भगवती लामा

ठुलाे परिमाणमा बरामद गरिएको घरेलु मदिरा नष्ट

शुक्रबार, १९ असोज २०७५

जिल्ला प्रहरी कार्यालय नुवाकोटले बरामद गरेको ३७ सय ३५ लिटर घरेलु मदिरा नष्ट गरेको छ।

सम्पदा निर्माणका लागि स्थानीय कालिगढ

आइतबार, १४ असोज २०७५

विदुर नगरपालिका–२ का अर्जुन शाही आफ्नै पौरखले साततले दरबार निर्माण गर्न पाइन्छ भनेर ढुंगा काट्ने सीप सिकिरहेका छन्। दरबार निर्माण गर्नलाई आवश्यक पर्ने कामदार स्थानीय स्तरमा नै उत्पादन गर्ने उद्देश्यले पुरातत्व विभागको आयोजनामा कालिगढ तालिम भइरहेको छ।

लक्ष्मणको गजलमा रमायो नुवाकोट

सोमबार, ०८ असोज २०७५

अछामको ढकारी गाउँपालिका–१ का गजलकार लक्ष्मण संगमले नुवाकोटमा जीवनको पहिलो एकल गजल वाचनको अनुभव बटुलेका छन्।

हेलिकाेप्टर दुर्घटनामा मृत्यु भएकाको शव काठमाडौं ल्याइयाे

आइतबार, २४ भदौ २०७५

शनिवार विहान गोरखाको सामागाउँबाट यात्रु लिएर काठमाडौं अाउँदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएकाको शव आइतबार काठमाडौँ ल्याइएकाे छ।

विश्वकर्मालाई थुनामा राख्न तेस्रो पटक म्याद थप

बुधबार, १३ भदौ २०७५

आगजनी अभियोगका आरोपित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई जिल्ला अदालत नुवाकोटले बुधबार तेस्राे पटक तीन दिन थुनामा राख्न आदेश दिएको छ। गएको शुक्रबार भदौं ८ गते जिल्ला अदालतले तीन दिनको लागि अनुमती दिएकोले थुनामा राखेर प्रहरीले अनुसन्धान थालेको थियो। अनुसन्धानको प्रक्रिया जारी रहेको भन्दै १० गते फेरी म्याद थपेर उनलाई थुनामा राखिएको थियो।

विश्वकर्मालार्इ तीन दिन थुनामा राख्न नुवाकोट अदालतको आदेश

शुक्रबार, ०८ भदौ २०७५

विहिबार राती काठमाडौंबाट पक्राउ गरी नुवाकोट ल्याइएका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई तीन दिन थुनामा राख्न नुवाकोट अदालतले अनुमती प्रदान गरेको छ।

करेन्ट लागेर १ जनाको मृत्यु, दुई घाइते

बिहिबार, ०७ भदौ २०७५

लिखु गाउँपालिका वडा नम्बर १ ढिकुरेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन्।

पहिरोको जोखिमले विद्यालय बन्द

बिहिबार, ०७ भदौ २०७५

निरन्तरको वर्षातका कारण पहिरो जाने जोखिम बढेपछि नुवाकोटको सूर्यगढी गाउँपालिका वडा नम्बर ५ गणेस्थानमा रहेको जालपादेवी आधारभूत विद्यालय बन्द गरिएको छ। विद्यालय असुरक्षित महसुस गरी बुधबारदेखि पाँच दिनको लागी विद्यालय बन्द गरिएको हो।

नुवाकोटमा बाढीको वितण्डा, बस्तीहरु पहिरोको उच्च जोखिममा

शनिबार, ०२ भदौ २०७५

शुक्रबार रातिदेखि परेको अविरल बर्षाले नुवाकोटको विभिन्न बस्तीका बासिन्दालाई घरबारविहिन बनाएको छ भने पहिरोको जोखिम समेत बढाएको छ। जिल्लाको बेलकोटगढी नगरपालिका ११ मा रहेको अमारेमा बाढी आउँदा स्थानीय हरिभक्त तिवारीको २ वटा घरमा क्षती पुर्याएको छ।

नुवाकोटमा बस दुर्घटना, ५७ घाइते

बुधबार, ३० साउन २०७५

नुवाकोटको विदुर नगरपालिका–९ लामाटारमा बस दुर्घटना हुँदा ५७ जना यात्रु घाइते भएका छन्। बुङताङबाट त्रिशुली आउँदै गरेको बा २ ख २८०४ नम्बरको बस बालुवा बोकेको मिनिट्रकलाई बाटो दिएर अघि बढ्ने क्रममा दुर्घटना भएको छ।

