अनिल भण्डारी

चामलकै भाँउमा बिक्छ कोदो

मङ्गलबार, २७ कार्तिक २०७५

सिन्धुलीको महाभारत क्षेत्रमा फल्ने कोदोले मूल्य पाउन थालेको छ। कोदोको मदिरामा उपयुक्त हुने भन्दै कोदोको मदिराको माग बढ्न थालेपछि महाभारत क्षेत्रमा फल्ने कोदोले मूल्य पाउन थालेको हो।

पिसाच लागेको भन्दै तातो पनिउँले डामेपछि महिला घाइते

मङ्गलबार, २० कार्तिक २०७५

पिसाच लागेको भन्दै एक महिलालार्इ धामीले ताताे पनिउँले डामेर घाइते बनाएका छन्। कमलामाई नगरपालिका १२ ठहर घर भएकी ३६ बर्षीय पुर्णमाया गुर्मछाने मगरलाई झारफुक गर्ने छिमेकी धामी दुर्गा बहादुर मगरले तातो पनिउँले डाम्दा पुर्णमायाको अनुहार पुर्ण रुपले डढेको छ।

सिन्धुलीका  ११ हजार परिवार नयाँ घरमा

बिहिबार, १५ कार्तिक २०७५

भूकम्प गएको ३ बर्ष बढी वितिसक्दा पनि सिन्धुलीमा भने पुनर्निर्माणले प्रभावकारी रुपमा गति लिन सकेको छैन।

सरकारका गतिविधिले जनता निराश : थापा

बुधबार, १४ कार्तिक २०७५

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारका कारण जनता निराश भएको बताएका छन्।

चाडपर्वमा बिपी राजमार्गमा सवारीको चाप उच्च

आइतबार, ०४ कार्तिक २०७५

विगत एक दशक अगाडिसम्म काठमाडाैं ओहोरदोहोर गर्न सिन्धुलीबासीलाई ठुलै योजना बनाउनु पर्थ्याे। तर बिपी राजमार्ग खुलेपछि भने सिन्धुली मात्रै नभई पूर्वी पहाड र तराईका बासिन्दालाई काठमाडौंको यात्रा सहज बनाएको छ। यात्रा सहज बनाउनुका साथै पूर्व–पश्चिम राजमार्ग हुँदै महेन्द्र राजमार्गबाट काठमाडौं पुग्ने अधिकांश सवारी बिपी राजमार्ग हुँदै ओहोरदोहोर गर्न थालेका छन्।

असुरक्षित बन्दै विपी राजमार्गको यात्रा

आइतबार, २८ असोज २०७५

गत शुक्रबार विपी राजमार्गहुँदै दशैँका यात्रु लिन सिन्धुलीको मरिणबाट काठमाडाैंतर्फ गइरहेको बस सुनकोसी गाउँपालिकाको वडा नं. ५ रिठ्ठेभिरबाट सुनकोसी नदीमा खस्दा १ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएकाे थियाे भने पाँच जना घाइते भए।

सुनकोसी नदीमा बस खस्यो, एकै परिवारका २ सहित ३ को मृत्यु (अपडेट)

शुक्रबार, २६ असोज २०७५

सिन्धुलीको मरिणबाट काठमाडौं तर्फ गइरहेको बस सुनकोसी गाँउपालिकाको ५ रिठ्ठेभिरबाट सुनकोसी नदीमा खस्दा १ जनाको घट्नास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

सुनकोसी नदीमा बस खस्दा १ को मृत्यु, ६ घाइते

शुक्रबार, २६ असोज २०७५

विपी राजमार्गस्थित सिन्धुलीको सुनकोसी गाउँपालीका ५ रिठ्ठे भिरबाट सुनकोसी नदीमा बस खस्दा १ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।

एसिड आक्रमणमा परेका पीडित भन्छन्, ‘अपराधिले कमजोर कानुनको फाइदा लुटे’

शनिबार, २० असोज २०७५

एसिड आक्रमणमा परी उपचारार्थ रहेका केही युवतीले कानुन कमजोर भएकाले आफूहरू पीडित हुनु परेको बताएका छन्।

सडक निर्माणमा ठेकेदार र इन्जिनियरको लापरवाही

आइतबार, १४ असोज २०७५

सिन्धुलीको कमलामाई नगरपालिका २ भद्रकालीदेखि घ्यालेख गाउँपालिकाको बस्तिपुर नेत्रकाली जोड्ने सडकमा भ्रष्टचार भएको पाइएको छ।

सिन्धुलीका सरकारी कार्यालयमा दैनिक धर्ना र अवरोध

शुक्रबार, १२ असोज २०७५

लामो समयदेखि सिन्धुलीमा रहेका सरकारी कार्यालयहरू स्थानान्तरण गर्न लागेको भन्दै सिन्धुलीका स्थानीयले सरकारी कार्यालयमा दिनैपिच्छे धर्ना दिन थालेका छन्।

