शोभा ज्ञवाली

शोभा ज्ञवाली

मुटु अस्पतालकै मुटु अस्वस्थ

बिहिबार, १५ कार्तिक २०७५

अस्पताल जहाँ हरेक बिमारीको औषधोपचार हुने विश्वास गरिन्छ। हरेक रोगको उपचार हुने थलो भएकै कारणअस्पताल सबै रोगीमात्र हैन, निरोगीको समेत आस्थापुञ्जका रूपमा चिनिँदै आएको पनि छ।

श्रद्धेय ससुराप्रति

बिहिबार, ०८ कार्तिक २०७५

नेपाली बृहत् शब्दकोश भन्छ – महान्को अर्थ उच्च हो, विशाल अनि महत् हो। तर यो महान् शब्द प्राप्त गर्न भने त्यति सहज छैन। शब्दको अर्थ जति उचाइको छ यो प्राप्तिका लागि गर्नुपर्ने त्याग अनि तपस्या पनि त्योभन्दा कम अवश्य छैन। त्यसैले त नामको अगाडि महान् संज्ञा पाउने कमै भाग्यमानी भेटिन्छन् यस धर्तीमा।

जीवनयात्रा

शनिबार, ०३ कार्तिक २०७५

जीवन के हो ? सुख–दुःख, उतार–चढाव, पीडा–आनन्द, भोग–चलन, आँशु–हाँसो यी सबैको सगोल जीवन हो कि अरु नै केही ? जीवन एउटा भावना मात्र हो कि अरु पनि केही ? जीवनको उत्तरार्द्धमा आएर अहिले रमिलालाई यी सबैको लेखाजोखा गर्ने फुर्सद भएको छ।

आधा धर्ती वा लिडरसिप

शनिबार, ०३ कार्तिक २०७५

काठमाडौँको चमकदमक र वातावरण हेर्दा हाम्रो समाज अलिकति भए पनि परिवर्तन भएको हो कि जस्तो लाग्छ । यहाँको आधा आकाश अर्थात् स्त्री वर्ग पुरुषसँगै काँधमा काँध मिलाएर काम गरिरहेको देखिन्छ । उनीहरु पनि पुरुषसरह अहोरात्र खटिरहेका हुन्छन् । यति मात्र होइन, कतिपयले त पुरुषबराबर कमाइरहेका पनि छन् । यस्तो लाग्छ, उनीहरुको क्षमता समाजले चिन्न थालेको छ।

निःस्वार्थ माया

सोमबार, २२ असोज २०७५

पर मैले सबनमलाई देखेँ । ऊ सायद माइती आएकी हुँदी हो, नत्र धेरै भएको थियो उसलाई नदेखेको ! केही दिनअघि उसको पिताको निधन भएको सुनेको थिएँ, सायद बाउको मैयतमा आएकी हुँदी हो।

बलात्कृत समाज

सोमबार, २२ असोज २०७५

जब बिहान उठ्नेबित्तिकै प्रगति र सफलताका खबर हेर्न पत्रिका उठाउँछु, ठूला ठूला अक्षरमा लेखिएका ‘बलात्कार..., हत्या...’ आदि शब्दले बिहानैदेखि तनाव सिर्जना हुन्छ । अनलाइन खोलौँ वा टेलिभिजन, सबैमा अग्रपंक्तिमा यिनै शब्द जोडिएका समाचारले मात्र ठाउँ पाउन थालेका छन् । यस्ता खबरले हामी दिनभरिकै ऊर्जा सोस्न थालेका छन्।

माइतीले बिर्संदा...

शनिबार, ३० भदौ २०७५

गएको दुई हप्ता तीजको रमझम महसुस गरियो। छिमेकीको वल्लो घर, पल्लो घर दुवैतिर, दायाँ–बायाँ दुई हप्तादेखि तीजको नाचगान चलिरहेको थियो।

बिमस्टेकः गति र मति

आइतबार, २४ भदौ २०७५

अघिल्लो बिहीबार र शुक्रबार चलेको दुईदिने बिमस्टेक सम्मेलनको सबैभन्दा उत्तम पक्ष यसका सदस्य राष्ट्र मिलेर अघि बढ्यौँ भने संसारकै लागि नमुना बन्न सक्छौँ भन्ने स्वीकारोक्ति हो। जसलाई सम्मेलनका क्रममा सबैजसो राष्ट्र प्रमुखले उल्लेख गरे।

बलात्कारको बर्बर शृंखला कहिलेसम्म ?

मङ्गलबार, १९ भदौ २०७५

जुन खबर हामीले सुन्नै र पढ्नै नपरोस् भन्छौँ, हिजोआज त्यही खबर हाम्रा लागि क्रूर वास्तविकता बनेर सभ्य समाजलाई चिमोट्न थालेको छ । हाम्रो समाज कता गइरहेको छ ? नैतिकता, समता र अरूप्रति सहिष्णुभाव किन हराइरहेको छ ? सम्झँदा पनि कहालीलाग्दो अवस्था बन्न थालेको छ।

विद्रोह गर्न सकिनँ

आइतबार, १७ भदौ २०७५

साउन महिनादेखि सुरु हुने चाडपर्वमा हरिया, राता, पहेँला रङका लुगा लगाएर मानिसहरु रमिरहेका हुन्छन्। हाम्रा चेलीबेटी, आमा, दिदीबहिनीहरु आफ्नो घरमा शान्ति छाओस्, आफ्नो परिवारमा कहिल्यै विपत्ति र दुःख नपरोस्, सधैँ खुसियाली छाइरहोस् भन्ने कामनाका साथ व्रत बस्छन्, भगवान् पुज्छन्, पूजाआजा गर्छन्। यो महिना भगवान् शिव र पार्वतीको पनि समय हो। देवी पार्वतीको प्रेमको उच्चतम उत्कर्ष सम्झाउने याम पनि हो।

हाम्रो संस्कार, हाम्रो मान्यता

आइतबार, १७ भदौ २०७५

म मान्छु– पहिलेदेखि चलिआएका कुरीतिहरु धेरै छन् र ती कुरीति समयअनुसार परिवर्तन गर्दै जानु पर्छ । हाम्रा कतिपय संस्कार यस्ता छन्, जसले परिवारलाई बाँध्छ, सुखदुःखमा साथ पाइन्छ, कतिपय संस्कारित कार्य गर्दा मनमा शान्ति हुन्छ । परिवार बाँध्ने, सुखदुःखमा साथ पाइने र मनलाई नै शान्ति दिने कतिपय चलन फाल्नु हुँदैन । बरु तिनलाई परिस्कृत गर्दै अँगाल्दै जानु पर्छ।

समयको महत्व कहिले बुझौँला त?

शुक्रबार, ०८ भदौ २०७५

केही दिनअगाडिको कुरा हो। हामी उद्यममा लागेका केही व्यक्ति एउटा अन्तर्राष्ट्रिय सम्मेलनबारे ब्रिफिङ गर्न राष्ट्रपतिसमक्ष पुगेका थियौँ।

सासूको मुख हेर्ने कहिले?

शनिबार, ०२ भदौ २०७५

हामी परम्परासँग यसरी जोडिएका छौँ कि पुरानो चालचलन, रीतिरिवाज छाड्नै सक्दैनौँ। त्यसैले समाजका सनातनी विषयलाई मज्जाले अंगाल्नु हाम्रो नियति नै भइसकेको छ। स्वाभाविक पनि हो कि हाम्रो विचार, हाम्रो कार्यविधि, क्रियाकलाप अनि हामी जेमा अभ्यस्त छौँ, त्यसैलाई अपनाउनु सजिलो पनि हुन्छ।

सम्झना आमाको

आइतबार, २० साउन २०७५

संसारमा सन्तानका लागि आमाभन्दा ठूलो गुरु अरु कोही हुनै सक्दैन। आफ्नो सन्तानलाई पहिलो ज्ञानको ज्योति कसैले दिन्छ भने आमाले नै दिन्छिन्। आफैँ जन्म दिएर उचित शिक्षादीक्षासमेत दिनु त आमाले आफ्नो कर्तव्य ठान्छिन् नै। तर उनको मन त्यतिले मात्र कहाँ मान्छ र?

