भगवती लामा

मौरी बाजे तालिम दिन व्यस्त

आइतबार, ११ चैत २०७४

जसको घरमा मौरी बस्छ उसको घर लक्षिनको हो भन्ने धार्मिक विस्वास रहेको छ । कुनै एक ठाउँ छाडेर अर्को ठाउँ जादै गरेको मौरीको हुल देखियो भने कहाँ बस्छ भन्ने चासो अझै पनि धेरैले राख्छन्।

जनताको घरघरमा पुगी समस्या समाधान गर्छौं : देउवा

बुधबार, ०७ चैत २०७४

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिपक्षमा बसेर जनताको घरघरमा पुगी समस्याको समाधानमा लाग्ने बताएका छन्।

कृषकलाई हाते ट्याक्टर

बिहिबार, ०१ चैत २०७४

नुवाकोटको शिवपुरी गाउँपालिका भित्र रहेका २० वटा सहकारी तथा कृषक समूहहरुलाई हाते ट्याक्टर वितरण गरिएको छ।

मापदण्ड विपरितका बालुवा प्रशोधन उद्योग सञ्चालनमा रोक

बिहिबार, ०१ चैत २०७४

मापदण्ड पूरा नगरी सञ्चालन भइरहेका नुवाकोटको बालुवा प्रशोधन उद्योगहरु सञ्चालनमा रोक लगाएको छ। जिल्ला अनुगमन समितिले बेलकोटगढी नगरपालिका भित्र रहेका बालुवा प्रशोधन उद्योगहरुको अनुगमन गर्दा मापदण्ड विपरित सञ्चालनमा रहेको पाइएकोले उद्योग विकास शाखाले पत्र काटेर उद्योगहरु बन्द गर्न निर्देशन दिइएको जनाएको छ।

‘कर्मचारी अभावले काम सुस्त’

आइतबार, २० फागुन २०७४

देश संघीयतामा गएसँगै समस्याको ओइरो लागेको छ र साथै समाधानका बाटो पनि बनेका छन् । संविधानले दिएको अधिकार अनुसार तीव्र गतिमा चलेर सबै नागरिकलाई सिंहदरबार गाउँमा आएको महसुस गराउन लागेका छौँ ।

आवास निर्माणमा पर्म प्रणाली

सोमबार, १४ फागुन २०७४

साल्मे भाल्चेका भूकम्प प्रभावित घर बनाउँन डकर्मी तालिम लिएका महिला र पुरुष सँगसँगै घडेरी सम्याउने, जग खन्ने, घरको गाह्रो लगाउने, घर छाउने काममा व्यस्त छन् ।

सामूहिक ब्रतबन्ध विद्यालयलाई आय आर्जनको स्रोत

सोमबार, ०७ फागुन २०७४

विदुर नगरपालिका वडा नम्बर ५ देवीघाटमा रहेको सहिद जगतप्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालयले हरेक वर्ष बटुकहरुको सामूहिक ब्रतबन्ध गराउँदै आएको छ ।

शिक्षण पेसा छाडेर च्याउखेती

आइतबार, ०६ फागुन २०७४

२०७२ को वैशाखमा आएको विनाशकारी भूकम्पबाट विस्तापित भएर साल्मे, भाल्चे, लच्याङबाट विदुरको सिम्बुटार झरेर बनाइएका बाक्ला टहराहरु । टहराबाट तप्पतप्प झर्ने शीतसँगै साल्मेका दिलमान तामाङकोे जागरिला हात । उमेरले ६० लागिसकेका तामाङको हिम्मत र जागरले फक्रिरहेका कन्य जातका च्याउले भने झै लाग्छ, नगरे के हुन्न र ?

