भगवती लामा

विदुर नगरपालिकामा आधुनिक वधशाला निर्माण

शुक्रबार, २० बैशाख २०७६

उपभोक्ताले स्वच्छ र गुणस्तरीय मासु उपभोग गर्न पाऊन् भन्ने उद्देश्यसहित नुवाकोटको विदुर नगरपालिकाले आधुनिक वधशाला निर्माण कार्य थालेको छ। बजार क्षेत्रका मासु व्यवसायीले अवैध रूपमा वधशाला निर्माण गरी वातावरणीय प्रदूषण फैलाएको र उपभोक्ता अस्वस्थ मासु उपभोग गर्न बाध्य भएको भन्दै आफ्नै लगानी र जग्गामा वधशाला निर्माण गर्न लागेको नगरपालिकाले बताएको छ।

तीन वडा सम्मानित

शुक्रबार, १३ बैशाख २०७६

चौथो भूकम्प स्मृति दिवसमा निजी आवास पुनर्निर्माणमा अधिकतम प्रगति हासिल गर्ने नुवाकोटका तीनवटा वडा सम्मानित भएका छन्।

अझै टेकोकै भरमा साततले दरबार

बिहिबार, १२ बैशाख २०७६

नेपाल एकीकरणको समयमा राजा पृथ्वीनारायण शाहले नुवाकोटमा नौतले दरबार बनाए। १९९० सालको भूकम्पले त्यसलाई भत्कायो। त्यसपछि बनेको साततले दरबार चार वर्षअघिको विनाशकारी भूकम्पका कारण ढल्किएपछि अहिले टेकोमा अडिएको अवस्थामा छ। चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गर्ने सम्झैता भए पनि सो दरबारको अझै पुननिर्माण सुरु भएको छैन।

‘गर्भवती महिलाका लागि घरमा झण्डा हातमा अन्डा’

आइतबार, ०८ बैशाख २०७६

गर्भवती महिलाको घरमा ‘स्वास्थ्य संस्थामा प्रसूति, सुरक्षित मातृत्वको प्रत्याभूति’ लेखिएको सुन्तला रङको झण्डा राखिने र गर्भवती महिलाले न्यूनतम चारपटक गर्भ जाँच गराए प्रत्येक पटकको जाँचमा एक क्रेट अन्डा दिइने भएको छ।

मोटरसाइकल र टिप्पर ठोक्किँदा एकको मृत्यु

शुक्रबार, २९ चैत २०७५

नुवाकोटको बट्टारमा शुक्रवार मोटरसाइकल र टिप्पर एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। गगटेबाट विदुरतर्फ आइरहेको बा.५ ख २८९८ नं. को ट्रिपरले ना. ३३ प ३४६६ नंं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक २३ वर्षीय दिवाकर खनालको घटनास्थलमा नै मृत्यु भएको हो।

१३ रोपनी १५ आना जग्गा विप्लवको कब्जामा

शुक्रबार, २९ चैत २०७५

नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ मा रहेको मानबहादुर लामाको १३ रोपनी १५ आना जग्गा बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कब्जा गरेको छ। रत्नबहादुर लामाको नाममा रहेको २१ रोपनी ११ आना जग्गा मध्ये कान्छो छोरा बुद्धिबहादुर लामाले अंस भागवण्डा गरी ७ रोपनी ४ आना जग्गा आफ्नो नाममा नाम्सारी गरिसकेका छन्।

महतको प्रश्नः प्रधानमन्त्रीज्यू रेल गुडाउन भौतिक संरचना खैं? हल्ला मात्रै गर्ने?

मङ्गलबार, २६ चैत २०७५

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वअर्थमन्त्री डाक्टर रामशरण महतले वर्तमान सरकार काममुखी भन्दा प्रचारमुखी भएको बताएका छन्। नुवाकोट उद्योग वाणिज्य संघका नव निर्वाचित पदाधिकारीहरुलाई बधाई दिन विदुरस्थित कांग्रेस पार्टी कार्यालयमा आयोजित कार्यक्रममा डा. महतले पूर्वाधारको निर्माण गरेर, नागरिकहरुको जीवनस्तर उकासेर मात्र आर्थिक प्रतिफल आउने खालको आयोजनाहरुको खाका तयार पार्नुपर्ने बताए।

आर्थिक वर्षको ८ महिनामा २ सय ३७ वटा मुद्दा फर्स्यौट

बुधबार, १३ चैत २०७५

नुवाकोट जिल्ला अदालतमा आर्थिक वर्ष सुरु हुँदा २ सय ४९ वटा मुद्दा फर्स्यौट हुन बाँकी रहेका थिए। फागुन मसान्त सम्ममा ३ सय ८ वटा नयाँ मुद्दा थपिए।

जातीय घरमा दर्शकको आकर्षण

आइतबार, २६ फागुन २०७५

खरले छाएको पुरानो शैलीको सानो घर । घरको बार्दलीमा राखिएको ढ्याङ्ग्रो, लावा, पिर्कामा सगुनसँगै राखिएको टटेलाको फूल, वरीपरी टाँगिएको लुङ्तर (तोरण), आँगनमा गाडिएको धज्र्यो लगायतका सामाग्रीले त्यो घर तामाङ जातिको हो भन्ने सजिलै चिन्न सकिन्छ।

प्रथम नुवाकोट आदिवासी महोत्सव तयारी पूरा

बिहिबार, १६ फागुन २०७५

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिसद नुवाकोटले शुक्रबारदेखि २६ गतेसम्म गर्न लागेको प्रथम नुवाकोट आदिवासी महोत्सवको तयारी पूरा भएको छ।

किसानलाई कृषि उपकरण

सोमबार, ०६ फागुन २०७५

कृषिमा आधुनिकता भित्र्याउनुपर्छ, लागतभन्दा उत्पादन बढाउनुपर्छ भन्ने आवाज उठिरहेका बेला शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठानले शिवपुरी गाउपालिकाका वडा नम्बर १ र २ का किसानलाई लक्षित गरी कृषि उपकरण वितरण गरिएको छ।

गगनको प्रश्नः प्रधानमन्त्रीज्यू ऐना हेर्नु हुन्छ कि हुन्न ?

शुक्रबार, ०३ फागुन २०७५

नेपाली कांग्रेसका युवा नेता गगन थापाले हप्तै विच्छे बाहिरिने अनेक भ्रष्टाचारको विषयमा सरकारको नाम जोडिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न’ भन्ने वाक्य हास्यास्पद रहेको बताएका छन्।

श्रीपञ्चमीमा सामूहिक व्रतबन्ध

सोमबार, २८ माघ २०७५

विद्यालयको आर्थिक स्रोत बढाउन, हिन्दु परम्परा र संस्कृत भाषा संरक्षण गर्ने उद्देश्यले नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित सहिद जगतप्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालयले २०५६ सालदेखि सामूहिक व्रतबन्ध आयोजना गर्दै आएको छ ।

तालिमले किसानमा उत्साह

बिहिबार, २४ माघ २०७५

लिखु गाउँपालिका–६ का अर्जुन लामिछानेले लगानी अनुसारको आलु उत्पादन होस् भनेर रासायनिक मल र किटनासक औषधि प्रयोग गर्ने गरेका थिए। त्यसमा पनि मात्रा नमिलाई। तरप्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ आलु जोनद्वारा सञ्चालन गरिएको तालिममा सहभागी भएपछि आलुमा लागेको रोगको पहिचान गरेर मात्र औषधि प्रयोग गर्नुपर्ने रहेछ भन्ने विषयमा जानकारी लिएका छन्।

घर भत्किदा वृद्धको मृत्यु

बुधबार, २३ माघ २०७५

नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेको थालडाँडामा घर भत्किदा एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा ८५ वर्षीय कप्तान तामाङ रहेका छन्।

युएनडिपीको गाडी दुर्घटनामा एकको मृत्यु, ५ घाइते

मङ्गलबार, २२ माघ २०७५

नुवाकोटको पञ्चकन्या गाउँपालिका– ४ आरुखर्क सालघारीमा मंगलबार साँझ युएनडिपीको गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गाडीका चालक सर्लाही परवानीपुरका २४ वर्षीय सुमन बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बा. ३ च ५७११ नम्बरको ल्याण्ड क्रुजर गाडी दुर्घटना हुँदा ५ जना घाइते भएका छन्।

स्वास्थ्य र पोषण बुझ्न मोबाइल सिम

शनिबार, १९ माघ २०७५

बेलकोटगढी नगरपालिका–७ रातमाटेकी विन्दा श्रेष्ठ सुनौलो हजार दिने महिलाअन्तर्गत पर्छिन्। उनले बच्चा बिरामी हुँदा तथा स्वास्थ्यसँग सम्बन्धित कुनै विषयबारे जानकारी लिनुपरेमा स्वास्थ्य स्वयंसेविका र आफूजस्तै हजार दिने महिलासँग कुरा गर्नुपरेमा फोन गरेर समस्या समाधान गर्छिन्।

सरकार दोस्रो वर्षलाई प्रशंसाको वर्ष बनाउने गरी अघि बढ्नुपर्छः पूर्वप्रम नेपाल

आइतबार, १३ माघ २०७५

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले सरकार कसैको खण्डन नगरी सुन्ने, हेर्ने, विचार गर्ने, लागु गर्ने र कार्यान्वयन गर्नेतर्फ लाग्नुपर्ने बताएका छन्।

सुत्केरी गाईभैंसीलाई भत्ता

शुक्रबार, ११ माघ २०७५

झन्झटिलो मानेर पछिल्लो समय गाउँघरतिर पशुपालन गर्न बिस्तारै कम हुँदै गएको छ। यसले गर्दा पशुजन्य पदार्थको आयात पनि वृद्धि हुँदै गएको छ। यही तथ्यलाई ध्यान दिँदै नुवाकोटको किस्पाङ गाउँपालिकाले स्थानीय बासिन्दालाई पशुपालनमा आकर्षित गर्ने योजना बनाएको छ।

मुआब्जा माग्दै जिल्ला बन्द

सोमबार, ०७ माघ २०७५

त्रिशूली–मैलुङ–रसुवागढी सडक योजनाका प्रभावितले मुआब्जा माग गर्दै आइतबार नुवाकोट बन्द गरेका छन्। सडक निर्माण तथा स्तरोन्नतिका क्रममा योजनाले पिपलटार–ढुंगे सडक खण्डका प्रभावितलाई मुआब्जाको व्यवस्था गर्न आनाकानी गरेको भन्दै उचित मुआब्जा माग गर्दै नुवाकोट बन्द गरिएको हो।

Ncell Footer Ad