पवित्रकुमार शाही

मेयर र अधिकृतको लडार्इंले नगरपालिकाकाे कामकाज ठप्प

बिहिबार, २२ भदौ २०७४

खाँडाचक्र नगरपालिकामा स्थानीय तहको निर्वाचनमा आएको कार्यालय व्यवस्थापन बजेट दुरुपयोग भएको विषयमा भएको विवाद अझै कायमै रहेको छ । मेयर र कार्यकारीकाको विवादले नगरको कामकाज ठप्प भएको छ । उनिहरूको एक अर्काको आरोप प्रत्यारोपले विवाद सेलाउनुभन्दा पनि पनि झनै हंगामा मंचिएको देखिन्छ ।

घरमाथि ढुंगा खस्यो, तीन छोराछोरीको मृत्यु

मङ्गलबार, १७ साउन २०७४

सान्नी त्रिवेणी गाउँपालिका–६, पोरिवन काब्रागाउँस्थित बुँदे सार्कीको घरमाथिबाट ठूलो ढुंगा खस्दा दुई छोरी र एक छोरा गरी तीनको मृत्यु भएको छ। आइतबार मध्यराति परेको मुसलधारे पानीपछि खसेको ढुंगाले थिचिएर बुँदेकी १३ वर्षीया छोरी ललिता, ९ वर्षीय छोरा लंक र ५ वर्षीया छोरी कल्पनाको मृत्यु भएको प्रहरीले जनाएको छ। ढंगाले पुरिएका तीनवटै शव सोमबार नेपाली सेना र प्रहरीले निकालेका छन्।

कर्णली करिडोरमा विचौलियाले फिर्ता गरेनन् डेढ करोड कमिसन

सोमबार, १६ साउन २०७४

रुपैडिया हिल्सा सडक अन्तर्गत कर्णाली करिडोरमा विचौलियाले ट्रकबाट असुलेको डेढ करोड कमिसन अझै फिर्ता गरेका छैन्।

घरभन्दा ठूलो ढुंगा खस्दा ३ बच्चा पुरिए, ७ जना घाइते

सोमबार, १६ साउन २०७४

घरमाथिबाट ठूलो ढुंगा खस्दा एकै घरका तीन बच्चा पुरिएका छन् भने ७ जना घाइते भएका छन्। सान्नी त्रिवेणी गाउँपालिका वडा नं. ६ पोरिवन काब्रागाउँमा घरभन्दा ठूलो ढंगा खसेपछि तीन बालबालिका पुरिएका हुन्।

सुत्केरी आमा बचाउन हेलिकोप्टर चार्टर

आइतबार, २५ असार २०७४

जिल्ला अस्पताल कालिकोटमा प्रसुतीका लागि आएकी एक महिलाको ज्यान जोगाउन भेरी अस्पताल नेपालगञ्ज रेफर गरिएको छ। जिल्लाको पूर्वी क्षेत्रमा पर्ने तिलागुफा नगरपालिका-११ निवासी हरिशोभा सुनारको अत्याधिक मात्रामा रक्तश्राव भएपछि हेलिकोप्टरमार्फत् भेरी अस्पताल नेपालगञ्ज लगिएको जिल्ला अस्पताल कालिकोटले जनाएको छ।

अवैध आयुर्वेद औषधि बेच्न प्रतिबन्ध

आइतबार, ११ असार २०७४

जिल्लामा अवैध रुपमा आयुर्वेदिक औषधि र जडीबुटी व्यापार गर्न प्रतिबन्ध लगाइएको छ । प्रमाण र मापदण्डबिनाका जडीबुटी र आयुर्वेदिक औषधि बिक्री हुन थालेपछि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले बिक्री वितरणमा रोक लगाएको हो ।

दैलेख बस दुर्घटना: शोकले डुव्यो कालिकोट

शुक्रबार, ०२ असार २०७४

रास्कोट–६ गोरखाली गाउँका ४० वर्षीय यूवराज शाही घरबाट देउता पुजेर कैलाली जाँदै थिए।

कालिकोटको नरहरीनाथमा एमालेका धिरबहादुर बिष्ट विजयी

बुधबार, १० जेठ २०७४

नरहरीनाथ गाउँपालिकामा नेकपा एमालेका धिरबहादुर बिष्ट विजयी भएका छन् । उनी २४६० मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मिनबहादुर बोगटीलाई २३२ मतले पछि पार्दै बिष्ट प्रमुखमा विजयी भएका हुन् । बोगट्टीले २२२८ मत प्राप्त गरेका छन् ।

पत्रकार बराल बने नगर प्रमुख

सोमबार, ०८ जेठ २०७४

रास्कोट नगरपालिकाबाट मेयरमा विजयी भएका काशीचन्द्र बराल कुनै बेला पत्रकार थिए।

कालिका गाउँपालिकामा एमालेका खडानन्द चौलागाई विजयी

आइतबार, ०७ जेठ २०७४

कालिका गाउँपालिकामा नेकपा एमालेका खडानन्द चौलागाई २२७४ मत प्राप्त गरी प्रमुखमा विजयी भएका छन्।

पहिरोमा पुरिएर ४ जनाको मृत्यु १ घाइते

शुक्रबार, ०८ बैशाख २०७४

जिल्लाको सदरमुकाम मान्म नजिकै रहेको नरहरीनाथ गाउँपालिकाको कोटवाडा स्थित जितेघाट बसपार्क नजिकै विहीबार साँझ पहिरो जाँदा ४ जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

रास्कोट नगरपालिकामा बराल भिड्दै

बुधबार, ०६ बैशाख २०७४

नेकपा एमालेले जिल्लाको रास्कोट नगरपालिकामा मेयरको उम्मेदवारमा टुंगो लगाएको छ । एमालेले मनिराज बराललाई मेयरका लागि टुंगो लगाएको हो ।

पति हत्याको आरोपमा पत्नी पक्राउ

आइतबार, १३ चैत २०७३

जिल्लाको महावै गाउँपालिका–५ मा पति हत्याको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । महावै —५ कि १६ वर्षीया धनकला विकलाई आफ्नै पति २३ वर्षीय नरेन्द्र विकलाई हत्या गरेको आरोपमा शनिवार प्रहरीले पक्राउ गरेको हो ।

विद्यार्थी संगठनबीच झडप, १२ जना घाईते

सोमबार, १६ फागुन २०७३

कालिकोटमा विद्यार्थी संगठनबीच झडप भएको छ। नेपाल विद्यार्थी संघ र अनेरास्ववियुको संयुक्त स्ववियु निर्वाचन प्यानल र अखिल क्रान्तिकारी र राप्रविसंघका विद्यार्थीबीच झडप भएको हो। झडपमा १२ जना घाईते भएका छन्।

स्ववियू निर्वाचन अधिकृतलाई कालोमोसो, विद्यार्थी संगठनबीच झडप

सोमबार, १६ फागुन २०७३

नन्दादेवि बहुमुखी क्याम्पस कोटवाडाका स्ववियु निर्वाचन अधिकृत रत्नसिंह साउदलाई कालो मोसो दलिएको छ। फागुन १८ गते हुने स्ववियु निर्वाचन १६ गते नै घोषणा गरेर सदरमुकाम फर्किएकाले नेपाल विद्यार्थी संघ र अनेरास्ववीयु कालिकोटले साउदलाई कालो मोसो दलेका हुन्।

तीन दशकपछि स्थानीयको जहाज चढ्ने सपना साकार

आइतबार, ०१ फागुन २०७३

कोटवाडा–३, का गणेशकुमार विष्ट ३६ वर्षका भए। उनी पाँच वर्षको हुँदा शिलान्यास गरिएको सुनथराली विमानस्थलमा शनिबार जहाज बस्यो। विष्ट शनिबार परीक्षण उडानका लागि आएको तारा एयरको विमान चढेर नेपालगन्ज गए। उक्त विमानस्थलमा जहाज बस्ने आस मारिसकेका विष्ट जहाजमा उडेर नेपालगन्ज पुग्दा मनमा खुसीको सीमा नै थिएन।

निर्माण थालिएको ३१ बर्षपछि कोटवाडा विमानस्थलमा परीक्षण उडान

शनिबार, २९ माघ २०७३

कोटवाडा विमानस्थल सिलान्यास गरेको ३१ वर्षपछि शनिवार परीक्षण उडान भएको छ। पर्यटनमन्त्री जीवनबहादुर शाहीले माघ महिनाको मसान्तसम्म परीक्षण उडान गर्ने प्रतिबद्धता गरेका थिए। ३१ वर्षसम्म निर्माणधिन विमानस्थलमा यसरी जहाज अवतरण हुन्छ भन्ने स्थानीयले आसा मारिसके थिए। तर कालिकोटको आकाशमा एकाएक जहाज स्थानीयले देखे। तारा एरको जहाज सहज ढंगले विमानस्थलमा शनिबार परीक्षण उडान भयो।

३१ वर्षपछि पूरा हुँदै जहाज चड्ने धोको, माघ मसान्तमा परीक्षण उडान

सोमबार, २४ माघ २०७३

३१ वर्षपछि कालिकोटवासीको जहाज चढ्ने धोको पूरा हुने भएको छ। माघ महिनाको मसान्तसम्म परीक्षण उडान हुने भएपछि कालिकोटवासीले जहाज देख्ने भएका छन्।

कर्णालीका डाँडा हिउँमय, जनजीवन प्रभावित

शनिबार, १५ माघ २०७३

पश्चिमी वायुको प्रभावका कारण देशभर मौसम बदली भइरहेका बेला कर्णालीमा पनि यसको प्रभाव परेको छ। कर्णलीका कालिकोटसहित ५ वटै जिल्लामा हिमपात र वर्षासमेत भएको छ। पानी र हिमपातका कारण धेरै चिसो बढेको छ।

वनमा यसरी भैरहेछ खुलेआम चोरी शिकारी (फोटो)

मङ्गलबार, ११ माघ २०७३

बढ्दो वन फँडानी र जलवायु परिवर्तनले समस्यामा परेको वन्यजीवन चोरी शिकारीले थप आक्रान्त बनेको छ। जिल्लामा ८ वटा इलाका वन कार्यालय छन्। तर कार्यालयबाट वन र वन्यजीवन संरक्षणमा ठोस काम नभएको जानकार बताउँछन्।

Ncell Footer Ad