फरार अभियुक्त पक्राउ गर्न प्रहरी सक्रिय

मङ्गलबार, ०१ फागुन २०७४

फरार अभियुक्त र अदालतबाट दोषी ठहर भएकालाई पक्राउ गर्न जिल्लामा प्रहरी सक्रिय भएको छ।

गल्छी रसुवागढी सडक स्तरोन्नति तीव्र

आइतबार, २८ माघ २०७४

दैनिक आठ घन्टा यातायात बन्द गरी निर्माण भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी’ सडक योजनाको काम तीव्र गतिमा अघि बढिरहेको छ । पुस १ गतेदेखि माघ मसान्तसम्म दैनिक बिहान ८ बजेदखि र ९ बजेसम्म र ११ बजेदेखि अपरान्ह ४ बजेसम्म यातायात नै बन्द गरेर सडक निर्माण कार्यलाई तीव्रता दिने निर्णय गरेर काम गर्न थालेपछि सोचेजस्तै प्रगति भइरहेको आयोजनाले जनाएको छ।

हल्देकालिका सर्दैछन् लच्याङका विस्थापित

बिहिबार, २५ माघ २०७४

भूकम्पले जमिन चिरा परेर विस्तापित लच्याङका पीडित अहिले हल्देकालिकामा घर बनाउन जुटेका छन् । लच्याङका विस्थापितलाई हल्देकालिकामा सार्ने सरकारी निर्णयसँगै उनीहरु नयाँ ठाउँमा घर बनाउन जुटेका हुन् । ‘जमिन जताततै चिरा परेको छ, बस्तीमाथि अहिले नै खस्छ झैं लाग्ने ठूलो पहरो छ’, सूर्यगढी गाउँपालिका १ लच्याङका सुपलाल तामाङले भने, ‘सरकारले जग्गा किनिदिएकै ठाउँमा घर बनाउने तयारी गर्दैछु।’

२५ सिसी क्यामरा प्रयोगविहीन

आइतबार, २१ माघ २०७४

नुवाकोटको विदुर नगरपालिकामा शान्तिसुरक्षा कायम गराउन, चोरीलगायत आपराधिक क्रियाकलाप नियन्त्रण गर्न, दुर्घटना न्यूनीकरण गर्न र दुर्घटना भएमा संलग्नलाई नियन्त्रणमा लिएर कारबाही गर्न सहज बनाउनका लागि जडान गरिएका सिसी क्यामरा प्रयोगविहीन भएका छन् । सदरमुकामका मुख्य बजार मानिने गंगटे, बट्टार, विदुर, ढुङ्गे र त्रिशूलीमा जडान गरिएका २५ थान सिसी क्यामरा प्रयोगविहीन भएका हुन् । नुवाकोट उद्योग वाणिज्य संघको पहलमा दुई वर्षअघि जडान गरिएका सबै सिसी क्यामराले काम गर्न छाडेका छन्।

दूध बेचेर मासिक ७५ हजार आम्दानी

आइतबार, १४ माघ २०७४

नेपालमा रोजगारी पाइएन भनेर दैनिक सयौं युवा बिदेसिने गरेका छन् । दिनदिनै शैक्षिक वेरोजगारको संख्या पनि बढ्दो छ । र पनि पढेलेखेका युवाले खेती किसानी र पशुपालनको कामलाई काम नै ठान्दैनन् । तर नुवाकोट बेलकोटगढी नगरपालिका–१३ पाखुरेका भिमसेन पनेरुले भैंसी पालेर मासिक ७० हजार रुपैयाँ आम्दानी गर्दै आइरहेका छन्।

गोरु जुधाएर मनाइयो माघे सङ्क्रान्ति (फोटो फिचर)

सोमबार, ०१ माघ २०७४

नुवाकोटमा गोरू जुधाएर माघे सङ्क्रान्ति पर्व मनाइएको छ। जिल्लाको तारुका, बेत्रावती र पञ्चकन्या गरी तीन ठाउँमा समिति नै बनाएर व्यवस्थित रुपमा गोरु जुधाउने गरिएको छ। यस वर्ष तीन ठाउँमा गरी ४० हल गोरुबीच प्रतिष्पर्धा गराइएको थियो।

माघे संक्रान्तिमा नुवाकोटमा ४० हल गोरु जुध्ने

आइतबार, ३० पुष २०७४

माघे सङ्क्रान्ति पर्वको अवसरमा नुवाकोटको तीन ठाउँमा गोरु जुधाई मेला हुँदैछ। जिल्लाको विशेष गरी तारुका, बेत्रावती र पञ्चकन्यामा गोरु जुधाई मेला हुने गरेको छ। यस वर्ष तीनै ठाउँमा गरी ४० हल गोरु प्रतिस्पर्धाको मैदानमा उत्रने भएका छन्।

नुवाकोटमा ‘तरकारीको जोन कार्यालय’ स्थापना

आइतबार, ३० पुष २०७४

जिल्ला कृषि विकास कार्यालय नुवाकोटमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत तरकारीको जोन कार्यालय स्थापना गरिएको छ । कृषि विकास कार्यालय नुवाकोटका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत कमलराज गैरेलाई नै तरकारी जोनको प्रमुख तोकिएको छ । एक दशकसम्म सञ्चालन हुने तरकारी कार्यक्रम जिल्लाका १२ स्थानीय तहमध्ये चार स्थानीय तहभित्र पर्ने १५ वटा वडामा चल्ने बताइएको छ ।

नुवाकोटमा ३६ हल गोरु प्रतिस्पर्धाको मैदानमा

शुक्रबार, २८ पुष २०७४

माघे सङ्क्रान्ति पर्वको अवसरमा नुवाकोटको तीन ठाउँमा गोरु जुधाइँ मेला हुँदैछ। जिल्लाको विशेष गरी तारुका, बेत्रावती र पञ्चकन्यामा गोरु जुधाइँ मेला हुने गरेको छ। यस वर्ष तीनै ठाउँमा गरी ३६ हल गोरु प्रतिस्पर्धाको मैदानमा उत्रने भएका छन्।

कामदार नहुँदा बनेनन् घर

आइतबार, २३ पुष २०७४

सूर्यगढी गाउँपालिका वडा नम्बर ४ चोगदे बित्लवका उपेन्द्र अधिकारीले दसंै सकिएलगत्तै घर बनाउन थालेका हुन् । जग खन्ने र डिपीसी गर्ने काम सकिएको छ । घर निर्माणका लागि आवश्यक निर्माण सामग्री जम्मा गरिसकिएको छ तर कामदार अभावले घरलाई डिपीसीबाटमाथि उठाउन सकेका छैनन् । अधिकारी भन्छन्, ‘गाउँमा धेरैले घर बनाउन थालेका छन् ।

नुवाकोटमा फहरायो लाल झन्डा

आइतबार, २४ मङि्सर २०७४

दुई प्रतिनिधि र चार प्रदेश सभा रहेको नुवाकोट बाम गठबन्धनको कब्जामा परेको छ। मंसिर  १० गते भएको पहिलो चरणको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार काङ्ग्रेसका केन्द्रिय सदस्य एवं पटकपटक मन्त्री भइसकेका हेभिवेटका उम्मेदवारहरु अर्जुननरसिंह केसी र डा. रामशरण महतले जनताको मत आफ्नो हात पार्न सकेनन्। केसी र महतले आफ्नो मातहतमा रहेको प्रदेश सभाहरु समेत जोगाउन सकेका छैनन्।

अर्जुन नरसिंह केसी १० हजार मतले पराजित

आइतबार, २४ मङि्सर २०७४

नुवाकोटको क्षेत्र नम्बर २ मा नेकपा एमालेका जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडा विजयी भएका छन्। खतिवडाले नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीको भन्दा १० हजार ५ सय ५७ मत बढी ल्याएर विजयी भएका हुन्। नेकपा (एमाले)का उम्मेदवार खतिवडाले ३६ हजार ८ सय ९२ मत ल्याएका हुन् भने केसीले २६ हजार ३ सय ३५ मत प्राप्त गरेका छन्।

Ncell Footer Ad