भगवती लामा

कामदार नहुँदा बनेनन् घर

आइतबार, २३ पुष २०७४

सूर्यगढी गाउँपालिका वडा नम्बर ४ चोगदे बित्लवका उपेन्द्र अधिकारीले दसंै सकिएलगत्तै घर बनाउन थालेका हुन् । जग खन्ने र डिपीसी गर्ने काम सकिएको छ । घर निर्माणका लागि आवश्यक निर्माण सामग्री जम्मा गरिसकिएको छ तर कामदार अभावले घरलाई डिपीसीबाटमाथि उठाउन सकेका छैनन् । अधिकारी भन्छन्, ‘गाउँमा धेरैले घर बनाउन थालेका छन् ।

नुवाकोटमा फहरायो लाल झन्डा

आइतबार, २४ मङि्सर २०७४

दुई प्रतिनिधि र चार प्रदेश सभा रहेको नुवाकोट बाम गठबन्धनको कब्जामा परेको छ। मंसिर  १० गते भएको पहिलो चरणको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार काङ्ग्रेसका केन्द्रिय सदस्य एवं पटकपटक मन्त्री भइसकेका हेभिवेटका उम्मेदवारहरु अर्जुननरसिंह केसी र डा. रामशरण महतले जनताको मत आफ्नो हात पार्न सकेनन्। केसी र महतले आफ्नो मातहतमा रहेको प्रदेश सभाहरु समेत जोगाउन सकेका छैनन्।

अर्जुन नरसिंह केसी १० हजार मतले पराजित

आइतबार, २४ मङि्सर २०७४

नुवाकोटको क्षेत्र नम्बर २ मा नेकपा एमालेका जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडा विजयी भएका छन्। खतिवडाले नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीको भन्दा १० हजार ५ सय ५७ मत बढी ल्याएर विजयी भएका हुन्। नेकपा (एमाले)का उम्मेदवार खतिवडाले ३६ हजार ८ सय ९२ मत ल्याएका हुन् भने केसीले २६ हजार ३ सय ३५ मत प्राप्त गरेका छन्।

डा.रामशरण महत र अर्जुन नरसिंह केसी दुवै हार नजिक

शनिबार, २३ मङि्सर २०७४

नेपाली काँग्रेसका दुई ठूला नेता नुवाकोटबाट पराजित हुने देखिएको छ। पछिल्लो परिणाममा नुवाकोट १ र २ का काँग्रेस उम्मेदवारहरु डा.रामशरण महत र अर्जुन नरसिंह केसीलाई बाम गठबन्धनका उम्मेदवारले फराकिलो अन्तरले पछि छोडेका छन्।

नुवाकोटमा कांग्रेसका केसी र महत पछि पछि

शुक्रबार, २२ मङि्सर २०७४

नुवाकोटमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय रामशरण महत र अर्जुननरसिंह केसी दुबै जना पछि परेका छन् । प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङलाई महतले उछिन्न सकेका छैनन् ।

डा. रामशरण महत र अर्जुन नरसिंह केसी दुवै पछि परे

शुक्रबार, २२ मङि्सर २०७४

नुवाकोटबाट प्रतिनिधि सभा उम्मेदवार रहेका नेपाली काँग्रेसका केन्द्रीय नेताहरु डा.रामशरण महत तथा अर्जुननरसिंह केसी पछिल्लो मतपरिणाममा पछि परेका छन्।

नुवाकोटमा बामगठबन्धनको अग्रता

शुक्रबार, २२ मङि्सर २०७४

दुई प्रतिनिधिसभा र चार प्रदेशसभा रहेको नुवाकोटमा मतगणना जारी छ । दुवै प्रतिनिधि र ४ वटै प्रदेश सभामा बामगठबन्धनका उम्मेदवारहरु अग्रस्थानमा छन् ।

निर्वाचन कार्यालयमा भेटिएको बम निष्क्रिय पारियो

बिहिबार, ०७ मङि्सर २०७४

जिल्ला निर्वाचन कार्यालय नुवाकोटको प्राङ्गणमा भेटिएको बम निष्क्रिय बनाइएको छ । मतदान केन्द्रमा परिचालन भएका कर्मचारीलाई मतदानको लागि आवश्यक पर्ने सामाग्री वितरण गर्ने क्रममा शंकास्पद बस्तु फेला परेको थियो ।

नुवाकोटको ढिकुरे बजार निषेधित क्षेत्र घोषणा

बिहिबार, ०७ मङि्सर २०७४

निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पर्ने लिखु गाउँपालिकाको वडा नं. १ ढिकुरेबजारसहित आसपासको क्षेत्रलाई आज जिल्ला प्रशासन कार्यालय नुवाकोटले निषेधित क्षेत्र घोषणा गरेको छ ।

वडा सदस्यको घरमा भेटिएको बम निष्क्रिय पारियो

बुधबार, ०६ मङि्सर २०७४

नुवाकोटको शिवपुरी गाँउपालिका वडा नं. ४ सिक्रेका वडा सदस्य उद्धव थापाको घरमा भेटिएको दुई थान सुतली बम निष्क्रिय पारिएको छ।

