अनिल भण्डारी

सिन्धुलीस्थित बम्जन आश्रमका दुई जना प्रहरी नियन्त्रणमा

बिहिबार, २६ पुष २०७५

लिटिल बुद्ध दाबी गर्ने रामबहादुर बम्जनको सिन्धुलीस्थित आश्रमबाट दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बम्जन आश्रमबाट बेपत्ता भएका भनिएका व्यक्तिहरुको खोजीका क्रममा सिन्धुली प्रहरीले सोधपुछका लागि भन्दै कमलामाई नगरपालिका ८ पैरेस्थित आश्रमबाट उनीहरुलाई पक्राउ गरेको हो।

सरकारले हैसियत अनुसारको काम गरेको छः मुख्यमन्त्री पौडेल

आइतबार, २२ पुष २०७५

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश सरकारले भरपुर काम गरिरहेको बताएका छन्। प्रदेश निर्माण तथा सरकार गठन भएपछि प्रदेश सरकारले आफ्नो हैसियत अनुसारको काम गरेको उनले दावी गरे। सिन्धुलीमा १० दिनदेखि जारी रहेको महोत्सवको आइतबार समापन समारोहमा सम्बोधन गर्न आएका मुख्य मन्त्री पौडेलले प्रदेश सरकारले के ग-यो भनेर प्रश्न गर्नुभन्दा पनि के गरेन भनेर सोच्नुपर्ने बताए। प्रदेश सरकार शुन्यबाट धेरै माथि उठेको छ’, उनले भने।

मध्यपहाडी राजमार्गमा खाल्डै खाल्डा

मङ्गलबार, १७ पुष २०७५

गुणस्तरहिन कालोपत्रे हुँदा मध्यपहाडी राजमार्गमा जताततै खाडलै खाडल भएको छ। सिन्धुलीको खुर्कोटदेखि उदयपुरको घुर्मीखण्ड अझै निर्माणकै चरणमा छ। केही स्थानमा पुल बन्न बाँकी छ भने केही स्थानमा सडक कालोपत्रे हुँनै बाँकी छ।

फेरियो व्यवस्था, फेरिएन दुःख

सोमबार, १६ पुष २०७५

सानो कोठा, कोठाको केही भागमा सामान्य किराना सामान छन्। बीचमा एउटा सानो काठे खाटमा दुईओटै खुट्टै गुमाएका एक द्वन्द्वपीडित वृद्ध छन्। साविक महादेवस्थान गाविस हाल मरिन गाउपालिका ७ बस्ने गोरे श्रेष्ठ १० वर्षे द्वन्द्वका पीडित हुन्।

ग्रामीण सडक : भ्रष्टाचारको अखडा

आइतबार, १५ पुष २०७५

पछिल्लो समय ग्रामीण सडक निर्माण गर्ने बाहानामा भ्रष्टाचार बढ्न थालेको छ। स्थानीय जनप्रतिनिधिकै मिलेमतोमा उपभोक्ता समिति मार्फत भएको काम र ठेकेदार मार्फत हुने काममा काम भन्दा बढीको रकम भ्रष्टाचार हुन थालेको हो।

बम्जन आश्रमबाट पाँच बेपत्ता

बिहिबार, १२ पुष २०७५

हेटाैंडा नगरपालिका– १३ का सञ्चलाल वाइबा करिब तीन वर्षअघिसम्म तपस्वी रामबहादुर बम्जनका आश्रममा थिए। उनी एकाएक त्यहाँबाट बेपत्ता भए। यस्तै बारा कलैयाका सुरेश आलेमगर पनि तीन वर्षअघिसम्म बम्जन आश्रममै थिए। उनी पनि बेपत्ता छन्।

द्वन्द्वपीडित गोरेको गुनासो, ‘व्यवस्था फेरियो तर अवस्था उस्तै’

बुधबार, ११ पुष २०७५

सानो कोठा, कोठाको केही भागमा सामान्य किराना सामान छन्। त्यहीबीचमा एउटा सानो काठे खाटमा दुईओटै खुट्टा गुमाएका एक द्वन्द्वपीडितको वृद्ध छन्। साविक महादेवस्थान गाविस हाल मरिन गाउँपालिका ७ बस्ने गोरे श्रेष्ठ १० वर्षे द्वन्द्वका पीडित हुन्।

‘ग्रेट फुट फ्लाई बेट’ विषादी प्रभावकारी

बुधबार, ११ पुष २०७५

जुनार क्षेत्रमा नमुनाको रुपमा प्रयोग गरिएको क्षेत्रगत किरा नियन्त्रण कार्यक्रम नै प्रभावकारी देखिएको छ। पुसको दोस्रो सातासम्म पनि कार्यक्रम लागू भएको क्षेत्रका जुनारमा किराको प्रकोप कमै देखिएपछि नमुनाको रुपमा लागू गरिएको कार्यक्रम प्रभावकारी देखिएको किसानहरूले बताएका छन्।

सिन्धुुलीबाट वार्षिक ५ हजार युवा वैदेशिक रोजगारमा

मङ्गलबार, ०३ पुष २०७५

सिन्धुलीबाट पछिल्लो समय वार्षिक ५ हजार युवा वैदेशिक रोजगारमा जाने गरेको पाइएको छ। अन्तर्राष्ट्रिय आप्रवासन कामदार दिवस २०१८ को अवसरमा कमलामाई नगरपालिकाबाट आयोजित अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी गराइएको हो।

