कृष्ण ओली

ढम्कनेमा आलु महोत्सव हुने

आइतबार, ०३ कार्तिक २०७६

आलु खेतीका लागि उर्वर भूमिका रुपमा चिनिएको ढम्कने क्षेत्रमा आलु महोत्सव हुने भएको छ। आलु खेतीका लागि पकेट क्षेत्रका रुपमा विकास गर्न लागिएको बडिमालिका नगरपालिका–७ ढम्कने क्षेत्रमा आलु महोत्सव हुन लागेको हो।

सहयोगी नहुँदा बाटोमै सुत्केरी, प्रहरीद्धारा उद्धार

शुक्रबार, ०१ कार्तिक २०७६

फुलमाया सुनार सुत्केरी व्यथा लागेको लामो समय घरमै सहेर बसिन्। जब व्यथाले च्पाप्दै गयो र सहन नसक्ने भईन्।

कन्सनले जित्यो छेडेदह कपको उपाधी

सोमबार, २७ असोज २०७६

छेडेदह कप खुला फुटबल प्रतियोगिताको उपाधी कन्सन बाजुराले जितेको छ। आटीचौर स्थीत दशरथ माविको खेल मैदानमा आयोजित प्रथम छेडेदह कपमा जिपी युथ फोरमलाई पराजित गर्दै उपाधी जितेको हो। खेल सेभेन ए साइड सञ्चालन गरिएको थियो।

अरिङ्गालले चिलेर भाइको मृत्यु, दिदी भाइ घाइते

बिहिबार, १६ असोज २०७६

अरिङ्गालको चिलेर ५ वर्षे बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बडीमालिका नगरपालिका–९ का रामबहादुर थापाका ५ वर्षका छोरा समिर थापा रहेका छन्। अरिङ्गालको चिलेरबाट दुई जना दिदीभाइ घाइते भएका छन्।

मार्तडी–कोल्टी सडक दसैंसम्म सञ्चालन नहुने संकेत

बिहिबार, ०९ असोज २०७६

मार्तडी–कोल्टी सडक बन्द भएको तीन महिना बित्यो। कच्ची भएकै कारण बर्खामा पानीले सडक अवरुद्ध बनेको छ। यो समस्या हरेक वर्ष दोहोरिन्छ। अहिले बर्खा लगभग सकिइसकेको छ। पानी पर्न कम भइसकेको छ। तैपनि स्थानीय तहले सडक सञ्चालनको सुरसार गरेको छैन।

मार्तडी–कोल्टी सडकका २० वर्ष : समय फेरियो, फेरिएन अवस्था

मङ्गलबार, ०७ असोज २०७६

मार्तडी–कोल्टी सडक बन्द भएको तीन महिना भयो। कच्ची सडक भएकै कारण बर्खामा बर्सेनि सडक अवरुद्ध हुन्छ। यस पटक बर्खा सकिन लागे पनि स्थानीय तहले सडक सञ्चालनमा कुनै चासो देखाएको छैन।

वडा कार्यालयमा आगजनीको प्रयास

बुधबार, ०१ असोज २०७६

खप्तड छेडेदह गाउँपालिका १ नम्वर वडा कार्यालयमा आगजनी गर्ने प्रयास गरिएको छ। भदौ ३१ गते राती १२ बजेतिर वडा कार्यालयमा डिजेल छर्केर आगजनीको प्रयास गरिएको वडाध्यक्ष वीरबहादुर रावलले बताए।

वडा कार्यालयमा आगजनी गर्ने प्रयास

बुधबार, ०१ असोज २०७६

खप्तड छेडेदह गाउँपालिका १ नम्वर वडा कार्यालयमा आगजनी गर्ने प्रयास गरिएको छ । भदौ ३१ गते राती १२ बजेतिर वडा कार्यालयमा डिजेल छर्केर आगजनी गर्ने प्रयास गरिएको वडा अध्यक्ष वीरबहादुर रावलले बताएका छन् । राती पानी परिरहेको बेला सबै सुतिसकेपछि अज्ञात समूह आएर आगजनी प्रयास गरिएको अध्यक्ष रावलको भनाई छ ।

प्ररहरीमाथि हातपात गर्ने एक महिलासहित पाँच कर्मचारी पक्राउ

आइतबार, २९ भदौ २०७६

मार्तडीमा जारी अनन्ते मेलाको सुरक्षार्थ खटिएका प्रहरीमाथि आक्रमण गरि घाइते समेत बनाएकोले अनुसन्धानका लागि हिरासदमा राखिएको निमित्त कार्यालय प्रमुख समेत रहेका प्रहरी निरीक्षक जनक ढुंगानाले बताएका छन्।

लाजले मदिरा सेवनकर्ता स्वाट्टै घटे, जग्गा बेचेर पिउने गाेरे भन्छन् 'गाउँमा मेरै उदाहरण दिन्छन्'

