अनिल भण्डारी

धारा एनजिओले दियो, पानी कसले दिन्छ ?

आइतबार, ०८ फागुन २०७३

जिल्लामा भित्रिएका अगगिन्ती एनजिओले गाँउभरी धारा बनाइदिएपनि पानी अब कसले देला भन्ने चिन्तामा जिल्लाका दर्जनौ गाविस छन्। गाँउभरी धारा र इनारको कमी नभएपनि सिन्धुली जिल्ला सदरमुकाम लगायत विभिन्न स्थानमा खानेपानीको हाहाकार मच्चिन थालेपछि स्थानीयमा यस्तो प्रश्न उब्जिएको हो।

तीब्र गतिमा सवारी हाँक्दै हुनुहुन्छ? ट्राफिकले 'राडर गन' तेर्साउला

बिहिबार, ०५ फागुन २०७३

ट्राफिक प्रहरी नभएको फाइदा उठाउँदै तीब्र गतिमा सवारी चलाउँदै हुनुहुन्छ? त्यसो गर्दै हुनुहुन्छ भने तपाईँलाई प्रहरीले राडर गन तेर्स्याउन सक्छ।

१२ वर्षीया बालिकालाई २२ वर्षकाले विवाह गर्न खोजेपछि...

शुक्रबार, २८ माघ २०७३

यहाँकी एक बालिकाको विवाहको अन्तिम तयारीपछि रोकिएको छ। जिल्लाको बेलघारी गाविस चिसापानी बस्ने १२ वर्षीय बालिकाको अन्तिम तयारीमा रहेको विवाह बालविवाह भन्दै स्थानीयले रद्ध गरिदिएका हुन्।

राजमार्ग सफा गर्दै सिडिओ

सोमबार, २४ माघ २०७३

प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्की सोमबार बिहानै बिपी राजमार्गको छेउमा फोहोर टिप्दै गरेको अवस्थामा भेटिए। मुलुककै नमूना पर्यटकीय राजमार्गको आसपासमा अत्याधिक फोहोर भएपछि त्यसको सरसफाईमा प्रजिअ कार्की आफैँ खटिएपछि ठूलो सङ्ख्यामा स्थानीय सडकको फोहोर टिप्न उत्रिए।

सिन्धुलीका गाँउगाँउमा बस पुगे, स्थानीय हर्षित

शुक्रबार, १४ माघ २०७३

यहाँको सबैभन्दा उचाईमा रहेको फिक्कल डाँडामा ठूलो बस पुग्दा हेर्नेको लहर नै लाग्यो। मध्यपहाडी राजमार्गबाट झन्डै २० किलोमिटर उचाईमा रहेको फिक्कल गाँउ सिन्धुलीको पर्यटकीय क्षेत्रमध्ये एक हो। सँधै सानासाना सवारी मात्र पुग्ने स्थानमा ठूला बस पुगेपछि स्थानीय हर्षित भए।

युवा विदेश जान नपर्ने गरी सरकारले योजना बनाएको छ: उद्योगमन्त्री जोशी

सोमबार, १८ पुष २०७३

उद्योगमन्त्री नबिन्द्रराज जोशीले गाँउगाँउमा उद्यमी उत्पादन गर्न सरकार लागि परेको बताएका छन्। सिन्धुली महोत्सवको समापन गर्न सिन्धुली आएका मन्त्री जोशीले नेपाली काँग्रेसका नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै काँग्रेसले गाँउगाँउमा गएर उद्यमी उत्पादन गर्नलाई सघाउन अनुरोध गरे।

अब लोडसेडिङ तालिका आउँदैन: उर्जामन्त्री शर्मा

शनिबार, ०९ पुष २०७३

र्जामन्त्री जनार्दन शर्माले सरकार उज्यालो नेपाल निर्माण गर्न जुटेको बताएका छन्। पुरानै विद्युतभारलाई केहि पारदर्शिता र पुरानै संरचनालाई व्यवस्थित गर्दा धेरै सहर लोडसेडिङ मुक्त भएको दाबि गरे। सिन्धुली माओवादीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै सिङगो मन्त्रालय र प्राधिकरण उज्यालो नेपाल बनाउने तर्फ लागेको जनाए।

पुरानो मन्दिर भत्काएरै नयाँ भवन बन्ने हो: अर्थमन्त्री महरा

शुक्रबार, ०८ पुष २०७३

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले जसरी पनि संविधान संसोधन गर्ने बताएका छन्। ‘हामी धेरैभन्दा धेरैको सहमतीमा संविधान संसोधन गर्न चाहन्छौं, सिन्धुली महोत्सवमा सम्बोधन गर्दै महराले भने, ‘पुरानो मन्दिर भत्काएर नै नयाँ भवन बन्ने हो। समयअनुसार संविधान संसोधन हुन्छ।’

पहिरोले ‘काल’ बन्दै मध्यपहाडी लोकमार्ग

सोमबार, ०४ पुष २०७३

बर्खायाममा झरेको पहिरो नपन्छाउँदा मध्यपहाडी लोकमार्ग जोखिमपूर्ण बन्दै गएको छ। जताततै खसेको पहिरो सफा नगर्दा सडक साँघुरो भएपछि मध्यपहाडी लोकमार्ग नै काल बन्दै गएको स्थानीयको बुझाइ छ। भुवनेश्वरीको मुर्किबेशी, वितिजोरको सुलिभन्ज्याङलगायतको स्थानमा सडक निर्माण गर्नकालागि जिम्मेवारी लिएको वर्षौं बित्दासमेत ठेकेदारले काम सम्पन्न गरेका छैन्।

सुनकोसीमा गाडी खस्यो, ७ जनाको मृत्यु (अपडेट)

आइतबार, ०३ पुष २०७३

काठमाडौंबाट हलेसी तर्फ जाँदै गरेको स्कारपियो गाडी सुनकोसीमा खस्दा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ। मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको रत्नावती गाविस ३ सोखुखोला नजिक सडकबाट सुनकोसीमा खस्दा ४ जना पुरुष र ३ जना महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सुनकोसीमा गाडी खस्यो, ६ जनाको मृत्यु

आइतबार, ०३ पुष २०७३

काठमाडौंबाट हलेँसीतर्फ जाँदै गरेको स्कोरपियो गाडी सुनकोसीमा खस्दा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad