रेखा भुसाल

प्रदेश ५ को नीति तथा कार्यक्रम पारित

बिहिबार, ३१ जेठ २०७५

प्रदेश ५ को प्रदेशसभा बैठकले बुधबार दुईवटा विधेयकसहित आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । अर्थमन्त्रीको समेत जिम्मवबारी सम्हालिरहेका मुख्यमन्त्री शंकर पोखरेलले सदनमा निर्णयार्थ प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो । सो क्रममा प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद मौन बसेका थिए ।

नीति तथा कार्यक्रमसहित दुई विधेयक पारित

बुधबार, ३० जेठ २०७५

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले स्थानीय तह र प्रदेशबीच बलियो सम्बन्ध र सहकार्य भएमात्रै प्रदेशको विकास र समृद्धिको आकाँक्षा पुरा हुने बताएका छन्।

डेढ दर्जनभन्दा बढी ठेकेदारलाई कारबाही सिफारिस

शनिबार, २६ जेठ २०७५

रूपन्देहीमा सञ्चालित विभिन्न आयोजनामध्ये १७ आयोजनामा ठेकेदारको लापरबाही देखिएको छ। जिल्ला प्रशासनले विभिन्न ठेकेदारको लगत संकलन गरेको थियो। जसअनुसार १७ वटा आयोजनामा ठेकेदारको ढिलासुस्ती र लापरबाही पाइएको हो। आयोजना ओगटेर सञ्चालन खर्च लगे पनि निर्माणमा लापरबाही गर्ने डेढ दर्जन ठेकेदारको लगत गृह मन्त्रालयमा पठाइएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय रानाले बताए।

प्रदेश पाँचको नीति तथा कार्यक्रम : पाँच बर्षमा प्रदेशका सबै युवालाई रोजगारी

शुक्रबार, २५ जेठ २०७५

प्रदेश ५ को सरकारले शुक्रबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सरकारका तर्फबाट सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख उमाकान्त झाले १२ वटै जिल्लाको सन्तुलित बिकास गरी पाँच नम्बर प्रदेशलाइ नमुना बनाउने बताए।

३० अर्बको बजेट ल्याउने तयारीमा प्रदेश सरकार

बिहिबार, २४ जेठ २०७५

प्रदेश ५ को सरकारले सिँचाइ र खानेपानीसहितको पूर्वाधार विकासलाई प्रथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारीमा जुटेको छ । कृषि र पर्यटन क्षेत्र पनि प्राथमिकतामा छन् । अहिले सबै मन्त्रालय योजना छनोट तथा तिनको प्राथमिकीकरणमा लागेको सरकारका प्रवक्ता भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बताए ।

लगानीकर्ता आए उद्योग आएनन्

बुधबार, २३ जेठ २०७५

सेज प्राधिकरण भन्छ ‘सबै पूर्वाधार तयार भयो उद्योग स्थापना गर ।’ लगानीकर्ता भन्छन्, ‘उद्योग सञ्चालनका लागि पहिलो पूर्वाधार बिजुली नै नभई कसरी उद्योग खोल्नु ?’ विद्युत्का अधिकारीहरु भन्छन ‘सब–स्टेसन बनाउ बिजुली दिन्छौं ।’ विशेष आर्थिक क्षेत्र सेज प्राधिकरण, विद्युत् प्राधिकरण र लगानीकर्ताबीच यस्तो जुहारी चल्न थालेको एक वर्ष भयो ।

पहिरोले बुटल–पाल्पा सडक–खण्ड अवरुद्ध

शुक्रबार, १८ जेठ २०७५

शुक्रबार बिहानदेखि सिद्धार्थ राजनमार्गको बुटवल–पाल्पा सडक–खण्डको सिद्धबाबा नजिकै पहिरो खस्दा बाटो अवरुद्ध भएको छ। गएराति परेको पानीले सो सडकको हेडबस्क भन्ने स्थानमा ठुला ढुङ्गो सहित पहिरो झरेको छ। पहिरोका कारण बिहान ४ बजेदेखि बाटो अवरुद्ध छ।

