अनिल भण्डारी

जनावरको बिगबिगीले किसान आजित

मङ्गलबार, २४ असार २०७६

बाँदर र बँदेलले दुःख दिन थालेपछि छेउछाउका बारी किसानले बाँझै राख्ने गरेका छन्। ‘खेत बाँझै छ, बाली लगाएर के गर्ने ? बाँदरलाई नै ठिक्क हुन्छ,’ स्थानीय भन्छन्,

सिन्धुलीका दुई पत्रकारमाथि प्रहरीबाटै आक्रमण, जिल्ला अध्यक्ष गम्भीर घाइते

आइतबार, २२ असार २०७६

नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष होमकुमार कार्की (राजन) र पूर्व अध्यक्ष मिनकुमार दाहालमाथि प्रहरीले निर्घात कुटपिट गरेको छ। यहाँको कमलामाई नगरपालिका ६ शिवनगरचोकमा शनिबार राति करिब ९ बजे जिल्ला प्रहरी कार्यालयमा कार्यरत दुई प्रहरीले निर्घात कुटपिट गर्दा पत्रकार महासंघका अध्यक्ष कार्की गम्भीर घाइते भएका छन्।

हराए बुट्टेदार झ्यालढोका

शुक्रबार, २० असार २०७६

सुनकोसी गाउँपालिकास्थित झागाझोली रातमाटाकी मैयादेवी थापाको करिब चार वर्षअगाडि तीन तले घर थियो। माटो ढुंगाकै भए पनि उनको भुँइतलासहित तीन तलाको घर थियो।

सिन्धुलीमा ३ दशमलव ५ प्रतिशत रोपाइँ

शनिबार, १४ असार २०७६

असारको दुई साता बितिसक्दा पनि यस वर्ष सिन्धुलीमा धान रोपाइँले गति लिन सकेको छैन। पर्याप्त पानी नपर्दा यस वर्ष किसानहरुले धान रोपाइँ गर्न सकेका छैनन्।

प्रधानमन्त्री आलोपालोको विषय सचिवालयले जान्दैनः रक्षामन्त्री

शनिबार, १४ असार २०७६

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री आलोपालो चलाउने भन्ने कुरा नेकपाको सचिवालयले औपचारिक ढंगमा नजानेको बताएका छन्।

एक्लिँदै वृद्धवृद्धा

शनिबार, १४ असार २०७६

‘बाह्र छोरा, तेह्र नाति बूढाको धोक्रो काँधैमाथि’ भन्ने उखान यसबेला पाका नागरिकहरूमा ठ्याक्कै चरितार्थ हुँदै गएको छ।

खानेपानी हाहाकार (फोटो फिचर)

मङ्गलबार, १० असार २०७६

यहाँको हरिहरपुरगढी गाँउपालिका ४ जुटपानीमा खानेपानीको हाहाकार भएको छ। पानीको एकमात्र मुहान बस्तिभन्दा तल भएकाले खानेपानी हाहाकार भएको स्थानीय बताउँछन्। स्थानीयका अनुसार पानी बोक्ने काममा महिलाहरु दैनिक घण्टौसम्म खट्नुपर्ने अवस्था छ।

छोराको आसमा आठ छोरी

मङ्गलबार, १० असार २०७६

हरिहरपुरगढी गाउँपालिका–३ घन्टेकी फूलमाया राईको विवाह १६ वर्षको उमेरमा सोही वडाकै चन्द्रबहादुर राईसँग भएको थियो। विवाहको करिब तीन वर्षपछि उनले पहिलो सन्तानका रूपमा छोरी जन्माइन्। छोरी जन्मले परिवारमा खासै उत्साह जगाएन। चन्द्रबहादुर परिवारका एक्ला छोरा थिए। उनलाई लाग्थ्यो, वंश कायम राख्न छोरै चाहिन्छ। पहिलो सन्तान भएको डेढ वर्ष पूरा नहँुदै दोस्रो सन्तानका रूपमा फेरि छोरी नै जन्मिएपछि परिवारमा निराशा बढ्यो। एकातिर सासू, ससुरा र पति छोराको अभावमा वंश सकिने भन्दै चिन्तित हुन थाले, अर्कातिर फूलमाया स्वयले पनि छोरा नजन्मँदा अभागी महसुस गर्न थालिन्। दुई वर्ष नपुग्दै अर्को बच्चा जन्माउने क्रम निरन्तर चलिरह्यो। कारण थियो, छोराको जन्म नहुनु। छोराकै आसमा फूलमायाले आठ छोरी जन्माइन्।

छोरा हुने आशमा फुसको छानोमुनि आठ छोरी

आइतबार, ०८ असार २०७६

हरिहरपुरगढी गाँउपालिका–३ घण्टेकी फुलमाया राईको १६ वर्षको उमेरमा सोही वडाकै चन्द्रबहादुर राईसँग विवाह भयो। गरिब परिवारमा विवाह गरेकी राईको दिनचर्या संघर्षपुर्ण थियो। विवाह भएको तीन वर्ष नपुग्दै बच्चा जन्मियो। पहिलो सन्तानको रुपमा छोरीको जन्म भयो।

