भगवती लामा

बसको ठक्करले बालकको मृत्यु, बसमा आगजनी

बुधबार, २९ असोज २०७६

बट्टार बजारमा बाटो काट्ने क्रममा बसको ठक्करले एक बालककोे मृत्यु भएको छ।

निर्माण कार्य ५५ प्रतिशत मात्र

बुधबार, २९ असोज २०७६

राष्ट्रिय गौरवको आयोजनाको ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक आयोजनाअन्तर्गत पर्ने गल्छी–त्रिशूली–मैलुङ सडकखण्डको भौतिक प्रगति ५५ प्रतिशत मात्र भएको छ ।

अझै अस्थायी सिकाइ केन्द्रमै पढाइ

बुधबार, २९ असोज २०७६

रीतिका यादव म्यागङ गाउँपालिका–२ बुङताङस्थित सरस्वती मावि कक्षा ७ मा पढ्छिन्। बुवा सोही विद्यालयको शिक्षक भएकै कारण उनी त्यहाँ पढ्न आएकी हुन्।

नुवाकाेटमा सात जनाको कैद मिनाहा

शुक्रबार, ०३ असोज २०७६

संविधान दिवस २०७६ को अवसरमा जिल्ला कारागार नुवाकोटमा कैद जीवन बिताइरहेका ७ जनाको कैद माफि मिनाहा गरिएको छ।

हुलाकको राजस्व १८ लाख ३६ हजार

मङ्गलबार, ३१ भदौ २०७६

जिल्ला हुलाक कार्यालय नुवाकोटले गत आर्थिक वर्षमा १८ लाख ३६ हजार सात सय रुपैयाँ राजस्व संकलन गरेको छ। हुलाक टिकट वितरण, एफएम/रेडियो नवीकरण, केबल रोयल्टी, भन्सार प्रज्ञापण शुल्क लगायतबाट गत आवमा उक्त राजस्व संकलन गरेको हो।

तीन वर्षमा १ सय ५२ जनाले गरे आत्महत्या

मङ्गलबार, २४ भदौ २०७६

नुवाकोटका १ सय ५२ जनाले आत्महत्या गरेका छन्। विश्व आत्महत्या रोकथाम दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालय नुवाकोटले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आत्महत्या गर्नेमा महिला ७६, पुरुष ७१, बालक २ र बालिका ३ जना गरी १ सय ५२ जना रहेका छन्।

पुरानै घर प्रबलीकरणमा आकर्षण बढ्दै

सोमबार, २३ भदौ २०७६

विनाशकारी भूकम्पबाट जिल्लाको शिवपुरी गाउँपालिका–८ थानापतीका मधुसूदन लोहनीको घरमा आंशिक क्षति पुग्यो। निरन्तर भूकम्पको कम्पन आइरहँदा जोखिम देखिएपछि लोहनी परिवारको बसाइ टहरामा हुन थाल्यो।

धान कुट्ने मिल र गाई गोठ बगायो, बस्ती जोखिममा

आइतबार, १५ भदौ २०७६

गए रातिदेखि परेको अविरल वर्षापछि आएको बाढीले नुवाकोटको तादी गाउँपालिका–३ स्थित कोषगाडका स्थानीयका घरहरु जोखिममा परेका छन्।

सरकार भ्रष्टाचारमा चुर्लुम्म डुब्योः नेता केसी

आइतबार, ०८ भदौ २०७६

संघीयता गाउँसम्म पुग्नुपर्नेमा भ्रष्टाचार पुगेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बताएका छन्।

शिक्षामा समानता नभएको गुनासो

बुधबार, ०४ भदौ २०७६

हुनेखानेका छोराछोरी निजी विद्यालयमा र हुँदा खानेका छोराछोरी सरकारी विद्यालयमा पढाउने परम्परा बढेसँगै शिक्षामा समानता नै नभएको गुनासो आउन थालेको छ।

जात्रा हेर्न गएका युवा मृत अवस्थामा भेटिए

सोमबार, ०२ भदौ २०७६

नुवाकोटको तादी गाउँपालिका–३ भोर्लेमा एक युवा मृत अवस्थामा भेट्टिएका छन्। तादी गाउँपालिका– २ रालुकादेवीका २३ वर्षीय  विजय कट्टेल मृत अवस्थामा भेटिएका हुन्।

नुवाकोटमा अर्गानिक पदमार्ग निर्माण गरिने

सोमबार, ०२ भदौ २०७६

ककनी–सुइरेचौर–चिसापानी–कुटुमसाङलाई अर्गानिक पदमार्ग निर्माण गरिने भएको छ। प्रदेश ३ सरकारले कृषि ज्ञान केन्द्र नुवाकोटमार्फत कार्यान्वयन गर्ने गरी सो क्षेत्रमा अर्गानिक पदमार्ग निर्माण गर्न लागेको हो। दुप्चेश्वर गाउँपालिका–२ र ४, शिवपुरी गाउँपालिका–७ र ककनी गाउँपालिका–२ र ५ वडा समावेश गरी सो पदमार्ग निर्माण गर्न लागिएको हो। यी क्षेत्रको बस्तुस्थितिको अवलोकन गर्न प्राविधिक अध्ययन समिति बनाएर प्रतिवेदन तयार गरिने बताइएको छ।

मृतक परिवारलाई २५/२५ लाख दिने सहमति

मङ्गलबार, २८ साउन २०७६

ककनी गाउँपालिका–१ स्थित कोल्पु खोलाको कमले दोभानमा बालुवा निकाल्दा बनेको खाल्डोमा डुबेर मृत्यु भएका परिवारलाई २५/२५ लाख रुपैयाँ दिने सहमति भएको छ।

मातृभाषा जोगाउन चुनौती

मङ्गलबार, २८ साउन २०७६

२०६८ सालको जनगणनाअनुसार नेपालमा १ सय २३ मातृभाषा बोल्ने जाति रहेको तथ्यांक सार्वजनिक भएको थियो। तापनि अहिलेसम्म ती जातिको मातृभाषा तथ्यांकमै सीमित रहेको पाइएको वक्ताहरूले सुनाए।

राहदानीबाटै पौने तीन करोड राजस्व

बिहिबार, २३ साउन २०७६

प्रशासन कार्यालयले गत वर्ष ७२ वटा संस्था दर्ता गरेको छ भने एक सय ७३ वटा संस्था नवीकरण गरिएको छ। विपद व्यवस्थापनतर्फ रहेर प्रशासनले ४१ परिवारका लागि पाँच लाख ९४ हजार रुपैयाँ राहत रकम वितरण गरेको छ।

हाते औजारले बालुवा निकाल्न पाउनुपर्ने माग

शुक्रबार, १७ साउन २०७६

नदीबाट हाते औजार प्रयोग गरी बालुवा निकाल्न पाउनुपर्ने माग राखेर श्रमिकहरुले जिल्ला प्रशासन कार्यालय नुवाकोटमा ज्ञापनपत्र बुझाएका छन्।

वडा कार्यालयमा पेट्रोल बम प्रहार

बुधबार, १५ साउन २०७६

थापाको अनुसार बम प्रहारसँगै भएको आगलागी साढे १२ बजे नियन्त्रणमा लिइएको थियो।

अस्पतालको लापरवाहीले सुत्केरीको ज्यान गएको भन्दै सडक अवरुद्ध

शुक्रबार, १० साउन २०७६

जिल्ला अस्पताल त्रिशुलीको लापरवाहीको कारण सुत्केरीको ज्यान गएको भएको भन्दै आफन्त तथा स्थानीयहरुले गल्छी त्रिशुली सडक खण्डको महादेवफाँटमा यातायात अवरुद्ध गरेका छन्। तार्केश्वर गाउँपालिका –५ (हाल बेलकोटगढी नगरपालिका–७ महादेवफाँट) की गोमा वस्तीको सुत्केरी पश्चात अत्याधिक रक्तश्रावको कारण ज्यान गएको थियो।

फाइल नबुझाउँदा नमुना विद्यालय छनोट भएन

आइतबार, ०५ साउन २०७६

विद्यालयको गुणस्तर सुधार गरी शिक्षामा रूपान्तरणको गतिलाई तीव्रता दिने उद्देश्यले शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले गत असार २९ गते नमुना विद्यालय छनोट गरेर सार्वजनिक गरेको थियो। सार्वजनिक गरिएको तथ्यांकअनुसार ६९ जिल्लाका विभिन्न स्थानीय तहका विद्यालयमध्ये ८४ वटा विद्यालय नमुना विद्यालयको रूपमा छनोटमा परेका छन्। तर नुवाकोटका एउटा पनि विद्यालय छनोटमा परेनन्, कारण विद्यालयले दिएको आवेदन शिक्षा विकास तथा समन्वय एकाइको कार्यालय विदुरमै थन्किनु।

मानव बेचबिखन मुद्दामा सजाय भोगिरहेका सुनबहादुरलाई सफाइ

बुधबार, ०१ साउन २०७६

मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दामा कैद सजाय भोगिरहेका दुप्चेश्वर गाउँपालिका–१, घ्याङफेदीका वडाध्यक्ष सुनबहादुर तामाङले सफाइ पाएका छन्।

Ncell Footer Ad