अज्ञात समूहबाट तीन आइचरमा आगजनी तथा तोडफोड

मङ्गलबार, २९ साउन २०७५

नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ८ स्थित बोेहोरे खोलामा अज्ञात समूहले तीन वटा आइचमाथी आगजानी तथा तोडफोड गरेको छ।

मुद्दा मिलाउन मेलमिलापकर्ताको सहायता लिँदै नुवाकोटाका न्यायिक समिति

आइतबार, २७ साउन २०७५

जिल्लाका स्थानीय तहमा गठित न्यायिक समितिले स्थानीय स्तरका विवाद समाधानलाई छिटोछरितो बनाउन मेलमिलाप केन्द्रलाई सक्रिय बनाउन थालेको छ।

ट्रिपर दुर्घटनामा एकको मृत्यु, दुई घाइते

सोमबार, २१ साउन २०७५

नुवाकोटको ककनी गाउँपालिक वडा नम्बर १ चिसोधारा स्थित पासाङ ल्हामु राजमार्गमा ट्रिपर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुर्इ घार्इते भएका छन्।

हाइड्रो पावरको नहरमा डुबेर मृत्यु

शनिबार, १२ साउन २०७५

नुवाकोटमा सञ्चालित त्रिशुली हाइड्रो पावरको नहरमा डुबेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विदुर नगरपालिका वडा नम्बर ९ का इश्वरनारायण श्रेष्ठ रहेका छन्।

कृषि तालिमले किसान उत्साहित

शनिबार, १२ साउन २०७५

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर १३ का धनवीर तामाङले परम्परागत रुपमा तरकारी खेती गर्दै आएका थिए। कुन तरकारी कुन मौसममा र कसरी लगाउने सामान्य ज्ञान समेत नभएका उनलाई गोलभेडा उत्पादन एवं तरकारी खेती  विषयक ७ दिने सिप विकास तालिमले आधुनिक तरकारी खेती प्रणालीमा लाग्न हौसला दिएको छ।

बृहत्तर नगर विकास योजना सञ्चालन हुने

बुधबार, ०९ साउन २०७५

नुवाकोटको विदुर नगरपालिकालाई बृहत्तर नगर विकास योजनाको प्रतिवेदन हस्तान्तरण गरिएको छ। युएन ह्याबिट्याटको साझेदारीमा चीनको वुहान ल्याण्ड स्पासियल प्लानिङले तयार पारेको नगर विकास योजनाको प्रतिवेदन बुधबार एक कार्यक्रमकाबीच नगरपालिकाका मेयर सञ्जु पण्डितलाई हस्तान्तरण गरिएको हो।

विद्यालयलाई भूकम्प प्रतिरोधी भवन

आइतबार, ३१ असार २०७५

बर्खे विदा सकिएर पढ्न जादा नयाँ विद्यालयको भवनमा पढ्न पाइने भइयो भनेर तादी गाउँपालिका वडा नम्बर २ टुटुङकी सुजिता थिङ खुसी भएकी छिन्। तीन वर्षअघि गएको  विनाशकारी भूकम्पले मैदानमा रहेको रालुका माध्यामिक विद्यालयको भवनहरु भत्काए पछि अस्थाई सिकाई केन्द्रमा पढाई हुदै आएको थियो।

त्रिशुली जलविद्युत केन्द्रमा आगलागी

मङ्गलबार, २६ असार २०७५

नुवाकोटबाट सञ्चालित २१ मेगावाट क्षमताको त्रिशुली जलविद्युत केन्द्रमा आगलागी भएको छ। विद्युत उत्पादन गृहको बसबारमा विद्युत गढबढ भएर आगो लागी भएको हो।

धान दिवसमा श्रष्टा सम्मान

सोमबार, १८ असार २०७५

असार १५ अर्थात धान दिवसको अवसर पारेर नुवाकोट साहित्य प्रतिष्ठानले विगतका वर्षहरु जस्तै श्रष्टा सम्मान कृति विमोचन र रचना वाचन गरी मनाइएको छ।

वृक्षरोपणका लागि बिरुवा उत्पादन

शुक्रबार, १५ असार २०७५

वातावरणीय सन्तुलनका लागि आवश्यक भूभागमा वनक्षेत्र कायम गर्ने राज्यको निर्देशक सिद्धान्त, नीति तथा दायित्वअनुसार जिल्ला वन कार्यालय नुवाकोटले खाली जग्गामा वृक्षरोपण गर्न विभिन्न जातका तीस हजारभन्दा बढी बिरुवा उत्पादन गरेको छ।

Ncell Footer Ad