नेमिष गौतम

‘कवितामा ट्विस्ट चाहिन्छ’

बुधबार, ११ असार २०७६

अहिलेको साहित्य गुटउपगुट, जातजाति, वर्ग, लिंग, क्षेत्रभन्दा माथि उठेर जानुपर्छ। अझ ठ्याक्कै भन्नुपर्दा पार्टीभन्दा माथि उठ्नुपर्छ।

सम्मान बटुल्दै सेलिब्रिटी

सोमबार, ०९ असार २०७६

फ्रान्सको कान्समा गत मे १४ देखि २५ सम्म ७२ औं संस्करणको ‘कान्स फिल्म फेस्टिभल २०१९’ भव्यताका साथ सम्पन्न भयो। विश्वको एक प्रतिष्ठित यो फेस्टिभलमा विश्वका प्रतिष्ठित सेलिब्रेटी अनुहारको उपस्थिति थियो।

‘शत्रु कसरी साथी हुनसक्छ ?’

आइतबार, १९ जेठ २०७६

शत्रुता र मित्रताको व्यवहारलाई नजिकबाट नियाल्ने हो भने नेपालको राजनीतिलाई हेरे पुग्छ।

‘सरकारको बजेट उत्साहजनक’

बिहिबार, १६ जेठ २०७६

अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संसद्मा पेश गरेको बजेटमा फिल्मसँग सम्बन्धित तीन विषय समेटिएपछि सरोकारवाला निकायले बजेटलाई ‘उत्साहजनक’ भनेका छन्। सरकारले बजेटमा काठमाडौंमा अत्याधुनिक स्टुडियो बनाउने, श्रमजीवी चलचित्रकर्मीलाई सामाजिक सुरक्षा भत्ता दिने र आगामी वर्ष फिल्म छायांकनका लागि नेपाल कार्यक्रम सञ्चालन गर्ने एजेन्डा समेटेपछि उनीहरूले ‘उत्साहजनक’ भनेका हुन्।

‘सबै दोष म लिन चाहन्छु’

बुधबार, ०८ जेठ २०७६

हामीले फिल्ममा दर्शकलाई ‘कन्भिन्स’ गर्न सकेनौं। फिल्ममा अलिकति रंगमञ्चीय प्रभाव पर्न पाए हुन्थ्यो भनेर ‘इन्डोर सिन’हरू बढी राख्यौं। नाटक भनेको अलिक ‘लाउड’ नै हुन्छ।

आँधीले फेरिएको एउटा नृत्य

आइतबार, ०५ जेठ २०७६

नाटकको शुभारम्भ एक विद्यालयको बसबाट सुरु हुन्छ। जहाँ विद्यालय जाँदै गरेका विद्यार्थी र शिक्षक शिक्षिका देखिन्छन्। कोही बुढी औला चुस्दै, कोही गोजीमा हात राख्दै त कोही आफ्नै शैलीमा आउने विद्यार्थीहरूको त्यो दृश्यले उनीहरू ‘मन्टेश्वरी’का विद्यार्थीहरू हुन् भन्ने कुरामा शंका छैन।

आन्तरिक पर्यटक बढाउँदै नेपाली फिल्म

बिहिबार, ०२ जेठ २०७६

निर्देशक योगेश घिमिरे यतिबेला फिल्म ‘प्रेमदिवस’को पोस्टप्रोडक्सनमा व्यस्त छन्। आगामी जेठ ३१ गतेबाट रिलिज हुने फिल्मको पहिलो गीत ‘तिम्रो छेउ सरु कि म’ केही महिना अघि सार्वजनिक भएपछि उनको मोबाइलमा सर्वसाधारणले ‘इलामको सन्दकपुर कसरी पुग्ने ?’ भन्दै तारन्तार फोन गरे। सन्दकपुरको सुन्दर लोकेसनमा छायांकन गरिएको गीतका कारण उनलाई सर्वसाधारणलाई सन्दकपुर जाने बाटो बुझाउन भ्याइनभ्याइ नै भयो।

स्वास्थ्य जागरणमा एकाग्र जीवन

मङ्गलबार, ३१ बैशाख २०७६

उनी भाषण गर्दैनन् । गीत पनि गाउँदैनन् । आम मानिसको स्वास्थ्यमा चासो दिन्छन् र त्यही विषयमा अध्ययन र अनुसन्धानमा व्यस्त हुन्छन् । त्यसबाट आएको निश्कर्षलाई पुस्तकमा उतार्छन् । अनि पाठकमाझ ल्याउँछन् । गैह्र आख्यान विधाका पुस्तक लेख्न रुचाउने उनी पुस्तकमार्फत पाठकलाई स्वास्थ्यसँग सम्बन्धित सामान्य भन्दा सामान्य विषयबारे जानकारी गराएर जनचेतना जगाउँछन् । उनी अर्थात् लेखक जीवनकुमार प्रसाईं । जो अमेरिकाको बर्मिङ्घमस्थित युनिभर्सिटी अफ अल्बामामा स्वास्थ्य सम्बन्धी विषयमै अध्ययन अनुसन्धानमा सक्रिय छन् ।

‘शक्तिशाली’ गीत

शनिबार, २१ बैशाख २०७६

लोकगायक पशुपति शर्माको स्वर, शब्द र संगीतमा रहेको यो गीत ‘लुट्न सके लुट’ गत फागुनमा सामाजिक सञ्जालमा भाइरल भयो। ‘मलाई अमेरिका यही’, ‘के बाहुन केको कामी, केको जनजाति’ जस्ता व्यंग्यात्मक र सन्देशमूलक गीत दर्शक र स्रोतालाई दिइसकेका पशुपति पछिल्लो गीतको चर्चा यति बिघ्न भयो कि यसको समर्थन र विरोधमा सामाजिक सञ्जालमा बहस नै चल्यो।

न बिमा, न राहत

शुक्रबार, २० बैशाख २०७६

गत असोजमा राजधानीका कालिकास्थानस्थित सर्वनाम थिएटरमा युवा नाट्यकर्मी राज शाह निर्देशित नाटक ‘जनयुद्ध जारी छ ?’ मञ्चन भइरहँदा दर्शकले नाटकलाई निकै मनपराए। नाटक दर्शकले मनपराए पनि नाटक निर्माण गर्दाको पीडा निर्देशक राज र नाटकका कलाकारलाई मात्र थाहा थियो।

‘यात्राको ट्वीस्टले मलाई तान्यो’

मङ्गलबार, २६ चैत २०७५

काठमाडौं– काठमाडौंका रैथाने नायक सलिनमान बनियाँले दुई वर्ष अघि झरना थापाको ‘डेब्यू’ निर्देशन रहेको फिल्म ‘ए मेरो हजुर २’बाट अभिनयमा ‘डेब्यू’ गरे।

‘माउन्ट एभरेस्ट हेर्ने इच्छा छ’

शुक्रबार, २४ फागुन २०७५

भारतीय गायिका कविता कृष्णमूर्ति विशेषतः नेपाली फिल्मले रुचाउने एउटा नाम हो । उनले स्वर दिएका धेरै नेपाली फिल्मका गीतहरू ‘हिट’ छन् । उनले स्वर दिएका फिल्मका गीतहरू ‘उडु कि गुडु म’, ‘तिम्रो नजरले बल्छी हानेछ’, ‘चिठी आएन’, ‘कति औली अग्ली भए’लगायत चर्चित छन् ।

‘क्याप्टेनले विश्वकपभन्दा बढी मजा दिनेछ’

बुधबार, १५ फागुन २०७५

फिल्मको छायांकन भइरहँदा मैले आफुलाई नायक अनमोल केसी ठानिन्। किनकी म इशान खड्का बनिसकेको थिएँ। मैदानमा प्रवेश गर्नु अघि प्रवेशविन्दुमा ढोग्थें। जर्सी लगाएर दौड्दा राष्ट्रियताको महशुस हुँदोरहेछ।

‘गाईसँग मेरो अटेचमेन्ट छ’

बिहिबार, १० माघ २०७५

अभिनेता विपिन कार्कीको अभिनयको विविधता आफ्नै किसिमको छ। हरेक फिल्ममा फरक लवज, गेटअपमा प्रस्तुत हुन रुचाउने विपिन त्यही फरक चरित्रलाई फिल्ममा देखाउँछन्। फिल्म ‘लुट’बाट अभिनय यात्रा सुरु गरे पनि उनी फिल्म ‘छड्के’को ‘विन्दु’ चरित्रबाट चिनिए। फिल्म ‘छड्के’ पछि उनलाई फिल्म ‘पशुपतिप्रसाद’को ‘भष्मे डन’ चरित्रले नयाँ उचाई दियो।

‘बाथ–टब’बाट नीरको नाट्य पुनरागमन

शुक्रबार, ०४ माघ २०७५

डेढ महिनादेखि अभिनेता नीर शाहको दैनिकी फेरिएको छ। सुटिङ र सार्वजनिक कार्यक्रममा व्यस्त रहने यी अभिनेता अहिले फिल्मको काम र सार्वजनिक कार्यक्रममा कमै देखिन्छन्। नीर आजकल राजधानीको बत्तिसपुतलीमा रहेको शिल्पी थिएटरमा दैनिक पुग्छन्। चारदेखि पाँच घण्टा त्यही बिताउँछन्।

जब मृत्यु नाच्यो

सोमबार, ३० पुष २०७५

कसैको मृत्यु उसका आफन्तका लागि पीडादायी हुन्छ। किनकी उसको मृत्युमा आफन्त बिलौना गर्छन्। तर स्वयं मृत्युका लागि मृत्यु कस्तो होला ? यो कल्पना भन्दा बाहिरको कुरा हो। मृत्युको यो भोगाई केबल मृत्युलाई मात्र थाहा हुन्छ। राजधानीको नयाँवानेश्वरस्थित थापागाउँमा रहेको कुन्ज थिएटरमा आइतबार अलिक फरक दृश्य देखियो। अनुहारमा कालो र सेतो रंग पोतेर कालो वस्त्रमा देखिएका दुई महिला र दुई पुरुष आफूलाई ‘मृत्युको कामदार’का रुपमा चिनाउँदै नाचिरहेका थिए।

सिए रोकेर ऋषिरामको ‘किताब यात्रा’

मङ्गलबार, १७ पुष २०७५

विद्यालय तह होस् या प्लस टु तहको शिक्षा। उनी कहिल्यै दोस्रो भएनन्। माध्यमिक तहमा प्रथम र प्लस टुमा ‘कलेज टपर’ बनेका उनले सन् २०१२ देखि २०१६ सम्म भारतको नयाँदिल्लीमा चार्टड एकाउन्टेन्ट(सिए) पढे।

एल्बमको सिक्वेल ,व्यर्थको रहर !

बुधबार, २८ कार्तिक २०७५

कुनै एक फिल्मले बक्स अफिसमा ‘हिट’ व्यापार गर्दा त्यही नामलाई लिएर सिक्वेल हुँदै प्रिक्वेल बनाउने चलन नयाँ होइन् । हलिउडदेखि चलिआएको यो चलन बलिउड हुँदै नेपालसम्मै चलिरहेको छ । तर बजारै नभएको मानिएको संगीतमा पनि यो देखासेखीले निरन्तरता पाएको छ।

गीतले फेरिरि दर्शक नचाउँदै महेश

बुधबार, १७ असोज २०७५

असार–साउनको महिनामा सिन्धुली घरको झ्यालमा बसेर यो गीत लेखिरहँदा गीतका संगीतकार तथा गायक महेश काफ्लेले गीत श्रोता र दर्शकको मुखमा झुण्डिएला भन्ने सोचेका थिएनन् ।

गायनमा कालीप्रसाद पुत्र

आइतबार, १० भदौ २०७५

विदेशमा बस्ने नेपालीहरू बिदा मनाउन नेपाल फर्किदा पारिवारिक भेटघाट र घुमघाममा व्यस्त हुन्छन्।

Ncell Footer Ad