शोभा ज्ञवाली

शोभा ज्ञवाली

सपना

शुक्रबार, १४ बैशाख २०७५

वीरगञ्जबाट काठमाडौं आउनु थियो । त्यो बेला हेटौँडा, भीमफेदी हुँदै बल्खु आउने बाटो अहिलेजस्तो सहज थिएन, न त जानु नै । गाडी ठूलो थियो, ससाना बाधा मेरो गाडीका लागि ठूलो थिएन । त्यसमाथि एडभेन्चर गर्ने रहर पनि पलाएको थियो । त्यसैले काठमाडौँ, बल्खु हुँदै म कच्ची बाटो हेटौँडा जान तम्सिएकी थिएँ ।

रमणीय सिन्धुलीगढीको ट्राफिक दुरावस्था

शनिबार, ०८ बैशाख २०७५

बिपी राजमार्गले उपत्यकालाई पूर्वी तराईसँग जोड्छ। यहीँ राजमार्गअन्तर्गत पर्छ– सिन्धुलीबजार–सिन्धुलीगढी सडकखण्ड।

माया दिदी

शनिबार, ०१ बैशाख २०७५

तालीको गडगडाहटबीच सम्मान पाएलगत्तै म आफ्नो सिटमा गएर बसें । मलाई आफैप्रति गर्व महसुस भइरहेको थियो । यो सम्मानले खुसीसँगै विगतको स्मरणसमेत ताजा गराइदियो।

पश्चाताप

मङ्गलबार, ०६ चैत २०७४

बिहेको २५ औं वर्ष प्रवेशमा घरमा भव्य पार्टी आयोजना गरिएको छ । ममी–बाबाको यस रोचक क्षणलाई स्मरणीय बनाउन छोराछोरीसमेत खटिएका छन् । पाहुनालाई स्वागत गर्न किरणलाई फुर्सद छैन । जसले पनि उसलाई अँगालो हाल्छन् अनि प्रेमपूर्ण आँखाले ‘किरण तेरो भाग्य त लोभलाग्दो’ भन्छन्, कतिले मुखैले ।

हरेक दिन मार्च ८

मङ्गलबार, ०६ चैत २०७४

भर्खरै अन्तर्राष्ट्रिय महिला दिवस साताव्यापी कार्यक्रम गरी सम्पन्न भयो । अन्तर्राष्ट्रिय महिला दिवस सन् १९०९ फेब्रुवरी २८ देखि सुरु भएको हो र पछि गएर १९१३ मार्च ८ मा विश्वभर मनाउन थालियो ।

नारी दिवसको औचित्य

बिहिबार, २४ फागुन २०७४

आज अन्तर्राष्ट्रिय महिला दिवस । नेपालमात्र हैन, संसारभर हर्षोल्लाससाथ मनाउने क्रम जारी छ । त्यसो त, यो दिवसका अवसरमा महिला हक र अधिकारबारे चर्चा भइरहेका दुई साता बितिसकेको छ । यस अर्थमा हजारौं संख्यामा नारी छलफलमा ब्यस्त छन् ।

नपछुताइने बनारस यात्रा (फोटो फिचर)

बुधबार, ०९ फागुन २०७४

कुनै महान् आत्माले भनेका थिए– तिमीले के–कति पढेका छौ, मलाई नसुनाऊ । बरु तिमीले के–कति यात्रा गरेका छौ, त्यो चाहिँ सुनाऊ । सायद यात्राले दिने ज्ञान, पढेका कुराले दिने ज्ञानभन्दा गहन हुँदो हो । त्यसैले पढेका कुराभन्दा यात्रामा महसुस गरेका कुरामा ती महान् आत्माले जोड दिएका होलान् । यस पटकको मेरो तीर्थयात्राले यस्तै केही सिकायो ।

कतै नलेखिने एउटा प्रेमकथा

बुधबार, ०२ फागुन २०७४

सबैकी प्यारी थिई ऊ । सुन्दर अनुहार, नीला आँखा, लामो कपाल, सबैसबै हिसाबले ऊ सुन्दरी थिई । त्यसैले पनि ऊ सबैको आँखाकी नानी थिई । उसको व्यवहार पनि सुन्दरताझैँ नबिझाउने किसिमको थियो । असल व्यवहार र सुन्दर मुहारका कारण पनि सबैको लाडप्यारले ऊ पुल्पुलिएकी थिई । उसको परिवार सम्पन्न थियो । त्यसैले उसले त्यो बेलाको सबैभन्दा महँगो स्कुलमा पढी । त्यो बेला छोरीमान्छेलाई विदेशमा पढाउने निकै कम हुन्थे तर उसलाई विदेशमा नै पढाइयो । हुर्कंदै गर्दा ऊ यति राम्री देखिन थाली कि हामी पनि ईष्र्याले ऊजत्तिकै राम्री हुन पाए कति जाती हुन्थ्यो भनेर कल्पना गथ्र्यौं।

भेनिसजस्तै सहर (फोटो फिचरसहित)

शुक्रबार, ०५ माघ २०७४

महिला उद्यमीहरुको समूह नेपाल र रुसका उद्यमीहरुबीच उद्यमशीलता विस्तार गर्ने उद्देश्यसहित रुस पुगेका थियौँ । यही अवसरमा रुसकै पोस्टकार्ड सहरका रुपमा प्रख्याति कमाएको सेन्ट पिटर्सबर्ग पनि हेर्ने अवसर जुट्यो ।

कोलोम्बो अनुभव

मङ्गलबार, १८ पुष २०७४

सार्क च्याम्बर अफ वमन इन्ट्रप्रेनर्स काउन्सिलको दुई दिने भेलाका क्रममा गएको नोभेम्बर ३० मा हाम्रो टोली कोलम्बो प्रस्थान गर्यो । नेपालबाट कोलम्बो पुग्ने सिधा उडान हिजोआज रहेनछ । जसका कारण कोलम्बो पुग्न नौ घण्टाभन्दा बढी लाग्यो । नयाँ दिल्लीमा भिजिबिलिटी कम भएकाले हामी आधा घण्टा ढिला पुग्यौँ । दिल्लीमा ट्रान्जिट बनाई हामी कोलम्बो प्रस्थान गर्दा साढे तीन बजिसकेको थियो ।

महिला हुनुको मोल

सोमबार, १७ पुष २०७४

गएको महिना ‘महिला हिंसाविरुद्ध १६ दिने अभियान’ सकियो । नोभेम्बर १६ देखि डिसेम्बर १ सम्म चलेको सो अभियानले लिङ्गका आधारमा हुने विविध किसिमका हिंसाविरुद्ध चेतना अभियानलाई होस्टेमा हैंसे गर्यो । यस अभियानका क्रममा कार्यक्रमहरु आयोजन गरिए, चेतना बढाउन भूमिका खेलिए र लैंगिक आधारमा हुने हिंसाको अन्त्यका लागि आवाज बुलन्द पारिए । हुन त यस्ता अभियान चलाइन्छन्, प्रचार–प्रसार पनि हुन्छ तर त्यसको परिणाम भने समाजमा निकै कम देखिन्छ ।

विवाहको योजना

शनिबार, ०९ मङि्सर २०७४

विवाह भनेको जीवनमा एकचोटी हुने कुरा हो । त्यसैले यसलाई हामीले अविस्मरणीय तरिकाले सम्पन्न गर्नुपर्छ । विवाहको बेला यो महिनाबाट सुरु हुँदैछ । हिन्दी फिल्म र पाकिस्तानी टेलिफिल्मको प्रभावले हामी नेपालीको वैवाहिक व्यवहार र रीतिरिवाज पनि बढ्दै मात्र होइन महँगो पनि हुँदै गइरहेको छ । सकेसम्म फजुल खर्च नगरी अति आवश्यक विधिविधानमा मात्र खर्च गर्ने बानी बसाल्नु अति जरुरी छ । विवाहका हरेक विधिले दाम्पत्य जीवन अझ बढी दरिलो रुपमा बाँध्न सक्छ ।

नअघाइने अन्नपूर्ण बेस क्याम्प

मङ्गलबार, ०५ मङि्सर २०७४

यात्रा जीवनको सबैभन्दा मीठो अनुभव हो । मौका पाउनेबित्तिकै म यो अनुभव लिन हौसिहाल्छु । प्रायः यात्रा गर्दा म योजना बनाएरै हिँड्न रुचाउँछु तर यस पटक अचानक नै अन्नपूर्ण बेस क्याम्प जाने मौका जुर्यो । यस यात्रामा मलाई एलिना केसीले साथ दिइन्, जो मेरो गाइड थिइन् । गत कात्तिक ११ गते बिहान ७ बजे मेरो यात्रा सुरु भयो । हिले, उल्लेरी हुँदै वनठाँटी हुँदै फोर सिजन होटलमा बास बस्न जाँदा झण्डै सात घण्टा लगातार यात्रा गरेछौँ ।

ब्युटिफुल अन्नपूर्ण

शनिबार, २५ कार्तिक २०७४

पोखराबाट अन्नपूर्ण आधार शिविरका लागि दुई मार्ग अपनाउन सकिन्छ । घान्द्रुक भएर जाँदा जम्माजम्मी ६ दिनमै यात्रा पूरा हुन्छ । त्यस्तै, उल्लेरी वनठाँटी भएर पोखरा फर्कंदा आठ–नौ दिन लाग्छ । घोडेपानी, पुनहिल, देउराली, टाडापानी, छोमरोङ, सिनवा, व्याम्वो, दोभान, हिमाल, देउराली, माछापुच्छे« बेसक्याम्प पार गर्दै अन्नपूर्ण हिमालको फेदीमा पुगिन्छ ।

विदेशमा हिन्दु संस्कृति

आइतबार, ०५ कार्तिक २०७४

यसपालि दसैंमा टीकाको कार्यक्रम थिएन । त्यसैले हामी ६ दिनको छोटो बिदा सदुपयोग गर्ने निधो ग¥यौँ । काठमाडौँबाट मालिन्डो फ्लाइटमा करिब पाँच घण्टा लगाएर मलेसिया पुग्यौँ । त्यसपछि ३÷४ घण्टा ट्रान्जिटमा बिताएर दुई घण्टाको फ्लाइटमा इन्डोनेसियाको चर्चित पर्यटकीय गन्तव्य बाली पुग्यौँ । बाली पुग्दा त्यहाँको समयअनुसार बिहानको दस बजेको थियो ।

चाडपर्व, खुसी र आमा

सोमबार, १२ भदौ २०७४

आमा संसारमै सबैभन्दा मिठो र प्रिय शब्द हो । सन्तानलाई जतिसुकै अप्ठ्यारो बेलामा साहस दिने, चुनौतीसित लड्न सिकाउने, बाँच्न सिकाउने अनि हरेक दुःखको एउटै औषधि आमा हो । एउटा साधारण मध्यमवर्गीय परिवारमा म जन्मिएँ । परिवार ठूलो थियो । सात सन्तानको लालनपालन एक्लो बुबाको जागिरले कसरी चलेको थियो होला ! अहिले सम्झँदा अचम्म लाग्छ । आमाले सबै अभावलाई व्यवस्थापन गर्नुहुन्थ्यो ।

कोरला नाकाको रोमाञ्चक यात्रा

शनिबार, ०६ जेठ २०७४

राजधानीसहित मुलुकका विभिन्न क्षेत्रमा स्थानीय तह निर्वाचन लागेको थियो । दुई दशकपछिको चुनावमा सहभागी हुन बाहिरबाट आएर काठमाडौंमा बस्नेहरू गाँउ फर्कदै थिए । राजधानीको चुनावी चहलपहल छाडेर गत साता हामी निस्कियाैं– माथिल्लो मुस्ताङ यात्रामा ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad