मुना चौधरी

मुना चौधरी

मचान– २

शनिबार, ०४ असोज २०७६

म उनको अनुहारतिर हेरिरहेँ। उनी मेरा लोग्ने थिए, भर्खरै कतारबाट फर्केका। उनको अनुहार हेरेर म केही बोल्नै सकिनँ। आफ्नो कपाल बाँधेँ। आफूलाई नियन्त्रण गरेँ। उनले बोकेको लगेज मैले बोक्दै बहाना बनाउँदै कुरा अर्कैतिर मोड्दै थारु (मातृभाषा)मा भनेँ, ‘दुखिया के बियाह देखैले जाइ छेलियै।’ (दुखियाको बिहे हेर्न जाँदै थिएँ।)

मचान

शनिबार, २५ साउन २०७६

सबैको आँखा छल्दै उसलाई हेर्न रमाइलो लाग्छ। जति हेरे पनि आँखा थाक्दैनन्। जति उसलाई सोचे पनि मनले कहिल्यै पूर्णविराम लिँदैन। एकसरो हेरिराख्न मन लाग्छ। एकान्तमा उभ्याएर निचोर्न मन लाग्छ। यो कस्तो प्रेम हो ? थकाइ पनि नलाग्ने। कसैको डर पनि नलाग्ने !

डेरा भाडा

शनिबार, ११ जेठ २०७६

रातिको सन्नाटा र एकान्त निशाले चिमोट्दा निद्राको सिरानी लिएर सुतेको रात पनि ब्यँुझिन्छ। काठमाडौँको एकान्त गल्ली र भयावह अँध्यारो रात सबैको आँगनमा यात्रा गर्दा जसलाई पनि रात परेको अनुभवले नछोड्दो हो। बादल र जून लुकामारी खेल्दा समयको वहावमा बगेको मान्छे निद्राको न्यानो काखमा घोसेमुन्टो लाउनु स्वाभाविक हो।

बाँसघारी

शनिबार, ०८ मङि्सर २०७५

कति भइसकेको थियो, यहाँ कुहिरोले आकाश ढाकेको थिएन। फूलमा भँवराहरू भुनभुन गर्न छोडेका थिएनन्। मौरीहरू आफ्नै धुनमा थिए। ऋतु आफ्नै वेगमा हिँडेको थियो। उसलाई न आफू बूढो हुनुको चिन्ता थियो न त निःसन्तान हुनुको पीडा। आकाशभरि कालो बादल छरिएर बसे पनि वसन्त आफ्नै लहरमा चलिरहन्थ्यो। जूनको पीडा आकाशलाई थाहा हुँदैन्थ्यो। आकाशको पीडा सूर्यलाई थाहा हुँदैन्थ्यो। सबै वस्तु राम्रा र मन लोभ्याउने लागे पनि कुनै न कुनै रूपमा सबै वस्तुलाई पीडित देख्थेँ म।

गर्धनमा जन्तर भिरेर

शनिबार, २७ असोज २०७५

खेतबारीमा धानका बोटहरू हलक्कै बढेका हुन्थे । जताततै हरियाली हुन्थ्यो । धानको बिटोलाई छोएर हावा चल्दा हरियो धान र तराईको खेतका गरागराबाट निस्केको माटोको गन्ध आह ! कति मिठो लाग्थ्यो ।

विधुवालाई हेर्ने समाजको दृष्टि

आइतबार, २७ चैत २०७३

वरमहानबाट निस्कँदा रात पर्न लागेको थियो। वरमहानबाट अलिकति पर आएपछि मैले एउटा गाउँ देखेँ। त्यहीँ गाउँमा बास बस्नु पर्ने भयो।

  • 1 (current)
Ncell Footer Ad