रेखा भुसाल

आन्तरिक राजश्व भैरहवाद्धारा सात सय ११ करोड रुपैंया राजश्व असुली

आइतबार, २५ असार २०७४

रुपन्देही तथा आसपासका जिल्लामा औधोगिक र व्यवसायिक लगानी बढ्दै जान थालेपछि कर असुली पनि बढेको छ। आन्तरिक राजश्व कार्यालय सिद्धार्थनगरले चालु आर्थिक बर्षको ११ महिनामा सात सय ११ करोड राजश्व असुली गरेको छ।

रुपन्देहीमा कांग्रेस-एमालेको टक्कर, बुटवलमा एमाले अगाडि

शुक्रबार, १६ असार २०७४

रुपन्देहीका १६ वटा स्थानीय तहमध्ये १५ वटामा मतगणना जारी छ। पछिल्लो मतगणना अनुसार बुटवल उपमहानगरसहितका पाँच वटा नगरपालिकमा नेपाली कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा छ। यी दुबै पार्टी झिनो मतान्तरले अगाडि पछाडि भइरहेका छन।

बुटवल उपमहानगर, सिद्धार्थनगर र देवदह नगरपालिकामा काँग्रेसको अग्रता

बिहिबार, १५ असार २०७४

रुपन्देहीका १६ वटा स्थानीय तह मध्ये १५ वटामा मतगणना जारी छ। प्रारम्भिक मतगणना अनुसार बुटवल उपमहानगर, सिद्धार्थनगर नगरपालिका र देवदह नगरपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ।

रुपन्देहीमा ७५ प्रतिशत मत खस्यो

बुधबार, १४ असार २०७४

रुपन्देहीमा करिब ७८ प्रतिशत मत खसेको छ। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिनोद प्रकाश सिंहका अनुसार प्रारम्भिक बिबरण अनुसार जिल्लामा ७८ प्रतिशत मत खसेको हो।

रुपन्देहीको राजपा पकड क्षेत्रमा पनि उत्साहपूर्ण मतदान [फोटो फिचर]

बुधबार, १४ असार २०७४

रुपन्देहीमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ। मतदानका लागि मतदाताहरु आ–आफनो क्षेत्रका मतदान केन्द्रमा एकाबिहानै पुगेका थिए । निर्वाचन कार्यालयका अनुसार १२ बजेसम्म जिल्लामा ३५ प्रतिशत बढी भोट खसेको छ ।

वर्षालाई ध्यानमा राख्दै मतदान स्थलमा टेन्ट

मङ्गलबार, १३ असार २०७४

बर्षाको समय भएकाले पानी पर्न सक्ने सम्भावनालाइ मध्येनजर गर्दै टेण्टको समेत व्यवस्था गरीएको गौतमले जानकारी दिए। एक उपमहानगरसहित पाँच नगरपालिका र १० गाउपालिका गरी १६ वटै स्थानीय तहमा बुधबार हुने निर्वाचनबाट ८ सय ७ जना जनप्रतिनिधि छानिँदैछन्। त्यसका लागि जिल्लामा ४ हजार ५ सय ६२ को उम्मेदवारी परेका छ।

मतदाता रिझाउन उम्मेदवारका महत्वकांक्षी योजना

शनिबार, १० असार २०७४

स्थानीय तह निर्वाचनको मिति नजिँकीदै गर्दा दलहरुलाई चुनावी सभा तथा भेला गर्न भ्याई नभ्याई छ। घरदैलो सकेर उम्मेदवारहरु कोण सभा, भेला तथा र्याली मार्फत शक्ति प्रदर्शन गर्दै आकर्षक चुनावी नाराले मतदाता तान्न खोजीरहेका छन।

राजपाद्वारा तीन स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी

आइतबार, ०४ असार २०७४

राजपा शीर्ष नेताहरुले आइतबार भैरहवामा पत्रकार सम्मेलन गरी निर्वाचनलाई नाटकको संज्ञा दिइरहँदा जिल्लाको दक्षिणी भेगमा स्थानीय तह उम्मेदवारका लागि सोही दलका कार्यकता उम्मेदवारी दर्ता गराउँदै थिए।

को को उठ्दैछन् बुटबलमा कांग्रेसको तर्फबाट मेयरमा ?

सोमबार, २२ जेठ २०७४

लामो समयको कसरत पछि नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनका लागि रुपन्देहीका नगरपालिकाहरुमा मेयर पदकालागि उम्मेदवारको टुङ्गो लगाएको छ।

लगानी प्रोत्साहन र उत्पादनमूलक कार्यक्रमलाई बेवास्ता

बुधबार, १७ जेठ २०७४

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट काम चलाउ खालको भएको भन्दै यहाँका उद्योगी व्यवसायीले निजी क्षेत्रलाई खासै उत्साही हुनुपर्ने ठाँउ नभएको बताएका छन् ।

जस्तो सुकै परिस्थितिमा पनि निर्वाचनमा जान्छौं: संयोजक भट्टराई

शुक्रबार, ११ चैत २०७३

नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराइले जस्तो सुकै परिस्थितिमा पनि निर्वाचनमा जान तयार रहेको बताएका छन्।

माइक्रोबसको ठक्करबाट दुई दम्पतिको मृत्यु

मङ्गलबार, ०१ चैत २०७३

रुपन्देहीको सैनामैनामा भएको सडक दुर्घटनामा दुई दम्पतीकै श्रीमान–श्रीमतीको ज्यान गएको छ ।

