अर्जुन तामाङ

अर्जुन तामाङ

बेरुजुको नाममा टानको ६० करोड रोक्का

बुधबार, १८ बैशाख २०७६

नेपाल पर्यटन बोर्डले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को बेरुजु फछ्र्योट गर्न आलटाल गरेको छ। टानले पटक–पटक बेरुजु फछ्र्योटका लागि आवश्यक कागजातसहित बोर्डमा गए पनि आलटाल गरेको स्रोतको भनाइ छ।

पाँच किलोमिटर सडक खन्न १५ वर्ष

बुधबार, ०२ माघ २०७५

साढे पाँच किलोमिटर बाटो खन्न १५ वर्ष लागेको छ। दोलखा जिल्लाको सदरमुकाम चरिकोटनजिकै डिलढुंगा–सोक्ला–खेलाप सडक खन्न १५ वर्ष लागेको हो। उक्त सडकको सर्भे १५ वर्षअघि भिमेश्वर नगरपालिकाको नेतृत्वमा भएको थियो। चालु आर्थिक वर्षको पुस मसान्तमा ट्रयाक पूरा भएको छ।

जारमा प्रदूषित पानी, अनुगमन छैन

बुधबार, ०४ पुष २०७५

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले केही पानी उद्योगमा अनुगमन गरेको थियो। अनुगमन टोलीले केही उद्योगलाई कारबाही समेत ग-यो। तर, अहिले फेरि जारको पानीमा समस्या उस्तै देखिएको जानकार बताउँछन्।

सुनचाँदी कारोबार मापदण्डको मस्यौदा विभागकाे दराजमै थन्कियाे

मङ्गलबार, ०३ पुष २०७५

सरकारले सुनचाँदीको कारोबारलाई व्यवस्थित बनाउने भन्दै चार वर्षअघि सुन, चाँदी, हिरा तथा बहुमूल्य धातुका गहना व्यवसाय तथा कारोबारको मापदण्ड, २०७१ को मस्यौदा तयार ग-यो। तर मापदण्ड अझै लागू भएको छैन।

पर्यटनमा श्रीलंकासँग सहकार्य गर्न पहल

शुक्रबार, २८ मङि्सर २०७५

नेपाल र श्रीलंकाले पर्यटन प्रर्वद्धनमा सहकार्यको पहल थालेका छन्। ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को एक प्रतिनिधिमण्डलले बिहीबार नेपालका लागि श्रीलंकाली राजदूत स्वर्ना परेरासँग औपचारिक छलफलका क्रममा उक्त योजना अघि सारेका हुन्।

मौलिक गीत–संगीत जोगाउँदै नोर्साङ

शनिबार, १५ मङि्सर २०७५

जोरपाटी चोकनजिकै चामुण्डा गेट भेटिन्छ । यही गेटबाट ३० मिटरभित्र छिरेपछि काठ फ्याक्ट्रिसँगैको घरमा भेटिन्छन्, नोर्साङ दोङ । उनी मौलिक गीत संगीतलाई प्रवर्द्धन गर्ने अभियानमा जुटेका छन् । उनी डेढ दशकदेखि गीत–संगीत क्षेत्रमा क्रियाशील छन् । सिन्धुपाल्चोक हेलम्बु क्षेत्रको मौलिक गीत संगीतका अभियान्तकै रूपमा दोङले पहिचान बनाइसकेका छन् । उनी मोती धागोबाट उत्पादन गरिएको जोडी गलैचा बिक्री गर्छन् ।

मौलिक गीत–संगीत जोगाउँदै नोर्साङ

शनिबार, १५ मङि्सर २०७५

जोरपाटी चोकनजिकै चामुण्डा गेट भेटिन्छ। यही गेटबाट ३० मिटरभित्र छिरेपछि काठ फ्याक्ट्रिसँगैको घरमा भेटिन्छन्, नोर्साङ दोङ। उनी मौलिक गीत संगीतलाई प्रवद्र्धन गर्ने अभियानमा जुटेका छन्। उनी डेढ दशकदेखि गीत–संगीत क्षेत्रमा क्रियाशील छन्। सिन्धुपाल्चोक हेलम्बु क्षेत्रको मौलिक गीत संगीतका अभियान्तकै रूपमा दोङले पहिचान बनाइसकेका छन्। उनी मोती धागोबाट उत्पादन गरिएको जोडी गलैचा बिक्री गर्छन्।

‘हप्ताभित्र वाइड बडी खरिदको विस्तृत विवरण बुझाउनू’

बिहिबार, १३ मङि्सर २०७५

सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमले खरिद गरेको दुइटा वाइड बडी विमानको विषयमा विस्तृत प्रतिवेदनसहित राय बुझाउन सार्वजनिक खरिद अनुगमन कार्यालयलाई निर्देशन दिएको छ। समितिको बुधबार बसेको बैठकले यस्तो निर्देशन दिएको हो।

टानमा मजदुरको नामबाट व्यवसायीको तालाबन्दी

मङ्गलबार, ११ मङि्सर २०७५

ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) ले सोमबार पदयात्राको क्रममा मृत्यु भएका पर्यटन मजदुरका परिवारलाई रकम हस्तान्तरण गर्दै गर्दा टानमा ताला लागेको छ। पर्यटन बोर्डमा १२ जना मृतकका परिवारलाई पाँच लाखका दरले रकम हस्तान्तरण गर्दै गर्दा उता मजदुरको नाममा पर्यटन व्यवसायीले नै टानमा ताला लगाएका हुन्।

तीन महिना नहुँदै वाइड बडीको ब्रेक फेल

बिहिबार, ०६ मङि्सर २०७५

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको पहिलो वाइडबडी विमान अन्नपूर्ण दुई हप्तादेखि ग्राउन्डेड भएको छ। विमानको ब्रेक सिस्टम बिग्रिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको हो।

खराब मौसमले उडान प्रभावित

बुधबार, ०५ मङि्सर २०७५

चिसो मौसम सुरु भएसँगै हवाई उडान प्रभावित हुन थालेको छ । मंगलबार दिनभरि नै मौसम खराब भएपछि समग्र हवाई उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

एयर बाल्टिकको एयर बस ए २२० को डेमो फ्लाइट

मङ्गलबार, २७ कार्तिक २०७५

एयर बाल्टिकको एयर बस ए २२० ले नेपालमा पहिलो पटक डेमो फ्लाइट गरेको छ । चीनबाट विशेष व्यक्ति तथा कम्पनीका पदाधिकारीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार दिउँसो चार बजे एयर बस अवतरण गरेको हो।

५४ हिमाल आरोहण गर्न १३३८ लाई अनुमति

सोमबार, २६ कार्तिक २०७५

यस वर्षको शरद ऋतुमा ५४ वटा हिमाल आरोहणका लागि एक हजार तीन सय ३८ आरोहीले अनुमति लिएका छन्। विगतको तुलनामा यो शरदमा ४० प्रतिशत बढी आरोहीले अनुमति लिएको पर्यटन विभागले जनाएको छ।

बोइङको मूल्यांकन ६२ करोड

आइतबार, २५ कार्तिक २०७५

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवाको नाइन एनएसिए कलसाइन रहेको कर्णाली बोइङ ६२ करोडमा बिक्री गर्न सकिने भएको छ।

धावनमार्ग पिचको जिम्मा चिनियाँ कम्पनीलाई

मङ्गलबार, २० कार्तिक २०७५

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पिच परिवर्तन गर्ने जिम्मा चिनियाँ कम्पनीले पाएको छ ।

पाँचवटा आन्तरिक विमानस्थल विस्तार गरिँदै

सोमबार, १९ कार्तिक २०७५

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले केही दिनअघि मात्रै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग कालोपत्रेको सुरुवात आफैंले गरे।

निगमकाे वाइड बडीले नयाँ गन्तव्य पाउन अझै चार महिना लाग्ने

मङ्गलबार, १३ कार्तिक २०७५

नेपाल एयरलाइन्सले ल्याएको दुईवटा वाइड बडी विमानले नयाँ गन्तव्य पाउन अझै चार महिना लाग्ने भएको छ । वाइड बडी विमान ल्याएको चार महिना भइसकेको छ।

डाइनेस्टीको जबरजस्तीले माउन्टेन एयरमा क्षति

सोमबार, ०५ कार्तिक २०७५

सोलुखुम्बुको लुक्ला विमानस्थलमा आज विहान भएको दुर्घटनामा डाइनेस्टी एयर दोषी रहेको माउन्टेन एयरले जनाएको छ।  डाइनेस्टीले जबरजस्ती अवतरण गर्दा माउन्टेन एयरमा क्षति पुगेको भन्दै क्षतिपूर्तिका लागि प्रक्रिया अघि बढाउने माउन्टेन व्यवस्थापनले जनाएको छ ।

भोटेकोशीमा ‘बन्जी बुम’

आइतबार, २८ असोज २०७५

‘बन्जी जम्प’ भन्नेबित्तिकै अधिकांशको आङ सिरिङ हुन्छ । बन्जी गर्ने हिम्मत जुटाउन जो कोहीले सक्दैन । धेरैले युट्युबमा बवमा बन्जीको भिडियो हेरेर आफूलाई बन्जी गर्ने आँट गर्छन् । र, बन्जी जम्प गर्ने प्रि प्लान गर्छन् । यस्तै, प्रतिनिधि पात्र हुन्, इन्टरन्यासनल फेडेरेसन एण्ड रेडक्रस अन्तर्गत अमेरिकन रेड क्रस नेपालका अडमिन अफिसर कल्पना बस्याल । उनको बन्जी गर्ने ‘हवि’ प्राथमिकतामा थियो । तर, न परिवारले साथ दिए, न त समयले । फेरि बन्जी गर्ने उनको साहस र आत्माविश्वास भने हराउन नसकेको सुनाइन् ।

भोटेकोशीमा ‘बन्जी बुम’

शनिबार, २७ असोज २०७५

‘बन्जी जम्प’ भन्नेबित्तिकै अधिकांशको आङ सिरिङ हुन्छ । बन्जी गर्ने हिम्मत जुटाउन जो कोहीले सक्दैन ।