शिवलाल सुवेदी

गुल्मी पहिरो अपडेट : मृतककाे संख्या ८ पुग्याे

मङ्गलबार, ०७ साउन २०७६

सोमबार साझँदेखि परेको अविरल वर्षाका कारण पहिरो जादाँ गुल्मीमा ६ जनाको मृत्यु भएको छ। यस्तै ५ जना हराईरहेका छन्। जिल्लाको सत्यवती गाउँपालिका ४ लिम्घाका स्थानीय छविकला विक,धन बहादुर विक र पम्फा विकको घर पहिरोले पुर्दा ४ जनाको शव देखिएको स्थानीय ठग प्रसाद ज्ञवालीले जानकारी दिए।

पहिरोमा परी ६ को मृत्यु, ५ बेपत्ता

मङ्गलबार, ०७ साउन २०७६

सोमवार साझँदेखि परेको अविरल वर्षाका कारण पहिरो जादाँ गुल्मीमा ६ जनाको मृत्युु भएको छ । यस्तै ५ जना हराईरहेका छन । जिल्लाको सत्यवती गाउँपालिका ४ लिम्घाका स्थानीय छविकला विक,धन बहादुर विक र पम्फा विकको घर पहिरोले पुर्दा ४ जनाको शव देखिएको स्थानीय ठग प्रसाद ज्ञवालीले जानकारी दिएका छन । यस्तै पहिरोमा अन्य ५ जना हराईरहेको वताईएको छ ।

सन्धिखर्क जिप दुर्घटना: मृतकमध्ये दुई जनाको सनाखत

बिहिबार, १९ असार २०७६

गोरूसिंगे सन्धिखर्क सड्कअन्तर्गत सुपादेउराली मन्दिर नजिकै जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

शनिबार, २५ जेठ २०७६

रेसुङ्गा नगरपालिमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ।

टिपर फस्दा रिडि-वामी सडक अवरुद्ध

बुधबार, २२ जेठ २०७६

बीच सडकमा टिपर फसेपछि रिडि (रुद्रबेडी)वामी सडक खण्ड अवरुद्ध भएको छ।

अर्घाखाँचीमा दुई बम निष्कृय, स्थानीय त्रसित

सोमबार, १३ जेठ २०७६

अर्घाखाचीका दुई स्थानमा राखिएको वम निष्कृय पारिएको छ । जिल्लाको सदरमुकाम सन्धिखर्क बजारमा रहेको अर्घाखाची शिक्षा क्याम्पस नजिकै र वाइखोला किनारमा रहेका वमलाई नेपाली सेनाकाे डिस्पोजल टोलीले निष्कृय गरेको हो।रामवाण गुल्मको वम डिस्पोजल टोलीका अनुसार दुवै स्थानमा रहेका शकांस्पद बस्तु वम नै भएको बताइएको छ।

गुल्मीमा करोडौंका पुल अलपत्र

सोमबार, ०६ जेठ २०७६

जिल्लाको उल्ली खोला पुल समयमै बनेको भए यतिबेला सवारी आवतजावत गर्थे। अहिले अलपत्र पुल स्थानीयको आँगन बनेको छ। पुलमा गाउँलेले गहुँ झाँट्छन्। गहुँ झाँट्दै गरेका रुरु गाउँपालिका–५, बम्घाका श्याम बोटेले पुल बन्ने छाँट नभएको बताए। ‘ठेकेदार आउन छाडे पुल अलपत्र रह्यो,’ उनले भने, ‘ढलान गरेको आधा पुलले आँगनको काम गरेको छ।’

आमाले गरिन् दुई महिने छोरीको हत्या

शुक्रबार, ०३ जेठ २०७६

जिल्लाको गुल्मी दरवार गाउँपालिका ४ की ३६ बर्षीया जमुना विकले दुई महिनाकी छोरीको हत्या गरेकी छन् । आरोपित विकले दुई महिनाकी छोरी बिस्नु बिकलाई बिहिबार साँझ करिव ७ बजे हत्या गरेको वडाध्यक्ष खुम बहादुर पल्लीले बताए ।

गुल्मीमा झाडापखालाबाट १ जनाकाे मृत्यु, १ सय ७० बढी बिरामी

आइतबार, १५ बैशाख २०७६

गुल्मीको मुसिकोट नगरपालिका–४ दजाकोटमा आइतबारदेखि फैलिएको झाडापखालाबाट एक बालकको ज्यान गएको छ।

दजाकोटको झाडापखाला अझै नियन्त्रणमा आएन

शुक्रबार, १३ बैशाख २०७६

स्थानीय नुरखोला खानेपानी प्रयोगपछि गाउँमा झाडापखालाको प्रकोप देखिएको मुसिकोट नगरपालिकाका सदस्य स्थानीय हरि छन्तेलले बताए। उनका अनुसार झाडापखालावाट अहिलेसम्म १ सय २० जना बिरामी भएका छन्।

मदिराले मातेर महिलाको बलात्कार, स्थानीयले समातेर प्रहरीकाे जिम्मा लगाए

मङ्गलबार, १० बैशाख २०७६

जिल्लाको छत्रकोट गाउँपालिकामा एक महिला बलात्कृत भएकी छिन्। छत्रकोट गाउँपालिका ५ मा २६ बर्षीय अनिल भन्ने तेज बहादुर सुनारले ४० बर्षीया महिलालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविन्द्र खड्काले जानकारी दिए।

कालीगण्डकी करिडोरको काम तीव्र

सोमबार, ०९ बैशाख २०७६

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको गुल्मी–वाग्लुङ खण्डको स्तरोन्नति गर्ने काम तीव्र गतिमा अघि बढेको छ। २०७० जेठदेखि गुल्मी–वाग्लुङ खण्डको ट्र्याक खोलेको नेपाली सेनाको निर्माण कार्यदलले पछिल्लो समय १० मिटर चौडा सडक बनाउने काम पनि तीव्र गतिमा अगाडि बढाएको हो।

गुल्मीका पत्रकारले धर्नासँगै बुझाए ज्ञापनपत्र

बिहिबार, ०५ बैशाख २०७६

विद्युतीय कारोवार ऐन दफा ४७ र ४८ खारेजीको माग गर्दै गुल्मीका पत्रकारहरु धर्ना बसेका छन। जिल्ला प्रशासन कार्यालय गुल्मीको गेटमा पत्रकार महासघ गुल्मी शाखाको आयोजनामा गुल्मेली पत्रकारहरु बिहिवार एक घण्टा धर्ना बसेका हुन।

मामाघर आएर घर फर्कने क्रममा १४ वर्षीया बालिका बलात्कृत

बिहिबार, ०५ बैशाख २०७६

गुल्मीमा एक १४ वर्षीया बालिका बलात्कृत भएकी छिन। छत्रकोट गाउपालिका ६ कि नाम परिवर्तन रमितलाई पाल्पा तानसेन नगरपालिका ५ का ४५ बर्षीय हनुमान भनिने समीर मियाले बवलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।

गुल्मीमा बन्दको प्रभाव पूर्ण, यात्रु हिडेरै गन्तव्य सम्म पुग्न बाध्य

बिहिबार, ०५ बैशाख २०७६

गुल्मीमा बन्दको प्रभाव पूर्ण रुपमा परेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाले गरेको बन्दको कारण गुल्मीको जनजिवन विहानैदेखि प्रभावित भएको छ।

भत्किएको पुलको निरीक्षण गर्दै मन्त्री बिष्टले दिए कारबाही गर्न निर्देशन

बुधबार, ०४ बैशाख २०७६

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले भर्खरै भत्किएको पुलको निरिक्षण गरेका छन्। निरिक्षणको क्रममा उनले अन्तिम अवस्थामा पुल ढल्नु ज्यादै दुखद भएको बताए।

स्थानीय भन्छन्–गम्भीर लापरवाही’, निकाय भन्छ– अनुगमनपछि थाहा हुन्छ’

सोमबार, ०२ बैशाख २०७६

जिल्लाको मुसिकोट नगरपालिका ३ वडागाउँ र वडा ७ वामी जोड्ने झेदीको पुल ढलान गरेको दुई दिन बित्न नपाउँदै भत्किएको हो। पुल गएको शुक्रबार ढलान गरिएको थियो।

बाढीले पक्की पुल बगाउँदा ५ जना घाइते

सोमबार, ०२ बैशाख २०७६

बडिगाढ खोलाको पक्की पुल भत्किदा पाँच जना घाइते भएका छन् । गुल्मीको मुसिकोट नगरपालिका वडा नं ३ र वडा नं ७ जोड्ने झेर्दीको पुल आइतबार साँझ भत्किएको हो । पुल भत्किएपछि च्यापिएर निर्माण व्यावसायी क्रृषिराम इटानी गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी दिपक कुमार बस्नेतलले बताए ।

पूर्व सासंदको निधनले गुल्मी शोकमा

बिहिबार, २८ चैत २०७५

जिल्लाको राजनीतिक र सामाजिक आन्दोलनका अभिभावकसमेतका रुपमा परिचित पूर्व सासंद रुद्रमणि भण्डारीको बिहीबार बिहान सडक दुर्घटनामा परी मृत्यु भएपछि गुल्मेलीहरु शोकमा परेका छन्।

दुर्घटनामा परी पूर्व सासंदसहित ३ जनाकाे मृत्यु

बिहिबार, २८ चैत २०७५

गुल्मीकाे मुसिकोट नगरपालिकामा सवारी दुर्घटना परी पूर्व सासंदको मृत्युु भएको छ।

Ncell Footer Ad