रेखा भुसाल

ओली इतिहासकै डरपोक प्रधानमन्त्रीः काँग्रेस नेताहरू

आइतबार, १५ असार २०७६

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बहुमतको सरकारले लोकतान्त्रिक संविधानलाई संस्थागत नै गर्न नचाहेको आरोप लगाएका छन्। आइतबार बुटवलमा कांग्रेसका संस्थापक नेता स्वर्गीय गणेशमान सिंहको शालिक अनावरण गर्दै नेता सिंहले प्रचण्ड बहुमतको सरकार लोकतान्त्रिक संबिधान संस्थागत गर्ने पक्षमै नरहेको जिकिर गरे।

झारपात गोडमेलमै साढे चार करोड

आइतबार, १५ असार २०७६

गत असार १ गते रुपन्देहीको तिलोत्तमामा रहेको गौसालामा राता पहेला ज्याकेट र टोपी लगाएका एक हुल मानिस प्रवेश गरे। करिब एक सयको संख्यामा रहेका ती कामदारले गौसाला परिषरको झाडी फाँडे। वरपर छरिएका सानातिना ढुंगा जम्मा गरे। मलखातो कोतारकुतुर गरेर छितरिएको मल थुपारे।

झारपात टिपनटापनमै साढे चार करोड

शुक्रबार, १३ असार २०७६

यसअघि टोल, वडा र नगरव्यापी सरसफाइका कार्यक्रममार्फत् ६ लेन तथा भित्री सडक, बस्ती, स्कुल, पार्क सरसफाइ गरिन्थ्यो। तर, अहिले तिनै कामका लागि प्रधानमन्त्री रोजगारको नाममा सरकारी बजेट खर्च गरिँदैछ।

विमानस्थलबाट गोली र पेस्तोलसहित भारतीय नागरिक पक्राउ

मङ्गलबार, ०३ असार २०७६

भैरहवा विमानस्थलबाट प्रहरीले पेस्तोल र गोलीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेका छन्।

नवलपरासीका उखु किसानले ६१ करोड भुक्तानी पाएनन्

बिहिबार, ३० जेठ २०७६

बर्सेनि उधारोमा उखु बेच्न बाध्य नवलपरासीका किसानले यसपालि पनि उखुको भुक्तानी समयमै नपाउँदा मर्कामा परेका छन्।चिनी मिल बन्द भएको महिना दिन बितिसक्दा पनि आफूहरुले भुक्तानी नपाएको उखु किसानले बताएका हुन्। यो वर्ष जिल्लामा करिब १३ लाख क्विन्टल उखु क्रसिङ भएको छ।करिब एक लाख क्विन्टल उखु खेतमा छदै मिल बन्द गरेर किसानलाई बिचल्लीमा पारेका उद्योगीले क्रसिङ गरेको उखुको भुक्तानीसमेत नदिँदा किसान थप मर्कामा परेका हुन्।

बिना भन्सार भित्रिएको कन्टेनरबारे अख्तियारले थाल्यो छानबिन

मङ्गलबार, २८ जेठ २०७६

बिना भन्सार भैरहवा नाकाबाट मालबाहक कन्टेनर नेपाल भित्र्याइएको घटनाका सम्बन्धमा अख्यिारले छानबिन थालेको छ। जेठ पहिलो साता लाखौ मूल्यका सामान बोकेको कन्टेनर भैरहवा भन्सारभित्रै नपसी मुल सडक हुँदै भैरहवातर्फ आएको थियो। सो घटनामा कर्मचारी र सुरक्षाकर्मीहरुको संलग्नता बारे अख्तियारले  अनुसन्धान थालेको हो।

देवदहमा एक युवकको हत्या

आइतबार, २६ जेठ २०७६

रुपन्देहीको देवदहमा एक जना युवकको हत्या भएको छ। देवदह नगरपालिका वडा नं ८ प्रेम टोलका २८ बर्षीय सुमन थापाको गएराती हत्या भएको हो।

उखु बेच्न नपाएपछि दाउरा

आइतबार, २६ जेठ २०७६

नवलपरासीको प्रतापपुर गाउँपालिका–९ की सुमित्रा धवल मंगलबार खेतको डिलमा बसेर एक तमासले सुकेका उखु हेरेर टोलाउँदै थिइन। घर सामुन्नेको ६ कट्ठा खेतमा उनले २०७४ को फागुनमा उखु लगाएकी हुन्।

नगदे बाली खेतमै सुकेपछि किसानको बिचल्ली

बिहिबार, २३ जेठ २०७६

नवलपरासीको प्रतापपुर गाउँपालिका ९ की सुमित्रा धवल मंगलबार खेतको डिलमा बसेर एक तमाासले सुकेका उखु हेरेर टोलाउँदै थिइन्। घर नजिकैको ६ कठ्ठा खेतमा उनले २०७४ को फागुनमा उखु लगाइन्। जुन उखु उनका लागि खुनपसिना सबथोक हो। १० जनाको परिवार पाल्ने एकमात्र आयश्रोत हो। तर त्यहीँ उखुले अहिले उनलाइ दिनको भोक न रातको निन्द्रा बनाएको छ।

कम्युनिस्ट सरकारको राणा र पञ्चायत जस्तै हालत हुन्छ : सभापति देउवा

आइतबार, १९ जेठ २०७६

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई तिहाइको सरकारले आफ्ना निरङकुश गतिविधिहरु नसच्याए राणा र पञ्चायतको जस्तै हालत हुने चेतावनी दिएका छन।

