शोभा ज्ञवाली

शोभा ज्ञवाली

बलात्कारको बर्बर शृंखला कहिलेसम्म ?

मङ्गलबार, १९ भदौ २०७५

जुन खबर हामीले सुन्नै र पढ्नै नपरोस् भन्छौँ, हिजोआज त्यही खबर हाम्रा लागि क्रूर वास्तविकता बनेर सभ्य समाजलाई चिमोट्न थालेको छ । हाम्रो समाज कता गइरहेको छ ? नैतिकता, समता र अरूप्रति सहिष्णुभाव किन हराइरहेको छ ? सम्झँदा पनि कहालीलाग्दो अवस्था बन्न थालेको छ।

विद्रोह गर्न सकिनँ

आइतबार, १७ भदौ २०७५

साउन महिनादेखि सुरु हुने चाडपर्वमा हरिया, राता, पहेँला रङका लुगा लगाएर मानिसहरु रमिरहेका हुन्छन्। हाम्रा चेलीबेटी, आमा, दिदीबहिनीहरु आफ्नो घरमा शान्ति छाओस्, आफ्नो परिवारमा कहिल्यै विपत्ति र दुःख नपरोस्, सधैँ खुसियाली छाइरहोस् भन्ने कामनाका साथ व्रत बस्छन्, भगवान् पुज्छन्, पूजाआजा गर्छन्। यो महिना भगवान् शिव र पार्वतीको पनि समय हो। देवी पार्वतीको प्रेमको उच्चतम उत्कर्ष सम्झाउने याम पनि हो।

हाम्रो संस्कार, हाम्रो मान्यता

आइतबार, १७ भदौ २०७५

म मान्छु– पहिलेदेखि चलिआएका कुरीतिहरु धेरै छन् र ती कुरीति समयअनुसार परिवर्तन गर्दै जानु पर्छ । हाम्रा कतिपय संस्कार यस्ता छन्, जसले परिवारलाई बाँध्छ, सुखदुःखमा साथ पाइन्छ, कतिपय संस्कारित कार्य गर्दा मनमा शान्ति हुन्छ । परिवार बाँध्ने, सुखदुःखमा साथ पाइने र मनलाई नै शान्ति दिने कतिपय चलन फाल्नु हुँदैन । बरु तिनलाई परिस्कृत गर्दै अँगाल्दै जानु पर्छ।

समयको महत्व कहिले बुझौँला त?

शुक्रबार, ०८ भदौ २०७५

केही दिनअगाडिको कुरा हो। हामी उद्यममा लागेका केही व्यक्ति एउटा अन्तर्राष्ट्रिय सम्मेलनबारे ब्रिफिङ गर्न राष्ट्रपतिसमक्ष पुगेका थियौँ।

सासूको मुख हेर्ने कहिले?

शनिबार, ०२ भदौ २०७५

हामी परम्परासँग यसरी जोडिएका छौँ कि पुरानो चालचलन, रीतिरिवाज छाड्नै सक्दैनौँ। त्यसैले समाजका सनातनी विषयलाई मज्जाले अंगाल्नु हाम्रो नियति नै भइसकेको छ। स्वाभाविक पनि हो कि हाम्रो विचार, हाम्रो कार्यविधि, क्रियाकलाप अनि हामी जेमा अभ्यस्त छौँ, त्यसैलाई अपनाउनु सजिलो पनि हुन्छ।

सम्झना आमाको

आइतबार, २० साउन २०७५

संसारमा सन्तानका लागि आमाभन्दा ठूलो गुरु अरु कोही हुनै सक्दैन। आफ्नो सन्तानलाई पहिलो ज्ञानको ज्योति कसैले दिन्छ भने आमाले नै दिन्छिन्। आफैँ जन्म दिएर उचित शिक्षादीक्षासमेत दिनु त आमाले आफ्नो कर्तव्य ठान्छिन् नै। तर उनको मन त्यतिले मात्र कहाँ मान्छ र?