सय दिने उपलब्धि : मन्त्रालयमा प्रवक्ता नियुक्तिदेखि सिसिटिभि जडानसम्म

सोमबार, १४ जेठ २०७५

प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले अभावकाबीच प्रदेश सरकारले सय दिनमा अभुतपुर्व उपलब्धि हाँसिल गरेको बताएका छन्। सोमबार मुख्यमन्त्री कार्यालयमा आयोजित सय दिने प्रगती विवरण र्सावजनिक कार्यक्रममा बोल्दै पोखरेलले सिमित साधन श्रोतकाबीच मन्त्रालय गठन र तीनको व्यवस्थापन सहित ऐन नियम बनाउने काम सफलता पुर्वक गरेको बताए।

गणतन्त्र दिवसमा सार्वजनिक बिदा

आइतबार, १३ जेठ २०७५

प्रदेश नम्बर ५ को सरकारले गणतन्त्र दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। विगतका बर्षमा मनाउँदै आइएको गणतन्त्र दिवसको विदा संघीय सरकारले यसपालीदेखि कटौती गरेको छ।

सरकारले पूर्णता अझै पाएन

आइतबार, १३ जेठ २०७५

प्रदेश ५ मा सरकार गठनको सय दिन पूरा गरेको छ। यो अवधिमा सरकार आफैंले पूर्णता भने पाउन सकेन। सुरुदेखि नै मन्त्रीका आकांक्षी धेरै भएपछि मन्त्रालय फुटाउने संकेत गरेका मुख्यमन्त्री शंकर पोखरेलले अहिलेसम्म मन्त्री थपेका छैनन्। बरु थप एउटा मन्त्रालयको जिम्मेबारी आफंैले लिएर ६ मन्त्रालय गठन गरे। आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री पाखरेलसँगै छ।

संझौता पुरा नगरे आन्दोलन गर्ने स्थानीयको चेतावनी

शुक्रबार, ११ जेठ २०७५

सार्वजनिक नहरमा ढल मिल्काउदै आएको पाँच तारे होटल टाइगर प्यालेसले आफुहरुसंगको सम्झौता पुरा नगरेको भन्दै स्थानीयले तत्काल सम्झौता पुरा नगरे आन्दोलमा उत्रने चेतावनी दिएका छन । तिलोत्तमा १५ को बनकट्टी र वडा न १३ को बबनी गाँउका स्थानीयले होटलमा डेलिगेशन गइ होटल स्थापनाका क्रममा गरीएका सम्झौता र सामाजिक उत्तरदायित्व बहन गर्न माग गरेका हुन।

जनप्रतिनिधि साझा हुन नसकेको गुनासो

बुधबार, ०९ जेठ २०७५

एक वर्षअघि स्थानीय चुनावको चहलपहल हुँदा तिलोत्तमा ८ की जमुना गौतम जती उत्साहित थिइन् अहिले त्यती नै निरास । १९ वर्षपछि चुनेका जनप्रतिनिधिसँग उनका ठूला अपेक्षा भने थिएनन् । हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुने सडक मर्मतको माग चुनावकै बेला उनी र उनका छिमेकीले गरेका हुन । तर जनप्रतिनिधि आएको एक वर्ष बित्नै लाग्दासमेत सडक मर्मत भएन।

नदीकिनारमा डम्पिङ साइट, बिग्रिँदै वातावरण

शनिबार, ०५ जेठ २०७५

लुम्बिनीको प्रवेशद्वार मानिएको सहर सिद्धार्थनगरमा २०६९ सालमै एकीकृत सहरी विकासअन्तर्गत फोहोर प्रशोधन केन्द्र निर्माण गर्ने भनिएपछि नगरवासी निकै उत्साहित भएका थिए। केन्द्र बनेपछि सहरका गल्ली र चोकचोकमा थुप्रिने फोहोर र डन्डा नदी किनारको डम्पिङ साइटले कुरुप बनाएको सहर सफा बन्ने अपेक्षा थियो तर ६ वर्ष बित्दा पनि अपेक्षा पूरा भएको छैन।

रुपन्देहीमा मजदुरमाथि गोली प्रहार

बुधबार, ०२ जेठ २०७५

रुपन्देहीको मणिग्राममा घर निमार्ण गर्ने एक मजदुर माथि गोली प्रहार भएको छ। अज्ञात समूहको गोली प्रहारबाट मर्चवारका रामकेश धवल सक्त घाइते भएका छन्। उनको ढाडमा गोली लागेको छ। गम्भीर घाइते भएका धवललाई मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार हुन नसकेपछि भैरहवा मेडिकल कलेज लगिएको छ।

प्रदेश ५ : प्रदेशसभाको दोस्राे अधिवेशन सुरू

मङ्गलबार, ०१ जेठ २०७५

प्रदेश नम्बर ५ को प्रदेशसभाको दोस्रो अधिवेशन सुरु भएको छ । प्रदेश प्रमुख उमाकान्त झाले आह्वाान गरेको प्रदेश सभाको दोस्रो अधिवेशनसम्बन्धी पत्र सभामुख पूर्णबहादर घर्तीले सभामा पढेर सुनाएपछि दोस्रो अधिवेशन सुरु भएको हो ।

पाल्पा-बुटवल सडक सुचारु

सोमबार, ३१ बैशाख २०७५

गएरातिदेखि अवरुद्ध बनेको बुटवल पाल्पा सडक खण्ड सुचारु भएको छ । सवारी आवागमन सहज भएको छ । बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाची, स्याङजा, पोखरा, बाग्लुङका लागि छुटने सवारी साधनहरु चलेका छन् ।

वर्षाले पाल्पा–बुटल सडक खण्ड अवरुद्ध, पहिरो हटाउने प्रयास जारी

सोमबार, ३१ बैशाख २०७५

गएरातीदेखि परेको वर्षाले बुटवल पाल्पा सडक खण्ड अबरुद्ध बनेको छ। वर्षाले सो सडक अन्तरगत दोभान र सिद्धबाबाकोबीचमा खसेको पहिरोले रातीदेखिनै सडक अवरुद्ध बनेको हो।

पर्यटक तान्दै कृषि–पर्यटन

बिहिबार, २७ बैशाख २०७५

रूपन्देहीमा फस्टाउँदो व्यावसायिक कृषिसँगै कृषि–पर्यटनको सम्भावना बढेको छ । विश्वकै ठूलो पक्षी अस्ट्रिचको व्यावसायिक पालन, देशकै ठूलो गाई फार्म तथा रिसर्च सेन्टर, व्यावसायिक माछापालन, मौरी, अर्गानिक तरकारी तथा च्याउको पकेट क्षेत्र विस्तारले कृषि–पर्यटनको सम्भावना बढ्दै गएको हो ।

प्रदेश ५ को लोगो तयार

सोमबार, २४ बैशाख २०७५

प्रदेश ५ का सांसद र कर्मचारीकालागि लोगो तयार गरीएको छ। सांसद र कर्मचारीहरुकालागि भनेर तयार गरीएको दुइ वटा लोगो सोमबार सार्वजनिक गरीयो। सांसदकालागि तयार गरीएको लोगोमा हिमाल, पहाड, तराई, बुद्ध भुमी, कृषि, लैगिक समानता र उज्वलताको प्रतिक तारा समेटिएको छ।

सरकार तानाशाही बन्दैछ : नेता रिजाल

मङ्गलबार, १८ बैशाख २०७५

नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले कम्युनिष्ट सरकार तानाशाही बन्न खोजेको आरोप लगाएका छन्। नेता रिजालले प्रधानमन्त्री केपि शर्मा ओलीमा अहंकार भरिएको र जनतालाई सेवा दिनु भन्दा तानाशाही बन्ने अभ्यासमा लागेको आरोप लगाए।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad