भगवती लामा

विद्यालयलाई भूकम्प प्रतिरोधी भवन

आइतबार, ३१ असार २०७५

बर्खे विदा सकिएर पढ्न जादा नयाँ विद्यालयको भवनमा पढ्न पाइने भइयो भनेर तादी गाउँपालिका वडा नम्बर २ टुटुङकी सुजिता थिङ खुसी भएकी छिन्। तीन वर्षअघि गएको  विनाशकारी भूकम्पले मैदानमा रहेको रालुका माध्यामिक विद्यालयको भवनहरु भत्काए पछि अस्थाई सिकाई केन्द्रमा पढाई हुदै आएको थियो।

त्रिशुली जलविद्युत केन्द्रमा आगलागी

मङ्गलबार, २६ असार २०७५

नुवाकोटबाट सञ्चालित २१ मेगावाट क्षमताको त्रिशुली जलविद्युत केन्द्रमा आगलागी भएको छ। विद्युत उत्पादन गृहको बसबारमा विद्युत गढबढ भएर आगो लागी भएको हो।

धान दिवसमा श्रष्टा सम्मान

सोमबार, १८ असार २०७५

असार १५ अर्थात धान दिवसको अवसर पारेर नुवाकोट साहित्य प्रतिष्ठानले विगतका वर्षहरु जस्तै श्रष्टा सम्मान कृति विमोचन र रचना वाचन गरी मनाइएको छ।

वृक्षरोपणका लागि बिरुवा उत्पादन

शुक्रबार, १५ असार २०७५

वातावरणीय सन्तुलनका लागि आवश्यक भूभागमा वनक्षेत्र कायम गर्ने राज्यको निर्देशक सिद्धान्त, नीति तथा दायित्वअनुसार जिल्ला वन कार्यालय नुवाकोटले खाली जग्गामा वृक्षरोपण गर्न विभिन्न जातका तीस हजारभन्दा बढी बिरुवा उत्पादन गरेको छ।

राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको टोली नुवाकोटमा

मङ्गलबार, २९ जेठ २०७५

प्रदेश ३ को राजधानी बनाउन मिल्ने आधार खोज्न ‘राजधानी सम्भाव्यता अध्ययन विशेष समिति’को टोली नुवाकोट आइपुगेको छ।

बस्ति उठाउँन तराईका नागरिक सक्रिय

आइतबार, २७ जेठ २०७५

दिनेश अधिकारीको शब्दमा स्वरुपराज आचार्यले आवाज दिएको राष्ट्र भावले ओतप्रोत भएको ‘पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ, तराईमा आधी आए पहाडले छेक्नुपर्छ’ भन्ने गीतलाई सार्थक बनाउन तीन वर्षअघि गएको विनासकारी भूकम्पले थप सहयोग गरेको छ।

पुलिसले जित्यो नुवाकोट गोल्डकपको उपाधि

शनिबार, २६ जेठ २०७५

नेपाल पुलिस क्लबले प्रथम नुवाकोट गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

पुलिस नुवाकोट गोल्डकपको फाइनलमा, उपाधिका लागि थ्री स्टारसँग भिड्ने

बिहिबार, २४ जेठ २०७५

नुवाकोटमा सञ्चालन भइरहेको ‘नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता’ मा नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेको छ।

नुवाकोट गोल्डकप : थ्रीस्टार फाइनलमा प्रवेश

बुधबार, २३ जेठ २०७५

आयोजक टोली नुवाकोट ११ लाई पराजित गर्दै थ्रीस्टार क्लब नुवाकोटमा जारी ‘नुवाकोट गोल्डकप २०७५’को फाइनलमा प्रवेश गरेको छ।

नुवाकोट गोल्डकप : पुलिस सेमीफाइनल प्रवेश

मङ्गलबार, २२ जेठ २०७५

‘हाम्रो पौरख हाम्रो शान, नुवाकोट गोल्डकप हाम्रो अभियान’ भन्ने नारासहित सञ्चालन भइरहेको  ‘नुवाकोट गोल्डकप २०७५’ को मङ्गलबारको खेलमा रुपन्देही ११ लाई हराउँदै पुलिस क्लबले जित हासिल गरेको छ।

नुवाकोटमा इन्धन भण्डार बनाउन बुनीबेसी रोजियो

आइतबार, २० जेठ २०७५

नुवाकोटमा इन्धन भण्डार निर्माणको लागि प्रक्रिया सुरु भएको छ। चीन सरकारको सहयोगमा बन्न लागेको इन्धन भण्डारको लागि जग्गा छनोट समेत भइसकेको छ।

चीनको सहयोगमा नुवाकोटमा इन्धन भण्डारण गृह निर्माण सुरु

शनिबार, १९ जेठ २०७५

नुवाकोटमा इन्धन भण्डारण गृह निर्माणको लागि प्रक्रिया सुरु भएको छ। चीन सरकारको सहयोगमा बन्न लागेको इन्धन भण्डारण गृहको लागि जग्गा छनोट समेत भइसकेको छ।

नुवाकोट गोल्डकप आजदेखि

बिहिबार, १७ जेठ २०७५

‘हाम्रो पौरख हाम्रो शान, नुवाकोट गोल्डकप हाम्रो अभियान’ भन्ने नारासहित आजदेखि ‘विशाल सिमेन्ट नुवाकोट गोल्डकप २०७५’ प्रतियोगिता सुरु हुँदैछ ।

नुवाकोट गोल्डकपलाई स्थानीय तहको साथ

सोमबार, ३१ बैशाख २०७५

नुवाकोटमा हुन लागेको ‘प्रथम नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता–२०७५’ लाई सफल बनाउन स्थानीय तहहरु समेत सक्रिय रुपमा लागि परेका छन्।

बल्ल पाए विस्थापितहरूले घर बनाउने जग्गा

आइतबार, ३० बैशाख २०७५

साविकको घ्याङ्फेदी गाविस वडा नम्बर–६ का सीताराम तामाङको परिवार अबचाहिँ घर बनाउन पाइयो भनेर मख्ख परेको छ। २०७२ वैशाखको विनासकारी भूकम्पबाट विस्थापित तामाङ परिवारले यसअघि नै घर बनाउने योजना नबनाएका होइनन् तर भूगर्भविद्को अनुगमनले स्थानान्तरण गर्नुपर्ने परिवारको सूचीमा राखेपछि घर बनाएर ओत लाग्ने सपना अधुरै रह्यो।

अपांग मैत्री पुस्तकालय सञ्चालन

बिहिबार, २० बैशाख २०७५

नेपालकै पहिलो अपांग मैत्री तथा बहुप्रकोप प्रतिरोधात्मक सामुदायिक पुस्तकालय सञ्चालनमा आएको छ।

घर बनाउने सीप सिक्दै महिला

बिहिबार, १३ बैशाख २०७५

लिखु गाउँपालिका–६ थानसिङ, चैनपुरकी १९ वर्षीया सुस्मिता मिजार घर बनाउने तालिम लिइरहेकी छिन् । हातमा सीप भयो भने पछिसम्म पाखुरा बजारेर भएपनि जीवन धान्न सकिन्छ भन्ने मनसायले भूकम्प प्रतिरोधी आवास बनाउने सीप सिक्ने अभियानमा उनी जुटिरहेकी छिन्।

भूकम्पले महिलालाई दियो सिप र अवसर

बुधबार, १२ बैशाख २०७५

लिखु गाउँपालिका वडा नम्बर ६ थानसिङ चैनपुरकी १९ वर्षकी सुस्मिता मिजारले घर बनाउने तालिम लिइरहेकी छिन्। हातमा सिप भयो भने पछि सम्म पाखुरा बजारेर जीवन धान्न सकिन्छ भन्ने मनसायलाई मनमा लिएर भूकम्प प्रतिरोधी आवास बनाउने सिप सिक्ने अभियानमा जुटिरहेकी छिन्।

जनप्रतिनिधि सोध्छन्, कर्मचारी खोई ?

शुक्रबार, ३० चैत २०७४

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जुन ठाउँमा पुगे पनि जनप्रतिनिधिले कर्मचारी खोई भनेर प्रश्न गर्ने गरेको बताएका छन्।

सिलाइ पेसाबाट आत्मनिर्भर बन्दै महिला

बिहिबार, २९ चैत २०७४

बेलकोटगढी नगरपालिका–५ दुईपिपलकी लक्ष्मी श्रेष्ठको दैनिकी लुगा सिलाएरै बित्छ । गणित विषयमा स्नातक तह उत्र्तीण गरेकी श्रेष्ठले २०७० सालमा पढाईलाई निरन्तरता दिँदैै ६ महिना सिलाइकटाइ तालिम लिएकी थिइन् । त्यही तालिम उनको परिवारका लागि दैनिक खर्च धान्ने आम्दानीको बाटो बनेको छ।

Ncell Footer Ad