रेखा भुसाल

सुजलको ह्याट्रिकले मनाङ फाइनलमा

आइतबार, १८ चैत २०७४

साबिक विजेता सुनौलो संगम क्लबलाई ५—० को फराकिलो अन्तरले स्तब्ध पार्दै लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब शनिबार बुटवलमा जारी मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

स्थानीय जनप्रतिनिधिको सेवासुविधा तोकिँदै

शुक्रबार, १६ चैत २०७४

प्रदेश ५ को सरकराले स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धि ऐन २०७४ पेश संसदमा पेश गरेको छ। बिहीबारको संसद् बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले संसदमा सो विधेयक पेश गरेका हुन्। नेपालको संविधानमा स्थानीय तहका जनप्रतिनिधिको तलबसुविधा प्रदेश कानुनअनुसार हुने उल्लेख छ । सोहीअनुसार प्रदेश सरकारले स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने पारिश्रमिक तथा सुविधा सम्बन्धि प्रस्ताव संसद्मा पेश गरेको हो।

थ्री स्टार सेमिफाइनलमा प्रवेश

बिहिबार, १५ चैत २०७४

प्रतियोगिताको एक मात्र पाहुना टिम हिमालयन एफसी मलेसियालाई २–१ गोलले पराजित गर्दै थ्री स्टार क्लब बुधबार बुटवलमा जारी मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

वामपन्थीहरू छिट्टै स्खलित भएर जानेछन : सचेतक खाँण

बुधबार, १४ चैत २०७४

नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले नेपालका वामपन्थीहरू सत्ता र शक्तिको उन्मादबाट छिट्टै स्खलित भएर जाने बताएका छन्। नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीको छैठाैँ जिल्ला अधिवेशनको बुधबार बुटवलमा उद्घाटन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता खाँणले सत्ता र शक्तिको उन्माद र दलदलबाट वामपन्थीहरू शक्तिशाली नभइ स्खलित भएर जाने दावी गरेका हुन्।

एपिएफलाई हराउँदै सुनौलो संगम सेमिफाइनलमा

बुधबार, १४ चैत २०७४

विभागीय टोली एपिएफ क्लबलाई पेनाल्टी सुटआउटमा पाखा लगाउँदै सुनौलो संगम क्लब मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

‘घर बस्नका लागि बनाउँ, रवाफ देखाउन होइन’ : मुख्य मन्त्री पोखरेल

मङ्गलबार, १३ चैत २०७४

पाँच नम्बर प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले अनुत्पादक क्षेत्रमा आम्दानीको धेरै हिस्सा खर्च गर्ने परीपाटीका कारण विकास र समृद्धिमा नेपाल पछी परेको बताएका छन।

नवीन लामाको ह्याट्रिक

सोमबार, १२ चैत २०७४

नवीन लामाको ह्याट्रिकमा झापा ११ लाई २ का विरुद्ध ४ गोल गर्दै सशस्त्र प्रहरीको एपिएफ क्लब आइतबार तेस्रो मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगितामा विजयी भएको छ। एपिएफले आफ्नो दोस्रो खेल चैत १३ गते रूपन्देहीको सुनौलो संगम क्लबसँग खेल्नेछ।

भण्डारी दम्पत्ती हत्याका सुटर ७ बर्षपछि पक्राउ

आइतबार, ११ चैत २०७४

बुटवलका व्यापारी दम्पत्ती हत्याकाण्डका मुख्य सुटरलाई रुपन्देही प्रहरीले ७ बर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा सैनामैना नगरपालिकाको दुधराक्ष रामापुल कलौनीका २७ बर्षे अर्जुन गौतम छन्। हत्याका अर्का सुटर अर्जुनका सहोदर दाजु कृष्ण गौतमलाई भने प्रहरीले अझै पक्राउ गर्न सकेको छैन।

आयोजक अन्तिम आठमा

शनिबार, १० चैत २०७४

आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले शुक्रबार सुदूर पश्चिम–११ लाई ५–१ ले हराउँदै मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम ८ मा स्थान बनाएको छ।

खेतीयोग्य जमिन जथाभावी प्लटिङमा रोक

बुधबार, ०७ चैत २०७४

२०६२/२०६३ को जन आन्दोलनपछि जिल्लामा फष्टाएको जग्गा कारोबारको सबैभन्दा बढी मारमा परेको तिलोत्तमा नगरपालिकामा अबदेखि खेतीयोग्य जमिन जथाभावी प्लटिङ गर्न नपाइने भएको छ।

योजना आयोग उपाध्यक्षमा श्रेष्ठ

बुधबार, ०७ चैत २०७४

पाँच नम्बर प्रदेशकोप्रादेशिक योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रादेशिक आयोग गठन तथा कार्यसञ्चालन आदेश २०७४ जारी गरी आयोगको उपाध्यक्षमा श्रेष्ठलाई नियुक्त गरेको हो।

अझै अधुरै छ भैरहवामा आइसिपी सपना

मङ्गलबार, ०६ चैत २०७४

जग्गा अधिग्रहण गरेको सात वर्ष बितिसक्दा पनि भैरहवामा बनाउने भनिएको एकीकृत जाँच चौकी (इन्टेग्रेटेड चेक पोस्ट–आइसिपी) निर्माण अझै सुरु हुन सकेको छैन।

तिलोत्तमा गोल्डकपको उपाधि थ्री स्टारलाई

शनिबार, ०३ चैत २०७४

विभागीय टिम नेपाल पुलिसलाई हराउँदै बुटवलमा जारी २० औं तिलोत्तमा गोल्डकप फुटबलको उपाधि थ्री स्टार क्लबले जितेको छ। बुटवल ११ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा शनिबार भएको फाइनलमा थ्री स्टारले नेपाल पुलिस क्लबलाई २—० ले पराजित गर्दै उपाधि उचालेको हो।

थ्री स्टार तिलोत्तमा गोल्डकपको फाइनलमा

बिहिबार, ०१ चैत २०७४

रुस्लान थ्रि स्टार क्लब बुटवलमा जारी तिलोत्तमा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। बुटवलस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा बिहीबार भएको सेमिफाइनलमा मनाङलाई १ का बिरुद्ध २ गोल गर्दै थ्री स्टारले उपाधिको दावेदारी प्रस्तुत गरको हो।

सिद्धार्थनगर उद्योग वाणिज्य संघमा दुई प्यानल

बिहिबार, २४ फागुन २०७४

औद्योगिक नगरी सिद्धार्थनगरमा उद्योगी, व्यवसायीमाझ चुनावी सरगर्मी निकै बढेको छ। भैरहवाका उद्योगी, व्यवसायी अहिले व्यापार, व्यवसायमा भन्दा बढी चुनाव प्रचारमा व्यस्त छन्।

सात महिनामा २६ अर्बको चामल, मकै र गहुँ आयात

बिहिबार, २४ फागुन २०७४

लगातार दुई वर्ष धान उत्पादन बढे पनि खाद्यान्नको परनिर्भरता घट्न सकेको छैन। अघिल्ला वर्षहरुको तुलनामा गत वर्ष र यो वर्ष धान र गहुँको उत्पादन बढेको सरकारी तथ्याक छ।

१२ वर्षीया बालिकाको बलात्कारपछि हत्या

बुधबार, २३ फागुन २०७४

एक महिनाअघि खेतमा मृत अवस्थामा भेटिएकी बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ।  गत माघ २२ गते कोटहिमाइ गाउँपालिका ३ की १२ बर्षीया एक बालिका घर नजिकैको खेतमा आफनै चुन्नीले घाटीमा बेरिएको अवस्थामा मृत्त फेला परेकी थिइन।

तिलोत्तमाबाट पूर्व–पश्चिम रेलमार्ग हुँदैन : स्थानीय

मङ्गलबार, ०८ फागुन २०७४

बुटवलवासीको विरोधका कारण विगत दुई वर्षदेखि रोकिएको पूर्व–पश्चिम रेलमार्गको सर्भेका लागि अध्ययन टोलीले तिलोत्तमा नगरपालिकाको विभिन्न स्थानमा नापजाँच थालेपछि नगरबासी आन्दोलित भएका छन्।

भैरहवा भन्सारमा लक्ष्य भन्दा कम राजस्व

आइतबार, १४ माघ २०७४

भैरहवा भन्सारले चालु आर्थिक बर्षको ६ महिनामा लक्ष्य भन्दा झाण्डै १२ प्रतिशत कम राजश्व संकलन गरेको छ। राजस्व संकलनको गती यही रहे बिभागले दिएको बार्षिक लक्ष्य पुरा गर्न भैरहवालाई मुस्किल पर्नेछ।

प्रदेश ५ को स्थायी राजधानी बुटवल : खाँड

शनिबार, १३ माघ २०७४

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री बालकृष्ण खाँडले ५ नम्बर प्रदेशको स्थायी राजधानी पनि बुटवल नै हुने दाबी गरेका छन्। तिलोत्तमा उद्योग बाणिज्य संघ रुपन्देहीको चौथो साधारणसभाको शनिवार उदघाटन गर्दै नेता खाँडले प्रदेश सभाका सदस्यहरुले सर्बसम्मत रुपमा बुटवललाई प्रदेशको राजधानी बनाउने दाबी गरे।

Ncell Footer Ad