काष्ठमण्डप टिम

जंगी अड्डाको पुनःनिर्माण ९९ प्रतिशत सकियो

शुक्रबार, ०१ चैत २०७५

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनःनिर्माणको क्रममा रहेको नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण  गरेका छन्। प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्राकृतिक विपद्बाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न सबै सुरक्षित उपाय अपनाई जंगी अड्डाको पुनःनिर्माण गरिएको बताए।

म्याद थप्दै सरकार, आलटाल गर्दै व्यवसायी

शुक्रबार, ०१ चैत २०७५

सरकारले कम्पनीमा दर्ता नहुने सिन्डिकेटधारी यातायात व्यवसायीलाई फेरि तेस्रो पटक तीन महिना म्याद थप गरेको छ। सरकारले कम्पनीमार्फत् पञ्जीकृत हुन आलटाल गर्ने संघ–समिति मातहतका यातायात व्यवसायीलाई बारम्बार म्याद थप गरेर सिन्डिकेटधारी यातायात व्यवसायीकै पक्षमा निर्णय गर्दै आएको छ।

‘वडालाई भ्रष्टाचारमुक्त बनाउन काम सुरु गरेका छौं’

सोमबार, २७ फागुन २०७५

हामीले यो वडावासीका खानेपानी समस्या समाधान गर्ने हिसाबले बजेट विनियोजन गरेका छौं । सोही अनुसार काम अघि बढिरहेका छन् ।

‘खानेपानीको समस्या समाधानका लागि काम गरिरहेका छौं’

सोमबार, २० फागुन २०७५

नगरकोट पर्यटक आकर्षण केन्द्रको रूपमा छ। यसकारण पर्यटन क्षेत्र भएको पूर्वाधार तयार गर्नुपर्ने आवश्यकता देख्छु। यसमा नगरपालिकाको ध्यान पुगेको छ। यसलाई पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्ने मेरो व्यक्तिगत विचार हो।

‘प्रदूषण र फोहर सहरको दीर्घरोग’

सोमबार, २० फागुन २०७५

मानवीय आवश्यकता र विकासलाई हेर्ने हो भने हामी धेरै पछि छौं। सहरको विकासको अवस्था निम्छरो छ। न्यायपूर्ण विकास भएको छैन। त्यसकारण सहरले सबै पक्ष समेटेको हुनुपर्छ।

पर्यटकीय क्षेत्रमा बाटो निर्माणलाई प्राथमिकता दिएका छौं

सोमबार, १३ फागुन २०७५

वडाका समस्यालाई विस्तारै समाधान गर्दै लैजाने योजना छ। बाटोको सन्दर्भमा पर्यटकीय क्षेत्रका बाटालाई पहिलो प्राथमिकता दिएका छौं। यसमा भक्तपुर, देकोचादेखि चाँगुको बाटोलाई फराकिलो गर्ने योजना छ।

विवादित बालुवा खानी पुनः सञ्चालनमा ल्याइँदै कृष्ण किसी

सोमबार, १३ फागुन २०७५

भक्तपुरमा बन्द गरिएका बालुवा खानी पुनः खुल्ने भएका छन्। तत्कालिन जिल्ला विकास समिति र खानी तथा भूगर्भ विभागमा दर्ता भई बन्द भएका जिल्लाका खानी पुनः खुल्ने भएका हुन्।

‘जनता जिम्मेवार छन्, राज्य गैरजिम्मेवार भयो’

सोमबार, १३ फागुन २०७५

अलि सफा र मानवीय चाहना पूरा गर्न सक्ने सुविधायुक्त ठाउँ नै सहर हो। सहरले मानवीय आवश्यकता पूरा गरेको हुन्छ।

‘सवारी र यात्रु देखेपछि बल्छ स्मार्ट लाइट’

सोमबार, १३ फागुन २०७५

ललितपुर महानगरपालिकाका सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्ने तयारी थालेको छ। मुख्य सडकमा बत्ती जडानका लागि महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा भइसकेको छ। चालू आर्थिक वर्षभित्र सम्पन्न हुनेगरी  योजनाको ठेक्का सम्झौता भइसकेको महानगरले जनाएको छ।

रानीपोखरीको पुनर्निर्माण तीन चरणमा

सोमबार, १३ फागुन २०७५

उपत्यकाको मुख्य सम्पदाभित्र अटेको रानीपोखरीको पुनर्निर्माण तीन चरणमा हुने भएको छ। गएको १४ माघको मन्त्रिपरिषद्को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिएपछि नयाँ मोडालिटीमा पुनर्निर्माण थालिएको हो। यसअघि विवादका कारण पुनर्निर्माण अल्झिएको थियो।

ख्वप अस्पताल भवन शिलान्यास

शुक्रबार, १० फागुन २०७५

भक्तपुर नगरपालिकाले सञ्चालन गर्न लागेको ख्वप अस्पताल भवनको बिहीबार एक कार्यक्रमबीच शिलान्यास गरियो। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले अस्पताल भवनको शिलान्यास गरेका हुन्। नगरपालिकाले २५ शैश्याको अस्पताल भवन निर्माण थालेको हो।

काठमाडौंमा डिक्राको डेउडा झंकार

शुक्रबार, १० फागुन २०७५

सुदूरपश्चिमकी लोकगायिका डिक्रा वादीले शनिबार काठमाडौंमा मायाप्रेम र विरहका डेउडा गीत गाउने भएकी छन्। डेउडा भाकामा उनले दोहोरी र ठाडी गीत गाउने छिन्।

‘कालिघाट–झौखेल सडक कालोपत्रे गरेका छौं’

शुक्रबार, १० फागुन २०७५

हामीले २०७४ जेठ १९ गते पदबहाली गरेका थियौं। पदबहाली गर्नेबित्तिकै वडा स्वास्थ्य क्लिनिक खोल्ने निर्णय गर्यौं। त्यो कार्य पूरा गरेका छौं। त्यसपछि भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका वडा नं ३ झौखेलको सिमाना छुटाउने कालिघाटदेखि झौखेलसम्मको मुख्य सडकमा कालोपत्रे गर्न सघायौं।

‘कंक्रिटको सहरमा आत्मीयता अलि पर छ’

शुक्रबार, १० फागुन २०७५

कंक्रिटको सहरमा आत्मीयता अलि पर हुन्छ। त्यहाँ मानवताको अभाव हुन्छ। त्यसकारण मलाई लाग्छ सहर यान्त्रिक जीवन हो, चाहे त्यहाँ जतिसुकै सुख शान्ति किन नमिलोेस्

अस्तव्यस्त सडकले सर्वसाधारणलाई सास्ती

शुक्रबार, १० फागुन २०७५

काठमाडौं महानगरपालिका वडा–३२ स्थित पेप्सीकोला टाउन प्लानिङको धौलागिरी महेन्द्र एकता मार्गको सडक पिच उप्किएपछि स्थानीयले सास्ती भोग्नुपरेको छ। पिच उप्केको एक वर्ष बित्दा पनि सडक मर्मत हुन सकेको छैन।

मन्त्रीपरिषद्द्वारा यातायात प्राधिकरण गठन गर्न सैद्धान्तिक स्वीकृति

शुक्रबार, १० फागुन २०७५

मन्त्रीपरिषद्को गत सोमबार बसेको बैंठकले यातायात प्राधिकरण ऐन, २०७५ को विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ।

सूर्यविनायक नगरपालिका– ७ गुण्डु मन्थलीमा यस्ता छन् समस्या

मङ्गलबार, ०७ फागुन २०७५

सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डु कार्की गाउँमा हामी २९ घरधुरी छौं। हामी सूर्यविनायक जंगल फेदको छेउमा पुस्तौपुस्तादेखि बस्दै आएका छौं। २०२१ सालको नापी नक्सा अगाडि नै हामी यहाँ घर बनाएर बसेका हौं।

सुकुल हराउँदैछ

मङ्गलबार, ०७ फागुन २०७५

ललितपुर, सानागाउँका ५५ वर्षीय बाबुराजा महर्जनले सुकुलको काम गर्न थालेको चार दशकभन्दा बढी भइसक्यो। सुकुल गाउँको रूपमा चर्चित सानागाउँका महर्जन सानै उमेरदेखि परालको सुकुल बनाउँदै आएका हुन्। बुनेका सुकुल नोलमा राखेर काठ क्षेत्रमा गाउँ–गाउँ पुगेर बेच्ने गरेको उनले सुनाए।

वडालाई हस्तकला क्षेत्रका रूपमा विकास गर्ने योजना छ

मङ्गलबार, ०७ फागुन २०७५

जनप्रतिनिधिमा निर्वाचन भएलगत्तै वडावासीको भेला राखी समस्या बुझ्यौं। त्यसपछि त्यहि अनुसार विकास निर्माणका कामहरू थाल्यौं, जस्तै : भत्केको एउटा पाटी बनायौं। अहिलेसम्म तीन पाटीको छाना बनाइसकेका छौं। त्यस्तै खौमा बंशगोपालको बाटोमा इँटा छाप्ने काम गर्यौं।

‘गफाडी नेतृत्वले सहर बिगार्‍यो’

मङ्गलबार, ०७ फागुन २०७५

सबै कुराले सम्पन्नता भएको सुविधायुक्त बस्ती नै सहर हो। त्यहाँ आर्थिक, सामाजिक, राजनीतिकलगायतका अन्य आधारभूत संरचना व्यवस्थितरूपले बनेका हुन्छन्। जनसंख्या धेरै भए पनि सहरको व्यवस्थापकीय पक्ष निकै मजबुत र चुस्त हुन्छ। सहरको सरकार पनि त्यतिकै परिपक्व हुन्छ।