संगम घर्तीमगर

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी घोषणा

शुक्रबार, ११ पुष २०७६

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले महासंघको आगामी महाधिवेसनमा वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।

आजदेखि छैटौं बागलुङ महोत्सव

शुक्रबार, ११ पुष २०७६

बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबारदेखि छैटौं बागलुङ महोत्सव सुरु हुँदै छ। प्रत्येक दुई–दुई वर्षमा सञ्चालन हुँदै आएको बागलुङ महोत्सव यस वर्ष पुस ११ देखि २० गतेसम्म सञ्चालन हुने भएको हो। बागलुङको कला, संस्कृति, पर्यटन र व्यापार–व्यवसाय प्रवद्र्धन गर्न महोत्सव गरिँदै आएको छ।

जिप दुर्घटनामा १४ को मृत्यु

बुधबार, १८ मङि्सर २०७६

कूलपूजा गर्न गुल्मीको इस्माबाट कार्की बन्धु र उनीहरूका कुटुम्ब बोकेर बागलुङको निशीखोलातर्फ हिँडेको जिप बडीगाडमा दुर्घटनाग्रस्त हुँदा चालकसहित १४ जनाको ज्यान गएको हो।

बागलुङ जीप दुर्घटना : ९ जना मृतकको पहिचान

मङ्गलबार, १७ मङि्सर २०७६

बागलुङ बडिगाड दुर्घटनामा मृत्यु भएका १४ मध्ये ९ जनाको पहिचान भएको छ। दुर्घटनामा मृत्यु हुनेहरुमा ईस्मा गाउँपालिका—५ की २५ वर्षीय रेशम थापा, इश्मा—५ का ४० बर्षिया बसुन्धारा कार्की, इस्मा—५ कै रोमया थापा, नवलपरासी बर्दघाट—२ का ६० वर्षीय भुमन कार्की छन्।

ओलीको राष्ट्रवाद कालापानीमा नांगियो : देउवा

सोमबार, ०९ मङि्सर २०७६

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद कालापानीमा नांगिएको बताएका छन्। आइतबार बागलुङको निसीखोलामा भएको चुनावी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले विगतमा राष्ट्रवादका चर्को नारा लगाएका प्रधानमन्त्रीले भारतले सिमाना मिच्दा बोल्नसमेत नसकेको आरोप लगाए।

राष्ट्रवाद अहिले लम्पसारवादमा पुगेको छः देउवा

आइतबार, ०८ मङि्सर २०७६

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपि ओलीको राष्ट्रवाद कालापानीमा नाँगिएको बताएका छन्।

नेपालको भूमि मिच्ने काम सह्य हुँदैनः प्रचण्ड

आइतबार, ०८ मङि्सर २०७६

‘हामीले देशको सिमानाको विषयमा समान धारणा बनाउने काम गरेका छौं, सरकारले यो कुरालाई अब अगाडि बढाउँछ।’

बागलुङमा विज्ञप्तिमार्फत नेकपाका घर्तीकाे बागी फिर्ता

सोमबार, २५ कार्तिक २०७६

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) र राष्ट्रिय जनमोर्चाबीच केन्द्रीयस्तरमा भएको सहमतिलाई चुनौती दिँदै बागलुङ क्षेत्र नम्बर २ (ख) को उपनिर्वाचनमा उम्मेदवारी दिएपछि शेरमान घर्ती चर्चित बने। यो चारदिन सबैको ध्यान शेरमानमै केन्द्रित भयो।

पहिरोमा पुरिएर तीनको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सोमबार, २० साउन २०७६

बढेको बडिगाड खोलाका कारण मध्यपहाडी लोकमार्ग पहिरोको रुपमा झरेपछि बागलुङ—बुर्तिबाङ सडकमा यातायात अवरुद्ध भएको छ।

तुरतुरे ताल फुट्याे

सोमबार, २० साउन २०७६

जिल्लाको बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानामा बनेको तुरतुरे ताल फुटेको छ। सोमबार बिहान खोलामा पानीको सतह बढेपछि ताल फुटेको छ।

‘सहकारीको तीर्थस्थल बनाउने’

सोमबार, २७ जेठ २०७६

धौलागिरिका सहकारीकर्मीले बागलुङलाई सहकारीको तीर्थस्थल बनाउने घोषणा गरेका छन्। बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड बागलुङको आयोजनामा भएको धौलागिरी स्तरीय बृहत् सहकारी सम्मेलनमा सहकारीकर्मीले यस्तो घोषणा गरेका हुन्।

विगतमा सरकारमा जानु हाम्रो गल्ती थियो, अब सत्ता केन्द्रीत राजनीति कहिल्यै गर्दैनौंः थापा

