रेखा भुसाल

साढे दुई वर्ष बित्यो, ६ सय मिटर सडक बनेन

शुक्रबार, ०१ कार्तिक २०७६

सम्बद्ध अधिकारीलेढिलाइको दोष सडकछेउका घरधनी, विद्युत् प्राधिकरण र खानेपानीलाई दिए पनि स्थानीयले गत मंसिरमै घर भत्काइसकेका छन्। तैपनि अनेक बहानामा काम रोकेको ठेकेदारलाई कारवाहीको साटो म्याद थपिदिने तयारी छ।

साढे दुई वर्षमा पनि बनेन ६ सय मिटर बाटो

बिहिबार, ३० असोज २०७६

सम्झौता अनुरुप काम भएको भए अहिले रुपन्देहीको बेलहिया नाकामा ६ लेनको फराकिलो सडक बनिसक्थ्यो। दायाँबायाँ फुटपाथ र सर्भिस लेनसहितको सडकले सवारी आवागमन सहज हुन्थ्यो। पर्यटकहरुको नेपाल प्रवेश पनि सुविधा जनक हुन्थ्यो। किनकी यो नाका देशकै दोश्रो ठुलो व्यापारिक नाका हो। स्थलमार्ग हुँदै सबैभन्दा धेरै पर्यटक भित्रने नाका पनि यही हो।

झुम्सा खानेपानी आयोजना २४ वर्षदेखि अलपत्र

आइतबार, २६ असोज २०७६

एउटा खानेपानी आयोजना सम्पन्न हुन कति वर्ष लाग्ला ? सामान्यतयाः ५, १० या १५ ? तर, बुटवलमा २४ वर्षअघि सुरु गरिएको एउटा खानेपानी आयोजना अझै पूरा भएको छैन।

दसैंका उपभोक्ता सस्तो खोज्दै सीमापारि

बिहिबार, १६ असोज २०७६

दसैं नजिकिँदै गर्दा रुपन्देहीसँग सीमा जोडिएका भारतीय बजारमा नेपाली उपभोक्ताको भीड बढेको छ। चाडपर्वका बेला भएको मूल्य वृद्धिले आत्तिएका नेपाली उपभोक्ताको भीड अहिले सीमावर्ती भारतीय बजार सुनौली र फरेनामा देख्न सकिन्छ।

लुम्बिनीमा भ्रमण वर्षको तयारी शून्य

बुधबार, १५ असोज २०७६

बुद्ध जन्मस्थल लुम्बिनीको मुख्य प्रवेशद्वार अघिल्तिरको सडकमा जमेको फोहोर पानी। यो सडक भत्काएको तीन महिना भयो। पानी पर्दा हिलेपानी गन्हाएर पर्यटक नाक थुन्दै भित्र पस्छन्। घाम लाग्दा धुलो उडेर बसी नसक्नु हुन्छ।

ढुक्क भएर लगानी गर्नुस् : दाहाल

शुक्रबार, १० असोज २०७६

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नेपालमा लगानीमैत्री वातावरण निर्माण भएकाले ढुक्क भएर लगानी गर्न लगानीकर्तालाई आह्वान गरेका छन्।

वातावरण राम्राे भएकाे छ लगानी गर्नुस् सरकारले सुरक्षा र प्रतिफलकाे ग्यारेन्टी गर्छः प्रचण्ड

बिहिबार, ०९ असोज २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गरेका छन्। सम्मेलनको उदघाटन गर्दै प्रचण्डले नेपालमा लगानीमैत्री वातावरण निर्माण भएको बताएका छन्।

भैरहवाबाट दसैंलाई पाँच अर्बको कार, मोटरसाइकल र एक अर्बको कपडा

बिहिबार, ०९ असोज २०७६

बजारमा अहिले किनमेलको मुख्य सिजन हो। असत्यमाथि सत्यको विजयको प्रतिक मानिने दसैंमा राम्रै लगाउने र मीठै खाने पर्वको रुपमा मनाइन्छ। त्यसैले दसैं, तिहार र छठजस्ता पर्वमा बजार गुल्जार हुन्छ। लत्ताकपडा, खाद्यान्न, माछामासु र सवारी साधनको बिक्री यो बेला बढ्छ। बुटवल भैरहवाको बजारमा पनि दसैं किनमेलको चहलपहल सुरु भइसकेको छ।

दैनिक चार सय ५९ युनिट बिजुली निकाल्न सकिने

बुधबार, ०८ असोज २०७६

नदी, खोला र जंगल नै डम्पिङ साइडको रुपमा प्रयोग भइरहेको प्रदेश ५ मा सरकारले फोहोरको वैज्ञानिक व्यवस्थापन गरी ऊर्जा उत्पादन गर्ने भएको छ। नदी, खोला, जंगल डम्पिङ साइटको रुपमा प्रयोग भइरहँदा वातावरण प्रदुषण बढेपछि सरकारले फोहोरको वैज्ञानिक प्रयोगसहितको व्यवस्थापन योजना बनाएको हो।

लगानी आकर्षित गर्न छुटैछुट

बुधबार, ०८ असोज २०७६

रुपन्देहीको तिलोत्तमा बिहीबार हुने लगानी सम्मेलनको तयारी पूरा भएको छ। उत्पादनमूलक क्षेत्रमा आन्तरिक तथा बाह्य लगानी भित्र्याएर रोजगारी सिर्जना गर्ने उद्देश्यले आयोजना गर्न असोज ९ गते गर्न लागिएको सम्मेलनको तयारी पूरा भएको नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए। काठमाडौं बाहिर स्थानीय तहले गर्न लागेको यो पहिलो लगानी सम्मेलन हो।