उत्साहबर्द्धक तिलिचो

शनिबार, १९ साउन २०७५

पछिल्ला केही समययता जब कुनै यात्रामा निस्कन्छु, त्यसबेला लाग्न थालेको छ– जीवन एउटा अद्भूत क्यानभास हो र यात्रा चाहिँ त्यो क्यानभासमा चलाइने कुची हो। हामीले भर्ने यात्राको रङले हाम्रो जीवनको क्यानभासमा अद्भूत चित्रहरु कोर्ने गर्छौं। यस्तै एउटा क्यानभास यसपाला तिलिचो ताल घुम्न जाँदा मनमा कोरियो, जुन यहाँ मैले अक्षरका माध्यमले फोर्ने प्रयास गरेकी छु।

शिक्षा र अहिलेका युवा

बुधबार, १६ साउन २०७५

हामीमध्ये धेरैले जिम्मेवारीलाई आवश्यकताभन्दा बढी बोक्ने गर्छौं । कहिले हामी परिवारलाई आवश्यकताभन्दा बढी बोकिरहेका हुन्छौँ र थोरबहुत सन्तुष्टि पनि कमाइरहेका हुन्छौँ । कहिलेकाहीँ हामीले जागिरलाई पनि आफूसँगै कार्यालयमा मात्र होइन घरमा पनि बोकेर हिँडिरहेका हुन्छौँ अनि बडो असन्तुष्टि पालेर हिँडिरहेका हुन्छौँ । जागिरले हाम्रो गोजी भर्छ तर यात्राले हाम्रो जिन्दगीलाई नै भरिदिन्छ ।

पहिलो माया

शनिबार, ०५ साउन २०७५

आज मलाई रमेशले बोलाएको छ साँझ सँगै डिनर खाउँ भनेर । किन किन म उसको कुरा काट्नै सक्दिनँ।

रारा दह : सौन्दर्यकी रानी

बिहिबार, १४ असार २०७५

रारा दहलाई हेरेपछि मेरो मनमा फ्याट्ट निस्क्यो– ‘पृथ्वीकी रानी !’ तपाईंलाई लाग्ला– पृथ्वीकी रानी भनेको के होला ? यस्तो पनि कहीँ हुन्छ ? पृथ्वी आफैँमा सुन्दर छ अनि यस पृथ्वीकी रानी पनि हुनसक्छे र ?

रहस्यमय तिलिचो

शनिबार, ०९ असार २०७५

विकासले जतिजति शिखर चुम्दै जान्छ, मानिस पनि उतिउति व्यस्त हुँदै जान्छ। व्यस्त जीवनबाट केही समयका लागि नै किन नहोस्, आराम खोज्नु मानव शरीरको विशेषता नै हो।

समृद्ध हुने सपनाको अन्त्येष्टि

शुक्रबार, ०८ असार २०७५

गएको साता राहदानी नवीकरणका लागि म परराष्ट्र मन्त्रालय जानुपर्यो। पछिल्लो समय एमआरपी अर्थात् मेसिन रिडेबल पासपोर्ट बनाइएपछि मेरो राहदानी चाँडै सकिन थालेको छ । यस बीचमा चाँडै–चाँडै विभिन्न देशको भ्रमणमा जानु परेकाले पनि भिसाका लागि लगाइने स्टाम्प स्पेस चाँडै सकिएको होला तर यसले मलाई तनाव थप्यो।