अनिल भण्डारी

सखरखण्ड खेतीबाट मासिक एकलाख आम्दानी

बुधबार, ०१ जेठ २०७६

ग्रामिण समुदायकका किसानहरुको जिवनस्तर उत्थानको लागि सखरखण्ड र तरुलको उत्पादन तथा बजार व्यवस्थापन आयोजना अन्र्तगत २०७३ साल चैत्र देखि सखरखण्डको उत्पादन सुरु गरिएको सहकारीले जनाएको छ।

कांग्रेसमा गुट छैन, यसकाे कल्पनासमेत नगर्नुस् : महामन्त्री कोइराला

शनिबार, २८ बैशाख २०७६

कम्युनिस्ट सरकारको हावादारी गफले मुलुक गम्भीर अवस्थामा पुगेको नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले बताएका छन्।

कम्युनिष्ट पार्टीका दुई टाउकाले सत्तामा नै असन्तुलन देखियोः पौडेल

बुधबार, २५ बैशाख २०७६

नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्ति कसैलाई मान्छे नगन्ने प्रकारका भएको टिप्पणी गरेका छन्। कम्युनिष्ठ पार्टीका दुई टाउकाले सत्तामा नै असन्तुलन देखिएको छ, नेपाल प्रेस युनियन सिन्धुली शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा पौडेलले भने–‘केपी ओली कसैलाई मान्छे नगन्ने अनि नेकपाकै अर्का अध्यक्ष प्रचण्ड कहिले जङगल जान्छु भन्ने कहिले के भन्ने जस्ता असन्तुलित अभिव्यक्ति दिएका छन।

जथाभावी सडक निर्माणले विपत्ति निम्त्याउने खतरा

बुधबार, २५ बैशाख २०७६

जिल्लाका पहाडी क्षेत्रमा इन्जिनियरिङ अध्ययनबिना जथाभावी सडक निर्माण गर्दा प्राकृतिक विपत्ति निम्तिने खतरा बढ्न थालेको छ। महाभारत क्षेत्रमा सडकका लागि पहाड फोर्न स्थानीय तहले बजेट विनियोजन गरेका छन्। महाभारत क्षेत्रमा पर्ने पहाडमा सडक निर्माण गर्न जथाभावी ठूला उपकरण चलाउँदा प्राकृतिक विपत्तिको खतरा बढेको हो।

विपत्तिले ल्याएको विकास

आइतबार, २२ बैशाख २०७६

शनिबार फिक्कल गाँउपालिका २ पोखरीस्थित सुम्नाम सुन्तले चण्डिभन्ज्याङ पुग्दा तामसाझामका साथ विद्यालय भवन हस्तान्तरण हुँदै थियो।

कमला नदीको पुल निर्माणबाट पप्पुलाई हटाइयो

मङ्गलबार, १७ बैशाख २०७६

आठ बर्षदेखि ठेक्का अलपत्र परेको यहाँको कमला नदीमा निर्माणधिन पुलको लुम्बिनी कन्ट्रक्सनले निर्माणको जिम्मा लिने भएको छ।

प्लाष्टिकको पेस्तोल देखाएर ६१ तोला सुन चोरी गर्ने पक्राउ

सोमबार, १६ बैशाख २०७६

प्लाष्टिकको पेस्तोल देखाएर सुन चोरी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयले पाँच जनालाई प्रक्राउ गरि सार्वजनिक गरेको छ। गत चैत ६ गते सुनचाँदी बनाउने कालीगडको कोठाबाट ६१ तोला सुन चोरी गर्ने पाँच जना अभियुक्तलाई प्रहरीले पक्राउ गरि सोमबार सार्वजनिक गरेको हो।

हेटौडा–सिन्धुली–चतरा राजमार्गको रुट अन्यौलमा

शुक्रबार, १३ बैशाख २०७६

राष्ट्रिय गौरवको आयोजना अन्र्तगत निर्माणधिन रहेको हेटौंडा–सिन्धुली–चतरा (मदन भण्डारी राजमार्ग)को रुट सिन्धुली सरमुकाममा अन्यौल रहेको छ। तत्कालिन अवस्थामा सिन्धुली सदरमुकामस्थित कमलामाई नगरपालिका ६ को धुराबजार हुँदै मिलनचोक, साङवाले खट्टार जोड्ने गरि राजमार्गको नक्साङकन भएको स्थानीय बताउँछन्।

‘प्राविधिककै कारण पुनर्निर्माण अल्झियो’

बिहिबार, १२ बैशाख २०७६

भूकम्प गएको चार वर्ष बित्दा पनि झन्झटिलो प्रक्रिया र प्राविधिकै लापरवाहीले सिन्धुलीमा पुर्ननिर्माणमा ढिलासुस्ती देखिएको छ। खटाइएको वडामा प्राविधिकहरू नबस्दा भूकम्पपछिको पुनर्निर्माणले गति लिन नसकेको स्थानीय बताउँछन्। जनप्रतिनिधि र प्राविधिकको समन्वय नभएकाले निजी आवासमा प्रगति हुन नसकेको जनप्रतिनिधिकै गुनासो छ।

सिन्धुलीमा जुनारको कीरा मार्न किसानलाई प्रोटिन बेट वितरण

शुक्रबार, ०६ बैशाख २०७६

जुनार क्षेत्रमा नमुनाको रुपमा प्रयोग गरिएको क्षेत्रगत कीरा नियन्त्रण कार्यक्रम प्रभावकारी देखिएको छ। गत वर्ष यहाँको गोलञ्जोर गाँउपालिका ४ तिनकन्यामा नमुनाको रुपमा करिब ८ सय रोपनी क्षेत्रफलको जुनारमा गरिएको नमुना परीक्षणनै प्रभावकारी भएपछि जिल्लाभर एउटै प्रविधिको प्रयोग गरी कीरा नियन्त्रण गरिने भएको छ।