कृषि ज्ञान केन्द्रको करिब चार करोड बजेट सडकमा

शुक्रबार, ३१ जेठ २०७६

कृषि ज्ञान केन्द्र सिन्धुलीले पहिलो पटक सडक निर्माणमा ठुलो बजेट लगानी गर्ने भएको छ। चालु आर्थिक वर्षमा काम गरिसक्नुपर्ने गरि मोटो रकम केन्द्रले सडक निर्माणमा लगाएको हाे।

लोकल कुखुरा पालनमा रमाउँदै किसान

बुधबार, २९ जेठ २०७६

जताततै बोइलर कुखुरा पालिरहेको अवस्थामा यहाँको तीनपाटन गाँउपालिकास्थित एक किसानले स्थानीय जातको कुखुरालाई व्यवसायीक रुपमा पाल्न थालेका छन्। गतबर्ष परिक्षणको रुपमा पाँच सय कुखुरा पालेर उत्साहित भएका तीनपाटन गाँउपालिका–११ का नेत्रहरि दुलालले यस वर्ष गाँउमै दुई हजार लोकल कुखुरा पालन गर्न सुरु गरेका हुन्।

सिन्धुलीमा रोजगारीको लागि ३ करोड ९० लाख बजेट

सोमबार, २७ जेठ २०७६

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगारीलाई रोजगार दिनका लागि सिन्धुलीमा झन्डै ३ करोड ९० लाख बजेट खर्च गरिने भएको छ। विभिन्न नगरपालिका तथा गाँउपालिकामा बेरोजगारलाई रोजगार दिनका लागि भन्दै मोटो रकम असार मसान्तभित्रै खर्च गर्नुपर्ने भएको छ।

किबीखेतीमा किसानको आकर्षण बढ्दै

सोमबार, २७ जेठ २०७६

सिन्धुलीमा व्यावसायिक रुपमा किबीखेती हुन थालेको छ। जिल्लाको महाभारत क्षेत्रका साविकका गाविसमा किसानले व्यावसायिक किबीखेती सुरु गरेका हुन्।

सरकारको प्राथमिकतामा परेपछि स्थानीय उत्साहित

बिहिबार, २३ जेठ २०७६

सुनकोसी मरिन डाइभर्सनलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गर्दै बजेट विनियोजन भएपछि स्थानीयमा उत्साह छाएको छ।

धुमधाम बिहेमा शोक धुनको केहि अर्थ छैनः मन्त्री बास्कोटा

आइतबार, १९ जेठ २०७६

सुचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले नेकपाका दुबै अध्यक्ष प्रधानमन्त्री बन्न योग्य भएको बताएका छन्।

पूर्वी खण्डमा २५ किलोमिटर कालोपत्रे

आइतबार, १९ जेठ २०७६

धरान–चतरा–सिन्धुली–हेटौंडा सडकको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ। सरकारको प्राथमिकतामा परेको मदन भण्डारी राजमार्ग (धरान–चतरा–सिन्धुली–हेटौंडा वैकल्पिक राजमार्ग) को निर्माण कार्य पछिल्लो समय तीव्र गतिमा हुन थालेको आयोजनाले जनाएको छ। निर्माणको लक्ष्यभन्दा यस वर्ष बढी काम भइसकेको आयोजना कार्यालयले जनाएको छ।

पुरानै शैलीका शुक्ष्म कामलाई महत्वपुर्णमा समावेश

आइतबार, १२ जेठ २०७६

जिल्लाको कमलामाई नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुको पदवहाली पश्चात २ बर्षमा भएका महत्वपुर्ण कार्यहरु नगरपालिकाले सार्वजनिक गरेको छ।

कहाँ हरायो चुनावी वाचा ?

मङ्गलबार, ०७ जेठ २०७६

दुधौली नगरपालिकामा नगरप्रमुख, उप—प्रमुख, प्रमुख प्रशासकिय अधिकृत र नगर प्रहरीलाई समेत छुट्टाछुट्टै चार पाङग्रे सवारी खरिद गरि सुविधा लिएका छन्। सो नगरपालिकाको वडा कार्यालय तथा नगरपालिका कार्यालयसहित २४ वटा मोटरसाइकल रहेको नगरपालिकाले जनाएको छ। हाम्रो नगरपालिकामा चार वटा गाडी, तीन वटा ट्याक्टर र एउटा टिपर छ, दुधौली नगरपालिकाका सुचना अधिकारी चुणमणि आचार्यले भने, २४ वटा मोटरसाइकल छ।

अप्टिकल फाइवरको नेटवर्क विछ्याउन सुरु

सोमबार, ०६ जेठ २०७६

नेपाल सरकारले मध्यपहाडी लोकमार्गको पाचथरको चिवाभन्ज्याङदेखि धादिङ आरुघाटसम्म अप्टिकल फाइवर विच्छाउन सुरु गरेको छ।

आश्रममै देखिए तपस्वी बम्जन

शुक्रबार, ०३ जेठ २०७६

तपस्वी रामबहादुर बम्जन सार्वजानिक भएका छन्। बोधी श्रवण धर्मसंघ सिन्धुलीले उनकै आश्रममा गरेको एक कार्यक्रममा उनी सार्वजानिक भएका हुन्।

Ncell Footer Ad