शनिबार, २५ जेठ २०७६

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देश लुट्न राष्ट्रिय सहमति भएको बताएका छन्। पार्टीको मेची महाकाली अभियान अन्तर्गत शनिबार बागलुङ भएको आमसभामा बोल्दै थापाले गणतन्त्रको स्थापनापछि देशमा सत्तापक्ष र प्रतिपक्षले मिलेर ब्रह्मलुट मच्चाएको आरोप लगाए।

एक गाग्री पानीका लागि घण्टौं लाइनमा

बुधबार, ०८ जेठ २०७६

जिल्लाको बडिगाड गाउँपालिका–३ सिसाखानीमा खानेपानीको चरम समस्या देखिएको छ। भौगोलिक विकटता र खानेपानी मुहानको समस्याका कारण सिसाखानीमा खानेपानीको समस्या देखिएको हो।

६ दिनको यात्रा ६ घण्टामा

शनिबार, २८ बैशाख २०७६

केही वर्ष अगाडिसम्म जिल्लाको निशीबाट सदरमुकाम आइपुग्न एक साता लाग्थ्यो। सडक सञ्जालको पहुँच नहुँदा पैदल हिँड्नुपथ्र्यो।

पश्चिम बागलुङलाई छुट्टै जिल्ला बनाउन माग

शनिबार, २८ बैशाख २०७६

नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले पश्चिम बागलुङलाई छुट्टै जिल्ला बनाउन माग गरेको छ। क्षेत्रीय समितिले आधिकारिक निर्णय गर्दै पश्चिम बागलुङका ६ वटा स्थानीय तहलाई समेटेर छुट्टै जिल्ला बनाउन माग गरेको छ।

बस भित्र प्राथमिक उपचारको औषधी बक्स

बुधबार, २५ बैशाख २०७६

धौलागिरि अञ्चल यातायात बस व्यवसायी सञ्चालक समितिले आफु मातहतमा चल्ने सवारी साधनमा प्राथमिक उपचारका लागि 'फस्ट एड बक्स' राख्न सुरु गरेको छ। स्वयंसेवी संस्था वेलनेश टिमको समन्वयमा यात्रुको सुविधाका लागि प्राथमिक उपचारमा आवश्यक औषधी सहितको बक्स प्रत्येक बसमा राख्न सुरु हो।

स्वास्थ्यचौकीमा ‘सफ्टवेयर’बाट तथ्यांक संकलन

बुधबार, २५ बैशाख २०७६

जिल्लाको नारायणस्थानको स्वास्थ्यचौकीले स्थानीयको तथ्यांक अपडेट गर्न सफ्टवेयर सञ्चालनमा ल्याएको छ। बागलुङ नगरपालिका–१४ को नारायणस्थान स्वास्थ्यचौकीले यो प्रविधि प्रयोगमा ल्याएको हो।

गाउँको स्कुललाई सवा ६ करोड सहयोग

मङ्गलबार, २४ बैशाख २०७६

आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रबन्ध निर्देशक हेमराज ढकालले आफ्नो जन्म गाउँको विद्यालय बनाउन सवा ६ करोड रुपैयाँ सहयोग गरेका छन्। बागलुङ नगरपालिका–१२ अमलाचौरमा रहेको पृथ्वी उच्च माविको भवन निर्माणका लागि पाँच करोड २८ लाख र अन्य पूर्वाधार निर्माणका लागि एक करोड गरी ६ करोड २८ लाख रुपैयाँ सहयोग गरेका हुन्।

‘आर्थिक समृद्धिको आधार सहकारी’

आइतबार, २२ बैशाख २०७६

सरकारले सहकारीसमेत परिचालन गरी फराकिलो आधारसहितको उच्च आर्थिक वृद्धिदर हासिल गर्ने बताइरहँदा सहकारी क्षेत्रका सरोकारवालाले मुलुकको आर्थिक समृद्धिको आधार सहकारी क्षेत्र हुने बताएका छन्। सहकारी विभागको सहयोगमा नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ र जिल्ला बहुउद्देश्यीय सहकारी संघ बागलुङ शनिबार बागलुङमा आयोजित कार्यक्रममा यस्तो धारणा राखेका हुन्।

जन्ती चढेको बस दुर्घटना हुँदा एकको मृत्यु, ५ घाइते

आइतबार, ०८ बैशाख २०७६

जिल्लाको काठेखोला गाउँपालिका–५ बिहुँमा जन्ती बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आइतबार साँझ भएको बस दुर्घटनामा अरु पाँच जना घाइते भएका छन्।

Ncell Footer Ad