विप्लवकाे बन्दले छोएन सिन्धुलीलाई

बिहिबार, ०५ बैशाख २०७६

सदरमुकाम सिन्धुलीमाढीमा बजारको कुनै प्रभाव परेको देखिएन। उद्योग वाणिज्य संघका उपाध्यक्ष विजय कुँवरले बताएअनुसार बजार दिनभर बजार दिनभर खुलेको थियाे।

विप्लव समूहका नेताले गरे आत्मसमर्पण

आइतबार, २४ चैत २०७५

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एक नेताले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। जिल्ला प्रशासन कार्यालयस्थित प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालको कार्यकक्षमा उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। रामेछापको खाडादेवी गाँउपालिका वडा नं. १ राकाथुम घर भई हाल सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं. ५ रामटारमा खाडादेवी इटा उद्योग सञ्चालन गर्दै आएका प्रेमबहादुर श्रेष्ठले विप्लव परित्याग गरेको घोषणा गरेका हुन्।

क्याम्पस सञ्चालक समितिको अध्यक्षमा पूर्वमन्त्री गजुरेल

आइतबार, १७ चैत २०७५

सिन्धुली बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा पूर्वकृषिमन्त्री हरिबोल गजुरेल चयन भएका छन्। शनिबार बसेको भेलाले सिन्धुली क्षेत्र नं. २ का वर्तमान संघिय सांसद तथा पूर्वकृषिमन्त्री हरिबोल गजुरेललाई सर्वसहम्मत अध्यक्ष चयन गरेको हो।

फोहोरको डंगुरमा सिन्धुलीगढी

शुक्रबार, १५ चैत २०७५

कमलामाई नगरपालिका ३ मा पर्ने सिन्धुलीगढीमा फोहोर थुप्रिएको हप्तौं भयो। नगरपालिकाले फोहोर उठाउने चासो नदेखाउँदा गढी क्षेत्रको फोहोर व्यवस्थापन यतिखेर चुनौती बनेको छ।

एसइई परीक्षा: भाइवर, म्यासेन्जर र शौचालयबाट चिट

बुधबार, १३ चैत २०७५

माध्यमिक शिक्षा परीक्षा(एसइई) मोवाइलको प्रयोग मार्फत चिट चोराउने गरेको खुलेको छ। यहि चैत १० गतेदेखि सुरु भएको परीक्षामा परीक्षार्थीलाई म्यासेन्जर भाइबरबाट चिट चोराउने गरेको गुनासो आएपछि यस्तो खुल्न आएको हो।

बिपी राजमार्ग नै उच्च जोखिममा

सोमबार, ११ चैत २०७५

सुनकोसी नदीमा सञ्चालित मापदण्डविपरितका क्रसर उद्योगका कारण बिपी राजमार्ग उच्च जोखिममा परेको छ। राजमार्गकै छेउमा बालुवा प्रशोधन उद्योगको नाममा मापदण्डविपरीत सञ्चालनमा रहेका क्रसर उद्योगले जथाभावी उत्खनन गर्दा बनेपा–सिन्धुली–बर्दिबास सडक धसिने अवस्थामा पुगेको हो।

जथाभावी नदी उत्खननले बीपी राजमार्ग जोखिममा

आइतबार, १० चैत २०७५

व्यवसायीहरुले धमाधम क्रसर उद्योग सञ्चालन गर्दै उक्त उद्योगका लागि बालुवा ढुंगा जथाभावी उत्खनन गरी दोहन गरेको गुनासो बढेपछि सुनकोसी गाउँपालिकास्थित सुनकोसी नदीमा सञ्चालित केही बालुवा उद्योगमा जिल्ला अनुगमन समितिले अनुगमन गरेको थियो।

प्रधानमन्त्रीले सत्ता केन्द्रिकरण गर्न खोजे : रामचन्द्र पौडेल

शनिबार, ०९ चैत २०७५

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले सत्ता केन्द्रिकरण गर्न खोजेको आरोप लगाएका छन्। नेपाल प्रेश युनियन सिन्धुली शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले प्रधानमन्त्रीले सत्ता केन्द्रिकरणको प्रयास गरेकाले लोकतन्त्रमाथि चुनौती थपिएको जनाए।

कांग्रेस नेता भन्छन्, ‘कम्युनिस्टसँग लड्न राजाभन्दा गाह्रो’

शुक्रबार, ०८ चैत २०७५

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यकर्तालाई गुटको राजनीति नगर्न आग्रह गरेका छन्। कांग्रेसको सिद्धान्त, मूल्य मान्यतालाई आत्मासाथ गर्न अनुरोध गर्दै गुटको राजनीति नगर्न अनुरोध गरेका हुन्।

सुक्खायामसँगै सिन्धुलीमा आगलागीका घटना बढ्दै

मङ्गलबार, ०५ चैत २०७५

प्रहरीका अनुसार पछिल्लो एक सातामा मात्र आगलागीबाट १ जनाको ज्यान गएको छ भने १७ घरगोठ जलेर नष्ट भइसकेको छ। पोखरेका स्थानीय शान्तिमाया खवतरीको घरमा आगालागी भएपछि आगो निभाउने क्रममा दुधौली नगरपालिका ५ का ४७ बर्से रेवती अधिकारीको मृत्यु भएको थियो।

Ncell Footer Ad