पवित्रकुमार शाही

कर्णलीमा डुवेर अष्ट्रेलियन नागरिकको मृत्यु

बिहिबार, २९ कार्तिक २०७५

जिल्लाको आम्ताडा स्थित कर्णाली नदीमा एक अष्ट्रेलियन नागरिकको मृत्यु भएको छ। कर्णालीमा र्‍याफ्टिङ गरिरहेको अवस्थामा डुबेर एक अष्ट्रेलियन नागरिकको मृत्यु भएको हो।

माओवादी अपहरणमा परेका सैनिक जवानलाई जेल !

बुधबार, २८ कार्तिक २०७५

जिल्लाको शुभकालिका गाउँपालिका ४ कासिँहबहादुर शाही २०५९ सालमा नेपाली सेनामा भर्ना भए। उनी करिव ५ वर्ष नेपाली सेनामा कार्यरत रहे।

नगरको गाडीमा छोराको मस्ती

मङ्गलबार, २७ कार्तिक २०७५

जिल्लाको रास्कोट नगरपालिका मेयर कासीचन्द्र बरालले सरकारी गाडीको दुरुपयोग गरेका छन्। नगरपालिकाको गाडी छोरालाई सिकारुकोरुपमा प्रयोग गर्न दिँदै मेयर बरालले सरकारी गाडकिो दुरुपयोग गरेका हुन्।

कांग्रेसले गाउँपालिकामा लगाएको तला प्रहरीले खोल्यो

बुधबार, १७ असोज २०७५

जिल्लाको नरहरिनाथ गाउँपालिकाको सम्पर्क कार्यालयमा लगाएको ताला प्रहरीले खोलेको छ। नेपाली कांग्रेस कालिकोटले मंगलबार जिल्ला सदरमुकाम मान्ममा रहेको सम्पर्क कार्यालयमा ताला लगाएको थियो।

नरहरिनाथ गाउँपालिकामा कांग्रेसको ताला

मङ्गलबार, १६ असोज २०७५

कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाको सम्पर्क कार्यालयमा तालाबन्दि गरिएको छ। नेपाली कांग्रेस कालिकोटले कार्यालयमा ताला लगाएको हो। गाउँपालिका प्रमुख धिरबहादुर बिष्टले विकास निर्माणमा समन्वयकारी भुमिका नखेली एकलौटी गरेको भन्दै कांग्रेस कार्यकर्ताले कार्यालय घेराउ गर्दै ताला बन्दी गरेका हुन्।

गाउँपालिका अध्यक्षले फिर्ता गरे प्रशाकीय अधिकृत

बुधबार, २० भदौ २०७५

जिल्लाको शुभकालिका गाउँपालिकामा हाँजिर हुन आएका प्रमुख प्रशासकीय अधिकृत रोमाकान्त पाण्डेलाई गाउँपालिका अध्यक्षले फिर्ता पठाएका छन्। कर्मचारी अभाव झेल्दै आएको गाउँपालिकामा पुगेका पाण्डेलाई २४ घण्टाभित्र सिंहदरबार फिर्ता पठाइएको हो।

विप्लवको बन्दले कालिकोटको जनजीवन प्रभावित

मङ्गलबार, २९ साउन २०७५

खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड) को गृहजिल्ला कालिकोटमा बन्दको प्रभाव परेको छ। पूर्वमन्त्री समेत रहेका विकको रिहाईको माग गर्दै नेकपाका कार्यकर्ताले सोमवार पत्रकार सम्मेलन गरेर बन्दको आह्वान गरेका थिए।

नेकपाको अध्यक्षका लागि ५ जनाको नाम सिफारिस

आइतबार, २७ साउन २०७५

नेपाल कम्युनिष्ट पार्टीको जिल्ला अध्यक्षका लागि ५ जनाको सिफारिस भएको छ। तत्कालीन एमालेका जिल्ला अध्यक्ष नगिन्द्र शाही र माओवादी केन्द्रबाट ४ जनाको सिफारिस भएको छ। माओवादीबाट धन्जीत शाही, शैलेन्द्र आचार्य, गणेश शाही र भुमी योगीको नाम सिफारिस भएको हो।

काँग्रेसद्वारा कालिकोटमा प्रर्दशन

मङ्गलबार, १५ साउन २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मंगलबार सरकारविरुद्ध देशभर प्रदर्शन गर्ने कार्यक्रमअन्र्तगत कालिकोटमा पनि प्रर्दशन गरेको छ।

भाँचिएको दायाँ हात, बायाँमा प्लास्टर

शनिबार, ०२ असार २०७५

जिल्ला अस्पताल कालिकोटमा डाक्टरको चरम लापरबाही देखिएको छ। एक बालिकाको दायाँ हात प्लास्टर गर्नुपर्नेमा बायाँ हात प्लास्टर गरिएको छ। साबिक राम्नाकोट–४ हाल पचालझरना गाउँपालिका वडा नम्बर ५ निवासी ४ वर्षीया दैनाकुमारी बमको बायाँ हात प्लास्टर गरिएको छ। डाक्टरले आकस्मिक कक्षमा लगेर चेकजाँच गर्दा दायाँ हात फ्याक्चर भएको पुष्टि भए पनि लापरबाहीले बायाँ हात प्लास्टर गरिएको छ।

चट्टानसँग सेनाको पौंठेजोरी

शनिबार, २६ जेठ २०७५

नेपाली सेना चट्टानसँग भिड्दै कर्णाली कोरिडोरको सडक निर्माणमा सक्रिय भएको छ। सेनाले लालिघाटदेखि कालिकोट र बाजुराको सिमाना हिल्सासम्लोमिटर सडकको ट्र्याक खोलिसकेको छ। कोरिडोर सडक निर्माणले तीव्रता पाउँदा कर्णालीवासीको गाडी चढ्ने सपना साकार भएको छ। दुई दशकसम्म अलपत्र परेको कर्णाली कोरिडोर निर्माणको जिम्मेवारी नेपाली सेनाले पाएको छ।

वडा सदस्य सार्कीको दाहसंस्कार, दोषीलाई कारवाही गर्न माग

बुधबार, २३ जेठ २०७५

कुटपिटबाट मृत्यु भएको भनिएकी कालिकोटको नरहरिनाथ गाउँपालिका वडा नम्बर ९ की वडा सदस्य मना सार्की (आइती)को बुधबार दाहसंस्कार गरिएको छ।

अवैध सम्बन्धले लियो वडा सदस्यको ज्यान

मङ्गलबार, २२ जेठ २०७५

कालिकोटमा एक वडा सदस्यको कुटपिटबाट मृत्यु भएको छ। तत्कालिन नेकपा एमालेबाट निर्वाचित नरहरिनाथ गाउँपालिका वडा नम्वर ९ की वडा सदस्य ४५ वर्षीया मना सार्की (आइती) को छिमेकीको कुटाईबाट शनिबार ज्यान गएको हो।

कर्णाली करिडोर : चट्टानसँग पौठेजोरी

आइतबार, २० जेठ २०७५

कर्णाली करिडोर नेपाली सेनाले निर्माण गरिरहेको छ। भौगोलिक अवस्थाका कारण करिडोर निर्माण भने त्यति सहज छैन। नेपाली सेनाको सडक निर्माण कार्य दलले कर्णाली करिडोरको अधिकांस चट्टाने भिर छिचोल्दै आफ्नो काम अघि बढाएको छ। सेनाले लालिघाटदेखि कालिकोट रबाजुराको सीमाना हिल्सासम्म ३८ किलोमिटर सडक निर्माण गरेको छ।

कमिसन खेलले चामल ढुवानी हुन नसकेको आरोप

सोमबार, १४ जेठ २०७५

जिल्लाको पलाता गाउँपालिका र आसपास क्षेत्रका बासिन्दाले चामलको चरम अभाव झेल्दै आएका छन्। नेपाल खाद्य संस्थान सुर्खेत बिक्री वितरण शाखाले थिर्पु खाद्य डिपोमा खाद्यान्न ढुवानी नगर्दा खाद्यान्नको चरम अभाव भएको हो।

‘कम्युनिष्टको थोत्रो विमान जतिबेला पनि दुर्घटना हुनसक्छ’

सोमबार, ०७ जेठ २०७५

नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले कम्युनिष्टले उडान गरेको जेट विमानको आयु लामो नरहेको बताएका छन्। कम्युनिष्टको एकताबाट प्रधानमन्त्री बनेका केपी शर्मा ओलीलाई व्यंग्य गर्दै शाहीले भने, ‘थोत्रो विमान जतिबेला पनि दुर्घटना हुन सक्छ। वर्तमान सरकार अति जोखिममा छ।’

‘दलितको जवानी चल्छ, तर पानी चल्दैन किन ?’

आइतबार, २३ बैशाख २०७५

नेपाल कम्युनिष्ट पार्टी निकट दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय अध्यक्ष डम्बरबहादुर विकले हाम्रो समाजमा दलितको जवानी चल्ने तर पानी नचल्नुले समस्या निम्त्याएको बताएका छन् । ‘यो समाजमा जवानीको सम्मान र दलितको अपमान किन हुन्छ ? यसको लागि समाजले बुझ्नेबेला आएको छ,’ उनले भने ।

‘कर्णालीको माटोमा हिरा छ, कालिगड चाहियो’

शुक्रबार, १६ चैत २०७४

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले कर्णाली प्रदेश पर्यटन समृद्धिको प्रदेश हुने बताए । विकासका पूर्वाधार मध्येकै पर्यटनले प्रदेशकै मुहार फर्ने मन्त्री भण्डारीले बताए।

सेटिङमा राजस्व छलीको तामा कर्णालीमा

शुक्रबार, २५ फागुन २०७४

भन्सार राजस्व छलेर करोडौंका तामाका भाँडा कर्णाली भित्र्याइएका छन् । नेपाल–भारत सीमा क्षेत्रमा पर्ने नेपाली भन्सार कार्यालयसँग मिलेमतोमा तामाका भाँडा नेपाल भित्र्याइएको हो।

एनआईसी एसियाको एटिएम सेवा सुरु

शुक्रबार, १८ फागुन २०७४

एनआईसी एसिया बैंक कालिकोट शाखाले एटिएम सेवा सुरु गरेको छ। जिल्लामा शाखा स्थापना भएको एक वर्षको पुगेको अवसरमा एटिएम सेवा सुरु गरिएको हो।

Ncell Footer Ad