अनिल भण्डारी

‘प्लाष्टिक फोहोर दिनुस् पैसा लानुस्’

शनिबार, ०९ भदौ २०७५

तपाइको घर आगनमा प्लाष्टिक जन्य फोहोर छ भने अब सुरक्षित राख्नुहोला। फोहोर सुरक्षित राखी कमलामाई नगरपालिकालाई दिनुभयो भने पैसा पाउनुहुनेछ। नकुहिने फोहोर अन्तर्गत प्लाष्टिकजन्य फोहोर कमलामाई नगरपालिकाले लिइ पैसा दिने भएको हो।

भ्रमणमा लाखाैं खर्च गर्दै जनप्रतिनिधि

आइतबार, ०३ भदौ २०७५

सिन्धुलीका स्थानिय तहका जनप्रतिनिधिहरू मोटो रकम खर्चेर धमाधम भ्रमणमा निस्केका छन्। जिल्लास्थित कमलामाई नगरपालिका र केही गाँउपालिकाका प्रमुखहरू यतिबेला अध्यन अवलोकन भन्दै जिल्ला बाहिर भ्रमणमा निस्किएका हुन्।

पहाडी क्षेत्रमा बाली जोगाउँनै मुस्किल

शुक्रबार, २५ साउन २०७५

सिन्धुलीको पहाडी क्षेत्रमा बाली जोगाउनै मुस्किल पर्ने गरेको छ। जङ्गली जनावरले बाली पाक्नु अगाडिनै खाएर नष्ट पार्ने भएकाले किसानलाई बाली भित्र्याउने त परैको कुरा जोगाउनै मुस्किल देखिएको हो।

समय अगावै ४ सय मिटरको पक्की पुल निर्माण

आइतबार, २० साउन २०७५

हेटौडा–सिन्धुली–चतरा राजमार्ग अन्र्तगत यहाँको मरिण गाउँपालिकास्थित कपिलाकोट कल्पबृक्ष जोड्ने पक्की पुल समय अगावै निर्माण भएको छ।

मध्यपहाडीमा जग्गाको मूल्य आकासियो

आइतबार, २० साउन २०७५

झन्डै एक दशकअघिसम्म विघाकै ५० हजार रुपैयाँमा पाइने जग्गाको मूल्य हाल आनाकै आठ लाख रुपैयाँ पर्छ भन्दा विश्वास नलाग्न सक्छ । यहाँ मध्यपहाडी लोकमार्गका कारण जग्गाको मूल्य एक्कासी बढेको छ।

नगरप्रमुख खत्रीलाई छानविन गर्न वडाअध्यक्षको माग

बुधबार, १६ साउन २०७५

कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्री विवादमा परेका छन्। नगरप्रमुख खत्रीले एकलौटी निर्णय गरेको भन्दै उनका निर्णयहरु विवादित  भएका हुन्। नगरपालिकाले गरेका प्रत्येक योजनामा आर्थिक अनियमितता भएको भन्दै केहि वडा अध्यक्ष तथा वडा सदस्यहरुले छानविन गर्न माग गरेका छन्।

एकबर्ष नबित्दै भत्किन थाल्यो मध्यपहाडी लाेकमार्ग

शनिबार, ०५ साउन २०७५

निर्माणाधिन अवस्थामा रहेको मध्यपहाडी लोकमार्गको कालोपत्रे गुणस्तरहिन भएको पाइएको छ । कालोपत्रे भएको एकबर्ष नवित्दै राजमार्गमा खाल्डाखुल्डी पर्न थालेका छन्।

सिन्धुलीमा लौठ सल्लाको व्यवसायीक खेती

शुक्रबार, ०४ साउन २०७५

सिन्धुलीका केहि किसानहरू व्यवसायीक लौठ सल्लाको खेतीमा जुटेका छन्। वैदेशिक रोजगारका लागि युवाहरू विदेश पलायन भइरहदा यहाँको फिक्कल गाँउपालिकाका केहि किसान भने आप्mनै गाउँमा व्यवसायीक खेती गरि आत्मानिर्भरको बाटो रोज्न थालेका हुन्।

व्यावसायिक तरकारी खेतीमा जुट्दै महाभारत क्षेत्रमा किसान

आइतबार, २४ असार २०७५

सिन्धुलीको महाभारत क्षेत्रका गाँउपालिकाहरूमा बेमौसमी तरकारी खेती व्यावसायिक बन्न थालेको छ। ग्रामीण सडक सञ्जाल जोडिएसँगै तरकारीको बिक्री गर्न सहज भएपछि बेमौसमी तरकारी खेतीमा किसान हौसिएका हुन्।

सिन्धुलीबाट ४१ हजार वैदेशिक रोजगारमा

शुक्रबार, २२ असार २०७५

सिन्धुलीबाट ४१ हजार बढी वैदेशिक रोजगारीमा गएको तथ्यांकले बताएको छ ।

लगातारको वर्षापछि सिन्धुलीमा पहिराेकाे जाेखिम बढ्दै

मङ्गलबार, १९ असार २०७५

लगातारको वर्षाले जिल्ला सदरमुकामसहित ग्रामीण सडक बिग्रेको छ । सदरमुकाम सिन्धुलीमाढीका भित्री सडकसहित ग्रामीण सडकको कन्तबिजोक भएको छ ।

धान रोप्न खेतमा पसेका शशांकलाई नेता कार्यकर्ताले हिलाम्मे बनाइदिएपछि...

शुक्रबार, १५ असार २०७५

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला सिन्धुलीको किसानको खेतमा धान रोप्न पुगेका छन्। १५ औँ राष्ट्रिय धान दिवसको अवसरमा कांग्रेस सिन्धुलीले आयोजना गरेको धान रोपाई कार्यक्रममा सरिक हुन यहाँको कमलामाई नगरपालिका ७ स्थित बर्देउटारको एक किसानको खेतमा कोइराला धान रोप्न पुगेका थिए।

जनप्रतिनिधिलाई मोटसाइकल बाँडियो

बुधबार, ०६ असार २०७५

सिन्धुलीका जनप्रतिनिधिलाई स्थानीय तहले हेभी मोटसाइकल उपलब्ध गराएका छन्। दुई नगरपालिका र सात गाउँपालिका रहेको सिन्धुलीका अधिकांश स्थानीय तहले वडा अध्यक्षहरूलाई धमाधम हेभी मोटसाइकल उपलब्ध गराइरहेका छन्।

दुई महिनामै भत्किए ग्रामीण सडक

बुधबार, ०६ असार २०७५

हतारमा काम गर्दा यहाँका ग्रामीण सडक बनिनसक्दै भत्किन थालेका छन्। यहाँको विपी राजमार्गस्थित पिपलभन्जयाङबाट बस्तीपुर हायुटार जाने सडक निर्माणाधीन अवस्थामै भत्किएको छ।

विपी राजमार्गमा साना सवारीले मनपरी भाडा असुलेको गुनासो

मङ्गलबार, ०५ असार २०७५

विपी राजमार्गमा ठूला सवारी रोकिएसँगै साना सवारीले मनपरी भाडा असुलेको गुनासो आउन थालेको छ। सर्बोच्च अदालतले ठूला बस सेवा सञ्चालनमा रोक लगाउन अन्तरिम आदेश जारी गरेसँगै साना गाडीमात्र सञ्चालन भएको विपी राजमार्गमा स्थानीय यात्रुसँग मनपरी भाडा लिएको गुनासो आएको हो।

गाउँगाउँबाट योजना माग्दै स्थानीय तह

आइतबार, २७ जेठ २०७५

सिन्धुलीका स्थानीय तह योजना छनौटमा व्यस्त देखिएका छन्। जिल्लास्थित विभिन्न स्थानीय तहले प्राथमिकताका आधारमा बजेट तर्जुमा गर्नका लागि जुटेका हुन्।

मापदण्ड विपरितका क्रसर बन्द

शुक्रबार, २५ जेठ २०७५

सिन्धुलीको सुनकोसीमा सञ्चालित अवैध क्रसर बन्द भएका छन्। अत्याधिक सुनकोसी दोहन गरी लामो समयदेखि सञ्चालन हुँदै आएका दर्जनबढी क्रसर बन्द भएका हुन्।

मापदण्ड विपरितका सवारी विपी राजमार्गमा फेरी रोकिए

शुक्रबार, २५ जेठ २०७५

पर्यटकीय राजमार्गको रुपमा चिनारी बनाएको विपी राजमार्गमा फेरी इजाजत विनाका सवारी साधन रोकिएका छन्। स्थानीय प्रशासनले इजाजत विनाका सवारी साधनमा रोक लगाउदै मापदण्ड अनुसारको सवारी साधन सञ्चालनमा ल्याएको हो।

१६ निर्माण कम्पनीलाई कारबाहीका लागि सिफारिस

आइतबार, २० जेठ २०७५

विभिन्न स्थानको भौतिक निर्माणको जिम्मा लिएर समयमा काम नगर्ने कम्पनीलाई सिन्धुलीको जिल्ला प्रशासन कार्यालयले कारबाहीका लागि गृहमन्त्रालयमा सिफारिस गरेको छ।

ठुला सवारीलाई विपी राजमार्गमा अनुमति : स्थानीय भन्छन्, सरकारको गलत निर्णय

आइतबार, २० जेठ २०७५

नेपालकै नमुना राजमार्गको रुपमा रहेको विपी राजमार्गमा ठुला सवारीलाई निर्वाध रुपमा सञ्चालनका लागि अनुमति दिएसँगै यहाँका स्थानीयले चिन्ता व्यक्त गरेका छन्।

Ncell Footer Ad