राजेन्द्र थापा

राजेन्द्र थापा

सञ्जाल कि शौचालय ?

बिहिबार, २१ असार २०७५

संसारलाई डिजिटल सञ्जालले फेसबुक, ट्विटर, अनलाइन आदिका रूपमा आपसी वैचारिक अभिव्यक्ति तथा सूचना अवागमनको यस्तो सुविधा दियो कि विश्वभर मानिसका बीचमा कुनै स्पेस या दुरी नै रहेन । स्पेस मात्र विलीन भएन टाइमसमेत विलीन भयो ।

मोदी महात्म्य

आइतबार, ३० बैशाख २०७५

अभिन्न छिमेकी देशका प्रधानमन्त्री नरेन्द्र मोदी गाली–ताली दुवै खाएर फर्किएका छन्। स्मरणका पृष्ठभूमिमा धेरै घटना र प्रतिघटना छन्। मधेसलाई मात्र विशेष नबनाएर नटेरेको सजायका रूपमा, भारतविरोधी राष्ट्रवादलाई नै नेपाली राष्ट्रवादमा परिभाषित गरिएका सन्दर्भमा, स्वयं मोदीका मैमत्ते अहंकारका रूपमा जे भए, जस्तो गरिए त्यही खिचडी डढेको गन्ध आएको मात्र हो।

रन वेको शून्य दुई र दुई शून्य

शुक्रबार, ०९ चैत २०७४

युएस–बंग्ला एयरको दुखद् दुर्घटनाले संसार हल्लायो। तर नेपाली र बंग्लादेशीहरूको निधनले गर्दा नेपाल र बंग्लादेशलाई भने भित्रसम्म हल्लायो। यस्तो बेला मृतकका परिवारलाई ढाडस प्रदान र घाइतेहरूको स्वास्थ्य चिन्तामा सबै साथ लाग्नुपर्ने थियो तर स्थिति अर्कै देखियो। धमाधम रेस्क्यु भइरहेको थियो।

सेनाको नेपाल – साइनो

मङ्गलबार, ०१ फागुन २०७४

सत्तामुखी इतिहासकारबाट कि शाहका कथा नेपालको इतिहास बनेका छन्, कि राणाका कथाहरू, कि दलका । सेनाको कथा कतै छैन, किनभने सेनाको कथा भनेको गाउँगाउँका जनताको कथा हो । जनताको कथालाई सामन्तवादले देशको कथा मान्दैन।

टोपी दिवस : जोड्ने कि तोड्ने ?

सोमबार, १७ पुष २०७४

अचम्मको जात छ नेपाली, चाहिने कुरामा ध्यान केन्द्रित गर्नुभन्दा नचाहिने कुरामा बढी चलखेल गर्छ । अनि अनावश्यक विवाद, मुद्दा, द्वन्द्व, मनमुटाव, उत्तेजना तथा बेमेलको विषय उत्पन्न गरिरहेकै हुन्छ । यौटा सानु झिल्काबाट पूरै मनमा डढेलो लगाउने घटना या दुर्घटना समय समयमा घटिरहेकै छ ।

बिदा सार्वजनिक कि सरकारी?

शुक्रबार, १२ जेठ २०७४

संविधानमै अन्य विकसित देशको हेरेर बढीमा यति दिन अर्थात १५–२० दिनभन्दा बढी बिदा दिन नसक्ने किटान नभएसम्म यो रोग क्यान्सर हुँदै जानेछ।

आत्मघाती सहिद

शनिबार, ०६ जेठ २०७४

हेटौंडा अस्पतालमाथि आर्मीको हेलिकप्टरले दुई–तीन फन्को लगाई अवतरण गरेको देख्नासाथ कोही गम्भीर बिरामी होला भन्ने अनुमान गरेँ । एकछिनमै फोन आइहाल्यो– बुलेट इन्जुरीको पेसेन्ट वीरगन्जबाट ल्याइएको छ, तत्कालै अप्रेसन गर्नुपर्ने भयो । केस होपलेस छ।

बिजोग सुरक्षा अवधारणा

बिहिबार, ३० मङि्सर २०७३

भारतीय राष्ट्रपति भ्रमणका बेला सुरक्षा निकायले नाकाबन्दी मात्र एक उपाय सोच्यो। यही कारण इतिहासमै पहिलोपटक भारतीय भिभिआइपी आए, गफ गरे, पार्टी खाए र फर्के। जनतालाई नभेटी। जनप्रेम नचाखी।

देउता चढेको

शनिबार, २० कार्तिक २०७३

‘देखी राख तु साली छिनाल खराब औरत, मेरा बेटा कल आउँदै छ । तेरा एक भी केस बाँकी रहन दिन्न । देख् देख् देख्, म बूढीको पेल्दै गरिरेछस्, खाएगी तू, खाएगी तू । एक एक पाइका हिसाब करेर तेरा सब कर्तूत अपना बेटालाई नबताइ कहाँ छोड्नेवाला छु !’

  • 1 (current)
Ncell Footer Ad