अनिल भण्डारी

स्थानीयले विपी राजमार्ग अवरुद्ध गरेपछि रक्षामन्त्री पोखरेल बाटैमा रोकिए

सोमबार, १२ फागुन २०७६

बिपी राजमार्गको खुर्कोट नजिक सवारीको ठक्करबाट एक जनाको मृत्यु भएपछि आक्रोसित स्थानीयले राजमार्ग अवरुद्द गरेका छन्।

लगानी अभावमा सात वर्षदेखि अलपत्र फलफुल प्रशोधन उद्योग

आइतबार, ११ फागुन २०७६

सिन्धुलीमा निर्माणाधिन रहेको फलफुल प्रशोधन उद्योग अलपत्र परेको छ। करिब सात वर्ष अगाडिबाट निर्माण सुरु भएको फलफुल प्रशोधन उद्योग लगानीको अभावमा अलपत्र परेको हो। यहाँको कमलामाई नगरपालिका–४ मा निर्माणाधिन फलफुल प्रशोधन उद्योग दाताले हात झिकेपछि अलपत्र अवस्थामा पुगेको स्थानीयले बताएका छन्।

ग्रामीण बजार अनुगमन, म्याद गुज्रेका सामानको बिगबिगी

बिहिबार, ०८ फागुन २०७६

सिन्धुलीको तीनपाटन गाउँपालिकास्थित चकमके बजारमा म्याद गुज्रेका सामान छ्यापछ्याप्ती भेटिएका छन्। घरेलु तथा साना उद्योग विकास समिति सिन्धुलीको नेतृत्वमा मंगलबार गरिएको अनुगमनका क्रममा त्यहाँ अखाद्य वस्तुको बिगबिगीसमेत पाइएको छ।

ड्याम र डुबान क्षेत्रमा मुआब्जा वितरणको तयारी

बिहिबार, ०८ फागुन २०७६

सरकारको प्रमुख प्राथमिकतामा परेको सुनकोसी मरिण डाइभर्सन आयोजनाको काम सुरु गर्न तयारी तीव्र पारिएको छ।

अखाद्य वस्तु र म्याद गुज्रेका सामान छ्यापछ्याप्ती

बुधबार, ०७ फागुन २०७६

यहाँका ग्रामिण क्षेत्रका बजारमा अखाद्य वस्तु तथा म्याद गुज्रेका सामान छ्यापछ्याप्ती रहेको भेटिएको छ। सिन्धुलीको तीनपाटन गाउँपालिकास्थित चकमके बजारमा म्याद गुज्रेका सामान तथा अखद्य वस्तुहरु बिगबिगी अनुगमनका क्रममा भेटिएको हो।

ड्याम र डुबान क्षेत्रमा मुआब्जा वितरणको तयारी

आइतबार, ०४ फागुन २०७६

सरकारको प्रमुख प्राथमिकतामा परेको सुनकोशी, मरिण डाइभर्सन आयोजनाको काम सुरु गर्न तयारी तीव्र पारिएको छ। यहाँको सुनकोशी गाउँपालिकास्थित वडा नंं ७ को सुनकोशी नदीमा ड्याम बनाइने र उक्त ड्याम बनाउदा डुबान हुने क्षेत्रका स्थानीयलाई मुआब्जा वितरणको तयारी भएको आयोजनाले जनाएको छ।

स्वार्थले निर्माणमा अन्योल

आइतबार, ०४ फागुन २०७६

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माणाधीन मदन भण्डारी राजमार्गको हेटौंडा–सिन्धुली–चतरा खण्डको नक्सा परिवर्तन प्रयासले सिन्धुली सरमुकाममा निर्माण कार्यमै अन्योल उत्पन्न भएको छ।

तुरुन्त रगत उपलब्ध गराउनेलाई रेडक्रसको सम्मान

बुधबार, २९ माघ २०७६

रगत अभाव हुँदा तुरुन्तै रगत उपलब्ध गराउने संस्था र व्यक्तिलाई नेपाल रेडक्रस जिल्ला शाखा सिन्धुलीले सम्मान गरेको छ। दुर्घटना वा अन्य विपदमा रगतको अभावमा छटपटाई रहेका बिरामीलाई तुरुन्त रगत उपलब्ध गराई सहयोग गरेका संस्थालाई सम्मान गरिएको नेपाल रेडक्रस सोसाइटी सिन्धुलीले जनाएको छ।

‘तपस्वी बम्जन उनले चाहे मात्रै भेटिन्छन्’

आइतबार, २६ माघ २०७६

लिटिल बुद्ध नामले चिनिएका रामबहादुर बम्जन सिन्धुली आश्रमबाट फरार भएका छन्। आफ्नै अनुयायीलाई यौनशोषण गरेको आरोप लागेपछि शुक्रबार जिल्ला प्रहरी टोली उनको आश्रममा बिहान पाँच बजे पुगे पनि उनलाई फेला पार्न नसकिएको प्रहरीले जनाएको छ।

सिन्धुली आश्रममा प्रहरी, भेटिएनन् बम्जन (अपडेट)

शुक्रबार, २४ माघ २०७६

'लिटिल बुद्ध' नाममले चिनिएका रामबहादुर बम्जन सिन्धुली आश्रमबाट फरार भएका छन्। यौन शोषणको आरोप लागेपछि जिल्ला प्रहरीसहितको टोली उनको आश्रममा शुक्रबार बिहान ५ बजेनै पुगेको भएपनि यो समाचार तयार पार्दासम्म उनलाई फेला पार्न नसकिएको प्रहरीले जनाएको छ।

सिन्धुली आश्रममा प्रहरीः बम्जन फरार, एक अनुयायी पक्राउ(अपडेट)

शुक्रबार, २४ माघ २०७६

आफुलाई तपस्वी बताउने रामबहादुर बम्जनलाई पक्राउ गर्न सिन्धुलीस्थित उनको आश्रमस्थल प्रहरी पुगेको छ। लामो समयदेखि सिन्धुलीआश्रममा बस्दै आएका बम्जनलाई पक्राउ गर्न प्रहरीको टोली शुक्रबार बिहान ६ बजेदेखिनै उनको सिन्धुलीस्थित आश्रम पुगेको हो। तर बम्जन भने आश्रमबाट बेपत्ता भएको प्रहरीले जनाएको छ।

जंगल मासेर सयौं विगाहामा गाँजा खेती

सोमबार, २० माघ २०७६

सिन्धुलीमा विगत केहि वर्ष अगाडिदेखि गाँजा खेती मौलाउदै गएको तथ्य खुलेको छ। दुई वर्षभन्दा बढी विगाहामा लगाइएको गाजा फडानी गरेको प्रहरीले यस वर्ष पनि झन्डै तीन सय विगाहामा फडानी गरिसकेको छ।

धमाधम बन्दै भूमिहीन भूकम्पपीडितका घर

सोमबार, १३ माघ २०७६

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ कार्यालयका अनुसार सिन्धुलीमा भूमिहीन लाभग्राहीको संख्या तीन हजार छ। तीमध्ये अहिलेसम्म दुई हजार तीन सय ८० जनाले सम्झौता गरेर घर बनाउन थालेका छन्।

सिन्धुलीमा माइक्रो बस दुर्घटना, १ को मृत्यु १० घाइते

आइतबार, १२ माघ २०७६

बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२ ढुंग्रेभञ्ज्याङ नजिक आइतबार विहान माइक्रोबस दुर्घट्ना हुँदा एक जनाको ज्यान गएको छ। अन्य १० जना घाईते भएका छन्।

शान्ति सुरक्षामा कमी आउन दिन्न : एसपी सिग्देल

बुधबार, ०८ माघ २०७६

सिन्धुलीमा पहिलो पटक महिला प्रहरी प्रमुख सरुवा भएर आएकी छन्। प्रहरी प्रधान कार्यालयले एसपी रन्जु सिग्देललाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रमुखको जिम्मेवारीमा सिन्धुलीमा सरुवा गरेसँगै सिन्धुलीमा पहिलो पटक महिला प्रहरी प्रमुख आएकी हुन्।

वैदेशिक रोजगार बोर्डबाट ५७ बालबालिकालाई छात्रवृत्ति

बुधबार, ०१ माघ २०७६

वैदेशिक रोजगारमा आफ्ना अभिभावक गुमाएका तथा अङगभङग भएका ५७ जना बालबालिकाले वैदेशिक रोजगार प्रर्बद्धन बोर्डबाट छात्रवृत्ति पाएका छन्। कामको सिलसिलामा विदेश गएका र विदेशमा मृत्यु भएका तथा काम गर्ने क्रममा अङगभङग भएका अभिभावकका ५७ जना बालबालिकाले छात्रवृत्ति पाएको शिक्षा समन्वय इकाई सिन्धुलीले जनाएको छ।

जुनारले पहेलपुर खनियाखर्क बजार(फोटो फिचरसहित)

शुक्रबार, २५ पुष २०७६

स्थानीय मौलिक फल जुनारले सिन्धुलीको खनियाखर्क बजार पहेलपुर भएको छ। विपी राजमार्गस्थित यहाँको गोलञ्जोर गाँउपालिका ५ खनियाखर्कमा जुनारलाई प्रमुख प्राथमिकका साथ बजारमा बिक्रिका लागि राखिएपछि पहेलपुर भएको हो।

युवाले बाँडे एकदेखि आठ कक्षासम्मका विद्यार्थीलाई न्यानो कपडा

मङ्गलबार, २२ पुष २०७६

यहाँको एक दुर्गममा रहेको सरकारी विद्यालयका विद्यार्थीलाई केहि युवाहरुले न्यानो कपडा वितरण गरेका छन्। सुनकोसी गाउँपालिका ७ नागीस्थित भिमेश्वर आधारभुत विद्यालयका कक्षा १ देखि ८ सम्मका सम्पूर्ण विद्यार्थीलाई जाडोको मौसममा न्यानो कपडा वितरण गरिएको हो।

भ्रमण वर्षलाई लक्षित गरि खनियाखर्कमा १२ करोडको रिर्सोट सञ्चालन

शुक्रबार, १८ पुष २०७६

भ्रमण वर्षलाई लक्षित गरेर बिपी राजमार्गस्थित सिन्धुलीकाे खनियाखर्कमा १२ करोड रुपैयाँ लगानीमा चेतना भिलेज रिर्सोट खुलेको छ। नेपाल सरकारले २०२० लाई भ्रमण वर्षको रुपमा लिएसँगै काभ्रे स्थाई घर भएका यादव हुमागाईले गोलञ्जोर गाउँपालिका ५ खनियाखर्कमा चेतना भिलेज रिर्सोट सिन्धुली सञ्चालनमा ल्याएका हुन्।

स्थानीय तहमा छैन ठोस कार्यक्रम

सोमबार, १४ पुष २०७६

देशभर भ्रमण–२०२० लक्षित विभिन्न तयारीका कार्यक्रम सुरु भइरहँदा सिन्धुलीका स्थानीय तह भने के–कस्ता कार्यक्रम राख्ने भन्ने विषयमा अझै अन्योलमा छन्।

Ncell Footer Ad