राजकिशोर रजक

राजकिशोर रजक

आरक्षण, सामाजिकन्याय र प्रतिनिधित्व

शुक्रबार, २४ साउन २०७६

लोकसेवाआयोगले गत जेठ १५ गते प्रकाशन गरेको विज्ञापनका पक्ष÷विपक्षमा बहस जारी छ। सीमान्तको दृष्टिकोणमा उक्त विज्ञापन असंवैधानिकतथा समानुपातिक समावेशीभावनाविपरीत छ। आयोगले करिब ८ हजार ९ सय ४४ सिटको विज्ञापन निकाल्दा ४५ प्रतिशतआरक्षित सिटको लागि ४,०२५ सिट प्रचलित ऐनअनुसार समानुपातिक समावेशिताका लागि छुट्याउनुपर्ने थियो। तरआयोगले २,२६२ सिट मात्र छुट्याएको छ। जसका कारण १,७६३ सिट अपहरणमा परेको छ।

जाति, विवाह र पितृसत्ता

बुधबार, २९ फागुन २०७५

नेपालमा नारीवादी आन्दोलनलाई झट्ट हेर्दा बलियो र सक्रियजस्तो देखिन्छ । विकासको क्षेत्रमा महिला अधिकार, लैंगिक समानता, नारीवाद, पितृसत्ता आदि जस्ता विषयमा बहस, विचार गोष्ठी, तालिम, विमर्श दिनहुँ चलिरहेको देखिन्छ।

नेपालका लागि राज्य समाजवाद

बिहिबार, १९ पुष २०७५

नेपालको संविधानले लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादको कुरा गरेको छ। सरकार चाहिँ सुखी नेपाली समृद्ध नेपालको नाराबाट समाजवादमा जाने नारा लगाउँदै छ। संसारमा समाजवादबारे एउटै बुझाइ छैन। अंग्रेजीमा ‘सोसलिज्म’ भनिने समाजवाद खासमा आधुनिक सिद्धान्त हो जसको पहिलो प्रयोग पश्चिमी समाजमा भएको छ। सम्भवतः ‘समाजवाद’ शब्दको प्रयोग पहिलोचोटि सन् १८२७ मा लेसेज–फेयर सिद्धान्तलाई खारिज गर्ने सन्दर्भमा भएको थियो।

गान्धी, अम्बेडकर र पुना प्याक्ट

बिहिबार, १३ मङि्सर २०७५

हजारौँ वर्षदेखि आध्यात्मिक फासीवादी संस्कृतिबाट त्रस्त दलित/बहुजनको जीवन अन्धकार युगमा बितिरहेको थियो। सन् १९२० को आसपास दलित/बहुजनलाई बाबासाहेब डा. भीमराव अम्बेडकरको नेतृत्व प्राप्त भयो। सन् १९३० सम्म दलित/बहुजनको संघर्षलाई गान्धी र उनको दल कांग्रेसले अधिकतम उपेक्षा गरेको देखिन्छ। आधुनिक भारतको इतिहासमा १६ अगस्ट १९३२ दलित/बहुजनका लागि ऐतिहासिक दिन हो।

नारी–मुक्तिको धर्मशास्त्र

बुधबार, १० असोज २०७५

कार्य–आधारित लैंगिक भेदभाव दुनियाँभर छ तर हिन्दू ब्राह्मण व्यवस्थाले आफ्नो खास ‘आध्यात्मिक फासीवादी’ विचारधाराबाट लैंगिक विभेदलाई संस्थागत गरेको छ ।

सामाजिक समरसताको शब्दजाल

आइतबार, २७ साउन २०७५

कुनै पनि शब्दको प्रयोग निश्चित उद्देश्यलाई ध्यानमा राखेर गरिएको हुन्छ । समरसता शब्दको प्रयोग पनि त्यही निश्चित उद्देश्य अनुसार सवर्णहरूले गर्दै आइरहेका छन् ।

रामायण सर्किट र राम–राज्य

सोमबार, ०७ जेठ २०७५

रामायण सर्किटभित्र लुकेको राम–राज्यको राजनीति बुझ्न वर्चश्वको सिद्धान्तलाई बुझ्न जरुरी छ । वर्चश्व (हेजीमोनी) के हो ? कालिन्स समाजशास्त्रीय शब्दकोशअनुसार हेजीमोनीको अर्थ हो— एउटा वर्गद्वारा अर्को वर्गमाथि वैचारिक÷सांस्कृतिक प्रभुत्व स्थापित गर्नु ।

जातव्यवस्था नदेख्ने राजनीति

आइतबार, २९ असोज २०७४

नेपालमा हुँदै आएका राजनीतिक परिवर्तनले यहाँका विशिष्ट सामाजिक मुद्दालाई पक्रन सकेका छैनन् । मुख्य राजनीतिक परिवर्तनको ऐतिहासिक विकासक्रम राणाशासन, संवैधानिक राजतन्त्र, पञ्चायत, फेरि संवैधानिक राजतन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रामा केवल राजनीतिक परिवर्तन भए ।

हाम्रो सन्दर्भमा बुद्ध र मार्क्स

सोमबार, ०८ जेठ २०७४

पूर्वाग्रहबाट मुक्त भई मार्क्सवादीले बुद्धलाई अध्ययन गरे अनि बुद्धका विचार आत्मसात गर्नसके भने उनीहरूको दृष्टिकोणमा परिवर्तन आउनसक्छ।

'मनु' र महिला स्वतन्त्रता

बिहिबार, २६ फागुन २०७३

मनु शुद्रप्रति जति अनुदार थिए, महिलाप्रति पनि उनको विचार त्यति नै अनुदार थियो। उनी महिलाप्रति सदैव हीन विचार र व्यवहार राख्थे। हिन्दु धर्मको मूलशास्त्र मनुस्मृति हो, जसलाई हिन्दुको 'बाइबल' पनि भन्छ। महिलाको सन्दर्भमा मनुले विभिन्न हीन विचार निर्माण गरेका थिए।

आरक्षण कि कार्यक्षमता ?

आइतबार, ०८ फागुन २०७३

सक्षम राजनीतिक ढाँचा निर्माण त्यस बेला मात्र सम्भव हुन्छ, जब सरकारी निकायमा उत्कृष्ट तथा कार्यक्षमता भएका व्यक्तिले स्थान पाउँछन्। सुन्दा यो तर्क राम्रो लाग्छ–हाकाहाकी कसैले विरोध गर्न सक्दैन। तर, कार्य क्षमताबारे पैरबी गर्ने व्यक्ति वा समुदायको मनोभावना वा आशय के छ भन्ने अध्ययन गर्नु जरुरी छ।

  • 1 (current)
Ncell Footer Ad