रामशरण महत चढेको गाडीलाई लक्षित गरी बम विस्फोट

शुक्रबार, ०१ मङि्सर २०७४

चुनावी प्रचारप्रसारमा हिडेका नुवाकोट क्षेत्र नम्बर १ का लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूको गाडीलाई लक्षित गरी शुक्रबार बिहान १० बजे बम विस्फोट गराइएको छ ।

गोलाप्रथाबाट अधिकृतको मतदान केन्द्र ताेकिने

बुधबार, २९ कार्तिक २०७४

मंसिर १० मा हुने प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचनको लागि खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत गोलाप्रथा गरेर केन्द्र तोकिएको छ । नुवाकोटमा खटिएका दुई सय ६० जना मतदान अधिकृत र यत्तिनै संख्यामा सहायक अधिकृत गोलाप्रथा मार्फत छनोट गरिएको हो ।

कांग्रेस र वाम गठबन्धनबीच टक्कर

शनिबार, ११ कार्तिक २०७४

नुवाकोटमा केन्द्रीय तहका नेताहरू चुनावी मैदानमा छन् । यसैले गर्दा यहाँको निर्वाचन अलि बढी रोचक हुने देखिएको छ । उम्मेदवारहरू आआफ्नै अजेन्डा लिएर चुनावमा होमिएका छन् । मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नुवाकोटमा नेपाली कांग्रेस र बाम गठबन्धनबीच कडा टक्क हुने देखिएको छ ।

म्यादीको लागि २ हजार ८५ जनाले फाराम भरे

बुधबार, ०१ कार्तिक २०७४

मंसिरमा हुन लागेको प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सुरक्षाकर्मीको रुपमा म्यादी प्रहरीको भर्ना गर्न खुलेको आवेदनमा नुवाकोटबाट २ हजार ८५ जनाले फाराम भरेका छन्।  जिल्लाको लागि १२ सय ७४ जना म्यादकिो माग गरिएको थियो । माग भन्दा ८ सय ११ जना बढीले फारम भरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

मेघाङ गोल्डकपको उपाधी इन्द्रभूमी युवा क्लवलाई

बिहिबार, १९ असोज २०७४

दशैँको अवसर पारी आयोजना गरिएको प्रथम मेघाङ गोल्पकप फुटबल प्रतियोगिताको उपाधी इन्द्रभूमी युवाक्लब गोगनेले हात पारेको छ ।

२२ वर्षमै सफल बाख्रापालक

मङ्गलबार, २७ भदौ २०७४

बेलकोटगढी नगरपालिका–११ अमारेका २२ वर्षीय अमृत तिवारीको दैनिकी चार वर्षदेखि बाख्राको स्याहार सुसारमा बितिरहेको छ । २०७१ भदौबाट नौ लाख रुपैयाँ लगानी गरी सुरु गरेको बाख्रा फार्म सफल हुँदै गर्दा अहिले ७० लाख बारबर पुगिसकेको छ ।

अवैध रूपमा बालुवा निकाल्न खाेज्दा एक बेपत्ता

सोमबार, १९ भदौ २०७४

नुवाकोटको बेलकोटगढी नगरपालिका ७ स्थित त्रिशुली नदीमा अवैध रुपमा बालुवा निकाल्न खोज्दा स्काभेटर भासिएर एक जना बेपत्ता भएका छन् । रातको समयमा स्काभेटर प्रयोग गरी बालुवा निकाल्ने क्रममा धादिङका २९ वर्षीय सुरेश तामाङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

गहना पसलबाट २६ तोला सुन चोरी

सोमबार, १२ भदौ २०७४

नुवाकोटको दुप्चेश्वर गाँउपालिकाको वडा नं. ६ समुन्द्रटारमा रहेको सुनचाँदी पसलबाट २६ तोला सुन चोरी भएको छ। विदुर नगरपालिका वडा नम्बर २ का रामशरण गहतराजले समुन्द्रटारका तिलकमान डंगोलको घरबाट सुनचाँदी पसल सञ्चालन गर्दै आएका थिए। २६ तोला सुनसहित पसलमा रहेको आधा किलो चाँदी र एक लाख रुपैयाँ समेत चोरी भएको छ।

जिससको पहिलो बैठक विपदको घटनामा केन्द्रित

बिहिबार, ०१ भदौ २०७४

जिल्ला समन्वय समिति नुवाकोटको पहिलो बैठक विपतको घटना, उद्धार र राहतमा केन्द्रित भएको छ । जिसस नुवाकोटको प्रमुख शन्तमान तामाङको अध्यक्षतामा बसेको पदाधिकारीको बैठकले अहिले तराई क्षेत्रमा बाढीले पु¥याएको क्षति र पीडित भएका नागरिकहरूको दैनिकी सामान्य बनाउन नुवाकोटमा पनि राहत संकलन अभियान सुरु गर्न समन्वय गर्ने निर्णय गरेको छ ।

भिरबाट लडेर एकको मृत्यु, त्रिशुली नदीले बगाउदा एक बेपत्ता

बुधबार, ३२ साउन २०७४

नुवाकोटमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ भने त्रिशूली नदीमा बगेर एक जना बेपत्ता भएका छन्। मृत्यु हुनेमा नुवाकोटको शिवपुरी गाँउपालिका वडा नंं ७ सुनखानी गुरुङगाँउका लालीमाँया तामाङ रहेकी छिन्।

Ncell Footer Ad