पर्यटकीय नाकामै सास्ती

बुधबार, ०८ असोज २०७६

भत्काएर असरल्ल छोडिएको सडक। बुङबुङ्ती उडेको धुलो। मालवाहक ट्रक, रिक्सा, मोटरसाइकल तथा पैदलयात्रुको ठेलमठेल भीडभाड। साँघुरो र होचो प्रवेशद्वार, जसमा ‘नेपालमा तपाईंलाई स्वागत छ’ सम्म लेखिएको छैन, राष्ट्रिय झन्डा पनि छैन। न सडकमा ट्राफिक भेटिन्छन् न पार्किङको नै सुविधा छ। पानी पर्दा सडकमा हिलोले झनै बिजोग हुन्छ। देशमै सबैभन्दा धेरै पर्यटक भित्र्याउने जस बोकेको रुपन्देहीको बेलहिया नाकाको शब्दचित्र हो यो।

सांसदका कुरा सुन्दैन सरकार

शनिबार, ०४ असोज २०७६

प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयले औषधि उपकरण खरिदमा अनियमितता गरेको उजुरी परेपछि संसद्को सामाजिक विकास समितिले मन्त्रालयसँग आवश्यक कागजात माग्यो। समितिले साउन पहिलो साता नै सामाजिक विकास मन्त्रालय र त्यस मातहतको स्वास्थ्य

यात्रुबाहक बसमा आगजनी

बिहिबार, २६ भदौ २०७६

ट्राफिक प्रहरी कार्यालय नवलपरासीका प्रहरी नीरिक्षक युवराज भण्डारीका अनुसार गाडीधनीले बसको इन्जिनमा खराबी आएका कारण आगो लागेको भन्ने प्रारम्भिक बयान प्रहरीलाइ दिएका छन।

रेफरल सेन्टरमै सीमित जिल्ला अस्पताल

आइतबार, २२ भदौ २०७६

पूर्वाधार र जनशक्ति नहुँदा जिल्ला अस्पतालले बिरामीलाई विशेषज्ञ सेवा दिन नसकेर अन्यत्र रिफर गर्दै आएका छन्। जिल्ला अस्पतालको सेवा बिस्तार हुनुको साटो खुम्चिँदै जान थालेपछि विपन्न वर्ग मारमा परेको छ।

किसानको साढे ६४ करोड अलपत्र

आइतबार, १५ भदौ २०७६

स्थानीय तीन उखु उद्योगले गरिब किसानको उखु खरिद गरेबापतको ६४ करोड रुपैयाँ भुक्तानी दिएका छैनन्। यस क्षेत्रका वागमती, इन्दिरा र सुनवल चिनी मिलले किसानबाट उखु किनेको लामो समय भएको छ। तर त्यसबापतको भुक्तानी अझै दिएका छैनन््।

भैरहवाबाट १५ अर्ब रूपैयाँको अन्न र तरकारी आयात

बुधबार, ११ भदौ २०७६

सरकारी तथ्यांकले हरेक वर्ष धान र तरकारीको उत्पादन बढेको देखाए पनि भारतबाट हुने अन्न आयात घटेको छैन। नेपालीको मुख्य खाना दाल–भात–तरकारीका लागि भारतकै मुख ताक्नुपर्ने अवस्था छ। भन्सारको तथ्यांकले चामल, मकै र तरकारीको आयात बढेको देखाँउछ।

‘सरकारबाटै प्राजातन्त्र र संविधान मासिने खतरा’

मङ्गलबार, ०३ भदौ २०७६

नेपाली कांग्रेसका शीर्ष नेताहरूले कम्युनिस्ट सरकारबाटै प्राजातन्त्र र संविधान मासिने खतरा रहेको बताएका छन्।

सरकारबाटै प्रजातन्त्र र संविधान मासिने खतरा छः सभापति देउवा

सोमबार, ०२ भदौ २०७६

नेपाली काँग्रेसका शीर्ष नेताहरुले कम्युनिस्ट सरकारबाटै प्रजातन्त्र र संविधान मासिने खतरा रहेको बताएका छन्। काँग्रेसले आफना महाधिवेशन प्रतिनिधिका लागि आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई आइतबार भैरहवामा सम्बोधन गर्दै शीर्ष नेताहरुले प्रजातान्त्रिक मूल्य, मान्यता र संविधानको मर्म बिपरित कम्युनिस्ट सरकारले अधिनायकबाद र निरङ्कुशता लाद्न खोजिरहेको आरोप लगाए।

टाइगर प्यालेसको सम्पत्ति रोक्का

शुक्रबार, ३१ साउन २०७६

होटलको स्वामित्व रहेको सिल्भर हेरिटेजले अदालती आदेश अवज्ञा गर्दै होटल बिक्री प्रक्रिया अगाडि बढाएपछि त्यसविरुद्ध परेको निवेदनमा सुनुवाइ गर्दै अदालतले सम्पूर्ण सम्पत्ति रोक्का राख्न आदेश दिएको छ।

टाइगर प्यालेसको सम्पत्ति रोक्का

बिहिबार, ३० साउन २०७६

रुपन्देहीको कोटिहवामा रहेको पाँच तारे होटल टाइगर प्यालेस रिर्सोटको सम्पूर्ण सम्पत्ति रोक्का भएको छ। सरकारी जग्गा मिचेर होटल निर्माण गरीएको भन्दै परेको पुरक निवदेनमा जिल्ला अदालत रुपन्देहीले आदेश जारी गर्दै होटलको सम्पूर्ण सम्पत्ति सहित शेयर खरीदि बिक्रि रोक्का गरीदिएको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad