शोभा ज्ञवाली

शोभा ज्ञवाली

स्वार्थको अन्त्य

सोमबार, २७ असोज २०७६

खुशीले म गद्गद् भइरहेकी छु । नहोऊँ पनि कसरी ? आज बाह्र वर्षपछि छोरा विराट घर फर्किरहेको छ । बाह्र वर्षमा खोला त फर्कन्छ, छोराको मन के नफर्कियोस् !

दसैँमा इन्टरनेट बन्द

बुधबार, १५ असोज २०७६

शीर्षक पढ्दा अचम्म लाग्यो होला तर अचम्म नमान्नुस् । यसो हेर्दा सबैलाई हाँसो पनि उठ्न सक्छ । शुरुमा जब मैले यो शीर्षक सोचेँ, एक हिसाबले हाँसो पनि उठ्यो तर गहिरिँदै गएँ र घोत्लिन थालेँ, दसैँलाई यादगार बनाउने हो भने सबैले इन्टरनेटलाई बन्द गर्नुपर्छ भन्नेमा म पक्का हुँदै जान थालेँ ।

मेरो एउटा साथी छ

बुधबार, १८ भदौ २०७६

आज दिनभर वर्षाको जिउ दुखिरहेको थियो । हनहनी ज्वरो आइरहेको थियो । त्यसैले पनि उसलाई केही पनि खान मन लागेको थिएन ।

पुरुषको विचलित मनस्थिति

शुक्रबार, १३ भदौ २०७६

एउटा कन्फ्रेन्समा भाग लिनका लागि जानु थियो । त्यसअघि बोल्नै पर्ने केही बुँदाका बारेमा छलफल गर्नुथियो । त्यसैले एक जना साथीको घरमा पुगेँ । साथीको घर भव्य थियो । बैठक कुनै राजामहाराजको भन्दा कम थिएन । म पुग्नेबित्तिकै एक जना कामदार टुप्लुक्क अघिल्तिर देखा परिन् ।

अन्तिम निर्णय

शनिबार, १८ साउन २०७६

एउटा सम्मान कार्यक्रमबाट भर्खरै घर फर्किएपछि हातमा भएको किताब स्टडी रूममा राखेँ। आज मन निकै हलुका थियो। किताब हेरेँ। हातले सुमसुमाएँ। छोराछोरीले बारम्बार भनेका कुरा सम्झेँ– आमा कति समाजको बारेमा मात्र चिन्ता गरेर लेख्नुहुन्छ ? कहिलेकाहीँ त आफ्नो कथा पनि लेख्नुहोस् न। जसरी हजुर हाम्रो रोल मोडल हो। त्यसरी नै समाजका लागि पनि रोल मोडल हुनुहुन्छ।

अपुरो माया

आइतबार, १२ साउन २०७६

किशोर वयमा कसको पो ‘क्रस’ नहोला! वर्षाको पनि थियो। जब–जब वर्षाले आभाषलाई देख्थी, उसको मनमा औडाहा चल्थ्यो। त्यो कथा पछि आउँछ तर यस पल्ट भने उदेक नै भयो। जुन कुरा वर्षाले सोचेकी पनि थिइन, त्यो उसको अफिस अघिल्तिर भइरहेको थियो।

समाज सेवाको दुर्दशा

मङ्गलबार, ०७ साउन २०७६

हाम्रो समाज दैनिक रुपमा राम्रा–नराम्रा धेरै कुराहरु घटिरहेका हुन्छन्। कुनै गतिविधिले समाजमा राम्रै असर पारिरहेका हुन्छन् त कुनैले नराम्रो। समाजका यस्तै राम्रा वा नराम्रा गतिविधि पस्कने काम ‘परिवार’को यो पानामा केही वर्षदेखि गर्दै आइरहेकी छु।

साउन, निर्मला र दण्डहीनता

आइतबार, २९ असार २०७६

भर्खरै रोपिएका धानका बोटका कारण सबैतिर हरियाली छाउने महिना हो– साउन। धानका कारण मात्र हैन, बोबिरुवा, तरकारी, फलफूल आदिका कारण पनि यतिबेला हाम्रा फाँटदेखि डाँडाकाँडासम्म हरिया भएका हुन्छन्। साउन हरियालीका कारण मात्र होइन, खासमा यही महिनाबाट हिन्दुको चाडपर्व पनि सुरु हुने भएकाले महत्वपूर्ण हुन्छ।

बा उता फर्किनुस् त !

सोमबार, ०९ असार २०७६

दुई सप्ताहअघि एक जना दाइ बिहानै घरमा आउनु भयो। आउँदाआउँदै बाटोमा भएको घटना सुनाउन थालिहाल्नुभयो। उहाँ उमेरमा पचासको हारहारी हुनुहुन्थ्यो। उहाँलाई कसैले दाइ, कसैले अंकल त कसैले बा भनेर सम्बोधन गर्दारहेछन्।

आत्म सम्मान

बुधबार, २२ जेठ २०७६

आभाषको भाषण सकियो, कार्यक्रम सकियो र अब पुरस्कार वितरणको कार्यक्रमको पालि थियो। छोरीले कविता वाचनमा प्रथम पुरस्कार पाएको घोषणा हुँदा गर्वले लामो समयसम्म आकृतिले थप्पडी बजाई।

परिवार परिचालन

शुक्रबार, १७ जेठ २०७६

परिवारहरुको सभ्यताले असल समाज बनाउँछ र सामाजिक असल सभ्यताले देश। जहिले पनि असल समाजले नराम्रा र त्याज्य पक्षलाई त्याग्छ भने राम्रा कार्यलाई अँगाल्दै अघि बढ्छ।

उपहार

आइतबार, २२ बैशाख २०७६

धन्न रेस्टुराँमा त्यो बेला कम मानिस थिए र ऊ चिच्याएको कसैले मतलब पनि गरेनन्। यो कुराको ख्याल आउनेबित्तिकै आकृतिले आफ्नो स्वर नरम बनाई। त्यसपछि अनायासै आँखाबाट बरर्र झरेका आँशुलाई न्यापकिनले पुछ्दै सुस्तरी भनी, ‘तिमी मेरो प्रेम र मेरो जीवनकै अधिकारी हौ भन्ने सोच्थेँ तर तिम्रो यस्तो सोच पहिलो पटक सुनेर म छक्क परिरहेकी छु।’

उस्तै कथा, उस्तै व्यथा

आइतबार, २२ बैशाख २०७६

सभागार खचाखच भरिएको थियो। एक जना महिलाले सफलताको कथा बताउनु पर्ने थियो।

सूचना यात्राका आरोह/अवरोह

बुधबार, ११ बैशाख २०७६

पत्रकारिता व्यवसाय अथवा पेसामात्र हो भन्ने कुरा म मान्न सक्दिनँ। मेरो विचारमा पत्रकारिता जनताको सेवा पनि हो। पेसा हो र कला पनि।

शक्ति बराबरी

शनिबार, २३ चैत २०७५

गएको मार्च ८ मा अन्तर्राष्ट्रिय नारी दिवस मनाउन म न्युयोर्क आइपुगेकी थिएँ । देश ठूला होऊन् या साना, समाज विकसित होस् या अविकसित, नारीको अवस्था भने अझै पनि गुणात्मक रुपमा सुधार हुन नसकेको यहाँ व्यक्त धारणामा टड्कारो सुनिन्थ्यो । यहाँ गुनासाका कुरा मात्र भएनन्, आक्रोश मात्र पोखिएनन् । समस्या समाधानका लागि भइरहेका पहल र गर्न सकिने साना परिवर्तनका कुरा पनि भए ।

समयको फेर

शनिबार, २३ चैत २०७५

देशकै ठूलाे सम्मानकाे कार्यक्रममा मेराे उपिस्थती, म आफूलाई नै सपनाझैं लागिरहेकाे कार्यक्रम, मेराे सम्मानमा बजेका तालीका गडगडाहट ! म आफैंलाई म आफू हुँ कि हाेइन भन्ने लागिरहेकाे थियाे।

एन्टेलोप क्यान्योन

बिहिबार, २३ फागुन २०७५

अमेरिकाको दक्षिणी भेगमा रहेको एन्टेलोप क्यान्योन रङ्गीन चट्टानले बनेका पहाडहरुको शृंखला हो। यहाँ बिहान, दिउँसो र बेलुकी घामको किरणले एउटै ठाउँलाई बेग्लाबेग्लै रङ प्रदान गर्छ। त्यही रङले यहाँको कलात्मक माटोलाई अनौठो आकृति बनाउँछ।

संसारको राजधानी

मङ्गलबार, १४ फागुन २०७५

सानो छँदा अमेरिकालाई विश्वकै राजधानी भनेको सुन्थेँ र अचम्म लाग्थ्यो। जिज्ञासा पनि उठथ्यो, किन भनिएको होला विश्वकै राजधानी ?  त्यसो त मैले कयौँ पटक यो विश्वको राजधानीको भ्रमण गरिसकेकी थिएँ। यस पाला एक महिनाको भ्रमणको क्रममा भने थोरबहुत अध्ययन गर्ने अवसर भने पाएँ।

रेड रोज

मङ्गलबार, १४ फागुन २०७५

रातो गुलाब माने ? मायाको चिनो। मायाले संसारमा बाँच्न सिकाउँछ, अघि बढ्न सिकाउँछ, मायामा जात भात, राम्रो नराम्रो, सानो ठूलो, धनी गरिब केही हुँदैन। हुन्छ त केवल माया मात्र। यो मायामा मानिस आफैँमा खुशी हुन्छ, आफै दुःखी पनि। यसले अप्ठेरा पहाड नाघ्छ, समुद्रको लहर पार गर्छ। कल्पनाको सागरमा पौडिन्छ, नाङ्गो पहाडमा हरियाली संसार देख्छ, काँडामा फूल देख्छ, रापमा शितल।

यसरी पो हुन्छ कि मातृभूमिको सम्मान ?

बुधबार, १६ माघ २०७५

विश्वभरका मानिसको सपना थलो– अमेरिका। डाक्टर, प्राध्यापक,इन्जिनियर, होटल सञ्चालक धेरै पद र ओहोदामा देखिए नेपालीहरू। दाजु–भाइमात्र हैन, दिदी–बहिनी पनि डा. हेड नर्स,वैज्ञानिक आदि पदमा आसीन देख्दा खुसी चुलिनु स्वाभाविकै थियो। यात्राका क्रममाभेटिएका उर्मिला निर्दोषी, कमला न्यौपाने, डा. सविना, मिना भट्टाई, सुस्मिता अधिकारी, प्रतिमा आचार्य आदिको अवस्था र स्थिति सराहनीय लाग्यो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad