शरद अधिकारी

शरद अधिकारी

सम्बन्ध

आइतबार, ०८ बैशाख २०७६

राम र श्याम जुम्ल्याहा दाजुभाइ हुन् । जन्मदा दुईको बीचमा पाँच मिनेटको फरक छ । हेर्दा एउटै अनुहार, एउटै जिउडाल, उचाइ उस्तै र गोरो वर्ण । शारीरिक बनावट सबै एकै भएपनि दुवैको बानीबेहोरामा चाहिँ फरकपन देखिन्छ । एउटा पढाइमा अब्बल छ भने अर्को बाहिरी क्रियाकलापमा उत्कृष्ट । तर, नाच्ने गाउने घुम्ने लड्ने जस्ता कुरामा श्यामको रुचि थियो भने राम अध्ययनमा मात्र । दुवैमा डाढे बानी बराबरै थियो । बुवाको प्यारो राम थियो भने आमाको श्याम । शिक्षकको प्यारो पनि राम थियो । त्यो देखेर श्याम सधैँ रामको डाह गथ्र्यो । रामचाहिँ आफूलाई सबैले माया गर्ने भएर एकदमै खुसी थियो ।

नैतिक शिक्षामा जोड

बुधबार, १३ चैत २०७५

पछिल्लो समयको मागअनुसार नैतिक शिक्षा घट्दै गएको अनुमान छ । विषयबस्तु नबुझीकनै घोकेर पास गर्ने नैतिकताभन्दा बच्चाले प्रयोग गर्ने र सजिलै बुझ्ने नैतिक शिक्षा महत्वपूर्ण छ । अहिलेका अभिभावक काममा व्यस्त छन् । दुवै अभिभावक काममा जाने र बालबच्चाको सबै जिम्मा विद्यालयले लियोस् भन्ने चाहन्छन् । सानो उमेरसम्म घरबाटै आवतजावत गराउँछन् भने १२/१३ वर्ष पुगेपछि विद्यालयको छात्रावासमा राखेर पढाउन चाहन्छन् ।

पाठ्यक्रम उही सिकाइ फरक

बुधबार, १३ चैत २०७५

अहिलेका बच्चाहरु टेक्नोलोजीमा निक्कै अगाडि छन् । अभिभावकहरु ‘मेरो बच्चा त पढ्नमा मात्र कमजोर छ । मोबाइल दियो भने त सबै एप्स डाउनलोड गर्नेदेखि अनेक काम गर्छ । त्यसो काममा त मेरो बच्चा स्मार्ट छ,’ भन्ने सुनिन्छ । बढ्दो टेक्नोलोजी र विज्ञान प्रविधिसँगै घुलमिल गरेका बच्चालाई हामीले कसरी हुर्काउने ? कुन शिक्षण विधि अपनाउने ? यी प्रश्न धेरै अभिभावकका मनमा खेलिरहेको छ । निजी विद्यालयले यही कुरालाई ध्यानमा राखेर मल्टिमिडिया प्रेजेन्टेसन, इन्टरनेटको प्रयोगबाट पठनपाठन गराइरहेका काठमाण्डु वल्र्ड स्कुलका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र घिसिङले बताउँछन् ।

सैद्धान्तिक होइन सीपमूलक शिक्षा

बुधबार, १३ चैत २०७५

बढ्दो प्रविधि प्रयोगसँगै अबको शिक्षा व्यावहारिक र सीपमूलक हुनुपर्ने देखिन्छ। सैद्धान्तिकभन्दा व्यावहारिक ज्ञानले विद्यार्थी सक्षम हुन्छन् र रोजगारका लागि भौतारिनु पर्थेनजस्तो लाग्छ। पढेरमात्र जागिर पाउन सकिन्न। काम गर्न सीप आवश्यक हुन्छ। स्नातक र स्नातकोत्तर गरेका धेरै युवा अहिले बेरोजगार बस्नुपरेको छ। यसले हाम्रो शिक्षा प्रणाली नै सुधार गर्नुपर्ने वा परिवर्तन गनुपर्ने देखाउँछ।

सहज छैन अमेरिकामा अध्ययन

बुधबार, ०८ फागुन २०७५

बर्नहार्टबाट कक्षा ११ र १२ मा ८५ प्रतिशत ल्याई उत्तीर्ण भएका सन्तोष ज्ञवाली उच्च शिक्षाका लागि अमेरिका गए। पढाइसँगसँगै काम पनि गर्न पाइने भएकाले अमेरिका आएको उनले बताए। उनी इभान्सभिले विश्वविद्यालयमा छात्रवृत्तिमा गणित विषय लिएर स्नातक गरिरहेका छन्।

गुणस्तर शिक्षा, छात्रवृत्ति र कामको अवसर नै क्यानडाको आकर्षण

बुधबार, ०८ फागुन २०७५

उच्च शिक्षाका लागि क्यानडा जान के–कस्ता प्रक्रिया पूरा गर्नुपर्छ भनी परामर्श लिन आउने विद्यार्थी संख्या दिनप्रतिदिन बढ्दै गरेको शैक्षिक परामर्शदाता बताउँछन्।

पुनम

शनिबार, १२ माघ २०७५

बिहान सुतिरहेको थिएँ। मोबाइलमा फेसबुकको नोटिफिकेसन आयो। अघिल्लो राति फ्रेन्ड रिक्वेस्ट पठाएका केहीले एसेप्ट गरेका रहेछन्। सबैलाई ‘हेल्लो’ लेखेर पठाएँ। तीमध्ये पुनम र उनकी साथीले मात्रै रिप्लाइ गरे। दुवैसँग सामान्य कुराकानी भयो।

निष्प्रभावी राष्ट्रिय सुरक्षा परिषद् सचिवालय

सोमबार, १२ कार्तिक २०७५

सिंहदरबारस्थित पुतली बगैँचामा राष्ट्रिय सुरक्षा परिषद् सचिवालय अवस्थित छ । राज्य सञ्चालनको क्रममा यस सचिवालयको प्रभाव यतिबेला कमै सुनिन्छ, जति २०६३ सालअघि सुनिन्थ्यो ।

गृहस्थी

आइतबार, १३ साउन २०७५

विवाह भएको १० वर्ष पुग्दा समेत सन्तान नभएको मान्छे विवाहमा आएपछि श्राप लाग्छ, दम्पतीलाई त्यसैले बाहिरै बस्ने भनेर नानाथरी सुनाउँछन् ।

मेरो दोस्रो प्रेम

शनिबार, १२ साउन २०७५

शनिबारको दिन । बिहानीको झुल्किँदो घाम । मेरोे निद्रा खुल्यो । सधैँझैं म आज पनि सपना देखेर नै उठेँ । सपनाचाहिँ त्यै थियो– आफू ठूलो मान्छे भएको र देशको विकासमा आफूले कमाएको पैसा लगानी गरी सम्मान पाएको ।

वासना

शनिबार, १२ साउन २०७५

बिहानको नित्यकर्म सकेर चिया पकाउँदै गर्दा आर्यनको मोबाइल बज्यो । उसले हत्तपत्त मोबाइल हेर्याे । अपरिचित नम्बरबाट फोन आएको रहेछ । उसले फोन रिसिभ गर्याे।

कुखुरापालनबाट जीवन बदल्दै खजुराका किसान

बिहिबार, ०७ असार २०७५

बाँकेको खजुरामा कुखुरापालन गर्दै आएका किसान गेहेन्द्रप्रसाद शर्मा अचेल निकै खुसी छन् । आठ वर्ष वैदेशिक रोजगारीमा बस्दासमेत खासै आम्दानी गर्न नसकेका शर्मा यतिखेर हर्षित हुनुको कारण हो– कुखुरापालनबाट सोचेभन्दा बडी आम्दानी गर्न सफल हुनु।

‘पहिचान खोज्दै राजनीतिमा’

बुधबार, २० मङि्सर २०७४

अहिले अधिकांश नेपाली युवापुस्तामा राजनीति भन्ने शब्द सुन्नेबित्तिकै ज्वरो आउँछ । तर, तेस्रोलिंगी पिंकी गुरुङ भने पहिचान खोज्नकै लागि राजनीतिमा लागेकी छन् ।

नीलहिराले समलिंगी हेन्डसम छान्दै

मङ्गलबार, १९ मङि्सर २०७४

नीलहिरा समाजको आयोजनामा ‘मिस्टर गे हेन्डसम २०१७’ हुने भएको छ । प्रतियोगिता आउँदो डिसेम्बर २१ अर्थात् पुस ६ मा काठमाडौंमा हुने लागेको नीलहिरा समाजका विश्वराज अधिकारीले जानकारी दिएका छन् ।

म्यादी प्रहरीमा दोब्बरभन्दा बढी आवेदन

सोमबार, २१ चैत २०७३

नेपाल प्रहरीले निर्वाचन प्रयोजनका लागि माग गरेको म्यादी प्रहरीमा आवश्यकभन्दा दोब्बर आवेदन परेको छ । बेरोजागर बसिरहेका युवायुवतीले दुई महिना भएपनि जागिर खाने र प्रमाणपत्र बनाउन पाइने आसमा आवेदन दिएको बताएका छन् । लोकसेवा आयोग,कोरियाको इपिएस तथा बैंक वित्तीय संस्थाले जागिरको लागि दरखास्त आह्वान गर्दा १० देखि सय गुणासम्म बढी आवेदन पर्ने गरेको छ ।

  • 1 (current)
Ncell Footer Ad