पर्यटक बढे पनि आम्दानी बढ्न सकेन

बिहिबार, २६ फागुन २०७३

केही वर्षयता बुद्ध जन्मस्थल लुम्बिनीप्रति विदेशीको आकर्षण बढ्दै गएको छ। बौद्ध धर्मालम्बीका साथै युरोप, अमेरिका जस्ता मुलुकबाट पनि लुम्बिनी आउनेको संख्या उल्लेख्य बढेको छ। लुम्बिनी विकास कोषको तथ्यांकअनुसार वार्षिक डेढ लाखको हाराहारीमा बाह्य पर्यटक लुम्बिनी आउँछन्।

स्थानीय निर्वाचन कुनै कारण रोकिन्न: सभापति देउवा

शनिबार, १४ फागुन २०७३

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बैशाख ३१ का लागि तोकीएको स्थानीय निकायको निर्वाचन सम्पन्न गराएरै छाडने बताएका छन्। कुनै पनि कारणले चुनाव नरोकिने भन्दै देउवाले डर त्रास र भय रहित वातावरणमा चुनाव सम्पन्न हुनु पर्ने बताए।

बैंक व्याज बढेपछि सवारी आयात घट्दै

सोमबार, ०९ फागुन २०७३

सवारी साधन आयातको ट्रेण्डलाई हेर्ने हो भने जेठ,असार, माघ र फागुन तुलनात्मक रुपमा धेरै आयात हुने महिना हुन। आयातकर्ताका अनुसार पौष महिनामा डिसेम्बर र जनवरी पर्ने भएकाले तुलनात्मक रुपमा भारतबाट सवारी निर्यात कम हुन्छ र नेपाल तर्फ आयात घट्छ।

प्रशासनिक कामलाई केन्द्र जानु नपर्ने

शुक्रबार, ०६ फागुन २०७३

केन्द्रबाट सञ्चालन हुँदै आएको विशेष आर्थिक क्षेत्र (सेज) को प्रशासनिक काम अबदेखि भैरहवास्थित कार्यालयबाटै हुने भएको छ। बिहीबारसेज कार्यालय उद्घाटन गरी प्रशासनिक सेवा प्रदान गर्न लागिएको हो।

केन्द्रको काम अब भैरहवा सेजबाटै प्रदान गरिने

बिहिबार, ०५ फागुन २०७३

केन्द्रबाट सञ्चालन हुँदै आएको विशेष आर्थिक क्षेत्रको प्रशासनिक काम अबदेखि भैरहवास्थित सेजको कार्यालयबाटै हुने भएको छ। बिहीबार औपचारिक रुपमै सेज कार्यालयको उद्घाटन गरी प्रसासनिक सेवा प्रदान गर्न लागिएको हो। विशेष आर्थिक क्षेत्र कार्यालयको उद्योगमन्त्री नविन्द्रराज जोशीले उद्घाटन गर्दै शुक्रबारदेखि नै सम्पूर्ण प्रसासनिक सेवा प्रवाह गर्न सम्बन्धित निकायलाइ निर्देशन दिए।

प्रेम सम्बन्ध एक्कासि एसिडमा बदलिएपछि...

सोमबार, २४ माघ २०७३

धादिङका एक युवकले आफूसँग बिहे गर्न नमानेको भन्दै एसिड प्रहार गरी नवलपरासीकी एक युवतीको हत्या गरेका छन्। धादिङ नौबिसे-१ का २८ वर्षीय सुनिल कोइरालाले नवलपरासी गैंडाकोट नगरपालिका-५ की २७ वर्षीय तुलसा सापकोटालाई आइतबार राति बुटवलस्थित एक होटलमा एसिड प्रहार गरेका थिए।

लुम्बिनीमा पर्यटक आगमन झण्डै ७२ प्रतिशतले बृद्धि

मङ्गलबार, १९ पुष २०७३

गत बर्ष भूकम्प र नाकाबन्दीले थलिएको लुम्बिनीको पर्यटन क्षेत्रले यो बर्ष गती लिएको छ। सन् २०१५ को तुलनामा २०१६ मा पर्यटक आगमन ७१.८१ प्रतिशतले बढेको छ। भूकम्प, नाकाबन्दी तथा मधेस आन्दोलनका कारण सन् २०१५ मा ३७ प्रतिशतले घटेको पर्यटक आगमन यसपटक उल्लेख्य रुपमा बढेको छ।

रोकिएन चेलीबेटी बेचबिखन

बुधबार, १३ पुष २०७३

सबै कुरा दलालको योजना अनुसार भएको भए रसुवाका दुई युवती अहिले बेलहिया नाका कटेर भारतका कोठीमा पुगिसक्थे, या भारतको बाटोहुँदै खाडी मुलुक। अभाव र गरिबीबाट मुक्ति पाउने आशमा दलालले देखाएको प्रलोभनमा परेका रसुवा कत्लाङका ती युवतीलाई सीमा कटाउनै लाग्दा माइती नेपालको सक्रियतामा बैशाख १६ गते उद्दार गरियो। १९ र २० वर्षका युवतीलाई फकाउन दलाले तीनकै मामा पर्ने गोम्बोको सहयोग लिएका थिए।

Ncell Footer Ad