कर्मचारीलार्इ प्रदेश मन्त्रीले भने : केन्द्रको चाकरी नगर्नुस्

मङ्गलबार, ०९ असोज २०७५

प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखले प्रदेश सरकारलाई अटेर गरेको भन्दै कानुन मन्त्री शालिकराम जमकट्टेलले मान्नुपर्ने क्षेत्रमा नमानेर एकैपटक केन्द्रीय तहमा चाकरी गर्न जाने गरेको आरोप लगाए। ‘तपाईहरु प्रदेशलाई नमानेर कानुनको बर्खिलाप नगर्नुस्’, उनले भने, ‘धेरै ठुलो बलिदान र रगत बगाएर सबैले आवश्यकता ठानेर ल्याएको व्यवस्थाको बर्खिलाप गर्न मिल्दैन।’

फुटबल सिक्दै बालबालिका

शनिबार, ०६ असोज २०७५

सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थित लोकतान्त्रीक चौरमा साताको शुक्रबार र शनिबार साना साना बालबालिका समुह बनाएर फुटबल खेल्दै गरेका भेटिन्छन्।

सहमतिविना ३ सय बिघा खेतीयोग्य जग्गा प्लानिङ गर्ने प्रस्ताव

शुक्रबार, ०५ असोज २०७५

राजमार्गलाई नक्साङ्कन भएको रुटबाट अन्यत्र डाइभर्ट गर्नका लागि सदरमुकाम सिन्धुलीमाढीको फाटमा रहेको खेतीयोग्य जग्गा प्लानिङ गर्न प्रस्ताव अगाडि सारिएको छ।

विवाह गरेको भन्दै शिक्षिकाबाट बर्खास्त

आइतबार, २४ भदौ २०७५

जिल्लाको एक विद्यालयकी शिक्षिकालाई विवाह गरेकै कारण नोकरीबाट निकालिएको छ।

पार्टी भित्रै व्यक्तिगत स्वार्थ हावी छ : प्रवक्ता श्रेष्ठ

शुक्रबार, २२ भदौ २०७५

नेपाल कम्युनिष्ठ पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी  भित्र गुटैगुटको बिगबिगी रहेको बताएका छन्। 'व्यक्तिगत स्वार्थका लागि पार्टीभित्र गिरोह र गुटको विगविगीनै छ', प्रवक्ता श्रेष्ठले भने ‘तत्कालिन माओवादी तथा नेकपा एमालेभित्रकै गुट अझै कायम छ।'

राजमार्ग ओगटेर राखिएका फुटपाथमा नगरपालिकाको चर्को कर

आइतबार, १७ भदौ २०७५

विपी राजमार्गको क्षेत्राधिकार भित्र पर्ने घरटहरालाई हटाउन भनिएपनि यहाँको कमलामाई नगरपालिका २ स्थित सेल्फी डाँडामा राजमार्गको क्षेत्राधिकारभित्रकै घरटहरालाई कमलामाई नगरपालिकाले चर्को कर लगाएको पाइएको छ।

विवाह गरी अन्यत्र गएको भन्दै जबरजस्ती अवकाश

शुक्रबार, १५ भदौ २०७५

सिन्धुलीको कालिका प्राथमिक विद्यालयमा कार्यरत बाल विकास केन्द्रमा कार्यरत रिमा खत्रीलाई विवाह गरी अन्यत्र गएको आरोपमा विद्यालयले जबरजस्ती अवकास दिएको छ। खत्रीलाई विद्यालय व्यवस्थापन समिति र वडा कार्यालयले विवाह भई अन्यन्त्र गाउँमा गएको भन्दै अवकास थमाएको पीडितले बताएकी छिन्।

जेसीबी दुर्घटना हुँदा २ को मृत्यु १ घाइते

बुधबार, १३ भदौ २०७५

जेसीबी दुर्घटना हुँदा सिन्धुलीमा २ जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन्।

प्रशासन भन्छ : पप्पुलार्इ कारवाही गर्ने कानुनी आधार छैन्

मङ्गलबार, १२ भदौ २०७५

गत शुक्रबार कमला नदी पार गर्ने क्रममा दुधौली नगरपालिकाकै ६५ बर्षिय मलेसी दनुवारको ज्यान गयो।  लामो समयदेखि कमला नदीमा निर्माणधिन पुल नबनेपछि बर्षेनी यहाँका स्थानीयले ज्यान गुमाउँदै गएका छन्। पप्पु कन्ट्रक्सनको लापरवाहीले सिन्धुलीको दुधौली नगरपालिका ३ झुगा र दुधौली नगरपालिकाकै वडा नं. २ हत्पते जोड्ने कमला नदीमा निर्माणधिन पक्की पुल आठ बर्षदेखि अलपत्र अबस्थामा परेको नदी पार गर्दा कतिबेला कसको ज्यान जान्छ भन्नेमा स्थानीय सधै त्रसित छन्।

Ncell Footer Ad