बिरा गडाल

टहरोमा आगलागी हुँदा एकै परिवारका ३ जनाको मृत्यु

बिहिबार, ०९ जेठ २०७६

पातलो अग्लो शरीर गाउँगाउँ डुलेर माग्दै, मजदुरी गरेर गुजारा गर्ने पुर्चौडी नगरपालिका–५, सलकाटैका ४५ वर्षीय करे लुहार उनकी श्रीमती ४० वर्षीया बिन्नरा र ८ वर्षीय छोरा मजोज बुधबार बेलुका खाना खाएर सुते। पुर्चौडी नगरपालिका–७, गिरिजाबगर छेउको टहरोमा आगलागी हुँदा तीनै जना सदाको लागि कहिलै नउठने गरेर सुते।

एकै परिवारका तीनको मृत्यु

बिहिबार, ०९ जेठ २०७६

बुधबार राति करिब साढे १० बजे पुर्चौडी नगरपालिका–७, गिरीजाबगर बसपार्क छेउमा टहरो बनाएर बस्दै आएका उनीहरुको टहरोमा आगलागी हुँदा तीनै जनाको मृत्यु भएको हाे।

बालविवाह रोक्ने रणनीति बनाउँदै स्थानीय तह

सोमबार, ०६ जेठ २०७६

बालविवाह रोकथामको लागि बैतडीका स्थानीय तह रणनीतिक योजना बनाउन थालेका छन्। जिल्लाका ६ वटा स्थानीय तह रणनीतिक योजना बनाउन जुटेका हुन्।

जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, ३ घाइते

आइतबार, ०५ जेठ २०७६

बैतडीकाे देहिमाण्डौंबाट नागार्जुन जाँदै गरेको ग१ज ४९२१ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। आइतबार बिहान साढे ११ बजे दशरथचन्द नगरपालिका–११, नानीगाडमा जिप दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख डिएसपी नेत्रमणी गिरीले बताए।

बालविवाह रोक्न किशोरीको घरमा हरियो झण्डा

आइतबार, २९ बैशाख २०७६

यसअघि जिल्लाका विभिन्न क्षेत्रमा बालविवाह न्यूनीकरणको लागि धार्मिक अगुवा, धामी, झाक्री, पुजारीलाई समेत तालिम दिइएको थियो। धामी, पुजारीले बालविवाहका बेफाइदाबारे जानकारी गराउँदा सर्वसाधारणमा राम्रो प्रभाव पर्ने भएपछि धार्मिक अगुवालाई अघि सारिएको हो। चेतना अभाव र धार्मिक अन्धविश्वासले यहाँ बालविवाह गर्ने क्रम रोकिएको छैन। छोरीलाई कम उमेरमै कन्यादान गर्दा पुण्य पाइन्छ भन्ने मान्यताले बालविवाह जटिल समस्याको रुपमा रहेको छ। देशमै बालविवाह बढी हुने पाँच जिल्लामध्ये बैतडी पनि एक हो।

मासिँदै खेतीयोग्य जमिन

आइतबार, २२ बैशाख २०७६

विकास भनेको देखिने हुनुपर्छ भन्दै यहाँका स्थानीय तहले अधिकांश बजेट सडक निर्माणमा लगाउँदै आएका छन्। जिल्लाका १० वटै स्थानीय तहले पहिलो प्राथमिकताका साथ धमाधम सडक निर्माण गर्दै आएका छन्।

रोगले २० घार मौरी मरे

शुक्रबार, २० बैशाख २०७६

अज्ञात रोगले मौरी मरेपछि दशरथचन्द नगरपालिका–५, पोटाका सुदर्शन लेखक चिन्तित भएका छन्। व्यवसायिक रुपमा मौरीपालन गर्दै आएका लेखकका केही दिनअघि २० घार मौरी मरेका हुन्।

चट्याङ लागेर दुई घाइते

आइतबार, २४ चैत २०७५

चट्याङ लागेर दशरथचन्द नगरपालिका–२ देहीमाडौंमा दुई जना घाइते भएका छन्। १९ वर्षीया तुलसी रावत र २० वर्षीया ममता रावत घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए।

चितुवाको बच्चा मर्‍याे

शुक्रबार, २४ फागुन २०७५

स्थानीयले समातेर वन कार्यालयलाई बुझाएको चितुवाको बच्चा जंगलमा छोड्न लैजाँदा मरेको छ। चितुवाको बच्चालाई बिहीबार दिउँसो दशरथचन्द नगरपालिका–५ बस्कोटका प्रताप टामटाको गोठबाट स्थानीयले नियन्त्रणमा लिइ डिभिजन  वन कार्यालय बुुझाएका थिए।

चितुवाको बच्चा फेला

बिहिबार, २३ फागुन २०७५

दशरथचन्द नगरपालिका–५ बस्कोटमा चितुवाको बच्चा फेला परेको छ। बिहीबार बिहान बाख्रा गोठमा आएको चितुवाको बच्चालाई  स्थानीय प्रताप टमाटाले जिउँदै समातेर वन डिभिजन कार्यालय बैतडीलाई बुझाएका हुन्।

मुक्त हलियाको सूचीमा नपरेकाहरू भन्छन्, ‘हलियाका नाममा बलियाले फाइदा लिए’

मङ्गलबार, २९ माघ २०७५

बैतडीको दशरथचन्द नगरपालिका–३, दुर्गाभवानीका काशीराम वडले मुक्त हलियाको तथ्यांकमा समावेश गराउन सरोकारवाला निकाय पटकपटक गुहारे। लिखित तथा मौखिक निवेदन दिए पनि सूचीमा उनी परेनन्। उनी मात्र होइन जिल्लाका करिब पाँच हजार मुक्त हलिया प्रमाणीकरणमा परेका छैनन्।

बाँदरले खेत बाँझो

बिहिबार, १० माघ २०७५

दशरथचन्द नगरपालिका–५ नौहाटका सुदर्शन लेखकको खेतबारी पाँच वर्षदेखि बाँझै छ। खेतमा गहुँ, बारीमा सुन्तला, जुनार, अमिलोलगायत फलफूल थिए, तर बाँदरले नष्ट गर्न थालेपछि खेत बाँझो राख्न बाध्य छन्। लेखक मात्र होइन सदरमुकाम वरपरका धेरै किसानले खेत बाँझो छोड्न बाध्य भएका छन्।

मह बेचेर लखपति

बिहिबार, ०३ माघ २०७५

बैतडीका एक युवा मह बेचेर लखपति बनेका छन्। दशरथचन्द नगरपालिका–५, पोटाका ३३ वर्षीय सुदर्शन लेखकले मौरीपालन व्यवसायबाट वार्षीक १० लाख आम्दानी गरेका हुन्। २०५८ सालमा एकघारबाट मौरी पाल्न सुरु गरेका लेखक दुई वर्षयता व्यावसायिक मौरीपालनमा लागेका छन्।

चितुवाको आक्रमणबाट बालक घाइते

बुधबार, ०२ माघ २०७५

चितुवाको आक्रमणमा परी शिवनाथ गाउँपालिका–६, बसेडीका ११ वर्षीय बालक रबिन्द्रसिंह धनाडी घाइते भएका छन्।

६ वर्षमा २३ जना मारिए

शनिबार, २८ पुष २०७५

सात वर्षअघि बैतडीको तल्लो स्वराड क्षेत्रमा चितुवा आतंक सुरु भयो। चितुवाले मानवबस्तीमा पसेर आक्रमण गर्न थालेपछि स्थानीय एक्लै हिँडडुल गर्न डराउन थाले। त्यतिबेला चितुवाले विशालपुर र शर्मालीमा दुई जनाको ज्यान लियो।

अशक्तलाई घरमै नागरिकता

शुक्रबार, २७ पुष २०७५

शारीरिक रुपमा अशक्त दशरथचन्द नगरपालिका–२ की २२ वर्षीय हिरा बोहरालाई प्रमुख जिल्ला अधिकारीले घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र दिएका छन्। प्रजिअ चन्द्रप्रसाद गैरेले घरमै गएर बोहरालाई प्रमाणपत्र वितरण गरेका हुन्।

स्याउ फल्न छाडेपछि सिकाइ केन्द्र बन्दै बागवानी

शनिबार, २१ पुष २०७५

कुनै समयमा स्याउ उत्पादनका लागि प्रसिद्ध मानिएको बैतडीको सुख्खा फलफूल विकास केन्द्र अहिले विद्यार्थीको लागि सिकाइ केन्द्र बन्न थालेको छ। दशरथचन्द राजमार्गसँगै जोडिएको दशरथचन्द नगरपालिका–१, सतबाँजमा जलवायु परिवर्तनका कारण पछिल्लो १० वर्षयता स्याउ उत्पादन हुन छोडेको छ।

दुर्घटनामा चालकको मृत्यु

बुधबार, १८ पुष २०७५

पुर्चौडी नगरपालिका–६, भुमिराजको धन्नदामा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मंगलबार हाटबाट फर्कने क्रममा तुसारोमा चिप्लेर से१च १५७२ नम्बरको बोलेरो जिप २० मिटर तल खस्दा चालक डोटी जोरायल गाउँपालिका–२, बुडरका २९ वर्षीय कमल सुनारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

चितुवाको आक्रमणबाट घाइते

बुधबार, ११ पुष २०७५

बैतडीको शिवनाथ गाउँपालिका–६, औल्याकी ४८ वर्षीया हिठकला धनाडी चितुवाको आक्रमणबाट घाइते भएकी छिन्।

चिरपटले हिर्काएर बाजे बज्यैको हत्या

शनिबार, २९ मङि्सर २०७५

बैतडीको सुर्नया गाउँपालिका–७ पथ्थरकोटका एक युवाले आफ्नै बाजे र बज्यैको हत्या गरेका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।