मर्यो कि भन्ने ठानेका रहेछन्। बैसाखी टेकेर एउटा खुट्टमा घर पुग्दा त घरभरी रुवाबासी भयो। श्रीमती बेहोस। छोराछोरी आँखाभरी आँसु ल्याएर हेरेको हेर्यै। ‘सपना जस्तो लाग्छ त्यो क्षण सम्झिँदा। अब  त विर्सिन थाले’, उनी भन्छन्।

अनुगमनबिनै योजना सम्पन्न

सोमबार, ३० असार २०७६

रोल्पालगायत प्रदेश ५ का आधा दर्जन जिल्ला हेर्ने गरी दाङको लमहीमा स्थापना गरिएको ‘जनतासँग तटबन्धन’ फिल्ड कार्यालयका योजनाहरू कार्यकर्तालाई पाल्नका लागि प्रयोग भएको गुनासो सुनिन थालेको छ।

अनुगमन नगरेरै सम्पन्न हुन्छन् योजना

शनिबार, २८ असार २०७६

रोल्पालगायत पाँच नम्बर प्रदेशका आधा दर्जन जिल्ला हेर्ने गरी दाङको लमहीमा स्थापना गरिएको ‘जनतासँग तटबन्धन’ फिल्ड कार्यालयका योजनाहरू कार्यकर्तालाई पाल्नका लागि प्रयोग भएको गुनासो सुनिन थालेको छ।

Ncell Footer Ad