मङ्गलबार, १७ भदौ २०७६

गौमुल–६ सटेडाका गोरे मिजारले तीन दशक बढी मदिरा सेवन गरिरहे। २० वर्षको जवानीदेखि सुरु गरेका मिजारले ५० नाघिसक्दापनि मदिरा खान छोडेनन्। श्रीमतीका गह गहना समेत विक्री गरे, भएको जग्गा जमिनसमेत मदिरा खानमै उडाए। मिजार कुनै दिन नबिराई मदिरा सेवन गर्थे।

डोजरको काम श्रमिकको नाम

शनिबार, १४ भदौ २०७६

डिजाईन, स्टमेट डोजरका लागि गरिएको र कामको मूल्याकंनपनि प्रतिवेदनमा डोजरकै गरिएको भएपनि भुक्तानी पक्रियाका लागि मात्र मान्छेको दैनिक ज्याला देखाएर गरिएको महालेखा परिक्षकको कार्यालयले बताएको छ।

एकैदिन तीन सरकारी मोटरसाइकल दुर्घटना, ४ घाइते

शनिबार, १४ भदौ २०७६

सरकारी स्वामित्वमा रहेका तीन वटा मोटरसाइकल एकै दिन दुर्घटनामा परेका छन्। बुढीगंगा नगरपालिकाको नाममा रहेका २ वटा र जगन्नाथ गाउँपालिकाको नाममा रहेको १ वटा मोटरसाईकल दुर्घटनामा परेको प्रहरीले बताएको छ।

चट्याङ लागेर बालिकाको मृत्यु, आमा घाइते

शनिबार, ०७ भदौ २०७६

बुढीगंगा नगरपालिका १० बदेडामा चट्याङ्ग लागेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही वडाका लली सार्कीकी २ वर्षिया छोरी सिरिया सार्की रहको स्थानीय रमेश सार्कीले बताएका छन्।  लाल सार्कीको घरमा परेको चट्याङ्गको आवाजले बेहोस भएर बालिकाको मृत्यु भएको सार्कीले बताए।

जिल्ला अस्पतालमा सुत्केरीको ज्यान गयो

शनिबार, ०७ भदौ २०७६

जिल्ला अस्पताल बाजुरामा सुत्केरी महिलाको ज्यान गएको छ। मृत्यु हुनेमा बडिमालिका नगरपालिका ७ जिल्ली घर भएकी २१ वर्षकी बसन्ती नेपाली रहेकी छन्। नेपालीको पेटमै मृत्यु भइसकेको बच्चा जन्माएको करिब दुई घण्टा पछि अस्पतालको शय्यामा ज्यान गएको हो।

महिलाको सक्रियतामा बरामद गरिएको अवैध मदिरा नष्ट

शुक्रबार, ०६ भदौ २०७६

प्रहरीले अवैध रुपमा उत्पादन गरिएको २ हजार बढी घरेलु मदिरा नष्ट गरेको छ। सदरमुकाम मार्तडीका महिला र प्रहरीको सक्रियतामा बरामत गरिएको २ हजार २ सय ६५ लिटर अवैध मदिरा सर्वपक्षिय रोहबरमा नष्ट गरिएको हो।

पाँच जना वडाध्यक्षद्धारा सामूहिक राजिनामा

शुक्रबार, ०६ भदौ २०७६

मनोमानी र एकलौटी निर्णयको विरोध गर्दै बडिमालिका नगरपालिकाका पाँच जना वडा अध्यक्षले विषयगत समितिबाट सामूहिक राजीनामा दिएका छन्।

'निष्ठुरी भगवानले महिना दिन पनि देख्न सकेन खुसी'

सोमबार, २० साउन २०७६

गौमुल गाउँपालिका–६ टुनिका जंगे चदाराको सपरिवार नयाँ घरमा सरेको महिना दिन पुगेको थिएन्। उनीसँगै अरु चार परिवार पनि असारको दोस्रो साता मात्र नयाँ घरमा सरेका हुन्। चारै परिवारले पहिरोको जोखिम हुदैन् भन्ने भरोसाका साथ पहाड खनेर घर बनाएका थिए।

बेपत्ता भएको दुइ महिनापछि शव भेटियो

आइतबार, १९ साउन २०७६

बेपत्ता रहेकी हिमाली गाउँपालिका–१ कि बासमति भण्डारीको शव भेटिएको छ। गएको जेष्ठ ७ गतेदेखि बेपत्ता भण्डारीको २ महिनापछि कर्णाली नदीको किनारमा मृत अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ।

पहिरोमा परेर एकै परिवारका २ जनाको मृत्यु, ५ घाइते

शुक्रबार, १७ साउन २०७६

लगातारको भारी वर्षाका कारण बाजुराको गौमुल गाउँपालिका–६ बसालाको शान्तिटोलमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ।

बाजुराबाट ६४ जना हराए

मङ्गलबार, १४ साउन २०७६

एक वर्षको अवधीमा बाजुराबाट ६४ जना हराएको तथ्याकं प्रहरीले सार्वजनिक गरेको छ। महिला र बालबालिका गरि गएको वर्ष साउनदेखि यो वर्षको असारसम्म ६४ जना हराएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

Ncell Footer Ad