ट्राफिककाे लापरवाहीका कारण टाइम कार्ड लागु भएन

बुधबार, २६ मङि्सर २०७५

राजमार्गमा गति सिमित गरी दुर्घटना न्युनिकरण लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले टाइम कार्डलाई कडाइका साथ लागु गर्ने भनिएपनि पछिल्लो समय जिल्ला ट्राफिक प्रहरीको वेवास्ताले टाइम कार्डको प्रभाव देखिन छाडेको छ।

कृषकलाई व्यवसायिक बनाउँदै ग्रामीण सडक

शुक्रबार, २१ मङि्सर २०७५

सिन्धुलीको साविक तिनकन्या गाविसका मोहनबहादुर पुर्वछाने पाँच वर्ष अगाडिसम्म जुनारलाई व्यवसायीक खेतीका रुपमा लिदैन थिए। त्यसको कारण थियो गाउँमा सडक नपुग्दा मूल्य नपाउँनु। तर, जब ग्रामीण सडक तिनकन्या पुग्यो जुनारको भाउ पनि एक्कासी आकाशियो।

सिन्धुलीकै ठुलो धनराशीको भलिबल प्रतियोगिता सुरु

शनिबार, १५ मङि्सर २०७५

सिन्धुलीकै ठुलाे धनराशीकाे भलिबल प्रतियाेगीता सुरु भएकाे छ। यहाँका युवा व्यवसायीहरुले सिन्धुली कप खुल्ला भलिबल प्रतियोगिताको आयोजना गरेका छन्।

कमिसनको खेलमा गुणस्तरहिन खाना

शनिबार, १५ मङि्सर २०७५

विपी राजमार्गका होटलमा ताजा र गुणस्तरिय खाना पाउँन मुस्किल पर्न थालेको छ। ट्रयाक सडक हुँदासम्म गुणस्तरिय मिठो खाना पाइने यहि राजमार्गमा सवारी चाप बढेसँगै खुलेका होटलले खानाको गुणस्तरमा भन्दा व्यापारमा प्रतिस्पर्धा गर्न थालेपछि यात्रुका लागि गुणस्तरिय खाना खुवाउने होटलको अभाव देखिएको छ।

अमिलो जातको सबै फलमा किराको प्रकोप

बिहिबार, १३ मङि्सर २०७५

अमिलो जातको अधिकांश फलफूलमा किराको समस्या देखिएको छ। सिन्धुलीको प्रमुख नगदे फलफूलको रुपमा रहेको जुनार, निबुवा, सुन्तला र कागती जस्ता अमिलो जातको फलफूलमा चाइनिज सिट्रस फ्लाई किराकोे प्रकोप बढ्न थालेपछि किसान मर्कामा परेका छन्।

‘खोला खोतल्न आफन्तलाई लाइसेन्स’

सोमबार, १० मङि्सर २०७५

स्थानीय तहको निर्वाचन हुनुअघिसम्म सुनकोसी गाउँपालिकाका विभिन्न वडामा आधादजर्नमात्रै बालुवा प्रशोधन र क्रसर उद्योग थिए। तर जनप्रतिनिधि निर्वाचित भएपछि ती उद्योग बढेर डेढ दर्जनभन्दा बढी पुगेका छन्।

जुनारले बदलिँदै तिनकन्या

आइतबार, ०९ मङि्सर २०७५

जुनारको आम्दानीले यहाँको तिनकन्या गाउँनै परिवर्तन भएको छ। विगत ५ वर्ष अगाडिसम्म विक्रीका लागि हम्मे हम्मे हुने जुुनारले बोटबाटै राम्रो मुल्य पाउन थालेपछि जुनारले गाउँनै परिवर्तन हुँन थालेको हो।

बोटले थेग्नै नसक्ने गरी फल्यो सुन्तला

मङ्गलबार, ०४ मङि्सर २०७५

यसवर्ष सिन्धुलीमा सुन्तलाको उत्पादन राम्रो भएको छ। सुन्तलाको दाना लाग्ने सिजनमा सुन्तलालाई आवश्यक पर्ने अनुकूल मौसम भएका कारण यसवर्ष बोटले थेग्नै नसक्ने गरी सुन्तला फलेको हो। यहाँको तिनकन्या रतनचुरा बाशेश्वर लगायतका साविकका दर्जनौ गाविसमा सुन्तला राम्रो फलेको किसानले बताएका छन्।

धमाधम क्रसर खोल्दै जनप्रतिनिधि

मङ्गलबार, ०४ मङि्सर २०७५

जनप्रतिनिधि निर्वाचित हुँनु अगाडि यहाँको सुनकोसी गाउँपालिकाका विभिन्न वडामा आधादजर्न मात्रै बालुवा प्रशोधन उद्योग थिए। तर जनप्रतिनिधि निर्वाचिन भएको एक वर्ष नबित्तै आधादर्जनबाट डेढ दर्जन बढी क्रसर तथा बालुवा उद्योग खुलेका छन्।

आठ करोडको गाँजा प्रहरीले फडानी गर्‍यो

शनिबार, ०१ मङि्सर २०७५

सिन्धुलीको मरिण गाउँपालिकाका विभिन्न वडामा लगाइएको करिब ८ करोड मुल्य बराबरको अवैध गाँजा खेती प्रहरीले फडानी गरेको छ।

किराले सिन्धुलीको जुनार सखाप

बिहिबार, २९ कार्तिक २०७५

सिन्धुलीको प्रमुख नगदे फलफूको रुपमा रहेको जुनारमा किराको प्रकोप बढ्न थालेपछि किसान मारमा परेका छन्। विगतको तुलनामा यस वर्ष किराको प्रकोप झन् बढेसँगै किसान मर्कामा परेका हुन्।

Ncell Footer Ad