उत्साहबर्द्धक तिलिचो

शनिबार, १९ साउन २०७५

पछिल्ला केही समययता जब कुनै यात्रामा निस्कन्छु, त्यसबेला लाग्न थालेको छ– जीवन एउटा अद्भूत क्यानभास हो र यात्रा चाहिँ त्यो क्यानभासमा चलाइने कुची हो। हामीले भर्ने यात्राको रङले हाम्रो जीवनको क्यानभासमा अद्भूत चित्रहरु कोर्ने गर्छौं। यस्तै एउटा क्यानभास यसपाला तिलिचो ताल घुम्न जाँदा मनमा कोरियो, जुन यहाँ मैले अक्षरका माध्यमले फोर्ने प्रयास गरेकी छु।

शिक्षा र अहिलेका युवा

बुधबार, १६ साउन २०७५

हामीमध्ये धेरैले जिम्मेवारीलाई आवश्यकताभन्दा बढी बोक्ने गर्छौं । कहिले हामी परिवारलाई आवश्यकताभन्दा बढी बोकिरहेका हुन्छौँ र थोरबहुत सन्तुष्टि पनि कमाइरहेका हुन्छौँ । कहिलेकाहीँ हामीले जागिरलाई पनि आफूसँगै कार्यालयमा मात्र होइन घरमा पनि बोकेर हिँडिरहेका हुन्छौँ अनि बडो असन्तुष्टि पालेर हिँडिरहेका हुन्छौँ । जागिरले हाम्रो गोजी भर्छ तर यात्राले हाम्रो जिन्दगीलाई नै भरिदिन्छ ।

पहिलो माया

शनिबार, ०५ साउन २०७५

आज मलाई रमेशले बोलाएको छ साँझ सँगै डिनर खाउँ भनेर । किन किन म उसको कुरा काट्नै सक्दिनँ।

रारा दह : सौन्दर्यकी रानी

बिहिबार, १४ असार २०७५

रारा दहलाई हेरेपछि मेरो मनमा फ्याट्ट निस्क्यो– ‘पृथ्वीकी रानी !’ तपाईंलाई लाग्ला– पृथ्वीकी रानी भनेको के होला ? यस्तो पनि कहीँ हुन्छ ? पृथ्वी आफैँमा सुन्दर छ अनि यस पृथ्वीकी रानी पनि हुनसक्छे र ?

रहस्यमय तिलिचो

शनिबार, ०९ असार २०७५

विकासले जतिजति शिखर चुम्दै जान्छ, मानिस पनि उतिउति व्यस्त हुँदै जान्छ। व्यस्त जीवनबाट केही समयका लागि नै किन नहोस्, आराम खोज्नु मानव शरीरको विशेषता नै हो।

समृद्ध हुने सपनाको अन्त्येष्टि

शुक्रबार, ०८ असार २०७५

गएको साता राहदानी नवीकरणका लागि म परराष्ट्र मन्त्रालय जानुपर्यो। पछिल्लो समय एमआरपी अर्थात् मेसिन रिडेबल पासपोर्ट बनाइएपछि मेरो राहदानी चाँडै सकिन थालेको छ । यस बीचमा चाँडै–चाँडै विभिन्न देशको भ्रमणमा जानु परेकाले पनि भिसाका लागि लगाइने स्टाम्प स्पेस चाँडै सकिएको होला तर यसले मलाई तनाव थप्यो।

परिश्रमी दम्पत्ती

शनिबार, ०२ असार २०७५

‘ढुंगाको काप फोरेर पनि उम्रन्छ पीपल सिर्जनाशक्ति संसारमा कैल्यै हुँदैन विफल’ राष्ट्रकवि माधवप्रसाद घिमिरेले के देखेर यो कविताका पंक्ति फु-याए, उनै जानून् तर मनाङको भ्राताङस्थित स्याउबारी देख्नेलाई भने लाग्छ– पक्कै हाम्रा कविलाई यस्तै स्याउबारीबाट प्रभावित भएर यो कविता फुरेको हुन सक्छ। यो अनुमान लगाउनेलाई गलत भनि हाल्न पनि मिल्दैन किनकि न यहाँ बसेर खेती गर्ने सुविधाजनक वातावरण छ, न त बजार अनि ढुवानीको सहज व्यवस्था नै।

महिलामैत्री छ त बजेट?

आइतबार, २७ जेठ २०७५

बजेट मुलुकको आय/व्यय निर्धारण गर्ने माध्यम हो। मुलुकमा जति पनि विकास निर्माणका काम हुन्छन्, बजेटमा उल्लेख भएअनुसार नै हुन्छन्। यस अर्थमा बजेट मुलुकको आर्थिक पाटो सन्तुलनमा राख्ने हिसावले निकै महत्वपूर्ण छ। तर विडम्बना, नेपालमा यस्तो महत्वपूर्ण विषय भइकन पनि बजेट प्रस्तुति विवादमा पर्दै आएको थियो। कहिले जनप्रतिनिधिमूलक संस्था संसद्मा पेश गर्ने अवस्था नहुने तथा कहिले पेश गर्ने क्रममै अवरोध हुने प्रक्रियाले प्राथमिकता पाए। त्यसमाथि बजेट यही दिन पेश गर्ने भन्ने कुनै कानुनी प्रावधानसमेत नहुनाले पनि यो सत्तासीन दलहरूको स्वार्थअनुकूल प्रस्तुत गर्ने परिपाटी बस्दै आयो।

गुराँस र उत्तिसको प्रेम (फोटो फिचर)

बुधबार, १६ जेठ २०७५

गुराँसे डाँडा पुग्दा हरकोही त्यहाँ टक्क अडिन्छ, फूल हेर्न होइन, सम्पूर्ण प्रकृतिको सुन्दरता खुलेको हेर्न । संसारका केही अनुपम सौन्दर्यका खानी छन्, जस्तो हल्यान्डमा ट्युलिप फूल, जापानको साकुरा अनि हाम्रो नेपालमा गुराँस ! यसअघि मैले गुराँशे डाँडोको ख्याति नसुनेको होइन तर त्यहाँ पुग्दा भने प्रकृतिले रातो, नीलो, गुलाबी रङले एकअर्कालाई छ्यापेर खेलिरहेको छजस्तो लाग्यो ।

परिवार जोड्ने तत्व

बुधबार, १६ जेठ २०७५

हाम्रो समाजमा सधैं राम्रा कुरा मात्र हुँदैनन्, यहाँ यस्तै एउटा समस्य औंल्याउने प्रयास गरिएको छ । समाजमा हुने नराम्रा घटनाबाट हामीले पाठ सिकी, आउँदा दिनमा त्यस्तो हुनबाट जोगिनु वा जोगाउनु पर्छ ।

रोमाञ्चक रारा

शनिबार, १२ जेठ २०७५

२०२० फागुन २० मा रारा पुगेका कवि मविवि शाहले आफूलाई थाम्नै सकेनन्। अनि टुसुक्क बसे। र, रारा तालको सुन्दरता पोख्न थालिहाले कविताका रूपमा। भन्ने गरिन्छ– जहाँ रवि पुग्दैन, त्यहाँ कवि पुग्छ। उनले रविले समेत नियाल्न नसकेको ‘परी’ अर्थात् रारा तालको सुन्दरता छताछुल्ल पारिदिए, कागजका पानामा। जसलाई अहिले पनि उनी बसेर लेखेको ठाउँमै राखिएको शिलालेखमा पढ्न सक्छन् जोकोहीले।

हवाई यातायातमा बेहाल

बिहिबार, १० जेठ २०७५

सिन्डिकेट अहिले नेपालमा बहुप्रचलित शब्द बनेको छ । हुन पनि यातायातदेखि शिक्षा हुँदै स्वास्थ्य क्षेत्रसम्म यो शब्द वनमाराझैँ फैलिएको छ । जसले एक÷दुई हैन, सबै नेपालीलाई उत्तिकै सताएको छ । पछिल्लो पटक वर्तमान सरकारले जनतालाई दुःख दिने यो सिन्डिकेटको जालो तोड्ने प्रयास गरेको छ । यातायात क्षेत्रमा व्याप्त सिन्डिकेटविरुद्ध धावा बोलेर यो कामको सुरुवात गरिएको छ, जसलाई सकारात्मक पनि मान्नुपर्छ ।

समृद्धि सपनाका प्राथमिकता

सोमबार, २४ बैशाख २०७५

राजनीतिक हिसाबले नेपाली समाज जहिले पनि अस्थिर रह्यो। कुनै पनि सरकारले पूर्ण अवधि काम गर्ने अवसर पाएनन्, चाहे त्यो शासकहरूका कारण होस् वा राजतन्त्र, चाहे देखिने आन्तरिक कारण हावी भएर होस् या परोक्ष भूमिका निर्वाहक बाह्य शक्तिका कारण । राजनीतिक अस्थिरताको यही चक्रब्यूहमा मुलुक लामो समय नराम्ररी गाँजियो।

साकुरा समय (फाेटो फिचरसहित)

आइतबार, १६ बैशाख २०७५

जापानमा वसन्तयाममा साकुरा फुल्छ । चैतको दोस्रो साता यस्तै साकुरा हेर्न पाइयो । साकुरा हेर्न धेरै अघिदेखि मन भए पनि यसपाला बल्ल जुर्यो ।

Ncell Footer Ad