वसन्त खड्का

शान्ति सेनाकै एयरबेसमा मिसाइल प्रहार

बिहिबार, २४ पुष २०७६

मिसाइल आक्रमणबाट भएको क्षतिको विवरण सार्वजनिक नभए पनि त्यहाँ रहेका नेपाली शान्ति सैनिक भने सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ।

'एमसीसीबारे नेपालले आफ्नो हित हेर्नेछ'

शनिबार, १९ पुष २०७६

नेपालका लागि चिनियाँ राजदूत होउ याङछीले पछिल्लो समय विवादित भइरहेको अमेरिकन अनुदान सहयोग मिलिनियम च्यालेन्ज कर्पाेरेशनबारे नेपालले आफ्नो हित हुने गरी निर्णय गर्ने बताएकी छिन्।

‘एम–१६’ हतियार खरिदको अन्तिम चरणमा सेना

शुक्रबार, ०४ पुष २०७६

खरिद प्रक्रियाका कारण लामो समयदेखि अलमल भइरहेको अमेरिकी एम–१६ हतियार खरिदको प्रक्रिया अन्तिम चरणमा पुगेको नेपाली सेनाले जनाएको छ।

भारतले जवाफ नदिँदा दुईपक्षीय बैठक अनिश्चित

बुधबार, ११ मङि्सर २०७६

कालापानी, लिपुलेक र लिम्पियाधुरामा भएको भारतीय अतिक्रमणबारे छलफल गर्न नेपालले राखेको प्रस्तावमा भारतले जवाफ नदिँदा उच्चस्तरीय संयन्त्रको बैठक तय हुन सकेको छैन।

समृद्ध नेपालको सारथि बन्न सक्छ बंगलादेश

शनिबार, ३० कार्तिक २०७६

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चारदिने नेपाल भ्रमण सकेर शुक्रबार स्वदेश फर्किए। उनी राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल भ्रमणमा आएका थिए।

भारतसँग कूटनीतिक पहल सुरु

मङ्गलबार, २६ कार्तिक २०७६

भारतले नेपाली भूमि कालापानीलाई आफ्नो नक्सामा समावेश गरेपछि त्यसलाई सच्याउन दबाब दिन सरकारले कूटनीतिक पहल थालेको को छ। सरकारले सीमा विवादबारे दुई देशबीच वार्ताका लागि गृहहकार्य सुरु गरेको छ।

सेनामा नक्कली प्रमाणपत्र छानबिन

शुक्रबार, २२ कार्तिक २०७६

नेपाली सेनाभित्र नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिन प्रक्रिया अघि बढेपछि दुई उच्च अधिकारीले पदबाट राजीनामा दिएका छन्।

‘एकपक्षीय निर्णय मान्य हुँदैन’

बिहिबार, २१ कार्तिक २०७६

परराष्ट्र मन्त्रालयले दुई मित्र राष्ट्रबीचको सीमा समस्याको समाधान ऐतिहासिक दस्तावेज एवं तथ्य प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट हुनुपर्ने मान्यतामा दृढ रहेको जनाएको छ।

नेपाल–चीन उच्चस्तरीय भ्रमण शृंखला

शनिबार, २५ असोज २०७६

दुई मुलुकबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध कायम भएपछि उच्चस्तरीय भ्रमण आदानप्रदान हुँदै आए पनि करिब अढाइ दशकयता चीनबाट उच्चस्तरीय भ्रमण हुन नसकेका बेला सी यहाँ आउन लागेका हुन्। नेपालले भने नियमित रूपमा उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिँदै आएको छ।

इन्डोप्यासिफिकमा सरकारको ढुलमुले नीति

शुक्रबार, २७ भदौ २०७६

सत्तासीन दल नेकपा अध्यक्ष पुष्पकमल दाहालले अमेरिकाले अघि सारेको इन्डोप्यासिफिक रणनीतिका विपक्षमा अभिव्यक्ति दिए पनि सरकारले भने स्पष्ट धारणा सार्वजनिक गर्न सकेको छैन।

अमेरिकालाई किन चिढ्याउँदैछन् दाहाल?

बिहिबार, २६ भदौ २०७६

अहिलेको परिस्थितिमा भारतलाई मात्र सन्तुलन गराएर सत्तामा पुग्ने अवस्था नरहेकाले चीनसँग पनि सन्तुलन मिलाउन दाहाल प्रयासरत छन्।

‘सेनाभित्रको क्यान्सर निर्मूल पार्छु’

