भगवती लामा

त्रिशुली नदीमा महिलाको शव फेला

बिहिबार, ०५ साउन २०७४

नुवाकोटको विदुर नगरपालिका ३ खड्गभञ्याङ स्थित त्रिशुली नदी किनारमा एक महिलाको शव  फेला परेको छ ।

बालुवा निकाल्दा त्रिशुलीमा एक युवा बेपत्ता

मङ्गलबार, ०३ साउन २०७४

बालुवा निकाल्ने क्रममा नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटे स्थित त्रिशुली नदीमा एक युवा बेपत्ता भएका छन्।

रसुवाका ३९७ ले सार्वजनिक गरेनन् चुनावी खर्च विवरण

शुक्रबार, ३० असार २०७४

वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा रसुवा जिल्लाबाट जनप्रतिनिधि बन्न चाहेका ३ सय ९७ जनाले अझै चुनावी खर्च बुझाएका छैनन् ।

उम्मेदवारले बुझाएनन् खर्च विवरण

बिहिबार, ०८ असार २०७४

दुई नगरपालिका र दश गाउँपालिका गरी १२ वटा स्थानीय तह रहेको नुवाकोटमा वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा १९ सय २३ जनाले उम्मेदवारी दिएका थिए । जसमध्ये खर्च विवरण बुझाउनुपर्ने समय भित्र बल्ल एक सय २९ जना उम्मेदवारले मात्र जिल्ला निर्वाचन कार्यालयमा आफ्नो खर्च विवरण बुझाएका छन् ।

१७ वर्ष पछि हत्या आरोपि पक्राउ

मङ्गलबार, २३ जेठ २०७४

नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं. १ का मिङ्गमार लामा भन्ने कामी तामाङ्ग १७ वर्षपछि पक्राउ परेका छन्।

तामाङ भाषालाई शुद्ध बनाउन बर्ण प्रवर्धन प्रशिक्षण

बुधबार, १७ जेठ २०७४

त्रिशूली नदीको पश्चिम जिल्लाहरुमा तामाङ भाषाको एकै लवज र शैलीलाई कायमै राखी प्रवर्धन गर्न बर्ण सम्वर्धन प्रशिक्षण नुवाकोटबाट सुरु भएको छ।

जंगली च्याउ खाँदा पाँच बिरामी

शुक्रबार, १२ जेठ २०७४

नुवाकोटको मेघाङ गाउँपालिका –३ देउरालीमा जंगली च्याउ खाँदा ५  जना विरामी परेका छन् । बिरामी पर्नेहरूमा वीरबहादुर तामाङ, उनको श्रीमती सुमित्रा तामाङ र छोरा कमला तामाङ छिमेकी घरका शुकुमाँया तामाङ र उनको  नातिनी चाँदनी तामाङ रहेका छन् ।

नुवाकोटको विदुरमा एमाले, ककनीमा माओवादी र शिवपुरीमा काँग्रेस

शुक्रबार, ०५ जेठ २०७४

दुई नगरपालिका र १० गाउँपालिका रहेको नुवाकोटको मत परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको  छ । जिल्लाकै ठूलो स्थानीय तह विदुर नगरपालिकामा नेकपा एमालेले सफलता हात पारेको छ । विदुर नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा एमाले विजयी  भएको छ । १३ वटा वडाबाट प्राप्त नतिजा अनुसार  मेयर पदका एमालेका सञ्जु पण्डितले ९ हजार ७ सय १६ मत ल्याएर विजयी भए भने उनकोे निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका धुव्र अधिकारीले ८ हजार ७ सय ४२ मत प्राप्त गरे ।

नुवाकोटमा ५ स्थानीय तहको नतिजा सार्वजनिक, काँग्रेस अग्रता

बिहिबार, ०४ जेठ २०७४

१२ वटा स्थानीय तह रहेको नुवाकोटमा ५ वटा को अन्तिम नतिजा सार्वजनिक भएको छ।

नुवाकोटको तादी र किस्पाङमा काँग्रेसकाे जित

बुधबार, ०३ जेठ २०७४

१२ स्थानीय तह रहेको नुवाकोटमा दुई स्थानीय तहको मत गणना गरेर सकिएको छ । तादी र किस्पाङ दुवै गाउँपालिकामा नेपाली काङ्ग्रेसले जित हासिल गरेको छ।

नुवाकोटमा १८ वडाको मतपरिणाम सार्वजनिक, काँग्रेसको अग्रता

मङ्गलबार, ०२ जेठ २०७४

२ नगरपालिका र १० गाउँपालिकामा रहेको नुवाकोटमा मतगणना जारी छ । ८८ वडा मध्ये १८ वडाको नतिजाले अन्तिम रुप लिएको छ ।

तादी १ मा  काँग्रेस प्यानलनै विजयी

सोमबार, ०१ जेठ २०७४

नुवाकोटको तादी गाउँपालिका १ मा काँग्रेस प्यानलनै विजयी भएको छ ।

मेघाङ गाउँपालिका १ मा एमाले प्यानलनै विजयी

सोमबार, ०१ जेठ २०७४

नुवाकोटको मेघाङ गाउँपालिकाको  मा वडा अध्यक्ष सहित सदस्यहरुमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।

नुवाकोटमा मतगणना जारी,  एमालेको अग्रता

सोमबार, ०१ जेठ २०७४

नुवाकोटको २ नगरपालिका र १० गाउँपालिकामा नै मतगणना जारी छ । अन्तिम नतिजा अनुसार नेकपा एमाले तीन र नेपाली काँग्रेस दुई तहमा अगाडि रहेको छ । एमालेले विदुर नगरपालिका, ककनी गाउँपालिका र तारकेश्वर गाउँपालिकामा प्रमुख र उप प्रमुखसहित अग्रता लिएको छ भने नेपाली काँग्रेस तादी गाउँपालिका र शिवपुरी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष सहित अगाडि छ ।

महिलामैत्री मतदान केन्द्र

शनिबार, ३० बैशाख २०७४

स्थानीय तह निर्वाचनका लागि नुवाकोटको दुई मतदान केन्द्रमा निर्वाचन गराउने जिम्मेवारी  महिला कर्मचारी र महिला सुरक्षाकर्मीले सम्हालिरहेका छन् । विदुर नगरपालिका ४ मा रहेको नुवाकोट आदर्श बहुमुखी क्याम्पस मतदान ‘ख’ केन्द्र र वडा नम्बर ६ महारानी डिहीस्थित मतदान ‘क’ केन्द्रमा महिलाकै नेतृत्वमा  निर्वाचनसम्बन्धी कार्य भइरहेको छ । नुवाकोट आदर्श बहुमुखी क्याम्पस मतदान केन्द्रको ‘ख’ केन्द्रको अधिकृतमा महिला तथा बालबालिका कार्यालय प्रमुख भुला भण्डारी छिन् । यस्तै महारानी डिहीमा रहेको मतदान केन्द्रको ‘क’ केन्द्रमा घरेलु तथा साना उद्योग कार्यालयकी अधिकृत अम्बिका घिमिरे छिन् । दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचन सफल बनाउन निर्वाचन कार्यालयले महिलामैत्री मतदान केन्द्रको नेतृत्व गर्ने जिम्मेवारी पाएकी भण्डारी भन्छिन्, ‘केन्द्रमा महिला कर्मचारी मात्र नभई सुरक्षाकर्मी पनि महिला नै छन् । उत्साहसाथ जिम्मेवारी पूरा गर्न लागिपरेकी छु ।’

Ncell Footer Ad