जनताको अधिकारमाथि चौतर्फी हस्तक्षेप : देउवा

आइतबार, १९ जेठ २०७६

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारले जनताका अधिकारमाथि चौतर्फी हस्तक्षेप गरी प्रजातन्त्रमाथि नै हमला गर्न खोजेको बताएका छन्। कांग्रेस रूपन्देही जिल्ला सम्मेलनमा बोल्दै देउवाले न्यायलय, स्वतन्त्र प्रेस र मानवअधिकारमाथि सरकारले पञ्चायतमा भन्दा बढी नियन्त्रण गर्न खोजेको आरोप लगा।

‘पञ्चायतका राजाभन्दा ओली तल्लो स्तरमा झरेर निरंकुशता लाद्न खोजिरहेका छन्ः देउवा

शनिबार, १८ जेठ २०७६

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारले जनताका अधिकार माथि चौतर्फी हस्तक्षेप गरी प्रजातन्त्रमाथि नै हमला गर्न खोजेको बताएका छन्। नेपाली काँग्रेस रुपन्देहीको जिल्ला सम्मेलनलाई शनिबार मधवलीयामा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले न्यायालय, स्वतन्त्र प्रेस र मानवअधिकारमाथि ओली सरकारले पञ्चायतमा भन्दा बढी नियन्त्रण गर्न खोजेको आरोप लगाएका हुन्।

ओलीले राणा र पञ्चायत बिर्साउँदैछन्: कोइराला

शनिबार, १८ जेठ २०७६

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मुलुक लोकतान्त्रिक पद्धतीमा चल्न छोडेको बताएका छन्।

चिनी उत्पादन घट्दै

बुधबार, १५ जेठ २०७६

नवलपरासीका चिनी मिलहरु बन्द भइसके। तर केही किसानका खेतमा उखु काटिएकै छैनन्। अघिल्ला वर्ष जिल्लामा उत्पादित करिब २० लाख क्विन्टल उखु खपत हुन्थ्यो। यो वर्ष करिब १३ लाख क्विन्टल उखु मात्र क्रसिङ भएको छ।

‘अब न जनताले ओलीको बोली पत्याउछन्, न यिनको फिल्म चल्छ’

शनिबार, ११ जेठ २०७६

नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले ओली सरकारलाई फ्युज उडेको बत्तिसँग तुलना गरेका छन्। नेपाली काँग्रेस बुटवल उपमहानगर समितिको जागरण अभियानलाई शनिबार बुटवलमा सम्बोधन गर्दै नेता भण्डारीले फ्युज उडिसकेको ओली सरकारले देश र जनताको हितमा केही गर्न नसक्ने बताए।

सरकारले पैसा नदिएपछि विपन्न नागरिकको उपचार नगर्ने अस्पतालहरुको चेतावनी

शुक्रबार, १० जेठ २०७६

सरकारले गम्भीर प्रकृतिका रोगको उपचारका लागि बिरामीलाइ दिने भनिएको सहयोग रकम आफुहरुले नपाएको प्रदेश नं. ५ का नीजि तथा सामुदायिक अस्पतालहरुले गुनासो गरेका छन्।

कार्यकर्ता जस्तै नेता इमान्दार बन्ने अपेक्षा

शुक्रबार, १० जेठ २०७६

जागरण अभियान लिएर कांग्रेस गाँउ पसेको दुई साता भएको छ। अभियानले कार्यकर्तालाई नेतासँग जोड्ने जनअपेक्षा छ। सोही अपेक्षाअनुरूप प्रदेश ५ का १२ वटै जिल्लामा भ्रातृ संगठनको भेला, कार्यकर्ता प्रशिक्षण तथा भेटघाट र पार्टीबाट निर्वाचित पालिकाका प्रमुख, सांसदसँग कार्यक्रम गरिएको पार्टीले बताएको छ।

‘कृषि, पर्यटन र उद्योगबाट समृद्धि’

शुक्रबार, १० जेठ २०७६

प्रदेश ५ सरकारले कृषि, पर्यटन र उद्योगलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रम ल्याएको छ। बिहीबारको प्रदेशसभा बैठकमा सरकारका तर्फबाट प्रदेश प्रमुख उमाकान्त झाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रमुख झाले सीमित स्रोतसाधन र कानुनको अभावबीच पनि चालु आवमा उच्चदरको आर्थिक वृद्धिदर हासिल गर्न सरकार सफल भएको बताए।

प्रदेश ५ को नीति तथा कार्यक्रमः कृषि, पर्यटन र उद्योग प्राथमिकतामा

बिहिबार, ०९ जेठ २०७६

प्रदेश नम्बर ५ को सरकारले कृषि, पर्यटन र उद्योगलाई प्राथमिकतामा राखेर आगामी बर्ष २०७६/२०७७ को नीति तथा कार्यक्रम ल्याएको छ। बिहीबारको प्रदेश सभा बैठकमा सरकारका तर्फबाट प्रदेश प्रमुख उमाकान्त झाले  नीति तथा कार्यक्रम प्रस्तुत गरे।

रुपन्देहीमा औषधि उद्योगमा भिषण आगलागी

सोमबार, ०६ जेठ २०७६

रुपन्देहीमा एउटा औषधि उद्योगमा आगलागी हुँदा करोडौको क्षति भएको छ। रुपन्देहीको ओमसतिया गाँउपालिकामा रहेको एसियन फार्मास्युटिकल प्रालिमा आगलागी हुँदा करोडौको औषधि तथा कच्चा पदार्थ जलेर नष्ट भएको छ।

Ncell Footer Ad