बुधबार, २५ भदौ २०७६

प्रधानसेनापति पूर्णचन्द्र थापाले संगठनभित्र रहेका भ्रष्टाचार र अनियमितता जस्ता गतिविधिप्रति कठोर ढंगले प्रस्तुत हुने बताएका छन्। मंगलबार प्रधानसेनापतिका रुपमा नेतृत्व सम्हालेको एक वर्षको अवधिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सेनामा व्याप्त भ्रष्टाचार रुपि क्यान्सरलाई पूर्णरुपमा फ्याँकेर मात्र नेतृत्व हस्तान्तरण गर्ने बताएका हुन्। ‘संगठनभित्र क्यान्सरका रुपमा रहेका अवशेषले संगठनलाई दीर्घकालसम्म असर पु¥याउँछ। त्यसैले समयमै उपचार गर्नुपर्छ,’ उनले भने। क्यान्सर रुपि त्यस्ता अवशेषलाई औषधिले काम नगर्ने भएकाले त्यसलाई सर्जरी नै गर्नुपर्ने उनको भनाइ थियो।

विगतका सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता

मङ्गलबार, २४ भदौ २०७६

चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा दुई देशबीच विगतमा भएका सम्झौता प्रभावकारी कार्यान्वयन गर्ने सहमति भएको छ। चीन र नेपालबीच बिआरआईअन्तर्गत विभिन्न महत्वपूर्ण सम्झौता भए पनि कार्यान्वनको अवस्था भने सन्तोषजनक देखिँदैन।

नीतिगत सुधारमा अलमल

सोमबार, २३ भदौ २०७६

गत वर्ष भदौ २४ गतेबाट औपचारिक रूपमा प्रधानसेनापछिको जिम्मेवारी सम्हालेका उनले पहिलो सम्बोधनमै सेनाको सांगठानिक र आचरण सुधार गनबद्धता जनाएका थिए। सामान्यतया नेपाली सेनाभित्र भ्रष्टाचार, आफन्तवाद, भनसुनजस्ता विषय जटिल बन्दै गइरहेका बेला नेतृत्व सम्हालेका उनले सुधारको प्रतिबद्धता जनाए पनि कार्यान्वयन हुनेमा आशंका गरिएको थियो।

अमेरिकाले स्काइ ट्रक हस्तान्तरणको मिति सार्‍याे

बुधबार, १८ भदौ २०७६

अमेरिकाले नेपालाई दिने भनेको दुई स्काई ट्रक हस्तान्तरणको मिति फेरि सारेको छ। गत वर्ष पुस अन्तिम साता दुई दिने नेपाल भ्रमणमा आएका अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर फिलिप्स एस डेभिडसनले दुई स्काई ट्रक जुन महिनामा दिने बताए पनि अमेरिकाले पुनः मिति सारेर नोभेम्बर पु¥याएको छ।

चिनियाँ सेनाका २२ जना काठमाडौंमा

शुक्रबार, १३ भदौ २०७६

चीनले हालै सार्वजनिक गरेको नयाँ युगमा चीनको राष्ट्रिय सुरक्षासम्बन्धी श्वेतपत्रमा पनि छिमेकी मुलुकसँगको संयुक्त सैन्य अभ्यासलाई जोड दिएको छ। चीनको राज्य परिषद्को सूचना कार्यलयले सार्वजनिक गरेको सो श्वेतपत्रमा नेपालसहितका छिमेकी मुलुकसँग गहिरो सैन्य साझेदारी बनाउन चाहेको भनिएको छ।

भिडियो कन्फरेन्स कति सुरक्षित

मङ्गलबार, १० भदौ २०७६

आइटी सेक्युरिटीका क्षेत्रमा काम गरिरहेका विजय लिम्बु भिडियो कन्फरेन्समार्फत बैठक गर्दा सूचना चुहावटका हिसाबले जोखिमपूर्ण हुने बताउँछन्।

क्षेत्रीय अस्थिरता निम्तिने संकेत

बुधबार, २२ साउन २०७६

पाकिस्तानी सेनाको मंगलबारको बैठकले ‘कश्मीरी जनताप्रतिको दायित्व पूरा गर्न सेना जुनसुकै हदसम्म जान तयार रहेको’ निष्कर्ष निकालेको छ।

के नेपाललाई हिन्दु राज्य बनाउन चाहन्छ भारत ?

सोमबार, २० साउन २०७६

प्रधानमन्त्री मोदीका विश्वासपात्र एवं भाजपाका प्रभावशाली नेताहरुले लगातार नेपाल हिन्दु राज्य हुनुपर्छ भन्ने आसयका अभिव्यक्ति दिनुलाई कतिपयले भारतको चाहना नेपाल फेरि हिन्दु राज्य हुनुपर्छ भन्ने अर्थमा बुझेका छन्। कतिपयले भने यस्ता अभिव्यक्तिलाई नेपालको आन्तरिक हस्तक्षेपका रुपमा अथ्र्याउने गरेका छन्।

छिमेकी मुलुकसँग सैन्य साझेदारी

बिहिबार, ०९ साउन २०७६

चीनले आफ्ना विभिन्न १७ छिमेकी मुलुकसँग सूचना आदानप्रदानका लागि सुरक्षा र रक्षा परामर्श तथा बैठक संयन्त्र निर्माण गरिएको जनाएको छ।

Ncell Footer Ad